31 Aug, 2008
एमाले सहतिका अन्य दलका नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउन आयोजीत विशेष समारोहमा माओवादीका वरिष्ठ नेता तथा अर्थमन्त्री बाबुराम भट्टराई र मन्त्रीमा नियुक्त उनकी श्रीमति हिसिला यमि दुबै अनुपस्थित भएका छन । बरिष्ठतमको विषयमा पार्टीभित्र उत्पन्न आन्तरिक अशन्तुष्टीका कारण बाबुराम नआएका हुन । माओवादीले उनी बाहिरी कार्यक्रममा ब्यस्त भएकाले आउन नसकेको बताएपनि मुल कारण भनेको प्रधानमन्त्रीपछि दोस्रोमा गृहमन्त्री सहित सरकारमा सहभागि भएका बामदेव गौतमलाई दोस्रो बरियतामा राख्नु हो । बांकी सामाग्री »
Share on Facebook

31 Aug, 2008
प्रेस स्वतन्त्रताको बखान गरेर नथाक्नेहरुले आज प्रेस स्वतन्त्रताप्रतिको आफ्नो अनुहार छर्लग पारेका छन । राष्ट्रपति निवासमा थपिएका मन्त्रीहरुको सपथ ग्रहण समारोहको समाचार र तस्विर िलंदा भुइचालो नै जाने जसरी उनीहरुले संचारकर्मीहरुलाई भित्र छिर्न दिएनन । एमाले सद्भावना लगायतका दलका नयां मन्त्री र माओवादीवाट थपिएका नयां मन्त्रीहरुले सपथ खाएको दृष्य क्यामरामा कैद गर्न सितलनिवास पुगेका संचारकर्मीहरु भित्र जान पाइन्छ कि भनेर गेटमा कुरेर बसिरहे । तर अनुमति आएन । अब गर्ने के उनीहरु लोकतान्त्रीक सरकारको निरंकुश ब्यवबहारको विरोध गर्दै सपथ ग्रहण कार्यक्रम बहिष्कार गर्दै नारावाजीका गर्दै सितल निवासवाट बाहिरिए । बांकी सामाग्री »
Share on Facebook

30 Aug, 2008

२०६४ भदौं १६ मा काठमाडौंमा भएको बम विष्फोटमा संलग्न अपराधी संविधान सभाको सदस्य बने । हो यस्तै यस्तै समाचार आए । रौतहटवाट संविधान सभा सदस्य बनेका बब्बन िसंह मिष्टर जाने उपनाम धारी हुन र उनीनै काठमाडौंमा भएको बम विष्फोटका मुख्य योजनाकार भएको प्रहरीको दावी थियो । त्यही दावीलाइ टेकेर समाचारहरु प्रशारीत भए । भदौं १४ २०६४ मा मिष्टर जाने मारिएको समाचार आयो । प्रहरीले त्यसको पुष्टी गर् यो । बब्बन जिउंदै थिए मारिने मिष्टर जोनको तस्विर अर्कै थियो । बांकी सामाग्री »
Share on Facebook

30 Aug, 2008
सरकारलाई पुर्णता दिन एमालेको सल्केको मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि को भन्ने विवाद आफ्नै पार्टीमा सरेपछि अहिले माओवादी आफ्नो नेतृत्वमा रहेको सरकारलाई पुर्णता दिन अप्ठ्यारोमा परेको छ । चीनवाट फर्किएर एमाले महासचिव झलनाथ खनालसंगको भेट लगत्तै एमालेले सरकारमा नेतृत्वमा पठाउनेलाइ दोस्रो वरियतामा राख्न सहमति गर्नासाथ उनकै पार्टीमा अशन्तुष्टी बढेको छ । त्यो पनि अरुवाट हैन डा बाबुराम भट्टराइवाट । यत्तिसम्म कि अब भट्टराइ अर्थमन्त्रीको रुपमा सरकारमै बस्न नसक्ने चर्चा समेत चल्न थालेको छ । बांकी सामाग्री »
Share on Facebook

28 Aug, 2008
नागरिक समाजका अगुवा,ज्ञानेन्द्र शाहको निरंकुशता विरुद्ध नेपाल वार एसोसिएसनको अध्यक्षका रुपमा सडकमा उत्रिएका एक बलवान नेपाली । जो लोकतन्त्र कानुनी शासन पद्धतीका बारेमा घण्टौ लेक्चर दिएर थाक्दैनन । ‘नेता नालायक भएकाले देश संकटमा परेको हो’- उनका यस्ता शब्द धेरै सुनेको हो यही कानले । ‘ठिक र बेठिक छुट्टयाउन नसक्दा देशको यो दुर्गती भयो’- सडकमा धेरै पटक उनी यसरी नै कुर्लिरहेका दृष्य आम हो । तर, उफ बोल्नु र गर्नुमा कत्तिको अन्तर रहेछ ? यिनै थापाको व्यवबहारवाट प्रष्टियो । के ति थापा यि थापा नै हुन ? आशंका उब्जीयो ।
को हुन दिपक मनागें सायद काठमाडौंमा वच्चा बच्चाले चिन्छन नै । तर यि थापाले चिनेनछन मनागेलाई । त्यसैले उनले अदालतमा गएर बहस गरे दिपक मनागें र राजीव गुरुगं फरक फरक हुन भनेर । सर्वोच्च अदालतले पनि विश्वास गरेछ उनको तर्कको । अदालतले भन्यो-दिपक मनाङ्गे र राजीव गुरुगं फरक ब्यक्ति हुन दिपकलाइ खोज राजीवलाइ छोड । जेल प्रशासनले चिनेको दिपक र राजीव एकै थिए । पुलिसले चिनेको दिपक र राजीव पनि एकै थिए । थापाले तर्क गरे हैन फरक फरक ब्यक्ति हुन । अदालतले पनि थापाकै मान्यो । राजीवलाइ रिहा गर्ने आदेश आयो । तर विडम्बना रिहा हुने ब्यक्ति थिए प्रहरी र समाज दुबैले चिनेको , अदालतले सार्वजनिक अपराधको दोषि ठहर गरेको र प्रहरीले पक्राउ गरी जेल प्रशासनलाइ बुझाएको दिपक मनाङ्गे । बांकी सामाग्री »
Share on Facebook

27 Aug, 2008

बधाइ छ बैनबत्तिलाई । फेरी तिम्रो दिन फिरेको छ । नेपाल विद्युत प्राधिकरणले फुर्ति लाएर केही समय तिम्रो उपयोगिता कम बनाउने दुष्प्रयास गरेको थियो । तर ति लाछिहरुले तिम्रा अगाडि के नै गर्न सक्थे र । पहिला साताको चार घण्टा तिम्रो काम हुन्थ्यो । तर अब तिमि शहरिया नेपालीको घरमा साताको साढे १६ घण्टा बल्न पाउने भएका छौं । तिम्रा लागि यो सरकारले हप्तामा १६ घण्टा ३० मिनेट लोडसेडिङ्गको समय बनाइदिएका छन ।
बांकी सामाग्री »
Share on Facebook

27 Aug, 2008
प्रधानमन्त्री बने लगत्तै चीनतिर हान्निएका प्रधानमन्त्री पुष्पकमल दाहालले चीनवाट फर्कदा चीनिया सरकारवाट आश्वासनका पोकाहरु बोकेर आएका छन । बुधवार स्वदेश फर्किएपछि पत्रकारहरुसंग कुरा गर्दै दाहालले चीनिया सरकारले दिएको आश्वासका पोकाहरु खोले । पहिलो आश्वासन रहेछ नयां नेपाल निर्माणका लागि चीन सरकारले सहयोगको प्रतिवद्धता ब्यक्त गरेको रहेछ । दोस्रो एक चीन नीतिप्रति नेपालले लिएको अडानको प्रशंसा भएछ । ल्हासासम्म पुगेको रेल नेपालसम्म पुर् याउन र नेपाल-चीन जोड्ने राजमार्गहरु विस्तार गर्ने सम्बन्धमा पनि चीन सकारात्मक बनेछ । बांकी सामाग्री »
Share on Facebook

26 Aug, 2008

ल छेउवाट है : पहिलो विचारक कांग्रेस नेता नरहरी आचार्य त्यसपछिका देव गुरुगं अनी चक्रे मिलन पुर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठ ।
आइतवार विहान नौ वजे चक्रपथ पुग्दा त्यहांको वातावरण नै अर्कै थियो । चक्रपथको बायांतिर भब्य स्टेज बनाइएको थियो । छेउमा पाल टांगिएको थियो । जहां राखिएको ब्यानरमा लेखिएको थियो-रक्तदान । आयोजकको नाम थियो चक्रपथ युवा क्लव । तर मुल आयोजक थिए उपत्यकाका ग्यागस्टार मिलन गुरुगं भनिने चक्रे मिलन । शनिवार बेलुका जानकारी आएको थियो चक्रेको कार्यक्रममा कानुन मन्त्री प्रमुख अतिथि भएर जांदैछन । शंका थियो जालान र तर साच्चिनै रहेछ । ११ वजे बढो प्रशन्न मुडमा पछाडि पछाडि सेनाको शुरक्षा िलंदै देव गुरुगं आइपुगे कार्यक्रमस्थलमा उनलाई कार्यक्रमस्थलको गेटमै स्वागत गर्न बसेका थिए चक्रे । बांकी सामाग्री »
Share on Facebook

25 Aug, 2008

धन्यवाद, धेरैको अनुमान सही नै थियो । यि हुन मिलन गुरुगं भनिने चक्रे मिलन ।
सेना र प्रहरीका माझमा कानुन मन्त्री देव गुरुगंको स्वागतमा लिन यि कालो पन्जा र कालै सर्टधारी को होलान अनुमान लगाउने जिम्मा तपाईको । यो तस्विरसंग सम्बन्धीत रोचक कुराहरु छन । त्यो तपाइको अनुमान पछि बाडौला है ।
Share on Facebook

25 Aug, 2008
मर्यादाक्रमको विषयमा उत्पन्न विवादका कारण सरकारमा सहभागि हुन नपाएको एमालेमा अब बरिष्ठताको विवाद भन्दा पनि सरकारमा सहभागि हुने कि नहुने भन्ने विवाद शुरु भएको छ । पार्टीभित्र माओवादीसित मिलेर जानुपर्छ भन्ने धार र मिलेर जानुहुन्न भन्ने धारमा नेताहरु विभाजीत भएपनि आफ्नै सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेगण सबै सहमत भएका थिए नै । तर अन्तिम अवस्थामा आएर दोस्रो बरियतामा एमाले नेता बामदेव गौतमलाइ नराखी बाबुराम भट्टराइलाइ रँखेपछि विवाद बढ्न गयो । जसका कारण अहिले एमालेमा माओवादी विरोधी धार बलियो देखियो । जसको कारण अब बरियताक्रमको कुरा हैन सरकारमा जानै हुन्न भन्ने आवाज बढ्दै गएको छ । बांकी सामाग्री »
Share on Facebook
