Archive for October, 2008

स्वागत छ वान कि मुन

नेपालको शान्ति प्रकृयाको बारेमा छलफलका लागि संयुक्त राष्ट्र संघका महासचिव वानकि मुन आज नेपाल भ्रमणमा आएका छन । करिव १६ जना ब्यक्तिगत शुरक्षाकर्मीहरुका साथ मुनको ेनपाल भ्रमणलाई नेपालको जारी शान्ति प्रकृयाप्रतिको राष्ट्रसंघको तिव्र चिन्ता र चासोको रुपमा विष्लेशण शुरु भएको छ । हुन त मुन नेपालमा भएको संविधान सभा चुनावको अवलोकनमा आउने चर्चापनि चलेको थियो । तर उनी आएनन । जव राष्ट्रसंघको महासभामा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणका लागि निमन्त्रण गरे उनले नाइ भन्न सकेनन । र नेपाल आउन राजी भएका थिए । नेपालको भंमणका क्रममा मुनले राष्ट्रपति डा रामवरण यादवप्रधानमन्त्री दाहाल संविधान सभा अध्यक्ष सुवास नेम्वागं कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला लगायत विशिष्ट व्यक्तिहरुसंग नेपालमा जारी शान्ति प्रकृया र त्यसमा राष्ट्र ससंघले खेल्नसक्ने भुमिकाको विषयमा छलफल गर्नेछन ।
अहिले नेपाल जारी शान्ति प्रकृयाको जटिल मोडमा रहेको छ । शान्ति प्रकृयाको सहयात्री कांग्रेस प्रतिपक्षको भुमिकामा पुगेको छ । अहिले कांग्रेस राष्ट्र संघको भुमिकामाथि नै शंका ब्यक्त गर्दै आएको छ । बांकी सामाग्री »

Share This Post

क्यान्टोमेन्टमा के गर्दैछन जनसेना ?

नवलपरासीको झ्यालटुगंडाडामा रहेको जनसेनाको चौथो डिभिजनका जवानहरु तिहार मनाउन माछा काट्दै ।

नवलपरासीको झ्यालटुगंडाडामा रहेको जनसेनाको चौथो डिभिजनका जवानहरु तिहार मनाउन माछा काट्दै ।

जनसेना नेपाली सेनामा समायोजन कि पुर्नस्थापना र लगायतका बैकल्पीक बाटो बहस जारी छ । सबैदलहरुविच एकै सहमति हुन सकेको छैन । माओवादी शान्तिपुर्ण बाटोमा आए लगत्तै अस्थायि शिविर बनाएर बसेका जनसेना अहिले पनि अस्थायि शिविरमै छन । उनीहरु के गरेर बसिरहेका छन त त्यहां । सहकर्मी नविन विभाष दशै र तिहारमा मनाउन हिडेको बेलामा क्यान्टोनमेन्टका केही तस्विर बोकेर आएका रहेछन । यी तस्विरहरुले जनसेनाको दैनिक प्रष्ट्याउंछ कि ! बांकी सामाग्री »

Share This Post

विशेष समिति जन्मनासाथ विवादमा

मन्त्रीपरिषद्को मंगलवारको बैठकले गठन गरेको जनसेना समायोजन तथा पुर्नस्थापनाका गृहमन्त्री बामदेव गौतमको संयोजकत्वमा गठन गरेको विशेष समिति विवादमा आउन २४ घण्टा पनि लागेन । एमालेको तर्फवाट सरकारको नेतृत्व गरेका बामदेवको संयोजकत्वमा समिति गठन भए लगत्तै-सल्लाहनै नगरी समिति गठन भयो भन्दै कांग्रेसका नेता कुर्लिएका थिए । उनीहरु कुर्लनू स्वभावीक हो । कारण उनीहरु परे प्रमुख प्रतिपक्ष । तर बुधवार एमालेका बरिष्ठ नेता केपी ओलिले सरकारले गठन गरेको समितिलाई एमालेले मान्यता नदिने चेतावनी दिएका छन । जसका कारण समितिले पाइला चाल्नु अगाडि नै संकटमा पर्ने लक्षण देखाएको छ । बांकी सामाग्री »

Share This Post

कोइराला भन्छन-’आइएम सरी भन प्रचण्ड’

धम्की र घुर्कीको भाषा प्रयोग गर्दै आएका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आज एकाएक सहमति र सहकार्यको भाषा प्रयोग गरेका छन । सरकारमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको आग्रह अस्विकार गर्दै माओवादी प्रजातन्त्र विरोधी भएको उद्घोषका साथ उसको गैर प्रजातान्त्रीक आचरण विरुद्ध आन्दोलनको घोषणा गरेको अवस्थामा काठमाडौंमा आएर उनले माओवादीले सहमति सहकार्य र एकता तोडेको आरोपका साथ गल्ति महशुश गरी सहमतिको राजनीति कायम रँख्नेबारे पुर्नविचार गर्न आग्रह गरे । बांकी सामाग्री »

Share This Post

शुभकामनाको बहानामा काम पो मागे

मौकामा चौका हान्दा उपराष्ट्रपति पद फोकटमा पाएका उपराष्ट्रपति परमानन्द झाले कुनै काम नपाएपछि चियापानको बहानामा राष्ट्रपति प्रधानमन्त्री लगायत सबैलाई आफ्नो कार्यालय बहादुरभवनमा बोलाएर आफ्नो कुनै जिम्मेवारी नभएकोमा दुखेको ब्यक्त गरेका छन । निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा आयोजीत चियापान कार्यक्रमको उद्धेश्य बारेमा उनैले स्पष्ट पारे-मेरो कार्यालय कहां छ भनेर धेरैलाइ थाहा नै छैन भनेर कार्यालय देखाउन चिया खान बोलाएको । उनको सबैभन्दा ठुलो आक्रोश अन्तरिम संविधानप्रति थियो । अन्तरिम संविधानमा राष्ट्रपति नभएको अवस्थामा उपराष्ट्रपतिले उनको काम गर्ने मात्र उल्लेख भएकाले आफुले केही काम गर्नै नपाएको भन्दै उनले सबैका अगाडि कामको याचना गरे । बांकी सामाग्री »

Share This Post

मालिक लुके कुटिने कर्मचारीमात्र


नेपालीलाई क्यासिनोमा प्रवेशमा कडाइ गरेपछि सुकेका काठमाडौंका क्यासिनोका कर्मचारीहरु मध्यरातसम्म दरवारमार्ग क्षँेत्रमा हातमा ढुंगा लिएर बस्न ब्यस्त भए । दरवारमार्गमा रहेको क्यासिनो अन्नामा क्यासिनो शुरु भएको समय सांढे आठ वजे तीनजना प्रहरी छिरेपछि उत्पन्न तनावको आगोमा घिउ थप्न काठमाडौंमा रहेका सातवटै क्यासिनोका कर्मचारीहरु दरवारमार्गमा भेला भए अनी शुरु भयो प्रहरीलाई ढुंगा हान्न । काला कोटधारी, कुन्डलेहरु अनी किचेनमा काम गर्ने कुक र क्यासिनोका छोटा बस्त्रधारी महिला कर्मचारी सबै प्रहरी र गृहमन्त्री विरुद्ध नारा लगाउन ब्यस्त थिए । उनीहरुले प्रहरीलाई-बामदेवका सेना भनेर गाली गरिरहेका थिए । बांकी सामाग्री »

Share This Post

जसलाई अमेरिकी सिटिजनसिप घांडो भयो

फेसबुकको नियमित भ्रमण गर्दा अनायसै जनआस्थाका सम्पादक किशोर श्रेष्ठको फोटो सेक्सनमा आंखा पुग्यो । त्यहां कसैले केही लेखे झै देखिएको फोटो थियो । जिज्ञासा स्वभाविक थियो । स्कुप पत्रकारले फेसबुकमा कुनै स्कुप पो हालेका छन कि त्यहां रहेछबारबरा एडम्सले गृहमन्त्रीलाइ दिएको निवेदन जहां उनले आफ्नो अमेरिकी नागरिकको परिचय बदलेर नेपाली नागरिक हुन विनय गरेकी रहिछन । निवेदनका शब्द निक्कै मार्मिक थिए-यो जीवनको अन्तिम घडिमा नेपाली नागरिकता सिरानीमा राखेर मर्ने मेरो मन छ । भोलि म मर्दा एक अमेरिकी नागरिकको निधनको खवर नभइ एक नेपाली नागरिकको निधनका् खवर छापियो । झल्यास्स तीन दिन अगाडिको एक इमेल सम्झीए जहां सन २०१० को डिभि खुलेको जानकारी थियो । यि दुबैको फ्युजन दिमागका घुम्दा बढो अनौठो लाग्यो । हजारौ नेपाली अमेरिकी नागरिक हुन लालायित भएका बेला एक अमेरिकी नागरिक भने नेपाली बन्न अनुनय गरिरहेकी छिन । उनका लागि अमेरिकी नागरिकको प्रमाण पत्र घाडो भएको छ । उनमा किन हो नेपाली नागरिक हुने मोह जागेको छ ।

बांकी सामाग्री »

Share This Post

पुष्पकमल पलंगकाण्डको फन्दामा

भ्रम फैलाउन सरकारी मिडियाको दुरुपयोग,गोरखापत्र भन्छ-५० हजार, जनदिशा लेख्छ सवा लाख


सर्वहारावर्गको प्रतिनिधित्वको दावी गर्दै प्रधानमन्त्रीको कुसीमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा रहेको उनको एक लाख १५ हजारको पलंगले २ महिनापछि पनि प्रधानमन्त्रीको पिछा छोडेको छैन । प्रधानमन्त्री नियुक्त भए लगत्तै उनका लागि बालुवाटारको उनको शयनकक्षमा उनको रोजाईमा एक लाख १५ हजारको पलंग किनिएको समाचार बाहिर आएको बेलामा उनको सामान्य आलोचना भएको थियो । तर खरा लेखक खगेन्द्र संग्रौलाले उनको पलंगमोहको उछित्तो काढेपछि २ महिनापछि सरकार आफैंले पलंगको मुल्य ६५ हजार घटाएर एक लाखमा २ वटा किनेको स्विकार गर्दै हिजो अरुले पनि किन्थे आज प्रचण्डले पनि किने भन्ने खालको समाचार प्रकाशित गरेको छ । अचम्म तालले सरकार नियन्त्रीत गोरखापत्र र माओवादीद्धारा संचालीत जनदिशामा फोटो सहितको एकै खालको समाचार प्रकाशित गरी सत्य समाचारलाई हल्ला प्रमाणित गर्न खोजिएको छ । तर दुखको कुरो गोरखापत्रमा पलंगको मुल्य ५० हजार भएको दावी गरिएपनि माओवादीको दैनिक मुखपत्र जनदिशामा भने पलंगको मुल्य सवा लाख नै रहेको तथ्य स्विकार गरिएको छ ।

बांकी सामाग्री »

Share This Post

प्रधानमन्त्रीका परिवर्तनका गफ

यदी नयां नेपालको नयां सरकार हो भने अब सरकारले एक महिना भित्र के के गर्छ तीन महिनाभित्र के के गर्छ अनी ६ महिना भित्रमा के के गर्छ कुन कुन क्षेत्रमा के के परिर्वतनको आभाष दिन्छ योजना सार्वजनिक गर्न सक्नुपर्छ ।

 करिव २ हप्ता भयो प्रधानमन्त्री पुष्पकमल दाहालले परिर्वतनका गफ गर्न थालेका । यो विचमा परिर्वतन पनि भए तर देश निर्माणका हैन प्रमुख जिल्ला अधिकारीहरु परिर्वतन भए जिल्ला न्यायधिषहरु परिर्वतन भए । अब सचिवहरु परिर्वतनको तयारी भइरहेको सुनिएको छ । के प्रधानमन्त्रीले भन्न खोजेको परिर्वतन यही मात्र हो त ? नयां नेपालको नयां सरकार कस्तो हुने ? राणकालीन जस्तै ? पचायत जस्तै ? कांग्रेस जस्तै या एमाले जस्तै ?अहिलेसम्म सरकारले गरेका काम कार्वाही हेर्दा प्रश्नको उत्तर सहज छ-उस्तै उस्तै । राणाकालको अन्त्य गरेर सत्तामा पुगेको कांग्रेसले नयांलाई आत्मसाथ गर्न सकेन । उसले आधा आफ्नो विचार र आधा राणकालीन विचार लिएर काम गर् यो । १७ सालमा पंचायत आयो प्रजातन्त्रको अर्कै परिभाषा बोकेर । २०३६ सालमा केही परिर्वतन होला कि भन्दा भन्दै ताल उही भयो । २०४६ मा परिर्वतन आयो । तर त्यो राजनीतिक परिर्वतन मात्र । व्यबहार र सरकार संचालनको प्रकृया उही पुरानै । बांकी सामाग्री »

Share This Post

आज टिपन टापन मात्र

न समाचार जुर्यो न विचार नै फुर्यो । आज हुनपनि त्यस्तो केही उल्लेख्य समाचार पनि छैन । गृहमन्त्रीले वाइसिएल र युथफोस्रलाई गाली गरे माओवादी र एमालेका नेताको बैठकले सेना समायोजनका लागि विशेष समिति गठन गर्ने विषयमा छलफल गरे । सायद बुधवार बस्ने मन्त्रीपरिषद्को बैठकले त्यस विषयमा निर्णय गर्ने होला । न्याय परिषद्ले एकै पटक एक सय ३२ न्यायधिषको सरुवा गर्यो । कांग्रेसले प्रतिपक्षको साख जोगाउन धम्कीको भाषालाई निरन्तरता दिएको छ । आजपनि कांग्रेसका कार्यबाहक सभापति शुसिल कोइरालाले सहमति पालना नभए सडक आन्दोलनमा उत्रिने धम्की दिएछन । राष्ट्रपतिको निर्वाचनमा डा रामवरण यादवलाइ भोट हालेको झोकमा कार्वाहीमा परेका जनमोर्चा नेपालमा अध्यक्ष अमिक शेरचनको निलम्बनको कार्वाही फुकुवा गर्ने निर्णय गरेको रहेछ । बांकी सामाग्री »

Share This Post