Archive for December, 2008

भाषणमा मात्र सिमित मेलमिलाप दिवस

बाहिरी तत्वहरुलाई हेर्दा शान्ति प्रकृयाका महत्वपुर्ण पक्ष नेपाली कांग्रेस र माओवादीविच मेलमिलाप तोडिएको लामै समय भयो । एमालेसंगको सम्बन्ध न तातो छ न चिसो नै बनिसकेको अवस्था छ । भित्रि तत्वहरु हेर्ने हो भने पनि अवस्था उस्तै कहालीलाग्दो नै छ । पार्टीभित्रका नेताहरुविच सबैभन्दा खट्किने विषय नै हो मेलमिलाप । पार्टी आन्तरिक रुपमा शुसिल कोइराला शेरबहादुर देउवारामचन्द्र पौडेल र नरहरी आचार्यको नाममा विभाजीत छन । तर पनि २०३३ सालवाट कांग्रेसका संस्थापक नेता विपि कोइरालाले बसालेको राष्ट्रिय मेलमिलापको नीतिलाई सम्झाउन कांग्रेस ३३ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइरहेको छ २०६५ पुस १६ बुधवार । बांकी सामाग्री »

Share This Post

ब्लगर मित्रहरु, खतरा बढ्दै छ है

आरएसएफको प्रतिवेदनमा नेपाल कुनै सुचिमा परेको छैन । तर यसैको आधारमा शुरक्षित छौं भनेर ढुक्क हुने अवस्था भने पक्कै छैन । हुन त धेरै राजनीतिज्ञहरु अहिले आफ्नो धारणा सार्वजनिक गर्न इन्टरनेटको दुनियामा प्रवेश गरिरहेका छन । त्यसमा सबैभन्दा अगाडि देखिएका अर्थमन्त्री बाबुराम भट्टराइ त आफ्नो ब्लगको तयारीमा नै छन । यस मानेमा केही ढुक्क बन्न सकिन्छ । तर,इरानलाइ हेर्ने हो भने कसरी ढुक्क हुनु ?

सन २००८ को प्रेस फि्रडमको सुचिले सन २००९ ब्लगरहरुको लागि थप खतरा बोकेर आउने पुर्व संकेत गरेको छ । तथ्यांक भन्छ एक वर्षको अवधिमा एक जना ब्लगरको हत्या भयो ५९ जना ब्लगरलाई जेलमा कोचियो अनी ५४ जना ब्लगर सांघातिक आक्रमणको सिकारमा परे । १७४० वटा वेबसाइट ब्लकको सिकार बने । अहिले पनि ३७ देशले इन्टरनेटमा सेन्सरसिप लागु गरेर स्वतन्त्र ब्लगकारीतामाथि धावा बोलेको छ ।
रिर्पोटस्र विदआउड बोर्डरको तथ्यांक भन्छ-परम्परागत मिडियामाथिको आक्रमणको दिशा बदलिएर अब नयां मिडिया इन्टरनेटतिर सोझिएको छ । त्यसको मुख्य सिकार ब्लगरहरु बन्दै गएका छन । बांकी सामाग्री »

Share This Post

दुइ दलको लफडामा संविधान सभा

आइतवार नै मन्त्रीपरिषद्को बैठक बस्यो र माग पुरा हुन्छ भन्ने भाषा प्रयोग गरेर निर्णय समेत गरिदियो । त्यो भन्दा अगाडि प्रधानमन्त्री प्रचण्डले कांग्रेसका नेताहरुसंग छलफल गरेका थिए । छलफल अनुसार मन्त्रीपरिषद्को बैठक बसेर निर्णय भयो । मन्त्रीपरिषद्ले माग पुरा हुन्छ भन्ने मात्र निर्णय गर्यो । तर कहिलेसम्म भन्ने खुलाएन ।

बांकी सामाग्री »

Share This Post

कोपिला चुडाल्दा हात नकाम्नेहरु

अपराधीको मुटुमा माया हुन्न कि क्या हो ? अपराध र अपराधीको घटनाक्रम हेर्दा धेरै पटक यि र यस्तै प्रश्न पटक पटक मनमा उत्रिएको छ । तर विडम्बना अहिलेसम्म उत्तर सहज रुपमा पाउन सकेको छैन । कहिले लाग्छ हैन मान्छेको मुटु जव ढुंगा बन्छ तव ब्यक्ति अपराधी बन्छ । तर जव खुंखार अपराधी धुरु धुरु रोएको देख्छु त्यो बेला फेरी म अनुत्तरीत हुन्छु । आज यस्तै अन्यौलता मनमा उत्पन्न भयो जव सात वर्षको कलिलो बालकको लास इनारमा कुहिएको अवस्थामा फेला पर्यो । सात वर्षको ति बालकले राम्ररी संसार समेत बुझ्न पाएको थिएन । बांकी सामाग्री »

Share This Post

सरकार छोड्न माओवादी थाप्लो खोज्दै

एमालेका साथै मधेसी जनअधिकार फोरम समेत सरकारवाट बाहिरिने गृहकार्यमा लागेकाले उसका लागि सहयोगि दलहरु सरकारबाट बाहिरिनु अगाडि नै सरकार त्याग्नु उत्तम विकल्पको रुपमा अगाडि आएको छ । तर उ सरकार छोड्नुको दोष कसको थाप्लोमा हाल्ने त्यो थाप्लोको खोजीमा छ ।

हिमाल मिडियाका मालिक कुटेर संकट निम्त्याएका माओवादीका लागि अर्को दुखद खवर छ-एमाले पनि अब सरकारवाट बाहिरिने मुडमा छ । माओवादी नेतृत्वको सरकार एमालेको कांधको भरमा अहिलेसम्म जोगिएको हो । त्यही कांध दिने एमालेमा अहिले सरकारमा बस्ने भन्दा बाहिरिनुपर्ने मत बलियो बन्दै गएपछि अन्तत माओवादीको म पनि सुन्न नचाहने इश्वर पोखरेलको संयोजकत्वमा माओवादी विरोधी खेमाको एक समिति गठन भएको छ । जसको काम माओवादीका लागि सर्तको भन्डार तयार गरी त्यो स्विकार नगरे सरकारवाट हट्ने रहेको छ । बांकी सामाग्री »

Share This Post

सच्चिने कि पतन हुने ?

प्रेस स्वतन्त्रता विरोधी तत्व टिक्न सक्दैनन भन्ने पुर्व राजा ज्ञानेन्द्रको स्वतन्त्र प्रेस विरोधी चरित्र र त्यसले निम्त्याएको परिणामले नै पुष्टी गरिसकेको अवस्थामा माओवादी किन चेती रहेको छैन त्यो नै अचम्मको विषय बनेको छ । उसले बुझ्न जरुरी छ २ सय ३८ वर्षको तानाशाह ढाल्न सक्ने नेपाली संचारजगत १४ वर्षको कलिलो माओवादीलाइ पछार्न सक्षम छ । बांकी सामाग्री »

Share This Post

देशद्रोही ठाकुर मुर्दावाद

नेपालको सा्मभौमसत्तामाथि धावा बोल्ने शड्यन्त्रमा लागेका ठाकुर जस्ता नेताहरुलाइ नंग्याएर राष्ट्रदोही घोषणा गरी नेपालको सिमा कटाएर उनीहरु जसको इशारामा काम गरिरहेका छन त्यही पुर्याउनु आजको आवश्यकता हो ।

लामो राजनीतिक सकि्यतापछि भद्र र राष्ट्रवादी मधेसी नेताको रुपमा परिचय स्थापित गर्न सफल नेता महन्थ ठाकुरको नयां परिचय राष्ट्रघाती नेता बनेको छ । कांग्रेसमा बसेर लामो समय राजनीतिमा सकि्य रहंदा उनी सन्त र सोझो नेताको सुचिमा सुचिकृत थिए । तर जातिय र क्षत्रिय राजनीतिको हावामा उड्दै तराइ केन्द्रित दल तराइ मधेस लोकतान्त्रीक पार्टीको अध्यक्ष भएपनि साख नगिरेका उनी नेपालमा विर सपुतहरुको लामो संघर्ष र बलिदान पछि एकल राष्ट्र बनेको  नेपाललाई टुक्राउने चुनौति दिन थालेका छन । त्यो पनि एक मधेस एक प्रदेशको नाममा । बांकी सामाग्री »

Share This Post

गुमनाम कोइराला

पार्टीको जनजागरण अभियानवाट थलिएर एकाएक शहिद गंगालाल राष्ट्रिय केन्द्र पुगेका कोइराला २ दिनको अस्पताल बसाईपछि आफ्नै निवास महाराजगंज फर्किएपछि गुमनाम बनेका छन । थलापर्नु अगाडिका दिनमा दिर्घरोगि ८६ वर्षिय कोइरालाका दैनिक भाषणहरु आइरहन्थे । प्राय माओवादीलाई निशाना बनाउंदै आएका कोइरालाले कहिले माओवादीलाई जंगल वा भारत पठाउने त कहिले माओवादी डुब्न लागेको र आफैंले उतार्नुपर्ने जस्ता अभिब्यक्तिहरु दिन्थे । तरधेरै दिन भयो कोइराला मौन छन । अनी उनको मौनतासंगै अखबारहरु पनि मौन छन कोइराला अस्पतालवाट डिष्चार्ज भएको समाचार पछि उनको अवस्था के छ सबै मौन छन । बांकी सामाग्री »

Share This Post

डिजेल प्लान्टको भित्रि कथा

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार भने-१० घण्टा लोडसेडिङ्ग हुंदा सबै आत्तिएका छन । फागुनसम्ममा त यसको समय थप आठ घण्टा बढ्छ ।’ अर्थात २४ घण्टामा १८ घण्टा विद्युत आपुर्ती हुन्न रे अब ।

अहिले सबैको ध्यान तानेको छ पिलपिल बल्ने विद्युतले । अहिले शहरी नागरिकका लागि सबैभन्दा कठिननै यही पिलपिले भएको छ । कत्तिखेर जाने हो सबै चिन्तामा देखिन्छन । २ ४ गर्दागर्दै अहिले लोडसेडिगंको समय १० घण्टा पुगिसकेको छ । त्यसमा थप ८ घण्टा थप्ने तयारी गरिरहेको छ सरकारले । यस्तो अत्यासलाग्दो घोषणा गर्दै हिडेका छन १० हजार मेगावाट विद्युतको सपना बाड्ने हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं । उनी अहिले जलविद्युततिर भन्दा पनि डिजेलप्लान्टतिर आर्कशित भएको उनको भनाइहरुवाटै प्रष्ट हुन्थ्यो । उनको योजना अनुसार एक ठाउंमा हैन हरेक शहरमा डिजेल प्लान्ट निर्माण गरी विद्युत उत्पादन गर्ने रे । त्यसको विकल्प अरु कुनै नभएको प्रधानमन्त्रीको तर्क थियो ।
बांकी सामाग्री »

Share This Post

अब नेपालमा पनि साइवर प्रहरी

सबै क्षेत्रमा जे गर्नपनि छुट भएको नेपालमा साइवरस्पेश नियन्त्रण हुने कुरै भएन । सूचना प्रविधिको बढ्दो प्रयोगसंगै यसको सदुपयोग भन्दा दुरुपयोग गर्नेहरुका लागि यो छुट बरदान सावित भइरहेको छ नै । किनकी अन्त अपराध गर्दा त पक्राउ पर्ने डर हुन्छ । तर साइवर अपराध गर्दा के को डर भन्ने साइवर अपराधीको सोच हुनु सामान्य पनि हो । तरसधै यस्ता दिन कहां रहन्छन र । अब प्रहरीको साइवर अपराधमा पनि आंखा परिसकेको छ । महानगरिय प्रहरी परिसरले यसको प्रारम्भ गर्दै साइवर अपराधीहरुलाई पनि अन्य अपराधी सरह कार्वाही गर्ने तयारी गरेको छ । बांकी सामाग्री »

Share This Post