29 Sep, 2008

स्वतन्त्र तराईको राजनीतिक मागका साथ हतियारको बलमा अपाराधिक काम गर्दै आएका तराईका विभिन्न आपराधिक समुहहरु लामो समय मौन बसेपछि अब उनीहरु समाप्त भए भन्ने चर्चा चलेको थियो । कोसीमा आएको बाढिको कहरमा उनीहरु सबै बगे भन्ने जस्ता टिप्पणिहरु पनि नसुनिएको हैन । हुनपनि यो विचमा ज्वाला िसंह र जयकृष्ण गोइतका नाममा विज्ञप्तीहरु आएनन । तराईमा अपहरण र हत्याको श्रृंखला न्युन बनिसकेको थियो । त्यही विचमा सरकारको नेतृत्व परिर्वतनसंगै गृहमन्त्री बनेका बामदेव गौतमले अब सबै आपराधिक समुहलाई तह लगाउने घोषणा गरे । त्यसको पनि कुनै प्रतिकृया नआएपछि लौ अब सबै सकिएछन तराइका विद्रोही भन्ने शन्देस गएको थियो । तरहैन रहेछ । उनीहरुको मौनता त आधि आउनु अगाडिको सुन्यता समान रहेछ । उनीहरु तराईलाइ पुन आतंकको घेरामा पार्न भारतको विहारमा संयुक्त योजना निर्माणमा पो सकि्रय रहेका छन ।
बांकी सामाग्री »
Share on Facebook

29 Sep, 2008
नेपालको विशिष्ट परिस्थितिमा आफ्नै मौलिकतामा हामी सबैले राष्ट्र निर्माण गर्ने महान लक्ष्यकासाथ दुबै सेनालाई समायोजन गर्ने प्रकि्रयाको थालनी हुदैछ । तर यसलाई असफल पार्न प्रतिगामी तत्वहरुले फेरी अर्का षड्यन्त्र गर्दैछन् । जनमुक्तिसेनाको रुपमा स्वीकार गर्न नचाहने कोणहरु स्पष्टरुपमा राजनैतिक परिदृश्यमा अभिव्यक्त भैरहेका छन् । जनसेनाको नाम सुन्न नचाहने केही तत्वहरु रणनैतिकरुपमा नयाँ नेपाल निर्माण गर्ने महाअभियानकै विरुद्धमा लागिरहेको कुरा स्पष्ट छ । जनसेनालाई राजनैतिक र वैचारिकरुपमा स्वीकार्न हिच्किचाउनु नयाँ र सुन्दर नेपाल निर्माणका लागि शुभ संकेत होइन् । यसलाई सोझै राजनैतिक पूर्वाग्रह भन्न सकिन्छ । बांकी सामाग्री »
Share on Facebook

27 Sep, 2008
अहिले जारी रहेको बहुदलिय प्रतिष्पर्धात्मक शासन व्यवस्थाको विकल्प के हुन सक्छ ?त्यसको अरुचिकरण बहस शुरु भएको छ । प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष प्रचण्डले अहिले जारी रहेको बहुदलिय शासन व्यवस्था स्विकार हुन नसक्ने र त्यसको विकल्पको खोजी भइरहेको तथ्य संविधान सभाको बैठकमा बोलेपछि वास्तवमा विश्वव्यापी रुपमा मान्यता प्राप्त जनताले जनताका लागि गरिने शासन व्यवस्था भनेर चिनिएको बहुदलीय प्रतिष्पर्धात्मक शासन व्यवस्थाको विकल्पमा माओवादीले कस्तो खालको शासन व्यवस्थाको कल्पना गरेको होला भन्ने बहसको प्रारम्भ भएको हो । माओवादीले केवल यथास्थितीवादमा चल्न नसक्ने मात्र बताएर उनीहरु अहिलेको शासन व्यवस्था स्विकार नगर्ने रणनीतिमा रहेको प्रष्ट पारेपनि आखिर उनीहरु कस्तो शासन प्रणालीको पक्षमा रहेको छन त्यो भने सार्वजनिक नगर्दा समाजमा सल्कीएको बहसको विषयले ठोस आकार लिन सकेको छैन ।
नेपालको राजनीतिक र शासन साचालनको मोडल बेष्ट मिनिष्ट्र नै हो । अर्थात बेलायत र भारतको नक्कल हो । जहां जनतावाट बहुमत ल्याउने दलले संसदमा सत्ताधारी दलको मान्यता पाउंछ र उसैले शासन गर्छ । नेकपा माओवादी अहिले सत्ताको मुख्य संचालक भएको पनि यही अवधारणा अनुसार नै हो । पुष्पकमल दाहाल प्रधामन्त्री बनेका पनि यही राजनीतिक मोडल अर्थात राज्य संचालनको मोडलवाट नै हो । बांकी सामाग्री »
Share on Facebook

25 Sep, 2008
राजनीतिक यात्राका साथै जीवनलिला अन्तिम अवस्थामा पुगेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला आफु मर्नु अगाडि कांग्रेसको राजनीतिमा आफ्नी एक मात्र छोरी सूजाता कोइरालालाई स्थापीत गराउने शड्यन्त्रमा लागेका छन । नेपाली नागरिकता नै त्यागेर विदेशीसंग विवाह गरेतापनि सधै आफ्ना बाबु सत्तामा रहेको प्रभावको दुरुपयोग गर्दै सूजाता जोष्टवाट कोइरालानै कायम रहेर एक पटक विनाविभागिय मन्त्रीको रुपमा छायां प्रधानमन्त्री बन्न सफल सूजाता संविधान सभा सदस्यमा लज्जाजनक पराजय भएपछि मुल राजनीतिवाट आउट हुन लागेपछि कोइरालाले उनलाई कांग्रेस मार्फत राजनीतिमा टिकाइ राख्न खाली रहेको महामन्त्री पदमा स्थापीत गराउने शड्यन्त्रमा लागेका हुन । बांकी सामाग्री »
Share on Facebook

23 Sep, 2008
विहिवार बेलुकावाट एक्कासी ज्वरोको आक्रमणवाट थलिएपछि मेरो नियमित ब्लग यात्रा यि पांच दिन पुर्ण अवरुद्ध बन्न पुग्यो । ज्वरो। रुखा खोकी सबैले एकै पटक शरिरमा आक्रमण गरेर थागंथिलो बनाइदिए मोराहरुले यो हाड र छालाको ज्यान । यो विचमा माउस समात्ने शक्ति समेत आएन ज्यानमा । जसका कारण ब्लगरमित्रहरुसंगको नियमित भेटघाट नै हुन सकेन । तर अति भयो । अब त भएन शुक्रवारदेखी मंगलवारसम्म कत्ति मौन बस्न नै सकिन्छ र । हात चिलाएर हैरान भएपछि जर्वजस्ति किबोडसम्म आइपुगेको छु । बांकी सामाग्री »
Share on Facebook

18 Sep, 2008
गणतान्त्रीक नेपालका पहिलो अर्थमन्त्रीको रुपमा डा बाबुराम भट्टराईले करिव ३ खर्ब बराबरको आश्वासनको पोको संविधान सभामा शुक्रवार पेश गर्दैछन । सर्पको जस्तो चालमा नभई ब्यागुत्ते शैलीमा आर्थिक विकास हुनुपर्छ भनेर यस अगाडि भट्टराई र प्रधानमन्त्री पुष्पकमल दाहालले अबको आर्थिक नीति कस्तो हुने भन्ने संकेत गरिसकेका छन । अबको युग अर्थिक क्रान्तीको भएको पनि बारम्बार देखिइहिएको हो । तर एक वर्षभरी गर्ने आश्वासनको त्यो पोको भ्यागुत्ते शैलीमा आउने हो या सर्पको शैलीमा त्यो भोलि नै थाहा हुन्छ । बांकी सामाग्री »
Share on Facebook

17 Sep, 2008
भ्रमणका उपलब्धी
- १९५० को सन्धी पुनरावलोकन अध्यावधी र समिक्षाका लागि भारत तयार ।
- कोसी बाढीपीडितका लागि ३२ करोड सहयोग
- पेट्रोलियम पदार्थको आपूर्तिका लागि रु। एक अर्ब ५० करोड ऋण
- सडक रेलसेवा र जलविद्युत परियोजनामा भारतको लगानी
भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमद दाहाल एक अर्व ५० करोडको ऋण बोकेर नेपाल आउने भएका छन । दुबै देशका प्रधानमन्त्रीले जारी गरेको २२ बुँदे विज्ञप्तिमा पेट्रोलियम पदार्थको आपुर्तिका लागि सहज होस भनेर भारत सरकारले नेपाल सरकारलाई ऋण दिन सहमत भएको हो । अब नेपाल सरकारले भारतवाट ल्याएको ऋण भारतको इन्डीयन आयल कर्पोरेसनलाइ दिनेछ । यो भन्दा अगाडि प्रत्येक नेपालीको टाउकोमा १२ हजार राष्ट्रिय ऋण थियो क्यारे अब यसले कति बढाउने हो कुन्नी । भारतको लापरवाहीका कारण कोसी व्यारेज भत्कीदा भएको क्षतिका लागि भारत सरकारले ३२ करोड सहयोग गर्ने वचन पनि दिएको छ । बांकी सामाग्री »
Share on Facebook

17 Sep, 2008
नेपालका प्रधानमन्त्रीले भारतमा भने-मै बहुत भावुक हो रहा हुं
उपराष्ट्रपति परमानन्द झा अनी तराइ केन्द्रित नेताहरु मात्र हैनन हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि बढो हिन्दी भाषा प्रेमी रहेछन । प्राय राष्ट्रप्रमुखहरुले अन्य राष्ट्रको भ्रमण गर्दा आए अन्तराष्ट्रिय भाषा अंग्रेजी नआए आफ्नै राष्ट्रिय भाषाको प्रयोग गर्नु सामान्य हो । तर अर्काको देशको भाषा त्यो पनि कनीकनी बोलेको दुर्लभ दृष्य नयां नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहालले देखाए । ‘मै बहुत भावुक हो रहां हु १० वरसी जनयुद्धमे ८ बरस मे भारतमा बैठा था । यहांका जनताप्रति मेरो मनमे बहुत सम्मान हे’ उनी मच्ची मच्ची कनी कनी यस्तै यस्तै भन्दै थिए टेलिभिजनको पर्दामा । बांकी सामाग्री »
Share on Facebook

17 Sep, 2008
सरकारको नीति तथा कार्यक्रमको बारेमा संविधान सभामा उठेका प्रश्नहरुको उत्तर दिनेक्रममा बहुदलिय शासन व्यवस्था र लोकतान्त्रीक गणतन्त्रलाई स्विकार गरेको वचन िदंदै सरकारमा पुगेको माओवादीका अध्यक्ष तथा पुष्पकमल दाहालले परम्परागत संदिय व्यवस्था स्विकार्य नहुने बताएर सबैको मनमा आशंकाको विउ रोपेका छन । पुरातन सोचका कम्युनिष्टहरु संदिय व्यवस्था त स्विकार गर्छन तर बहुदलिय व्यवस्था स्विकार गर्न सक्दैनन् भन्ने मान्यता विश्वब्यापी रुपमा स्थापीत भएको विषय हो । रातो झण्डा र हसिया हथौडाप्रतिको एर्लजीको प्रमुख पाटो पनि यही झुठको खेतिका कारणले नै हो । यसमा प्रचण्डले प्रधानमन्त्रीको रुपमा संसदमा उभिएर जुन रुपको कुरा गरेका छन यसले कतै नेपालवाट बहुदलिय शासन ब्यवस्था लोप भएर निरंकुश एकदलिय कम्युनिष्ट शासन त आउने हैन भन्ने आशंका बढाएको छ ।
प्रतिष्पर्धात्मक शासन व्यवस्था विश्वव्यापी रुपमा स्विकार्य व्यवस्था हो । यसमा कुनै दलले गल्ती गरेमा मतदानद्धारा जनताले स्वतन्त्र पुर्वक निर्णय गर्नसक्छन भन्ने मान्यता रहेको छ । बहुदलिय शासन व्यवस्थामा नै नाटकिय रुपमा कुनै दलको उदय हुन्छ र कुनै दलको पतन हुन्छ । तर एकदलिय कम्युनिष्ट शासनमा त्यो सम्भव हुन्न । मानेपनि नमानेपछि एक दलको तानाशाह मान्न नागरिक बाध्य हुन्छन बहुदलिय प्रतिष्पर्धा विनाको राजनीतिक प्रतिष्पर्धामा । कतै माओवादी त्यही शासन व्यवस्थालाई नेपालमा स्थापीत गर्न लागेको त हैन भन्ने आशंका र शंकेत माओवादीका अध्यक्षका रुपमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालको भनाईले जन्माएको छ । बांकी सामाग्री »
Share on Facebook

15 Sep, 2008

पांच दिने भारत भ्रमणको क्रममा नयांदिल्लीमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मनमोहन िसंह अंगालो मारेर आत्मीयता देखाउंदै ।
बांकी सामाग्री »
Share on Facebook
