Archive for July, 2009

डन गणेशका गुनासो

Ganesh lamaकाठमाडौंका डनहरु दिपक मनागें, चक्रे मिलन अनी कुमार घैटेसंगै चर्चामा आउने काभे्का गणेश लामासंग विहिवार अचानक भेट भयो पुतलीसडकतिर । उनीसंग करिव एक घन्टा अनौपचारिक कुराकानी भयो । उनीसंग भएका ति कुराकानी रोचक हुनसक्छ भनेर क्रमश प्रस्तुत गर्ने जमर्को गरेको छ । कुराकानी निक्कै रोचक भएकाले एउटै पोष्टमा धेरै लामो हुने भएकाले क्रमश प्रस्तुत गर्दै जाने छु ।

=============================================

कोठामा छिर्दा उनी पांच पत्रकारले घेरिएर बसेका रहेछन । नाम चै नलेखिदिउ है ति पत्रकारहरुको  कुरो के भइरहेको थियो पत्तो पाइन । म कोठामा छिर्नासाथ मलाइ आमन्त्रण गर्ने मित्रले परिचय गराउंदै लगे । उनी चै गणेश लामा । टक्क नजर अडियो । सेतो सुटपिसमा थिए । म केपी । उनले पुलुक्क मेरो मुहारमा हेरे । नजिकै राखेको कुर्सीमा गएर बसे । बांकी सामाग्री »

Share This Post

मास्टर र सिसडोलवासीको मन पग्लीयो

धन्न अहिलेका लागि एउटा खड्को त टर्यो । तर यो स्थायि हुन्छ भन्ने ग्यारेन्टी भने छैन । किनकी ओखरपौवावासीलाइ फोहोर रोक्न आन्दोलन नगरे निन्द्रै नलाग्ने नयां रोग लागेको छ रे ।

सधै तनाव बढाउने अनी दिक्का लगाउने समाचारहरुका भिडमा आज २ वटा सकारात्मक समाचार आएका छन । पहिलो काठमाडौंको सडकभरी असरल्ल छरिएका फोहर उठ्ने भएछ । यसले जाजरकोट बन्नवाट काठमाडौंवासी धन्न जोगिए । अर्को शिक्षकहरु विद्यालय खोलेर नानीहरुलाइ पढाउन राजी भएछन । यसले करिव ७३ लाख विद्यार्थीको उद्धार भयो । बांकी सामाग्री »

Share This Post

फोरम फुटको चार कारण

फोरम सत्तालिप्साका कारण फुट्यो । सत्तालिप्सा एकातिर मात्र हैन दुबैतिर नै हो । एमाले नेता माधव नेपालको नेतृत्वमा बनेको सरकारमा उपेन्द्र यादवले नेतृत्व गरेर जान नपाएपछि उनको समुह सरकारमा नजाने पक्षमा उभियो भने गच्छदार समुह भने जाने पक्षमा उभियो । जुन विवाद बढ्दै गएर आखिरमा पार्टी २ टुक्रा भयो ।

विजयकुमार गच्छदार समुहले निर्वाचन आयोगमा मधेसी जनअधिकार फोरम लोकतान्त्रीक दर्ता गराएर जातिवादी नाराको बलमा एकाएक उदाएको क्षेत्रियतावादी दल मधेसी जनअधिकार फोरमलाइ औपचारीक रुपमा २ टुक्रा बनाएका छन । आज बुधवार आयोगमा दर्ता भएको फोरम लोकतान्त्रीकको अध्यक्षमा गच्छद्धार आफैं छन । अन्यमा फोरम छाडेर आएका १९ जना केन्द्रिय सदस्यहरु लोकतान्त्रीक फोरममा छन । बांकी सामाग्री »

Share This Post

परमानन्दको घांटीका घन्टी बाध्ने कसले ?

बेलुका यसो नेपाली टेलिभिजन चियाएको त प्राय सबैतिर छाएका रहेछन उपराष्ट्रपति परमानन्द झा । इमेज सगरमाथा एभिन्युज सबैतिर उनैको अन्र्तवार्ताले भरिएका थिए । कतै नरम कतै कडा । तर सारमा सर्वोच्चले उनको हिन्दीमोहप्रति दिएको झापडवाट उनको मनस्थितीनै खल्बलिएको पुष्टी गरिरहेको थियो । उनी टेलिभिजनको पर्दामा कहिले हिन्दीमा कन्थे त कहिले टुटेफुटेको अंग्रेजीमा बोल्ने प्रयास गर्थे । तर अन्तमा उनी पुन नेपाली भाषाको सहारामा आउंथे र भन्थे-मलाइ नेपाली बोल्न आउंदैन । कस्तो जोक उनी र्बबराइ रहेका थिए मलाइ नेपाली बोल्न आउंदैन तर बोलीरहेका थिए नेपालीमै । भाषामाथिको यो भन्दा ठुलो मजाक अरु कुनै हुनसक्थ्यो र ? बांकी सामाग्री »

Share This Post

बजार रित्तो, गोदाम भरिभराउ

बाफ रे भित्रको दृष्य त कुनै हिन्दीफिल्मको जस्तो पो थियो । हिन्दीफिल्ममा गोदाममा हुने फाइट सिनमा देखिएझै कोठामा चागंका चागं दाल चामल र तेल । सबै हेरेको हे¥र्यै पो भयौं । भएका सामान सबै गोदाममा थन्काएर बसेका रहेछन व्यापारी, अनी बजार रित्तो नभए के हुन्छ ?


शनिवार विहान नौ वजे मस्त निन्द्रा खल्बल्याउंदै मोवाइल चिच्यायो । को रहेछ भनेर हेरेको प्रहरी कार्यालयको नम्बर थियो । फोन उठाउनासाथ जानकारी आयो सांढे नौ वजे भृकुटीमन्डपमा रहेको नेपाल प्रहरी क्लवमा कार्यक्रम छ भन्ने । जुरुक्क उठे । अनी लागे कपडा लगाउन । आमाले कोठामा चियाएर खाना खाएर जा भन्नु भयो । तर समय १५ मिनेट मात्र बांकी भएकाले आमाको प्रस्ताव अस्विकार गर्दै भोकै हिडे । पाकेको खाना नखाइ हिडेको भन्दै आमा फत्फताउन लाग्नुभयो । बांकी सामाग्री »

Share This Post

आफ्नै पोल खोल्दै माओवादी

माओवादी मुखपत्र जनदिशामा आज एउटा रोचक समाचार छापिएको छ । समाचार लेख्नुको उद्धेश्य एकिकृत माओवादी त्यागेर माओवादी पार्टीको पुर्नगठनको अभियानमा लागे मातृका यादवको पोल खोल्नु हो । तर अरुको पोल खोल्दा माओवादी समेत नािगंएको छ । समाचारमा जनमुक्ति सेना छोडेर मातृकामा गएका ऋषिराम खड्कालाइ केन्द्रमा राखेर उनी पैसाको पछि लाग्ने ब्यक्ति भएको र अहिले बढि कमाउनका लागि मातृकाको पार्टीमा गएको दावी गरिएको छ । समाचारमा कि मणिकोमा कमाइन्छ कि मात्रिकोमा कमाइन्छ । जहां गएपनि रातारात कमाउने भन्ने खड्काको भनाइ छापिएको छ । खड्का ५० जना जनसेना बोकेर माओवादीमा गएका थिए । बांकी सामाग्री »

Share This Post

राजनीति, राजनीति , राजनीति ?

मामका लागि काम गर्दा जे विषयको अगाडि पछाडि लागिन्छ दिमाग पनि त्यत्तै लाग्ने नै हो । त्यसैले अहिले हल्का अपराधको विषयले समेत हाम्रोब्लग भरिने गरेका छन ।

अति राजनीतिका कुरा भयो है । प्राय सुनिने प्रकृया बनेको छ यो हाम्रोब्लगको बारेमा । तर गर्ने के चै होला बढो सोचिन्छ बेलाबखत । साच्चिकै अतिनै राजनीतिक विषय मात्रै भएका हुन त साउन महिनाको एक साताको सामागि्रहरु सरसर्ती हेरे । विरेनको अपराध डायरीवाट शुरु भएको यात्रा बीपीवादमा आएर अड्किएको रहेछ । बांकी सामाग्री »

Share This Post

भाषणमा टिकेको बीपीवाद

सायद बीपीमा एउटा आतमविश्वास थियो मैले नगरेपछि म पछिका कांग्रेसका पुस्ताले मेरो सपना साकार पार्नेछन भन्ने । तर उनको त्यो सपना साकार भयो केवल भाषणमा मात्र । भाषणमा समाजवाद र बीपीवादको विष्लेशण गरेर नथाक्ने उनका दलका नेताहरुले कहिल्यै बीपीको मर्म अनुरुपको न समाजवादी विकास मोडलको निर्माण गर्न सके न किसान मुखी नै ।

परिकल्पना गरौं : बीपी कोइरालाले नेपालको जुन परिकल्पना गरेका थिए त्यो कार्यान्वयन भएको भए अहिले नेपालको स्वरुप कस्तो हुन्थ्यो होला ? बीपीले गरेका परिकल्पनालाइ मुलबाटोको रुपमा अनुशरण गर्दै कांग्रेसका नेताहरु बीपीवादको कार्यान्वयन गरेका भए अहिले नेपालीको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला ? बांकी सामाग्री »

Share This Post

मैले त भगवान् भेटिनँ

राति बाह्र बज्यो । निद्रा त कहाँ पुग्यो कहाँ ! बाहिर वर्षा रोकिएको छैन । अरू जोड-जोडले दर्केको छ । उछिट्टिएर झ्यालको चेप हुँदै बाछिटा कानसम्म आइपुग्यो । छटपटी बढ्यो । गाउँको बर्खे-परिदृश्य आँखावरिपरि नाचिरह्यो निरन्तर । विगतमा हराउनुको रोमान्स र विरक्तिको मध्यविन्दुमा अल्मलिएँ म ।

त्यहाँ पनि पानी नै छ । खोला-नाला, कुलो-खोल्सा, पाखा-पखेरा सबैतिर । छिपछिपे छपनी टेकेर गुन्यु उचाल्दै मेला जाँदाका दिन अब फेरि यो जुनीमा फर्केर आउलान् र खै ! गाउँको पानीले मकैका पात र स्याखु बजाउँछ, तर यता थोत्रा मिनिबस, सिमेन्टका छत र रेनकोटमा चित्त बुझाउनुपर्छ । उता पानीले भिजाउँछ पसिना उमार्ने खेत र आशा फुल्ने आली, तर यता त्यही पानीले घिसारेको छ ढलसँगै मिनरल वाटरका रित्ता बोत्तल । बांकी सामाग्री »

Share This Post

चेतावनी मात्र दिने की कार्वाही नै गर्ने ?

अन्सारी ज्यु सार्वजनिक कार्यक्रममा भाषण गरेर ताली खोज्नुभन्दा पहिला चेतावनी हैन कार्वाहीको प्रकृया नै अगाडि बढाए कसो होला ? अनी त्यसको प्रारम्भ आफैंवाट गरे त झन काइदा नै हुन्थ्यो कि ?

गृह राज्यमन्त्री रिजवन अन्सारी आइतवार एक कार्यक्रममा घाटी सुक्नेगरी कुर्लदै अपराधीको संरक्षण गर्ने जो कोहीलाइ पनि सरकारले नछोड्ने दावी गर्दै अपराधीको संरक्षण गरिरहेकाहरुलाइ तसा्रउने गरी यदी उनीहरुलाई अझै संरक्षण दिइरहे कार्वाही नै गर्ने धम्की दिएछन । यसमा उनको तर्क रहेछ-सरकार अब चुप लागेर बस्न सक्दैन जो जो अपराधीको संरक्षक बनेर बसेका छन उनीहरुलाई कार्वाही गर्ने चेतावनी दिन्छु । बढो हांसो उठ्यो उनको भाषण सुनेर । गृहराज्यमन्त्रीलाइ सोध्न मन लाग्यो अपराधीको संरक्षण गर्ने पनि अपराधीनै हो भन्ने नेपालको प्रचलित कानुनले ब्याख्या गरिसकेको अवस्थामा खाली चेतावनी मात्र दिने कि कार्वाही नै गर्ने हो ? बांकी सामाग्री »

Share This Post