29 May, 2009
पुत्रिमोहका कारण कोइरालाले न हुन्छ भन्न सकेका छन न हुन्न भन्न नै । बाबुको मन बुझेर होला अब सुजाता पार्टीका अरु नेतालाइ कुटौला झै गर्दै हिडेकी छिन
कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखेपनि बांगाको बांगै भन्नु र नेपाली कांग्रेसले जत्ति बल्ड्यागं खाएपनि उस्ताको उस्तै भन्नु बराबर हो भन्ने तथ्य यो दलका नेताहरुको ब्यबहारले बारम्बार पुष्टी गरिरहेको शन्र्दभमा एमाले नेता माधव नेपालको नेतृत्वमा बनेको सरकारमा कांग्रेसको तर्फवाट को जाने भन्ने विषयमा विवाद बढाएर थप पुष्टी गरेको छ । बांकी सामाग्री »
Share on Facebook

29 May, 2009
जनताको म्यान्डेड अनुसार सबै दल एकै ठाउंमा आउनुको अर्को विकल्प छैन । त्यसैले आशा गरौं हामी यो संक्रमणकालवाट मुक्त भए अन्तरिम संविधानवाट मुक्त भएर जनताद्धारा जनताका लागि निर्माण गरेको संविधानमा बसेर दोस्रो दोस्रो गणतन्त्र दिवस मनाउंने छौं उत्साह र उमंगका साथ ।
आज जेठ १५ गते२४० वर्षको शाहबंशिय राजतन्त्रवाट मुक्त भएर संघिय लोकतान्त्रीक गणतन्त्रको अभ्यास शुरु भएको एक वर्ष पुग्यो । २०६२\०६३ को अपुर्व दोस्रो जनआन्दोलले दिएको म्यान्डेड पुरा गर्दै पहिलो संविधान सभावाट चुनिएका सभासदहरुले एकै स्वरमा अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको हलमा कामचलाउ सभाध्यक्ष कुलबहादुर गुरुगले प्रस्तुत गरेको संघिय लोकतान्त्रीक गणतन्त्रको प्रस्ताव कर्तल ध्वनीले पारित गरेर गणतान्त्रीक राज्यको अभ्यास शुरु गरेका थिए । बांकी सामाग्री »
Share on Facebook

28 May, 2009
७० जना जनसेनाको दरो घेरामा रहेको निवासमा कालो चिल्लो कारमा सरर भित्र छिर्नासाथ प्रधानमन्त्री माधव नेपाललाइ पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले के भनेर सम्बोधन गरे होलान हल्का मुस्कानका साथ हलो बृषबृक्ष मेरो निवासमा स्वागत छ त भनेनन ?
प्रधानमन्त्री नियुक्त भएपछि चिसिएको सम्बन्धमा सुधारको आरम्भ गर्न प्रधानमन्त्री माधवकुमार नेपालले एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाइ भेट्न आफैं प्रचन्ड डेरा नयां बजार पुगेका छन । प्रधानमन्त्री नियुक्त भए लगत्तै विषबृक्षको संज्ञा पाएका नेपाल मध्यान्ह ७० जनाको जनसेना र नेपाल प्रहरीको बाक्लो शुरक्षा घेरामा शुरक्षित बसेका प्रचन्डसंग आमनेसामने बसेर विगि्रएको सम्बन्ध सुधारको आरम्भ गर्न पुगेका थिए ।
एक भर्खर िशंहदरवार छिरेका चिल्ला नेता अनी अर्का भर्खरै िसंहदरवार छोडेर फुसि्रदै गएका नेता । त्यसमा पनि ति फुसि्रका नेताको निष्कर्षमा एमालेका कारण नै मेरो यो हाल भयो भन्ने गढेको घाउ अझै खाटो लागेको छैन । त्यसैले सहजै अनुमान लगाउन सकिन्छ यि दुइ नेताको केही समयको नयां बजार बसाइ पक्कैपनि सुमधुर भएननै ।
बांकी सामाग्री »
Share on Facebook

28 May, 2009
संविधान जारी भएपछि त्यसले व्यवस्था गरेको चुनावी प्रणालीको आधारमा चुनाव भएपछि त्यसको म्यान्डेड हुन्छ सरकार चलाउने । त्यसैले अहिलेको अवस्थामा हरुवाले सरकार चलाउने र जितुवाहरु संविधान बनाउने काममा लाग्ने हो भने के फरक पर्ला र ?
संविधान सभाको चुनावपछि माधव नेपालले हरुवाको विल्ला पाए । उनलाई यो बिल्ला भिराउने चर्को काम गर्यो माओवादीले । विचको केही समय नेपालले हरुवा शब्द सुन्नु परेको थिएन । कटवालकान्डपछि एकाएक परिर्वतन भएको राजनीतिक माहौलमा उनै नेपाल प्रधानमन्त्री बनेपछि थप उही शब्दवाणको प्रहार भइरह्यो उनीमाथि । त्यसमा पनि थप हरुवाकै सुचिमा रहेकी एमाले नेतृ विद्या भन्डारी रक्षा मन्त्री बनेपछि यो सरकार कतै हरुवानै हरुवाहरुको हुने हो कि भन्ने चर्चा चुलिएको छ । बांकी सामाग्री »
Share on Facebook

24 May, 2009

नेताहरुविचको सम्बन्ध पनि गजवको छ । मौसम भन्दा पनि चाडो परिर्वतन हुन्छ । अघिल्लो दिन पि्रय बनेका ब्यक्ति अर्को विहान अपि्रय बनिसकेका हुन्छन । विहान काटाकाट भएका नेता बेलुकासम्म एकै थलोमा मन्दमुस्कानका साथ अंकमाल गरिरहेका भेटिन्छन । एकिकृत माओवादी सत्ता संचालकवाट प्रतिपक्षमा पुगेपछि दलका नेताका सम्बन्धमा यसरी नै परिर्वतन आएका छन । बांकी सामाग्री »
Share on Facebook

23 May, 2009
लामो समयदेखी प्रधानमन्त्री बन्ने सपना बुनेर बसेका एमालेका नेता माधव नेपालको सपना पुरा भएको छ । शनिवार प्रधानमन्त्रीमा उनको एकल दावेदारी मात्र परेपछि नेपाल कांग्रेस फोरम र अन्य साना २० दलको समर्थनमा प्रधानमन्त्री बनेका छन । उनको सपना पुरा गर्न कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नै प्रस्तावक बनेका छन । प्रधानमन्त्रीको निर्वाचज प्रकृयामा माओवादी सहभागि भएर संविधान सभाको निर्वाचनमा नेपाललाइ पराजीत गर्ने झक्कु सुवेदी वा देव पटेलाइ उम्मेदवार बनाउने चर्चा चलेपनि आखिरमा आएर माओवादीले प्रधानमन्त्री चयनको प्रकृयालाइ बहिष्कार गरेर नेपाललाइ निर्विरोध हुने बाटो खुल्ला गरिदिएको छ । बांकी सामाग्री »
Share on Facebook

23 May, 2009
धार्मिक स्थलहरुमाथिको आक्रमणको क्रमले निरन्तरा पायो भने यसले धार्मिक सहिष्णुता भगं भइ नेपालमा कहिल्यै शुरु नभएको धार्मिक द्धन्द्ध शुरु हुनसक्छ । जसप्रति राज्य र सम्बन्धीक धर्मगुरुहरु बेलैमा सजग र सचेत नभए विभिन्न दलदलमा फस्दै गएको नेपाल पुन धर्मको दलदलमा भासिन सक्छ ।
राजतन्त्र र हिन्दु राज्यको माग गर्दै प्राय सार्वजनिक स्थल र माओवादी केन्द्रित विष्फोट गराउंदै आएको अतिवादी संगठन रणविर सेनाले आफ्नो राणनीति परिर्वतन गरी अब धार्मिक केन्द्रहरुलाई आफ्नो निशाना बनाउन शुरु गरेको छ । उसले आफ्नो घातक रणनीतिको प्रारम्भ ललितपुरमा रहेको इशाई धर्मालम्बीहरुको केन्द्र गिर्जाघरमा प्रार्थनाको तयारी गरिरहेको अवस्थामा बम पड्काएर २ जनाको ज्याननै लिएको छ भने उसको अपराधीक मनोबृत्तिमा परेर १५ जना निर्दोश नागरिक गम्भिर घाइते भएका छन । बांकी सामाग्री »
Share on Facebook

21 May, 2009
ज्योतिषिय आधारमा त थाहा छैन तर राजनीतिकोणको आधारमा नेपाल प्रधानमन्त्री बनेपछि उनको अगाडि चुनौतिका पहाड खडा हुने निश्चित हो । सबैभन्दा ठुलो दल माओवादी विपक्षमा उभिएका कारण सरकार सधै अस्थिर हुनेछ नै ।
प्रधानमन्त्री बन्नका लागि चाहिने गणितिय अंक पार गरेर बालुवाटार छिर्न लामो समयदेखी प्रतिक्षामा रहेको एमाले नेता माधव नेपाल प्रधानमन्त्री बन्ने नै भए त ? भन्ने जिज्ञासा कायम रहेको बेलामा नै नाम चलेका ज्योतिष ओजराज लोहनीले नेपाल प्रधानमन्त्री नहुने र भए उनकै लागि अनिष्ट हुने र उनको सरकारको आयु माघ महिनासम्म मात्र हुने अचम्मको भविष्यवाणि गरेका छन । उनले विहिवार एभिन्युज टेलिभिजनको पर्दामा आएर नेपालको राशि तुला भएको र तुला राशि अहिले संकटमा रहेकोले नेपाल प्रधानमन्त्री बन्नै नसक्ने ठोकुवा पो गरे । उनले राशि र ग्रहको अवस्थाको विष्लेशणको आधारमा अहिले नेपालको चिनाले उनलाइ प्रधानमन्त्रीको भोगमा नपुर्याउने विष्लेशण गरेर पटक पटक प्रधानमन्त्री पदको निकट पुगेर पनि हुन नसकेका नेपाल फेरी नहुने पो हुन कि भन्ने आशंका पो बढाए । बांकी सामाग्री »
Share on Facebook
