31 Mar, 2009
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताका लागि राष्ट्रिय सम्मेलनको नाममा नेपालभरीका जिल्ला अध्यक्षहरु र एसोसिएट संस्थाका अध्यक्षहरु राखेर नेपाल पत्रकार महासंघले राष्ट्रिय भेला गरेको थियो नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानको भेलामा । जहां आजको दिनभर विचित्रका घटनाहरु भए । कुनै दुखपुर्ण । कुनै स्याबास क्या गरे भन्ने खालका दुष्यहरु थिए दिनभर । तर दिनभर खर्चिएको समय त्यत्तिको उपलब्धीमुलक नै भयो है भन्ने चै भएन केही । यहां आज दिनभर के भयो यहां त्यही प्रस्तुत गर्ने प्रयास गरेको छु बांकी सामाग्री »
Share on Facebook

29 Mar, 2009
यो पेशाको दुख कसले देख्छ र ? न परिवार भन्न पाइन्छ न ब्यक्तिगत जीवन । विहान र न बेलुका । न निन्द्रा न भोक । सबै त्याग गर्नुपर्ने । जत्तिखेर जहां भन्यो त्यही पुग्यो गलामा कार्ड हातमा कलम र कपि बोकेर । मान्छे मरेको हुन्छ नजिकै गएर शोकाकुल परिवारलाइ सोध्नुपर्ने-उहांको देहान्तमा तपाइलाइ कस्तो लागेको छ भनेर । नसोधे भएन कोड चाहिन्छ बेलुका समाचार लेख्दा । अब मान्छे मर्दा कसलाइ रमाइलो लाग्ला र हैन । तर के गर्ने सोध्नै पर्ने । त्यो बेलाको सकस कसलाइ पत्तो ।
खै के भन्ने । दिक्दार लाग्छ आफ्नै दैनिक देखेर । न चाहेको काम गर्ने समय हुन्छ न सोचे अनुसारको दैनिकी नै विताउन पाइएको छ । नगरौ भने ६ वर्ष भयो समय र श्रम खर्चिएको । गरौं भने न भविष्य शुरक्षित देखिन्छ न आर्थिक रुपमा शुरक्षा छ । ज्यालादारी काम । मालिकको निगाहमा रोजगारी चल्छ यो पेशामा । मालिक रिसानी भयो कि एकै पलमा बेरोजगार । बांकी सामाग्री »
Share on Facebook

28 Mar, 2009
यो अंश हो कृष्ण अविरलद्धारा लिखित सत्यतामा आधारित भनेर दावी गरिएको उपन्यास रक्तकुन्डको १७ औं अध्याएको । जहां उपन्यासकारले उभ्याएको रत्नको सुसारे सरलादिदीले रुक्मांगतको बारेमा बताएकी छिन । अहिले पनि दरवार र सेनाको सम्बन्ध शंकाको घेरामै छ । कतै सेनाले कु त गर्ने हैन भन्ने आशंका बलियो हुनुमा कटुवाल र उसको शाहबंशसंगको आत्मीय सम्बन्ध पनि एक कारण हो । त्यसैले पढ्नेक्रममा बढो रोचक लागेकाले कटुवालको अशं साभार गरेर प्रस्तुत गरेको छु । बांकी सामाग्री »
Share on Facebook

27 Mar, 2009
एमालेले हत्याको विरोधलाइ तिव्रता दिन शनिवार देशव्यापी विरोध कार्यक्रम समेत गर्ने भएको छ । सायद एमालेको आन्दोलनमा गृहमन्त्री बामदेव गौतम पनि हत्यारालाइ कार्वाही गर कार्वाही गर भनेर नारा लगाउंदै पो हिड्ने हुन कि जस्तो छ ।

बुटवलमा माओवादी विरुद्ध उत्रिएका आक्रोशित एमालेगण । इन्सेटमा मृतक प्रचन्ड
विद्यार्थी संगठनको निर्वाचनकोक्रममा चिसिएको एमाले माओवादी सबन्धलाइ थप चिसो बनाउने काम गरेको छ बुटवलमा भएको एमाले नेता प्रचन्ड थैवको हत्या । यो हत्यासंगै एमाले र माओवादी दुबै सरकार संचालनका मुख्य घटक भएर पनि एक आपसको विरोधमा आमनेसामने उत्रिएका मात्र हैनन तोडफोड र भिडन्तमा समेत उत्रिएका छन । आफ्नो नेताको हत्यामा माओवादी स्थानीय नेताको संलग्नता रहेको दावी गर्दै उसले शुक्रवारको मन्त्रीपरिषद्को बैठक बहिष्कार मात्र गरेन यदी हत्यारा माथि कार्वाही नगर्ने हो भने सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा समेत पुर्नविचार गरिने भनेर माओवादीलाइ धम्क्याएको छ ।
बांकी सामाग्री »
Share on Facebook

26 Mar, 2009

दरवारस्क्यारको एक छेउमा भिड देखेर ध्यान त्यत्तै तानियो । के भएछ भनेर उत्सुकता मेट्न पाइला चले त्यत्तै । लौ २ जना पर्यटकहरु हातमा गितार बोकेर चटक देखाइरहेका रहेछन । एउटा जोक्कर जसरी नाच्ने अर्को गीत गाउने । यिनीहरुलाइ पनि के झोक चलेछ भनेर एकैछिन बसे उनीहरुको चर्किकला हेर्न । बांकी सामाग्री »
Share on Facebook

25 Mar, 2009
बुधवार सरकारका सदस्य हेरेरफेर हुने प्रधानमन्त्रीको घोषणापछि कतै बुधवारवाट प्रमुख प्रतिपक्षमा बसेको दल कांग्रेस सरकारमा जाने भो कि क्या हो भन्ने चर्चा बढेको थियो । प्रचन्डले भने झै सरकारमा २ जना सदस्य थपिएपनि । तर ति कांग्रेसका थिएनन । कांग्रेस बुधवार सरकारमा सहभागि भएन ।
हिजोआज राजनीतिकबृतमा एउटा चर्चा छ-भारत भ्रमणवाट फर्किएर आएपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला माओवादी नेतृत्वको सरकारप्रति नरम देखिएका छन । भारतीय नेताहरुले कोइरालालाई माओवादी नेतृत्वको सरकारमा सहभागि हुन सुझाव दिएको सुनिएको थियो साच्चै रहेछ कि क्या हो । चर्चालाइ थप हावा दिने काम कोइराला आफैंले पनि गरे विराटनगर भ्रमणमा । उनले पत्रकारमाझ कांग्रेसलाइ सरकारमा लैजाने या नलैजाने त्यो माओवादीको ब्यबहारमा भर पर्ने र उसले हिजोका दिनमा गरेका सहमति पालना गर्ने हो भने सरकारमा जान कांग्रेसलाइ कुनै आपत्ति नभएको बताएपछि त लौ आशंका ठिक रहेछ भन्नेहरुको जमात बढिरहेको छ । तर आशंका अझै कायम नै छ । के कांग्रेस साच्चिकै सरकारमा जाला त ? बांकी सामाग्री »
Share on Facebook

24 Mar, 2009
राजा फाल्न १२ वर्ष जनयुद्ध गरेर गणतान्त्रीक नेपालमा प्रथम राष्ट्रपतिमा हावा खाएपछि प्रधानमन्त्रीमा चित्त बुझाएका पुष्पकमल दाहाल प्रचन्ड राजा भेट्ने तिस्रना भेट्न नर्वे गएर त्यहांका राजासंग भलाकुसारी गर्ने भएका छन ।
प्रधानमन्त्री पदको प्रारम्भ विदेश भ्रमणवाट शुरु गरेका गणतान्त्रीक नेपालमा प्रथम प्रधानमन्त्री भनेर प्रचार गरिएका पुष्पकमल दाहाल प्रचण्डले केही समयको विश्रामपछि पुन आफ्नो देशाटनको यात्रा शुरु गर्ने तयारीमा रहेका छन । चीन गए भारत रिसाउने भारत गए चिन रिसाउने भएपछि लौ रिसाओ दुबै भन्दै उनी चैत १५ वाट नर्वे र फिनल्यान्ड घुम्न जाने भएका हुन । बांकी सामाग्री »
Share on Facebook
