30 Oct, 2009
बजेटपास जस्ता हरेक राष्ट्रिय निर्णयहरु संसदबाटनै गर्ने उपाय निकाली माओवादीको संसद असफल बनाउने र निरंकुशता लादने सपना चकनाचुर पार्नु नै संसदीय पार्टीहरुको उद्देश्य रहनु पर्दछ।
पार्टीहरु आ-आफ्नै अडानमा छन । सरकारको नेतृत्व गरिरहेको पार्टीभित्र आन्तरिक द्धन्द्ध बढ्दै गएको छ । सरकारको नेतृत्वमा रहेको पार्टीका नेताहरु आफ्नै सरकार ढालेर नेतृत्व परिर्वतन गर्ने दाउंमा छन । प्रतिपक्ष माओवादी आफ्नै अडानमा छ । अल्पमतमा रहेपनि सत्ता प्राप्तीका लागि अन्य दलका नेता तथा कार्यकर्ताका साथै प्रधानमन्त्री र मन्त्रीलाई आक्रमण गरेर माओवादीले आफ्नो अप्रजातान्त्रीक र िहंशक चरित्र देखाइरहेको छ । जसका कारण अहिले नेपाल जनआन्दोलन २ को उपलब्धी गुम्ने मोडमा पुगेको छ । बांकी सामाग्री »
Share on Facebook

30 Oct, 2009
सत्ताधारी दल आन्दोलन दवाउनतिर लाग्ने अनी माओवादी आन्दोलनलाइ जुन रुपमा भएपनि बाल्ने रणनीतिमा जोडतोडका साथ लाग्ने हो भने माओवादी अनी यि सत्ताधारी दलमध्ये कसको हालत ज्ञानेन्द्रको जस्तो हुने हो त्यो निश्चित नभएपनि मुलुक चै ज्ञानेन्द्रको हालतमा पुग्ने पक्का छ ।
राष्ट्रपतिको कदमलाइ मुलमुद्धा बनाएर चार महिनादेखी आन्दोलनमा उत्रिएको माओवादी नागरिक सर्वोच्चताका लागि सत्ता आफ्नो नेतृत्वमा हुनुपर्ने माग अगाडि सारेर दोस्रो चरणको आन्दोलनको घोषणा गरेपछि पुर्व राजा ज्ञानेन्द्र शाह पुन चर्चामा आएका छन । उनी कुनै राजावादी संगठन वा आफ्ना अन्य कुनै भक्त वा आफ्नै कुनै कामका कारण चर्चामा आएका हैनन । उनलाई चर्चामा ल्याउनेकाम गणतन्त्रको घोषणामार्फत उनलाई राजावाट रैति बनाउने दलका नेताहरु नै हुन । बांकी सामाग्री »
Share on Facebook

29 Oct, 2009
संविधान सभाको निर्वाचनताका सुर्खेत १ का उम्मेदवार ऋषिप्रसाद शर्माको हत्या अभियोग लागेका कांग्रेस नेता पुर्णबहादुर खड्काले हत्या अभियोगवाट मुक्ति पाएका छन । एमालेका नेताको हत्या अभियोग लागेका खड्कालाई हत्या अभियोगवाट मुक्त बनाउने काम एमाले नेतृत्वकै सरकारले गरेको छ । संविधान सभा निर्वाचन हुन ३५ घन्टामात्र बांकी रहंदा शर्माको हत्या भएको थियो अनी हत्याको अभियोग खड्कामाथि लागेको थियो शर्माकी श्रीमतिले खड्का विरुद्ध ज्यान मारेको अभियोगमा जाहेरी दिएपछि सरकारले उनीमाथि मुद्धा अगाडि बढाएको थियो । एमालेले पनि खड्कामाथि कार्वाहीको माग गरेको थियो । शुक्रवार एमालेको नेतृत्वमा रहको सरकारले खड्का विरुद्धको मुद्धा फिर्ताको निर्णय ग¥यो । बांकी सामाग्री »
Share on Facebook

29 Oct, 2009
एकै सामाग्रि एउटालाई उत्कृष्ट लाग्नु र त्यही सामाग्रि अर्कोलाइ निकृष्ट लाग्नु स्वभावीक हो । यदी सबैलाइ एकै विषय समान लाग्यो भने त्यहां अन्र्तक्रियाका लागि के स्थान रहन्छ र ?
रविन्द्र न्यौपानेको समसामयिक राजनीतिक विचारप्रति प्रतिकृया जनाउनेक्रममा विनोद न्यौपानेजीले राजनीतिक पुर्वाग्रहको उठान गरेका छन । विनोदजीलाई प्रतिकृयाका लागि धन्यवाद । विनोदजी मात्र हैन अन्य कतिपय मित्रहरुवाट पनि यस्तै खालका प्रतिकृयाहरु आउनेगरेका छन । प्रायका भनाइ भनेको अली माओवादीप्रति पुर्वाग्रही हो कि भन्ने हो । त्यसैले यस बारेमा केही कुरा राखिहालौ भन्ने लाग्यो । बांकी सामाग्री »
Share on Facebook

28 Oct, 2009
इन्टरनेटविनाको कम्प्युटरको सास विनाको शरिर समान बनिसकेको छ । अहिलेको समयमा इन्टरनेट हरेकको अत्यावश्यक बनिसकेको छ चाहे ति गृहणी हुन या विद्यार्थी, प्राध्यापक हुन या अन्य केही पेशाकर्मी । सबैको दैनिकीमा अनिवार्य बनिसकेको छ । यो जादुमय प्रविधिले एक क्लीकमा विश्वलाई कैद गरिसकेको छ । यही जादुमयी प्रविधि विहिवारवाट ४० वर्ष टेकेको छ । बांकी सामाग्री »
Share on Facebook

27 Oct, 2009
प्रचन्ड चीन भ्रमणमा जानुभन्दा अगाडि राष्ट्रपतिको कदमको बारेमा मात्र कुरा गर्थे तर, जव प्रचन्ड चीनवाट फर्किए अनी आफ्नै नेतृत्वमा सरकार गठनको कुरो गर्न थालेका हुन ।
बैधानीक रुपमा संसदमा बहुमत पु¥याएर सरकार गठन गर्न असक्षम भएपछि माओवादीले अब राजधानीमा नाकाबन्दी गरेर नागरिक सर्वोच्चताका लागि जनतालाइ भोकै पारेर हाहाकार मच्याएर सत्तामा जाने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । डा बाबुराम भट्टराइको संयोजकत्वमा रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालले कात्तिक १५ गतेदेखी २७ कात्तिक सम्मको आन्दोनको कार्यक्रम घोषणा गरेर माधव नेपालको नेतृत्वमा रहेको सरकार गिराएर आफ्नो नेतृत्वमा सरकार बनाउने नयां रणनीति सार्वजनिक गरेको छ । बांकी सामाग्री »
Share on Facebook

27 Oct, 2009
निरन्तर सदन अवरुद्ध बनाएर सरकार ढाल्ने रणनीतिमा लागेको माओवादी कथमकदाचीत आफ्नो अभियानमा सफल भए अन्य दलहरु चै के गर्लान ? सुरुक्क सत्ता छाडेर मौन बस्लान कि उनीहरु पनि माओवादी सरकार ढाल्न फेरी अर्को कुनै उपाय गर्लान ? मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारका अनुसार संसद अवरोध गरेर सरकार परिवर्तन गरे मधेसवादी दलहरुले फेरि सदन अवरुद्ध गरेर माओवादी नेतृत्वको सरकार ढाल्ने छ रे । बांकी सामाग्री »
Share on Facebook

26 Oct, 2009
नाम मात्र सर्वोच्च अदालत राखेर के गर्नु ? यसलाइ कसैले टेर्ने रहेनछन । कस्तो कमजोर भइसकेछ हाम्रो न्याय प्रशासन । हुन त यसलाइ कमजोर बनाउनुमा कालाकोटधारी न्यायको ठेकेदारहरुनै प्रमुख जिम्मेवार छन । न्यायलाइ पैसामा तौलन सिपालु भएपछि पैसावालाहरुले हेप्नेनै भए । नत्र शिक्षा मन्त्रालयका पदाधिकारीले किन यसरी सर्वोच्चको आदेश डस्विनमा फाल्ने हिम्मत गर्थे र ? बांकी सामाग्री »
Share on Facebook

26 Oct, 2009
अन्य दलका नेताहरु लौ न सहमति गरौं भनेर अनुनय गरेपछि मागकर्ता दल आग्रह मानेजस्तो गरेर बैठकमा बस्छ, हामी लचक भयौं भन्छ अनी बाहिर आएर फेरी अर्को माग ते¥स्याइहाल्छ । अन्य दलहरु रनभुल् पर्छन हैनन माग चै के हो भनेर सोच्दैमा दिन गइरहेको छ ।
तीन महिना भयो यो ब्ल्याकमेलिगंको राजनीति र्गमाएको । माग अगाडि सार्दै यसो गर नत्र…. उसो गर नत्र….. भन्दै माग अगाडि ते¥स्याएको भरमा मुलुक चौपटको बाटोमा तिब्रताका साथ हुंइकिइरहेको छ । कहिले यसो गरे मात्र सहमति भन्ने त फेरी उसो गरे मात्र सहमति हुने भन्दै यो ब्ल्याकमेलिगंको राजनीतिक तन्कीएको तन्कीएकै छ । अन्य दलहरु पनि यो ब्ल्याकमेलिगंको राजनीतिमा मज्जैले फसेका छन । माग मानौ भने पनि खत्तम हुने माग नमानौ भनेपनि खत्तम हुने अवस्थामा पुगेका छन माग पुरा गर्नुपर्ने पक्षधरहरु । उता,मागकर्ताले पनि आफ्नो ब्ल्याकमेलिगंको राजनीतिकलाई निर्लज्ज रुपमा अगाडि बढाइरहेको छ अनी यसलाइ शुन्दर नामाकरण गरिदिएको छ–नागरिक सर्वोच्चता । बांकी सामाग्री »
Share on Facebook
