31 Mar, 2008

स्वतन्त्र तिब्बतको माग गर्दै नेपालमा रहेको चीनको दुतावास अगाडि धर्ना दिन पुगेका तिब्बतीमुलका बौद्ध भिच्छुहरु प्रहरीद्धारा कुटिएका छन । स्वतन्त्रताको माग गर्नेहरुको टाउकोमा नेपाल प्रहरीको लाठि बर्षिएको छ । २ सय भन्दा बढि पक्राउ परेका छन । अनी त्यत्तिनै मात्रामा घाइते भएका छन । रातो वस्त्रधारीको शरिर रातै रगतमा लत्पतिएको छ । बुद्धम शरणम गच्छामी भन्दै शान्तिको कामना गर्ने भिच्छुहरु नै अहिले अशान्ति र िहंशाको सिकार भएका छन ।
बांकी सामाग्री »
Share on Facebook

30 Mar, 2008

कांग्रेसका गणतन्त्रवादी नेताका रुपमा परिचित नेता नरहरी आचार्यले मतदाता समक्ष प्रत्यक्ष पुग्नका लागि वेभसाइट नै खोलेका छन । काठमाडौं क्षेत्र नम्बर ५ वाट उम्मेदवार बनेका आचार्यको वेभसाइटमा उनले आफ्नो अपिल भोट किन आफना एजेण्डाहरु राखेका छन ।
बांकी सामाग्री »
Share on Facebook

29 Mar, 2008

माओवादीको एसएमएस प्रचार : जसमा लेखिएको छ धेरैलाइ हेरियो पटक पटक माओवादीलाइ हेरौ यस पटक ।
संविधान सभाको चुनाव जत्ति नजििकंदै गएको त्यत्तिनै यसको प्रचार प्रसारमा तिव्रता आएको छ । यो पालीको चुनावमा निर्वाचन आयोग केही कडा रुपमा प्रस्तुत हुंदै पोष्टर व्यानर अनी भित्ते लेखनमा प्रतिवन्ध लगाएपछि शहर र गाउंहरु त्यत्तिको रंगिन पाएको भने छैन ।
बांकी सामाग्री »
Share on Facebook

29 Mar, 2008
एमाले महासचिव माधवकुमार नेपालको तर्क थियो नयां नेपालको लागि एमालेलाइ मतदान गर्ने । अनी उनको दावी थियो एमालेले बहुमत ल्याउने छ नै । एमालेले त्यही बहुमतको आधारमा नयां नेपालको निर्माण गर्नेछ ।
एमालेको कुरा सुन्यो एमालेकै बहुमत आउला जस्तो कांग्रेसको कुरा सुन्यो कांग्रेसकै बहुमत आउने जस्तो अनी माओवादीको कुरा सुन्यो माओवादीकै । जत्ति जत्ति चुनावको मिति नजििकंदै गइरहेको छ अनुमानको खेतीपातीले पनि त्यत्तिकै तिव्रता पाइरहेको छ नै । प्रत्येक दल प्रत्येक सभामा आफ्नो पार्टीको बहुमत आउने आउनैपर्ने नआए लोकतान्त्रीक संविधान नै नबन्ने काइते कुरा गर्दै हिडेका छन । बांकी सामाग्री »
Share on Facebook

27 Mar, 2008
हिजोको जनयुद्धकालीन अवस्थामा जस्तो आरोप पनि आफैंले लगाउने फैसला पनि आफैंले गर्ने गरेजस्तो हैन संविधान सभा चुनाव । त्यसैले यदी जनताको मत पाएर विजयी बन्ने हो भने चुनावमा होमिएको दलले चुनाव विरोधी भाषण नगरेकै राम्रो ।
अप्रत्यासित रुपमा नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा कुशकुमार जोशि विजय भए । खाली राजनीतिक दलको चुनाव मात्र हेरेको उद्योगिको चुनाव हेर्ने रहरले रातभर नयां बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसियो । प्रतिष्पर्धा निक्कै तिव्र थियो । पुन अध्यक्षमा उम्मेदवारी दिएका चण्डि ढकाल निक्कै प्रफुल्ल मुद्रामा थिए । उपाध्यक्ष सदस्य लगायतकाको मत परिणाम हेर्दा चण्डीको विजय सुनिश्चत नै थियो । त्यसैले होला उनी पनि निश्चित देखिन्थे । मध्यरात १२ वजेसम्म अर्का उम्मेलवार कुश भने कतै देखिएका थिएनन । उनी त्यस्तै सांढे १२ वजेतिर एक्लै आएपुगे र मत गणना भएको कोठामो छेतिर गएर सानो समुहमा बसे । उनको आत्मबल हेर्दा उनीपनि आफु पराजीत हुनेमा निश्चित देखिन्थे । बांकी सामाग्री »
Share on Facebook

26 Mar, 2008
नयां नेपालका लागि संविधान सभा भनिएपनि संविधान सभाका लागि राजनीतिक दलहरुले उठाएका नेताहरुको अनुहार उही पुरानै छ । कांग्रेस एमालेमाओवादी कसैले छोडेका छैनन पुराना अनुहार बोक्न । सबैभन्दा गज्जव माओवादी कट्टर पन्च सुबबहादुर सेन ओलिलाइ समानुपातिकमा राखेको छ । पराजीत गर्नुपर्ने उम्मेदवारको संख्या गन्ने हो भने नेपाली कांग्रेस अग्रपक्तिमा आउछ नै । भ्रष्टाचारले दंगदगं गन्हाएका अनी अझैपनि राजतन्त्र चाहिन्छ है भन्नेहरुले टिकट पाएका छन कांग्रेसवाट । एमालेमा पनि भ्रष्टाचार अनी सुन काण्डमा मुछिएकाहरुले उम्मेदवारी पाएका छन । बांकी सामाग्री »
Share on Facebook

25 Mar, 2008

प्रष्टीकरण
(ब्गलमा राखिएका केही शब्दप्रति पाठकवर्गको अशन्तुष्टीलाइ मनन गर्दै ति बाक्यहरु हटाइएको छ । प्रतिकृया जनाउनुहुने सबैलाइ धन्यवाद । आगामि दिनमा तपाइहरुवाट पाएको सुझावलाइ मनन गर्नेछु । तर जुन निष्पक्षताको कुरो छ नी त्यसको आंकलन गर्ने के ले हो त्यो पनि सुझाव पाए राम्रो हुन्थ्यो ।
बांकी सामाग्री »
Share on Facebook

24 Mar, 2008

बल्ल लाग्न थाल्यो चुनाव त आएछ है भन्ने । जता जाउ उतै चुनावको चर्चा । कतै कुन पार्टीले कत्ति सिट ल्याउंला भन्ने चर्चा सुनिन्छ भने कतै कुन उम्मेदवारले जित्ला कुन उम्मेदवारले हार्ला भन्ने ताता बहसहरु सुन्न पाइन्छ ।
बांकी सामाग्री »
Share on Facebook

22 Mar, 2008

(यो तस्विर हो माओवादी अध्यक्ष प्रचण्डको रोल्पा यात्राको । भनिन्छ वास्तवीकता के हो तस्विर आफैं बोल्छ । भनेपछि यो तस्विरले के देखाइरहेको छ भनेर किन शब्द खर्च गर्नु हैन र ?)
अपडेट : कार्यकर्ताको काधमा चढेर खोलो तर्दै गरेका प्रचण्डको तस्विरका बारेमा सकारात्मक नकारात्मक दुबै खालका प्रतिकृया आए । खुसि लाग्यो । तर तस्वीर हेरेर प्रतिकृया जनाउने भन्दा पनि बढि फोटो राखेकोमा नेगेटिभ कमेन्ट गर्नेहरुको मन्दबुद्धी देखेर दुख लाग्यो ।
प्रचण्ड कसैको बुइ चढेर खोला तर्नु सकारात्मक हो या नकारात्मक के %
Share on Facebook
