Archive for April, 2009

कामरेडको नाममा खुल्लापत्र

कामरेड तिम्रो भान्छामा इच्छा अनुसारको पकवान हुनु अनी नागरिकको भान्छामा साग पाक्ने सम्मको अवस्था नहुनु यही हो तिम्रो नागरिक सर्वोच्चता ?

थारुहटको आन्दोलनको कारण नागरिक त्राहिमाम छन । हिजोसम्म एक मुठा साग किन्न सक्ने नागरिकको हालत पलता भइसकेको छ । बन्दका कारण न गाडिमा हाल्ने तेल सहज बनेको छ त खाने तेल नै सहज बन्न सकेको छ । तराइका २२ जिल्ला बन्दका कारण नागरिकको भान्छाको वजेट डामाडोल भएर उनीहरु हैरान छन । तर कामरेडको बाहुल्यता रहेको सरकार भने एकोहोरो कटवालको केसमा मरिहत्ते गरेर लागेको छ । तिम्रा चासो कटवाल हुनसक्छ किनकी तिम्रो भान्छामा इच्छाएको पकवान पाक्छन । पेट्रोल हाल्न तिमि ५ घन्टा लामो लाममा तालु तताएर बस्नुपनि पर्दैन । तर,हामीलाइ हेर त कामरेड हाम्रा दुख कहिल्यै तिमिले भोगेका छौं तिमि केवल आफ्नो स्वार्थसिद्ध गराउन फेरी हाम्रै दुहाइ दिएर हिडेका छौं । नागरिक सर्वोच्चताको दुहाइ दिएर आफ्नो एकल सर्वोच्चता स्थापनाका लागि मरिहत्ते गरेका छौं । भनेपछि यो देशको नागरिक भनेको तिमि र तिम्रा वरिपरी तलुवा चटनीका लागि घुमिरहनेहरु मात्र हुन त ? के ति बाहेक हामी सबै अनागरिक ? बांकी सामाग्री »

Share This Post

बल्ल बुझेछन छिमेकीलाइ खाने बाघको कथा

आफु अनुकुलको प्रधानसेनापति बनाउनका लागि कुलबहादुर खड्कालाई चयन गरी रुक्मांगत कटवाललाइ हटाउन माओवादीले चालेको चाल बल्ल सेनाका उच्च अधिकारीहरुले बुझेछन् । एउटा कथा छ नी छिमेकीको घरमा बाघ सल्कीयो भनेर ताली पिट्ने छिमेकीलाइ बाघले छोड्दैन अर्थात पल्लो घरकोलाइ बाघले खायो भनेर मक्ख पर्ने हैन गाउंमा बाघ पल्कीयो भन्ने मुख्य कुरा हो भन्ने तथ्य बल्ल कुलबहादुर खड्काले बुझेछनन् । उनको यो चेत पलाउनका लागि महत्वपुर्ण काम गरेको छ एमालेको कामले । जव एमालेले विवादमा आएका सबै अर्थात कटवाल रक्षा मन्त्री रामबहादुर थापा बादल र दोस्रो बरियताका खड्कालाइ समेत बर्खास्त गर्ने प्रस्ताव लग्यो तब खड्काको होस उडेको सहजै अनुमान गर्न सकिन्छ । त्यही रणनीतिको परिणाम अनुसार आज बुधवार सेनाका तीनै जनाको संयुक्त विज्ञप्ती सार्वजनिक भएको छ जो एकिकृत माओवादीका लागि बाघे झाप्पु हो । बांकी सामाग्री »

Share This Post

माओवादीको मनमा टुसायो सुजाता प्रेम

माओवादीद्धारा कांग्रेसलाइ बम्पर उपहार प्रस्ताव कटवालकान्डमा साथ दिए उपप्रधानमन्त्रीसंगै रक्षा सित्तैमा

कुनै पनि हालतमा रक्मांगत कटवालमाथि कार्वाही गरेरै छाड्ने मनस्थितीमा रहेको एकिकृत माओवादीले कांग्रेसलाइ कटवाल कान्डमा समर्थन गर्न बम्पर उपहारको प्रस्ताव गरेको छ । उसको प्रस्तावमा कटवालकान्डमा सरकारको निर्णयमा साथ दिए कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइरालालाइ उपप्रधानमन्त्री र रक्षामन्त्री बनाउने प्रस्ताव गरेको चर्चाछ ।बालकको मनमा रहेको चाउचाउ मोहलाइ उपहारमा क्यास गरेर व्यापार बढाउन ब्यापारीले चाल्ने उपहारको चाल चल्दै उसले कोइरालाको मनमा रहेको पुत्री मोहलाइ क्यास गरी कटवालकान्डमा कुनैपनि हालतमा विजयी बन्ने नयां दाउ चलेको छ । बांकी सामाग्री »

Share This Post

छवीलालको छटपटी

मनोवाद

रातको १२ वजे बालुवाटरको कुनै कुनामा रहेको भब्य रातो बंगला । शानदार खाटमा एक जोडि लमतन्न छन । देब्रेतिरकी नारी पात्र मस्त घुराइमा छिन । तर संगै रहेका चिपिक्क कपालधारी छिन छिनमा कोल्टो फेरेर निन्द्रालाइ गालि गरिरहेका छन ।

हत्तेरी यो रात पनि कस्तो लामो । दॆव्रेतिर कोल्टो फर्कदै यसरी कसरी चल्छ यो जीवन । यो सांढे २ लाखको खाट पनि भन्नुको मात्र रहेछ । कस्तो विझाएको छ । संगै सुतेकी सितातिर हेर्छन अनी मनमनै र्मुमुरिन्छन-हेर न मस्त निदाएकी यहां आफुलाइ कस्तो टेन्सन छ यिनलाइ भने कुनै चासो छैन । लामो सुस्केरा हाल्दै-यो कटवाल ज्वरो यिनलाइ पनि सार्दिउ कि क्या हो कम से कम रातभर जागा बस्ने साथि त हुन्छिन ।

बांकी सामाग्री »

Share This Post

विवादको जड त कुलबहादुर रहेछन

माओवादीको सबैभन्दा टाउको दुखाइको विषय सेना समायोजन हो भन्ने बुझेका खड्काले आफ्ना लागि बलियो हतियार त्यसैलाइ बनाएर जनसेनाका सबैलाइ नेपाली सेनामा समायोजन गर्नेमात्र नभई उच्चतहमा समेत ल्याउन आफुले सकारात्मक भुमिका निर्वाह गर्ने लिखित प्रस्ताव नै पठाएपछि सेनाका बारेमा सुस्त बनिसकेको सरकार फेरी तात्यो । त्यो तातोले को को डामिए त्यो यो एक सातामा स्पष्ट भइसकेको छ ।

नेपाली राजनीतिमा नयां तरगं ल्याउन सफल प्रधानसेनापतिको स्पष्टीकरण कान्डको मुल कारक सेनाभित्रकै दोस्रो तहमा रहेका रथी कुलबहादुर खड्का रहेको स्पष्ट भएको छ । यदी जेठको पहिलो साताभित्रमा पदोन्नती नभए दोस्रो सातावाट अवकास पाउने भएपछि उनले एमाले अध्यक्ष झलनाथ खनालसंगको कलेजताकाको मित्रता र सेना समायोजन गरी नेपाली सेनामा पकड जमाउने माओवादीको योजनालाइ आफु अनुकुल उपयोग गरी कटवाललाइ पुरा अवधि काम गर्न नदिइ आफु सेनापति बन्न खड्काले सरकार र एमालेलाइ समेत आफ्नो प्रभावमा पारेको स्पष्ट भएको छ । बांकी सामाग्री »

Share This Post

झल्लु नै रहेछन झलनाथ

चीन यात्रामा हांकिएका एमाले अध्यक्ष झलनाथ खनालले चीन भ्रमण छोट्याएर नेपाल टेक्नासाथ आफ्नो पिपलपाते ब्यबहार देखाएका छन । चीन भ्रमण अगाडि प्रधानसेनापतिलाइ कार्वाही गर्ने माओवादी रणनीतिमा सहिछाप गर्दै उनी चीनतिर लागेको र आफ्नो चीन यात्राकै क्रममा सबै रणनीति पुरा गर्न उनले बढो चासो देखाएका थिए । तन चीनमा भएपनि उनको मन नेपालमा थियो । त्यसैले त उनी बारम्बार एकिकृत माओवादीका अध्यक्ष तथा प्रधानमन्त्रीलाइ फोन गरेर चांडै रुक्मागंत कटवाललाइ तह लगाउन आग्रह गरिरहेका थिए । तर उनको रणनीतिलाइ केपी ओलि समुहले साथ दिएन । कार्यबाहक अध्यक्षमा बामदेब गौतमलाइ राखेर माओवादीले जे भन्छ हुन्छको संकेतमा मुन्टो हल्लाउन लगाएपनि विहिवार चीनवाट नेपाल फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकारहस्संग उनले लाजै पचाएर भनेछन-सेनाको प्रतिष्ठामाथि खेलवाड डरेको सहन्न । बांकी सामाग्री »

Share This Post

हिम्मत गर्ला त सरकारले ?

प्रधानसेनापति रुक्मागंत कटवाललाइ सरकारले हटाउने रणनीति खख्तियार गरेपछि गर्माएको नेपाली राजनीति चिसो हुनुको साटो थप तातो बन्दै गएको छ । प्रधानसेनापतिमाथि कार्वाही गर्ने रणनीािमा सत्ताधारी दल एमाले पुर्ण विभाजीत हुनु अनी फोरम विरोधमा उत्रिनुले माओवादी संकटमा पर्दै गएको देखिन्छ । त्यसमा थप राष्ट्रपतिले समेत यो विषयलाइ प्रत्यक्ष सरोकारमा राखेर प्रधानमन्त्रीको नाममा ध्यानाकर्षण पत्र नै लेखेपछि र कटवालले सरकारले थापेको पासोको उत्तरमा २१ पेजको लामो स्पष्टीकरण पठाएपछि यसले डरलाग्दो राजनीति बाटो समात्दै लगेको छ । त्यसमा थप प्रमुख प्रतिपक्षि दल कांग्रेस पुर्ण रुपमा विरोधमा उत्रिएपछि त झन यसले राजनीतिक रगं पाउनु निश्चित हो । बांकी सामाग्री »

Share This Post

बांदरे ब्यबहार किन ?

अहिले पुन रुक्मागंत कटवाललाइ स्पष्टीकरण सोधेर त्यसैको आधारमा कार्वाही गरेर निस्कासन गर्ने तयारीमा सरकार जसरी सकि्य भएको छ यो र्दुघटनाको बाटो बाहेक अरु केही हैन

आखिर यो सरकार सेनालाइ के गर्न चाहन्छ भन्ने नै स्पष्ट हुन सकेन । विवाद साम्य होला होला जस्तो हुन्छफेरी विवाद फेरी चर्किहाल्छ । बलेको आगो साम्य पार्नेभन्दा ध्यु थप्ने काम किन गरिरहेको छ यो सरकार बुझ्नै हम्मे पो भयो । कहिले के कहिले के लफडा गरिरहने किन होला कि चुपचाप बस्नु कि निर्णय गरिहाल्नु । बादरले सानो घाउ कोट्याएको झै एउटै विषय कोट्याएको छ कोट्याएको छ । बांकी सामाग्री »

Share This Post

०६५ का चर्चित साहित्यकार

जगदीश घिमिरे-माइलोमा रोगवाट ग्रस्त साहित्यकार घिमिरेको अन्र्तमनको यात्रा कृति यो वर्ष सर्वाधिक चर्चित बन्यो । स्तम्भ लेखकको रुपमा स्थापीत रहेका उनलाई लामो समयपछि उनले मृत्युसंग जोरी खोज्दै लेखिएको कृतीले उनलाई साहित्यमा स्थापीत गर्यो । बांकी सामाग्री »

Share This Post

किन विलाउंदैछ दैनिकी डटकम ?


शनिवार बेलुका १२ वजे दैनिकीको रुप
१६ घन्टावाट लोडसेडिगं घटेर १२ घन्टा बनेको समाचार दैनिकी डटकममा झुन्डीएको २ दिन वितिसक्यो । प्रत्येक पलको खवर पस्कने वाचाका साथ आएको अनलाइन पत्रिका दैनिकी करिव ४८ घन्टा भयो नयां खवर नदिएको । यो विचमा दैनिकीमा काम गर्ने मित्रहरुले फेसबुकमा सन्देश छाडे अब नागरिकन्युज डटकम आउंदै छ त्यही रफ्तारमा । तर आएको छैन है यो बल्ग तयार पार्ने समयसम्म । पि्रन्ट मिडियामा हंगामा मच्याउने सपना थियो दैनिकीसंग । तर विविध कारणका कारण त्यो आउन सकेन वर्तमानमा पि्रन्टमा । सायद त्यो पि्रन्टमा आउछ या आउंदैन त्यो कुर्नैपर्छ । कारण भविष्य कसको के हो त्यो के थाहा र ? बांकी सामाग्री »

Share This Post