Archive for June, 2008

मधेस हो कि तराई ?

मधेसवादी दलको दावी गर्ने तीन दलले समग्र तराइ बेल्टलाई एक प्रदेशका रुपमा परिभाषित गर्दै एक मधेस एक प्रदेशको माग अगाडि तेर् याएर संविधान सभा बैठक अवरुद्ध बनाएपछि अहिले समग्र तराई मधेस हो कि तराई हो भन्ने बहस शुरु भएको छ । एक मधेस एक प्रदेशको माग गर्नेहरु सबै तराइ मधेस हो भनिरहेका छन भने तराइमा बसोबास गर्ने पहाडेमुलवासी र थारुहरुले मधेस शब्दप्रति आपत्ति जनाउंदै तराई शब्दको प्रयोग गर्न आग्रह गर्दै आएका छन । बांकी सामाग्री »

Share This Post

मधेसले मानेन

एक मधेस एक प्रदेशलाई राष्ट्रिय अखण्डतासित जोड्दै एमाले र माओवादीले एक मधेस एक प्रदेश हुन नसक्ने अडान लिएपनि प्रारम्भमा एक मधेस एक प्रदेशको विरोधमा देखिएको कांग्रेस भने अहिले यो विषयमा ढुलमुले नीति लिएको छ ।

अन्तरिम संविधान शंसोधन गरी एक मधेस एक प्रदेश सहित समग्र मधेसलाइ स्वायत्तता दिने व्यवस्था नगरेसम्म संविधान सभाको बैठक चल्न नदिने अडानवाट मधेसको प्रतिनिधित्वको दावी गर्ने दलहरु एक इन्च तलमाथि नगर्ने अडानमा अडिग भएपछि आजको संविधान सभाको बैठक पनि अनिश्चित बनेको छ । बांकी सामाग्री »

Share This Post

कमरेड ज्ञानेन्द्र


जेठ १५ गते मातृमुभिको सेवा गर्ने रहर ब्यक्त गर्दै ज्ञानेन्द्र शाह नारायणहिटीवाट बाहिरिएलगत्तै राजनीतिक बृतमा चर्चा शुरु भयो यसको मतलतव के हो के ज्ञानेन्द्र अव राजनीतिमा हाम फाल्छन त चर्चा यत्तिमै सकिन्थ्यो होला । माओवादी नेता डा बाबुराम भट्टराइ कड्किएँ–’राजनीतिमा आए कार्वाही हुन्छ ।’ विचरा भट्टराईको किन सात्तो गएको हो थाहा भएन । यो संगै केही पत्रिकाहरुमा राजावादीको लेवल लागेका नेताहरुको प्रतिकृया आयोँ –’राजाले खोलेको पार्टीमा जान्नौ’ भन्ने । तर कराई अझै सेलाएको छैन । ज्ञानेन्द्र कुनै पनि बेलामा राजनीतिमा आउनसक्छन । उनी कुनै समय यही शैलीमा खुल्लामंचमा प्रकट हुनसक्छन त ? तपाइलाइ के लाग्छ ? बांकी सामाग्री »

Share This Post

धोकाको राजनीतिमा भौतारिएका कोइराला

कान्तिपुर टेलिभिजनको लोगो भएको स्क्रिनमा ८४ वर्ष काट्न लागेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मलिन अनुहार टल्कीरहेको थियो । कहिले उनी हसिलो देखिन्थे कहिले निक्कै निरास । वास्तवमै उनको भाव के थियो आज पत्तो पाउन मुस्किल झै लाग्यो । उनले आफ्नो सम्बोधनको प्रारम्भमा नै म केही कुरावाट मुक्त भएर तपाइहरुमाझ प्रस्तुत भएको छु भन्दै राजीनामाको घोषणाका लागि आएको संकेत दिइसकेका थिए । तर कुन प्रकृयावाट खुल्न सकेको थिएन । कोइराला उही आफ्नो पुरानै शैलीमा बोल्दै गए । बुढेसकालको चिन्ह पनि हुनसक्छ र परिस्थीतिले बनाएको उनको बोलीमा कडापन थिएन । सात दलको एकता १२ वर्षसम्म आवश्यक छ भन्ने राजनीतिक लाइनका साथ प्रतिष्पर्धाको हैन सहमतिको राजनीतिलाइ प्रमुख प्राथमिकता िदंदै आएका कोइरालाले पटक पटक सहमति र सहकार्यमा जोड िदंदै एमाले र माओवादीको गठजोडको राजनीतिलाइ बाटो हराएर जंगलमा पुगेको बटुवासंग तुलना गर्दै पुन सहमतिको बाटोमा फर्किन उखान समेत भन्न भ्याए । बांकी सामाग्री »

Share This Post

मधेस जाग्नुको रहस्य के ?

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पद त्यागको घोषणासंगै शान्ति मन्त्री रामचन्द्र पौडेलले उनको लिखित वक्तब्य वाचन सकाएर कुसर्ीमा बस्नासाथ एकाएक संविधान सभामा प्रतिनिधित्व गर्ने तराईका सभासदहरु जागि हाले । ढोकै छेउमा बसेका मधेसी जनअधिकार फोरमका सभासद विजयकुमार गच्छेदारले बोल्नका लागि समय मागे र सभाका अध्यक्षता गरिरहेका कुलबहादुर गुरुङ्गले पनि समय दिए । लामो भुमिका बाध्दै उनले फागुन १६ मा मधेस र सरकारविच भएको सहमति र मधेसको मुद्धा अन्तरिम संविधानमा उल्लेख गर्नुपर्ने माग अगाडि सार्दै आफ्नो मन्तब्य सकाउंनासाथ मधेसका सभासद अगाडि आएर रोष्टम घेरी हाले । सबै दलका नेता हेरेका हेर् यै । के भइरहेको छ कतिले त चालै पाएनन के भइरहेको छ भन्ने गुरुङ्गले धेरै पटक आफ्नो ठाउमा गएर बस्न रुलिगं गरिरहे । तर उनीहरुले मानेनन । १० मिनेटसम्मको अवरोधपछि बैठक ४५ मिनेटका लागि सारियो ।

बांकी सामाग्री »

Share This Post

‘म भौतािरंदै यहां आएको हुं’

संविधान सभाको चुनाव सम्पन्न भएको २ महिना नाध्दा समेत नयां सरकार गठनका लागि राजीनामा नदिएर पदलोलुपता देखाएको आरोप खोप्दै आएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विहिवार बसेको संविधान सभाको बैठकमा पद त्यागको घोषणा गरे । खैरो कोटका साथ सभामा सम्बोधन गर्न पुगेका कोइरालाले पद घोषणा गर्दै भने- म भौतारीएको छु । मसंग रहेको पिडा कहां राखौ कहां राखौ भनेर भौतािरंदै संसद भवनमा आएको छु । उनले पिडाको बोझ यही बुझाउने घोषणा गर्दै भने- प्रधानमन्त्री पद त्यागेको यही घोषणा गर्दछु । सम्बोधनको प्रारम्भमा नै उनले राजीनामाको घोषणा गर्ने संकेत गर्दै आफु केही कुराहरुवाट मुक्त भएर सभामाझ उपस्थित भएको बताए । उनले भने-केही निर्णय गरेपछि टेन्सनमुक्त हुन्छ । मैले हल्का फिल गरेको छु । बांकी सामाग्री »

Share This Post

आउला त राजीनामा ? आयो, आयो

कोइरालाद्धारा पद त्यागको घोषणा

राजीनामा दिन्छन कि िदंदैनन भन्ने अन्यौलका विच प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधान सभाको बैठकमा पद त्यागको घोषणा गरेका छन । उनले सहमति सहकार्य र एकताको बाटोमा हिड्न सबैलाई आग्रह गर्दै आफुले प्रधानमन्त्री पद त्यागेको घोषणा गरेका हुन । कोइरालाको सम्बोधनको पुर्ण अंश केही समयमै राख्नेछु । बांकी सामाग्री »

Share This Post

सात दलको सहमतिमा के छ ?

विस्तृत शान्ति सम्झौता लगायतका विभिन्न समयमा भएका सम्झौता, सहमति र निर्णयहरुलाई आत्मसात गर्दै संविधानसभावाट तोकिएको समयमा नयां संविधान निर्माण गरी संघिय लोकतान्त्रीक गणतन्त्रलाई सुदृढ तुल्याउंदै सहकार्यका साथ अघि बढ्न सात दलले बुधवार गरेको सहमतिका प्रमुख बुंदा ।

  1. राष्ट्रपति उप राष्ट्रपति प्रधानमन्त्री तथा संविधान सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन सहमतिको आधारमा हुने । सहमति हुन नसकेमा संविधान सभा सदस्यको सामान्य बहुमतको आधारमा चयन हुने ।
  2. संबैधानीक परिषद्मा विपक्षी दलका नेता रहने व्यवस्था गरिने छ । राष्ट्रिय शुरक्षा परिषद्मा विपक्षी दलको नेता राख्ने विषयमा सात राजनीतिक दलविच मतभेद भएकाले संविधान सभाले निर्णय गर्नेछ ।
  3. ६ महिना भित्रमा अनमिनले प्रमाणिकरण गरेका माओवादी सेनाका लडाकुको समायोजना पुर्नस्थापना तथा हतियार व्यवस्थापन गरिने । मन्त्रीपरिषद बनेको १५ दिनभित्र राजनीतिक दलका प्रतिनिधि र विशेषज्ञ सम्मिलीत समिति गठन गरी यस विषयमा काम गर्नेछ । समायोजन र पुर्नस्थापनामा अयोग्य भएका जनसेनाको दायित्व सरकारको हुनेछैन । बांकी सामाग्री »
Share This Post

हरुवाहरु पनि मन्त्री बन्न सक्ने

अब मन्त्री हुनका लागि संविधान सभा सदस्य नै हुनुपर्ने बाध्यत्मक परिस्थितीको अन्त्य भएको छ । सात दलविच मन्त्रीपरिषद्मा सहभागि हुनका लागि संविधान सभा सदस्य नै नपर्ने एक बुंदामा सहमति भएपछि स्वतन्त्र ब्यक्ति समेत सहज रुपमा सरकारमा सहभागि हुन पाउनेछन । समाजमा रहेका विशेषज्ञहरुको विशेषज्ञताको उपयोग गर्नका लागि यो सहज बाटोको निर्माण गरिएको हो वा आफ्ना दलका हरुवा ब्यक्तिहरुलाइ पनि सरकारमा सहभागि गराउनका लागि यो नयां खेल खेलिएको हो त्यो भने बुझ्न सकिएन । बांकी सामाग्री »

Share This Post

संविधान संशोधनमा सहमति, कांग्रेसको फरक मत

लामो छलफल र विवाद पछि सात दल अन्तरिम संविधान संशोधनमा सहमत भएका छन । बुधवार बस्ने संविधान सभाको बैठकमा सरकारको तर्फवाट पेश गरिने अन्तरिम संविधान २०६३ को शंसोधन प्रस्तावमा सहमति जुटाउन मंगलवार मध्यान्हवाट िशंहदरवारमा बैठक बसेपनि सर्वसम्मत रुपमा सहमति भने हुन सकेन । शुरक्षा परिषद्मा विपक्षि दलको नेता रहने संबैधानीक व्यवस्थाको मुद्धामा कांग्रेस सहमत नभएपछि बेलुका कांग्रेसले सो विषयमा फरक मत लैजाने सहमतिका साथ १० बुंदे प्रस्तावमा सहमति भएको छ । बांकी सामाग्री »

Share This Post