Archive for August, 2009

सिक्किम बन्छ त नेपाल ?

भारत जुनसुकै हालतमा पनि नेपाललाइ सिक्किमिकरण गर्ने रणनीतिमा लागेको छ भन्ने बहस चलेको लामो समय वितिसकेको छ । कुनै जमानामा स्वतन्त्र राज्य सिक्किमलाई जुन खेलको आडमा भारतले आफ्नो राज्यमा गाभ्यो त्यही रणनीति नेपाललाइ भारतमा गाभ्न प्रयोग गरिरहेको छ भनेर विष्लेशण गर्ने राजनीतिक विष्लेशकहरुको कमि छैन नेपालमा । जसरी भारतको कुनै प्रान्तमा केही भयो कि केन्द्रिय सरकारले गरेका कामको चर्चा हुन्छ त्यसरी नै नेपालमा साना ठुला जुनसुकै विषयमा भारतको नाम आइहाल्छ । स्वभावीक रुपमा परमानन्द झाको सपथ प्रकरण सुल्झीनुको साटो बल्झीनुमा समेत भारतको हात रहेको कोणवाट विष्लेशणले तिव्रता पाएको छ । के बहसमा रहेझै भारत नेपाललाई सिक्किमीकरणका लागि सक्रिय रहेको तथ्य सत्य हो त ? के झाको विवाद नसुल्झनुमा भारतकै सक्रियताले काम गरेको छ त ? कतै यो पनि सिक्किमीकरणको एक भाग त हैन ? के नेपालको हालत पनि सिक्किम झै हुनेछ ? नेपालमा भएका सबै राजनीतिक घटनाक्रम कतै सिक्किमीकरणको योजना अनुसार भइरहेका त छैनन ? हाम्रा नेता लेन्डुप दोर्जे त बनिरहेका छैनन ? बांकी सामाग्री »

Share This Post

कसरी भयो यु टर्न ?

संविधानको सम्मान र संरक्षणको नैतिक जिम्मेवारी र पदिय दायित्व सबैलाई लत्याउंदै उपराष्ट्रपति परमानन्द झाले न नेपाली भाषामा सपथ खाए न त पद त्याग नै गरे । उनले समस्त राज्य प्रणालीलाइ नै ठाडो चुनौति दिएर मुलुकलाई भाषिय विवादमा फसाइछाडेका छन । उनले–यदी मन्त्रीपरिषद्ले नेपाली भाषामा सपथ खान आग्रह गरेमा आफु पुन सपथका लागि तयार रहेको’ भन्दै मन्त्रीपरिषद्को कार्यालयमा पत्र पठाएपछि आइतवार विहानै मन्त्रीपरिषद् बैठक बसेर उपराष्ट्रपतिको हैसियतमा नेपाली भाषामा सपथ खान परमानन्द झालाई आग्रह गर्दै राष्ट्रपतिको कार्यालयमा सपथका लागि आवश्यक सबै तयारी गरिएको थियो । उनले सरकारको निर्णयप्रति सकारात्मक धारणा ब्यक्त गर्दै सपथ खाने वाचा गरेका पनि हुन । तर,अकस्मात के भयो कुन्नि उनले बहादुर भवनमा रहेको उपराष्ट्रपतिको कार्यालयमा पत्रकारहरु बोलाएर सर्वोच्च अदालतलाई भ्याएसम्म गाली गरेर आखिरमा सपथ खान नजाने घोषणा गरे । अकस्मात उपराष्ट्रपतिको विचार कसरी यु टर्न भयो ? बांकी सामाग्री »

Share This Post

बेक्कारमा पाएको गाली

विहान नौ वजेतिर उठेर मोवाइल हेरेको तीन वटा कल मिस भइसकेको रहेछ । मिस कल गरेको हो कि कल मिस भएको हो पत्तो लागेन । जव मिस भएका कल नम्बरहरु हेरेको पक्कैपनि ति मिस कल थिएनन मिस भएका कल थिए । कल गर्ने ब्यक्तिलाई हतार हतार फोन गरे–
–हेलो,नमस्कार
–नमस्कार के छ हालखवर, विहानै सम्झनु भयो त ? कता हुनुहुन्छ ?
–घरतिरै छु । तपाइको कल आएको रहेछ पत्तै पाइन मैले त ।
–कतिखेर ? मैले त तपाइलाइ फोन गरेको छैन त ? बांकी सामाग्री »

Share This Post

एउटा सकियो अर्को तातै

सहमतिको आधारमा सम्भव नभएपनि लोकतान्त्रीक पद्धती निर्वाचन मार्फत संबैधानिक समितिमा अनुभवी र लोकतान्त्रीकपद्धतीप्रति प्रतिबद्ध आचार्य छानिनु आफैमा एक सुखद पक्ष हो । तर,उपराष्ट्रपति प्रकरण नसुल्झेसम्म राजनीति कता जाने हो निश्चितै हुन सकेन र सक्दैन पनि ।

संबैधानिक समितिको सभापतिमा निलाम्बर आचार्य निर्वाचीत भए लगत्तै एउटा टन्टाले किराना पाएको छ शुक्रवारवाट । संविधानविद आचार्यको विकल्पमा माओवादीले अगाडि सारेका उम्मेदवार प्रकाश २९ का विरुद्ध २१ मतमा चित्त बुझाएर आचार्यलाइ बधाइ दिइसकेका छन । यसवाट माधव नेपालको राजीनामा लगत्तै रिक्त भएको संबैधानीक समितिले नेतृत्व पाएको छ । जसवाट नयां संविधान निर्माण प्रकृयाले गति लिने आशाको संचार भएको छ । तर, उपराष्ट्रपतिको सपथ प्रकरणको राप सेलाएको छैन दिनप्रतिदिन रापिलो बन्दै गइरहेको छ । जसका कारण अझै केही समय संविधान निर्माणका कुरा भन्दापनि सपथ प्रकरणमै नेपाली राजनीति रुमल्लीने निश्चित छ । त्यसमा माओवादीको दैनिक जागिर सदन अवरुद्ध गर्ने पनि रोकिएको छैन नै ।  यस्तो बेलामा कसरी संविधान निर्माण प्रकृया अगाडि बढ्ला ? बांकी सामाग्री »

Share This Post

वाह क्या कडा शुरक्षा

अपडेट : पत्रकार सम्मेलन गरेर हतियार प्रर्दशन गरेको किरात जनवादी वर्कस पार्टीले उपराष्ट्रपति परमानन्द झाको घर अगाडि सकेट बम पड्काएको छ । सो पार्टीले चार दिनभित्र सपथ नखाए ठिक नहुने चेतावनी समेत दिएको छ ।
बुधवार मध्यान्ह पुतलीसडकमा रहेको रिर्पोटर्स क्लवमा पुर्वी पहाडी क्षेत्रमा किरात जनवादी वर्कश पार्टीका नेताहरुले मुखमा रुमाल र मास्क लगाएर पत्रकार सम्मेलन मात्र गरेनन खुल्ला रुपमा हतियार समेत प्रर्दशन गरेर शक्ति प्रर्दशन गरे । काठमाडौं जहां जताततै प्रहरीको उपस्थिती हुन्छ । त्यसमा थप रिर्पोटर्स क्लव प्रहरी र सेनाका जासुसहरुको सधै उपस्थिती हुन्छ नै । तैपनि वर्कसका नेताहले त्यसको कुनै पर्वाह गरेनन र सरकार विरुद्ध सशस्त्र आन्दोलन चर्काउने घोषणा मात्र हैन भटाभट हतियार निकालेर प्रर्दशन गरे र ढुक्कसित कार्यक्रमस्थलवाट बाहिरिए । उनीहरुको साहस देखेर चकित परियो अनी गृह मन्त्री भिम रावलले दावी गर्ने गरेको सुरक्षा संगठनको चलाखीपन र सक्रियता देखेर त आश्चर्यमा डुवियो । बांकी सामाग्री »

Share This Post

नागरिक अगुवाको कुम जोडियो

लोकतान्त्रीक आन्दोलनको सफलतासंगै प्रजातान्त्रीक प्रणालीमा आधारित शासनब्यवस्थाको पक्षधर र एकल प्रभुत्ववादी कम्युनिष्ट शासनपद्धतीको पक्षधरका आधारमा विभाजीत बनेका नागरिक समाजका अगुवा फेरी कुम जोड्दै आन्दोलनमा उत्रिएका छन ।


पुष्पकमल, गिरिजाप्रसाद, माधव नेपाल,उपेन्द्र, विजय हैन ज्ञानेन्द्र शाहको राजनीतिक कुका बेला सडक तताइरहेका थिए कृष्ण पहाडि, देवेन्द्रराज पान्डे , अर्जुन पराजुली, खगेन्द्र संग्रौला लगायतका नागरिक समाजका अगुवाहरुले । अनी त्यसमा थप बल दिएका थिए वकिल, पत्रकार,शिक्षक, विद्यार्थी, प्राध्यापक, चिकित्सक र गृहणिहरुले पनि । छायामा परेको दलका आन्दोलन विस्तारै नागरिक अगुवाहरुको आन्दोलनको रापमा मिसियो । विस्तारै दलका आन्दोलनपनि अगाडि बढ्यो र जनआन्दोलन २ को स्वरुप धारण गरी राजतन्त्रलाई बढार्यो । जंगलमा रहेको शक्तिलाइ सिंहदरवार ल्याइपु¥यायो । सडकमा मिल्कने तयारीमा रहेका दल पुन शक्तिशाली भए । नागरिक अगुवाहरुले त्यसपछिका दिनमा पनि संविधान निर्माणका लागि दवाव भन्दै केही महिना आन्दोलन जारी राखेपनि विचैमा तुहिन पुगेको थियो । बांकी सामाग्री »

Share This Post

जटिलतातिर उपराष्ट्रपति प्रकरण

खस बाहेकका अन्यले यो खसभाषिको समस्या हो भन्ने कोणवाट  सपथ प्रकरणको विष्लेशण गरेको देखिन्छ । हेर्दा हो कि जस्तो देखिएपनि भाषाको निहुमा यो राष्ट्रिय अखन्डतामाथिको आक्रमण हो भन्ने स्पष्ट  छ । स्पष्ट छ नेपाली र हिन्दी भाषाको विवादलाइ बढाएर पहाडे र मधेसीतिर मोडिनेछ । त्यसको परिणाम के हो त्यो सबैलाइ थाहा छ ।

उपराष्ट्रपतिको सपथ कान्डका विषयमा सर्वोच्च अदालतले नेपालीमा सपथ नखाए पदमा नरहेको ठहरिने कडा निर्देशनका साथ तोकेको समयसिमा जति नजिकिंदै छ उपराष्ट्रपति परमानन्द झाका बारेमा राजनीतिक उतारचढावले तिब्रता पाएको छ । यही राजनीतिक उतारचढावका विचमा उपराष्ट्रपतिलाइ हतियार बनाएर आफ्नो राजनीतिक स्वार्थसिद्ध गराउने राजनीतिक समुह अनी समस्या तत्काल समाधान गरी भाषाको विवादमा पुन तराइ र पहाडविचको सिमा कोरिनवाट मुलुकलाई जोगाउन चाहने समुह सक्रिय भएका छन । तर,राष्ट्रपतिको मनसाय सकेसम्म भाषाको विवाद चर्काउन चाहने भएकाले अहिले त्यही समुह बलियो देखिएको छ । बांकी सामाग्री »

Share This Post

यसरी सकियो एउटा प्रकरण

लिखित स्पष्टीकरणमा चित्त नबुझाइ श–शरिर बैठकमा आउन संसदिय दलले कडा पत्र काटेपछि लागेको थियो केही गर्छन कि क्या हो कांग्रेसी सभासदहरुले भन्ने । तर, कागजको बाघको मुख जत्रो भएपनि तर्सिने मुर्ख हुन भन्ने मंगलवार उनीहरुले पुष्टी गरिदिए ।

कतै आफुलाइ संसदिय दलले नपत्याउने पो हुन कि भयका कारण केही समर्थकलाइ जम्मा पारेर जिन्दावादको नाराले सिंहदरवार परिसर थर्काउन लगाएर भारत भ्रमणका बारेमा उठेका प्रश्नको उत्तर दिन संसदिय दलको कार्यालय पुगेकी कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले संसदियदलवाट क्लिनचिट पाए लगत्तै प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणसंगै शुरु भएको सुजाता प्रकरण नाटकिय रुपमा समापन भएको छ । बांकी सामाग्री »

Share This Post

उपराष्ट्रपति ज्यु सपथ लिने कि पद छोड्ने ?

हिन्दी भाषामा सपथ खाएर पुन विवादमा आएका विवादीत महाशय परमानन्द झाका विषयमा सर्वोच्च अदालतले स्पष्ट रुपमा निर्देशन दिएको छ । त्यो हो कि एक साताभित्रमा उपराष्ट्रपतिको हैसियतमा संविधान अनुसार अर्थात नेपाली भाषामा सपथ खाने कि पद छोड्ने । यस अगाडि आएका सर्वोच्चको फैसला स्पष्ट नभएपनि पछिल्लो फैसला भने स्पष्ट छ । त्यो हो कि नेपाली भाषामा सपथ खाने कि सपथ नखाए सो पद रिक्त भएको मानिने छ । यस्तो क्रान्तीकारी फैसला गर्ने सर्वोच्चका न्यायधिष हुन तपबहादुर मगर,कल्याण श्रेष्ठ,रामकुमार प्रसाद शाह,प्रेम शर्मा र भरतराज उप्रेति । यि न्याधिषहरुको टोलिले सरकारको नाममा कि प्रकृया अनुसारको सपथ गराउन कि पद खाली गराउन निर्देशन जारी गरेका छन । यसबाट लामो समयवाट चलेको सपथग्रहणको भाषाको विवादको किनारा लाग्ने भएको छ । उपराष्ट्रपति निर्वाचित भएपछि झाले ८ साउन ०६५ मा राष्ट्रपति डा रामवरण यादवबाट हिन्दी भाषामा शपथ लिएका थिए । राष्ट्रपति यादवले नेपाली भाषामा सपथ पत्र पढेपनि मधसी जनअधिकार फोरमवाट उपराष्ट्रपतिको चिट्ठा परेको परमानन्दले भने राष्ट्रपतिको नेपाली सपथपत्रको हिन्दी ब्रोकन भाषामा उल्था गरेर स्वामीभक्ती देखाएका थिए । जुन प्रारम्भवाट नै विवादमा आएको थियो । बांकी सामाग्री »

Share This Post

नेपालको भ्रमण सफल कि लज्जाजनक ?

नेपालको भारतभ्रमणताका माओवादीले उठाएको २ विषय हतियार र पंन्चेश्वर परियोजनामा हस्ताक्षर रहेको थियो । यि दुबै विषयमा भ्रमणताका स्पष्ट रुपमा कुनै छलफल भएको स्पष्ट नभएपनि हतियारको विषयमा भने केही सहमति भएको छनक मिलेको छ ।

भारत भ्रमण सकेर स्वदेश फर्किए लगत्तै प्रधानमन्त्री माधवकुमार नेपालवाट प्रतिकृया आयो–अघिल्लो सरकारले गर्न नसकेको कुरो मैले गरेर आए ।’अर्थात कुरो स्पष्ट गर्दा एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले भारत भ्रमणमा जे गर्न सकेका थिएनन त्यो मैले गरेर गरेर आए भन्ने नेपालको दावी थियो । त्यही विचमा प्रचन्डले भने नेपालको भारत भ्रमण इतिहासमै सबैभन्दा असफल भएको दावी गरेका थिए । नेपाल भारत भ्रमण सकेर स्वदेश फर्किए लगत्तै भ्रमण अत्यन्तै सफल र उपलब्धीपुर्ण रहेको दावी गरे । उता पछिल्लो सरकारका प्रमु्ख प्रचन्डले भने भ्रमण महत्वहिन र लज्जाजनक भएको प्रतिकृया दिए । आखिर नेपालको भारत भ्रमण भयो के त ? सफल कि लज्जाजनक ? यही कोणवाट यहां विष्लेशणको प्रयास गरिएको छ । बांकी सामाग्री »

Share This Post