Archive for May, 2008

प्रेस स्वतन्त्रतामाथि प्रचण्डको ठट्टा

खुल्लामन्चमा कान्तिपुरलाइ अब माओवादी विरुद्ध कुनै समाचार लेखे ठिक नहुने भन्दै प्रचण्डले शुक्रवार चेतावनी नै दिएपछि सबै पत्रकार एकपटक पुन झस्किए । माओवादी अध्यक्ष प्रचण्ड संविधान सभामा सबैभन्दा ठुलो दलका अध्यक्ष भावि सरकारका नेतृत्वकर्ता हुन । जनमुक्ति सेनाका सुपि्रम कमाण्डर वाइसिएल जस्तो जर्वजस्त संगठन रहेको पार्टीका अध्यक्ष । त्यसैले उनले कान्तिपुर भनेर नाम लिएपनि यो सबै पत्रकार र पत्रिकाको विरुद्धमा चेतावनीका रुपमा लिए पत्रकारहरुले त्यसैले प्रेस स्वतन्त्रताका पक्षधर सबै उनको भनाईप्रति सचेत हुनु स्वभाविक पनि हो । बांकी सामाग्री »

Share This Post

प्रचण्डको भाषण सुन्दा…

कांग्रेस र एमालेले चुनाव अगाडि गणतन्त्रको उच्चारण नगरेको उनले बताएर सभामा बढो उत्सुकताका साथ सहभागि म लगायत सबैको आंखामा छारो हाल्ने प्रयास गरे । खोइ मैले चुनावताका एमालेका र कांग्रेसका नेताहरुले चुनावपछि गणतन्त्र स्थापना हुन्छ अनी राजा हटेर राष्ट्रपतिको व्यवस्था हुन्छ भनेको सुनेको थिए । दुबैको घोषणा पत्रमा स्पष्टताका सात राष्ट्रपतिको कुरा उल्लेख छ ।

  • पुष्प नेपाली

गणतन्त्र कार्यान्वयन भएको दोस्रो दिन माओवादीले खुल्लामन्चमा विजय सभाको आयोजना गर्ने जानकारी पाएपछि मन थामिएनत्यत्तै खुट्टा लाग्यो । खुल्लामन्चमा राम्रैभिड जम्मा भएको रहेछ । मन्चमा नेताका तांति थिए । त्यसमध्ये भर्खरै प्रचण्डसंग कसिलो अंगालो मारेर भुमिगत जीवन त्यागेर माओवादीमा प्रवेशको तयारी गरेका नारायणकाजी श्रेष्ठपनि मन्चमा बसेका रहेछन । बाबुराम भट्टराइ सभामा सभापति बनाइए । तामझाम रमाइलो लागेपनि किन किन आज माओवादीका नेताहरुले अझ त्यसमा थप भनौं माओवादी अध्यक्ष प्रचण्डले प्रयोग गरेका शब्दहरु बोझिला लागे । घमण्डले भरिएको दम्भि र अहंकारी लाग्यो प्रचण्ड खुल्लामन्चमा । उनका शब्दमा मिठासता थिएन । थियो त घमण्डका पोकाहरु दम्भ र आलोचना । बांकी सामाग्री »

Share This Post

यस्ता रहेछन बबन िसंह

संविधान सभाको पहिलो बैठकमा गणतन्त्रका साथ अर्का एक सभासदको उत्तिकै चर्चा भयो । पत्रकारहरुका माझ चासो र चर्चाका पात्र बनेका ति सभासदले कुनै चमत्कारीक काम गरेर चर्चामा आएका भने हैनन उनी त प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेर पनि प्रहरीको विशेष शुरक्षा रहेको संविधान सभा हलमा पुगेर चर्चामा आएका हुन । सपथका दिन मात्र हैन गणतन्त्र घोषणाको दोस्रो दिनपनि बबन िसंह संविधान सभा बैठकमा सहभागि भए । तर मोष्ट वान्टेड सुचिमा राखेर पनि प्रहरी उनलाइ पक्राउ गर्न चांहदैनथ्यो । किन कारण थाहा भएन । तीनै िसंह आज गौरमा गएर पत्रकार सम्मेलनका साथ सार्वजनिक भएकाछन । उनीमाथि लागेको आरोपका बारेमा उनको दावा रहेछ-उनीमाथि भएको शड्यन्त्र । बांकी सामाग्री »

Share This Post

अबको राष्ट्रपति को ?

अन्तरिम संविधानमा शंसोधन गर्दै राष्ट्रपतिको व्यवस्था गरेपछि अब दरवारवाट विस्तारै ध्यान राष्ट्रपतितिर तानीन थालेको छ । त्यसमा राष्ट्रपति राष्ट्रपति र प्रधानमन्त्री दुबै माओवादीकै हुनुपर्ने र जनताले संविधान सभामा दिएको म्याण्डेड यही भएको बताएर माओवादी नेता डा बाबुराम भट्टराइले दरवारतिर तानिएको सबैको नजर पुन दलतिर तानेका छन । यसले के अब प्रधानमन्त्री र राष्ट्रपति दुबै माओवादीको नै हुन्छ त भन्ने विषयमा बहस शुरु गराएको छ । बांकी सामाग्री »

Share This Post

ज्ञानेन्द्र नारायणहिटीमै

पुर्व राजा ज्ञानेन्द्र शाह नारायणहिटीमै रहेको पुष्टी भएको छ । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले त्यसको पुष्टी गरे । हिजो बेलुका केही समयमका लागि उनी नारायणहिटीवाट बाहिरिएपनि उनी नारायणहिटी छोडेर सितल निवासमा जानका लागि नभई घुम्न निस्किएका रहेछन । अझ दरवारका अधिकारीहरुको भनाइ अनुसार त उनी बेलुका बेलुका सधै दरवारवाट बाहिर घुम्न निस्कने गर्दछन । यो उनको पुरानो बानी हो । बांकी सामाग्री »

Share This Post

‘केही समान लैजाला हेर्नु’

सरकारको राजनीतिक समितिको बैठक बसेर पुर्व राजा ज्ञानेन्द्र शाहका परिवारले दरवारका कुनै महत्वपुर्ण सामागि्र लैजानसक्ने भन्दै नारायणहिटी दरवारभित्रको सम्पत्तिको संरक्षणका लागि गृहमन्त्रालयलाइ निर्देशन दिएको छ । शान्ति मन्त्री रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले १५ दिनभित्र दरवार खाली गर्नका लागि ज्ञानेन्द्र शाहलाइ सम्बोधन गरेर पत्र पठाउने निर्णय समेत गरेको छ । बांकी सामाग्री »

Share This Post

यसरी फहरियो नारायणहिटीमा राष्ट्रिय झण्डा


आयो : विचको पोलमा सानले फहरिएको राष्ट्रिय भण्डा ।

विहान सांढे आठ वजेतिर एकाएक समाचार आयो दरवारमा रहेको राजाको जंगी झण्डा झिकियो । समाचार के फैलिएको थियो सबै लागे नारायणहिटीतिर राष्ट्रिय झण्डा फहरिएको दृर्लभ दृष्य हेर्न । शाही झण्डा झिकिएलगत्तै कार्यबाहक राष्ट्राध्यक्षका विशेष प्रतिनिधि आएर राष्ट्रिय झण्डा राख्ने चर्चा चलेको थियो ।

बांकी सामाग्री »

Share This Post

धन्न, २०४६ साल दोहोरिएन

यो फोटो हेनुस्र त । राम्ररी नियाल्नुस न । कहांको हो यो फोटो ? ठम्याउन अलि गार्हो भयो ? जसको कांधमा यि युवाको खुट्टा छ त्यो कांघको महेन्द्र शाहको । अनी यो त्यही स्थान हो जहां २०४६ को जनआन्दोलनमा प्रजातन्त्रको माग गर्दै आन्दोलनको भुमरीमा होमिएका युवा यही सालिकमाथि चढेर झण्डा गाड्न खोज्दा सेनाले चरा ढालेझै ढालेका थिए । तर धन्न जेठ १६ गते यसरी त्यही महेन्द्रको सालिकको कांधमा चढ्ने युवा सकुशल नै छन है । उनलाइ गोलिले हैन प्रहरीको लाठिले घोचियो । जसका कारण उनी जीवितै छन । जे होस गणतन्त्र आएपछि गोलि चल्ने स्थानमा लाठि मात्र चल्न थालेछन । यो सकारात्मक नै हो । विहानै नारायणहिटी भित्र रहेको दरवारको जंगी झण्डा निकालएपछि त्यहा नेपाल सरकारले राष्ट्रिय झण्डा राख्ने चर्चा शुरु भएको थियो । झण्डा कार्यकारी राष्ट्रप्रमुखका प्रतिनिधिका रुपमा शान्ती मन्त्री रामचन्द्र पौडेल पहिलो पटक दरवारभित्र राष्ट्रिय झण्डाको झण्डोत्तोलनका लागि आउंदैछन रे भन्ने चर्चाले बजार पाएपछि त्यो ऐतिहासिक दृष्य हेर्ने लालसाले दरवारतिर लागियो । एक वजेदेखी ५ वजेसम्म बसियो तर पौडेल आएनन । यसको झोकमा युवाहरुले नै पटक पटक दरवारको गेटमा भएपनि झण्डा राखेर शन्तोष मान्ने प्रयास नगरेका हैनन । तर शुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले त्यो शन्तोष गर्न पाउने स्थान पनि रोक्यो । बांकी सामाग्री »

Share This Post

अबको नारायणहिटी

अबको नारायणहिटीमा कुनै बादशाहको चिन्ह भएको झण्डा हैन त्रिकोण आकारको चन्द्र र सुर्य अंकित राष्ट्रिय झण्डा फहरीनेछ । यसको लागि त्यहा रहेको राजाको निशान रहेको झण्डा झिकिइसकिएको छ । बांकी सामाग्री »

Share This Post

अचम्मका छौं हामी

गणतन्त्रको स्वागतमा रमिरहनुपर्ने काठमाडौं अचम्म रुपमा शान्त छ । सरकारले गणतन्त्रको हर्ष मनाउनका लागि २ दिन विदा दिएको छ । तर विदाको पहिलो दिन न कतै विजयउत्सव छ न कुनै हर्ष बढाई । केवल सुनसान छ काठमाडौं । केही नभएझै ।

विहान उठ्दा लागेको थियो पुरै शहर गणतन्त्रको स्वागतमा रमेको होला (विहान भनेको त्यस्तै ११ वजे । कारण हिजो ४ वजेमात्र ओच्छ्यानमा प्रवेश गरेकाले मेरा लागि गणतान्त्रीक नेपालको पहिलो विहानी ११ वजे बन्यो ।) तर अचम्म केही परिर्वतन छैन । मानिसको अनुहारमा न दुखको भाव छ न हर्षको नै । सबै समान्य झै देखिए । सबै पसलहरु खुलेकै थिए । सडकमा बाहनको जाम कायम थियो । ब्यक्तिहरु आफ्नै सुरमा थिए । जो हिजो हुन्थ्यो । यि सबै दृष्य देख्दा नेपालमा शान्तिपुर्ण रुपमा ठुलो राजनीतिक परिर्वतन भएको छ भन्ने विश्वास नै लागेन । नेपाली मुलका भारतिय नागरिक प्रशान्त तामागं इन्डीयन आइडल हुंदा सडक जाम हुनेगरी उत्साह मनाउने नेपाली गणतन्त्र स्थापना भएको पहिलो दिन किन यत्तिका निष्कृय ? अचम्म । बांकी सामाग्री »

Share This Post