28 Nov, 2008
मुम्बइमा भएको आतंकवादी हमलाको बारेमा भारतिय टेलिभिजनले गरेको लाइभ कभरेजवाट टेन्सनमा आएका भारतिय ब्लगर जयदिप कर्णिकको भावना
आतंकवादी हमला अनी त्यसको ताजा दृष्यहरु प्रशारण गर्ने टेलिभिजन च्यानलको प्रतिष्पर्धा अहिले भारतमा बहसको विषय बनेको छ । सबै दृष्यको प्रत्यक्ष प्रशारण गरिरहेका थिए भारतीय टेलिभिजन च्यानलहरुले । तर यो हेरेर दर्शकहरु खुसी हुनुको साटो टेलिभिजनकर्मीलाइ गाली गरिरहेका छन । अझ त्यसमा पनि जव एन्टी टेररिजम स्क्वायडका प्रमुख हेमन्त कारकरेको मृत्युमा टेलिभिजनको हात रहेको चर्चा चल्यो यसवाट पक्कैपनि कुन विषयमा टेलिभिजनले प्रतिष्पर्धा गर्ने कुन विषय हैन भन्नेमा पुर्नविचार गर्ने समय आएको देखिन्छ । भारतिय टेलिभिजन च्यानलको लाइभ कभरेजको विषयमा भारतिय ब्लगमा पनि राम्रो बहस शुरु भएको छ । यही विचमा ब्लगर जयदिप कर्णिक लेख्छन-बस बन्द गर यो लाइभ कवरेज । बांकी सामाग्री »
Share on Facebook

28 Nov, 2008
एमालेले माओवादीलाई दोस्रो उपहारको रुपमा संविधान सभाको उपाध्यक्ष पद दिएको छ । सत्ता साझेदार दलमध्येको तराइ मधेस लोकतान्त्रीक दलले उपाध्यक्ष पद पाउने आशा गरेको थियो । तर एमालेलाइ त्यो कुरा चित्त बुझेन । उसले उपाध्यक्ष पद माओवादीलाइ उपहारको रुपमा दिने निर्णय गर्दै माओवादी उम्मेदवार पुर्णाकुमारी सुवेदीलाई विजयी बनाइदियो । यसवाट तमलोपा सत्ताधारी सबै दलसंग विच्कीएको छ । उसले अब सहमतिको राजनीतिको कुनै अर्थ नरहेको घोषणै गर् यो । बांकी सामाग्री »
Share on Facebook

27 Nov, 2008
माओवादी फुट्नु अथवा जनगणतन्त्रको बाटो हिड्दै पुन संघर्षमा होमिनु दुबै बाटो तत्कालका लागि नेपालका लागि घातक हुने निश्चित थियो । माओवादीमा फुट आएपनि जारी शान्ति प्रकृया भाताभुगं हुन्थ्यो नै संविधान सभा समेत तुहिन्थ्यो । जसले कि कुनै बादको नाममा निरंकुश सत्ताको जन्म गराउथ्यो कि नेपाल एकादेशमा परिणत हुनसक्थ्यो ।
लोकतान्त्रीक पद्धतीमा १२ वर्षपछि फर्किएको माओवादी पुन बाटो बदलेर साच्चिकै विद्रोहमा पो जान्छ कि क्या हो भन्ने आशंका तत्कालका लागि मेट्दै अहिलेका लागि लोकतान्त्रीक गणतन्त्रको बाटोमै हिड्ने प्रतिवद्धताका साथ माओवादीको राष्ट्रिय भेला सकिएको छ । जनगणतन्त्र कि संक्रणकालीन गणतन्त्र अर्थात विद्रोहद्धारा राज्यसत्ता कब्जा गर्ने कि संविधान सभाको उपयोग गर्दै भन्ने चर्को विवादका कारण माओवादी कि जनगणतन्त्रमा जान्छ कि फुट्छ भन्नेसम्मको अवस्थामा पुगेको भेला अन्तमा दुबै नेता अर्थात पुष्पकमल दाहाल र मोहन बैद्य किरणको प्रस्ताव मिसमास गरेर जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रु कार्यदिशा पारित गर्दै टुंगिएको छ । बांकी सामाग्री »
Share on Facebook

25 Nov, 2008

कान्तिपुरवाट टुकि्रएर गएको २ समुहविचको प्रतिष्पर्धाको सबैभन्दा रोचक प्लेटफर्म बन्नपुगेको छ सोसिएल नेटवर्क साइट फेसबुक । जसलाई मंगलवारवाट नागरिक र न्युजप्रुन्ट समुहले थप रोचकता दिएका छन आफ्नो डमीको औपचारिक विमोचनका लागि फेसबुकको उपयोग गरेर ।
बांकी सामाग्री »
Share on Facebook

23 Nov, 2008
मोहन बैद्य खेमाका सशक्त नेता नेत्रविक्रम चन्दको विचारोत्तेजक दृष्टीकोण
पहिलो : पार्टी जनगणतन्त्र तर्फ नगई लोकतान्त्रिक गणतन्त्रमै बस्नु भनेको माक्स्रवादको सत्ता सम्बन्धी आधारभूत कार्यक्रम सर्वहारावर्गद्वारा नेतृत्व गरिएको जनताको सत्ता निर्माण गर्ने लक्ष्यबाट विचलित हुनु र बुर्जवा वर्गको सत्ता मातहतको संसदवादमा गिर्नु सिवाय केही हुँदैन भन्ने प्रस्ट छ । लोकतन्त्र र जनगणतन्त्रबीचका मुख्य मतभेदहरु यिनै हुन् ।
दोस्रो : मुखले विद्रोह भने पनि व्यवहारमा विद्रोहका आधारहरुलाई भत्काउँदै लगिएको छ जनमुक्ति सेनाको समायोजनको कुरा पेसेबर क्रान्तिकारीलाई घर फर्काउने या जागिर तिर पठाउने चाल आर्थिक सुधारमा मात्र जोड्दिने र पार्टीमा आर्थिक स्वच्छाचारिताले यसैको पुष्टि गर्दछ । नेपाली क्रान्तिको विशेषता अहिले पनि अनिवार्यतः सशस्त्र नै हुनेछ र त्यसरी मात्र क्रान्ति सम्पन्न गर्न सकिने छ । त्यसका लागि जनमुक्ति सेनालाई समायोजन गर्ने होइन कि सुदृढ गर्नै पर्दछ ।
तेस्रो : दलाल पुँजीवादी सत्ताका आधार र अङ्गहरुमा सशक्त ढङ्गले प्रहारगर्ने र ध्वंसगर्ने कार्यनीति हुनुपर्दछ । त्यसो गर्दा मुख्यतः नेपालको पुरानो आर्थिक आधार विदेशी दलाल पुँजीवादीका अखडाहरु पुरानो सांस्कृतिक संरचना ध्वंसगर्ने नै हुनुपर्दछ । प्रचण्डले पेश गरेको राजनीतिक कार्यक्रम रणनीति र कायर्नीतिले सुधारवादतिरको प्रतिनिधित्व गर्दछन् र यसैमा पार्टी बढ्ने हो भने सुधारवादको दलदलमा टुप्पी सम्म पुरिने प्रस्टै छ । यसको हल भनेको पार्टी जनगणतन्त्रको राजनीतिक कार्यक्रम सशस्त्र विद्रोहको रणनीति र वर्गसंघर्षको कार्यनीतिद्वारा अगाडि बढ्नु पर्दछ । जोखिमपूर्ण भएर पनि यसले नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने छ ।
बांकी सामाग्री »
Share on Facebook

22 Nov, 2008

ब्लग भन्दा नाक खुम्च्याउनेहरुको जमात कम हुंदै गएपनि बहुमत उनीहरुकै छ । ब्लगलाई टाइमपासका लागि गरिने बेक्कारको काम भनेर टिप्पणि गर्नेहरुसंग अहिलेपनि बेलाबखत मौखिक मुडभेड हुन्छ नै । तर ब्लगको बढ्दो लोकप्रियता र ब्लगका भुलेकाहरुको बढ्दै गएको उचाईका कारण विस्तारै प्रिन्टका संचारमाध्ययमपनि ब्लगमा भिज्दै गएका छन । धुम मच्याउने घोषणाका साथ तिब्र तयारीमा रहेको दैनिकीको वेभसाइटको डमी फेसबुकमा हेर्दा ब्लग कोलमदैख्दा बढो आनन्द आएको थियो । तर यि सबैलाइ माथ गर्दै नयांपत्रिकाले त ब्लगबारको रुपमा छापामाध्ययमा समेत ब्लगलाई भिजाउने प्रयास शुरु गर् यो शनिवारवाट । अनी यसको प्रारम्भ गरेका छन ब्लगर नारायण अमृतले । बांकी सामाग्री »
Share on Facebook

21 Nov, 2008
कम्युनिष्ट पार्टीमा संस्थापनपक्षको मत विरुद्ध भिन्न मत लैजानु भनेको आगोमा नांगो गोडाले टेक्नु बराबर हो । कारण कम्युनिष्ट पार्टीका नेतृत्वकर्ता मात्र हैन साधारण समर्थक पनि आलोचना रुचाउंदैनन । उनीहरु आफु अन्ध समर्थक त हुन्छन नै अरु पनि आफु जस्तै भएको हेर्न रुचाउंछन ।
शिर्षकमा उल्लेख विषयमा अहिले माओवादीका कट्टरदेखी सामान्य समर्थकसम्म विभाजीत रहेको अवस्था छ । चुरो कुरो के भने पार्टीमा रहेका गुरु चेला पुष्पकमल दाहाल प्रचण्ड र मोहन बैद्य किरण भिन्नधारमा विभाजीत भएपनि माओवादीका केन्द्रिय तहका नेता होलटाइमर र साधारण सर्मथक समेत अहिले दुइधारमा विभाजीत भएका छन । चियापसलको सामान्य बहस देखी बौद्धिक समुदायको गहन बहसमा समेत अहिले यि दुबै नेताले पेश गरेको संक्रमणकालीन गणतन्त्र र जनगणतन्त्रको विषयमा चर्का तर्कवितर्क सुन्न पाइन्छ । बांकी सामाग्री »
Share on Facebook

19 Nov, 2008
पार्टीको भावी लाइन कुन हो भन्ने विषयमा बढ्दै गएको विवादका कारण माओवादीका नेतृत्वमा रहेका नेता संगै हिड्ने हो कि टुकि्रने हो भन्ने अन्यौलता कायम रहेको बेलामा सरकार समेत अस्थिर बन्न पुगेको छ । संविधान सभा मार्फत जनगणतान्त्रीक संविधान निर्माण गरेर जनगणतन्त्रमा जाने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लाइनप्रति अशन्तुष्टी जनाउंदै तत्काल जनविद्रोह मार्फत जनगणतन्त्रमा जानुपर्ने प्रस्ताव राखेका छन । यि दुबै प्रस्ताव माओवादीभित्र बहसको कोणमा रहेको बेलैमा उसका सत्ता सहयोगि दलहरु भने अब सरकारवाट हट्ने चेतावनी दिइरहेका छन । बांकी सामाग्री »
Share on Facebook
