Archive for February, 2010

न्वारनको नाम जु-यो

पिपलको पातमा लेखिएको न्वारनको नाम दमन

११ औं दिन शुक्रवारको दिन ब्राम्हणले जन्ममिति,समय र ग्रह स्थानको आधारमा छोरीको नाम द वाट शुरु हुने उद्घोष गर्दै न्वारनको नाम जुराईदिए दमनकुमारी । नामको पहिलो अक्षरको आधारमा छोरीको राशी मिन प-यो । अनी उनको बोलाउने नाम चै स वाट राख्न सुझाव दिए पण्डीतले । बांकी सामाग्री »

Share This Post

नामको खोजीमा

प्रारम्भमा शुभकामना दिने सबै मित्रलाई धन्यवाद । आज सातौ दिन भयो । हल्का हास्न थालेकी छिन साथी । बेलुका अली दुख दिन्छीन । तर त्यो दुखभित्रको असिम सुखको वयान गर्नै सकिन्न । घरका सदस्यहरु पनि मक्ख छन । सबैको ध्यान उसैतिर छ । उनी कोमल औलाहरु चलाईरहेकी छिन अनी घरका सबै सदस्य उनको औलाको इशारामा नाचिरहेका छन । बढो मजाको क्षण स्वर्णिम क्षण । उनी दिनप्रतिदिन जति हुर्किदैछिन् अब के के गर्ने योजनाका खाकाहरुले मनका पानाहरु भिरंदै छन । नाम चै के राख्ने होला अहिले बहस चै यसैमा केन्द्रित छ । हुन त नाममा के छ र भन्ने पनि नसुनिने हैन । तर जे छ त्यो नाममै त छ कि कसो । बांकी सामाग्री »

Share This Post

हाम्री सानी साथी

जीवनमा नयां सदस्यको आगमन साच्चिकै नौलो र आनन्ददायि क्षण हुने रहेछ । झुट्टै आनन्द । कस्तो कस्तो । नौलो , विल्कुल नौलो अनुभुतीको । जीवनको मोड नै अन्तै कतै मोडिए जस्तो । मन मष्तिष्क सबैतिर एकप्रकारको नयां तरंगको संचार । थेरै पाए जस्तो । उद्धेश्यविहिन यात्रामा लक्ष भेटिए झै ।  बांकी सामाग्री »

Share This Post

बब्लु श्रीवास्तवले गराए जमिमको हत्या

–प्रहरीले भगाए जमिमका हत्यारा

–लाजीम्पाटमा गोली हानी लैनचौर फर्किएर मोटरसाईकलमा भागे अपराधी

–कात्र्तिकदेखी ६ भारतिय आक्रमणकारीहरु काठमाडौंमै

आक्रमणकारी चिनीए, तर पक्राउ पर्ने कहिले ?

अमेरिकी एम्बेसीमा खटिएका नेपाल प्रहरीका सई प्रकाश क्षेत्रीले जमिम हत्यामा संलग्न भारतिय अन्डरवल्डका कुख्यात अपराधीहरुसंगै हत्याको योजनामा संलग्न भएर प्रहरीको शुरक्षा सम्बन्धी सूचना चुहाउनुका साथै हत्याराहरुलाई मोटरसाइकलमा राखेर कलंकी पु¥याएर भगाएको खुलेपछि प्रहरीभित्रै खैलाबैला शुरु भएको छ । अमेरिकी एम्बेसी जस्तो शुरक्षाका लागि हाईहर्लट हुने स्थानमा खटिएका प्रहरी भारतिय अपराधीसंग मिलेको विवरण सार्वजनिक भएपनि प्रहरी नहल्लीयोस पनि कसरी ? बांकी सामाग्री »

Share This Post

एक्कासी कसैको आवाजले झस्कायो

मेरो प्रेम शारीरकि आकर्षण होइन, अन्तर आत्मादेखी उब्जीएको भावनात्मक उपज हो । मेरो प्रेम भौतिक प्रमाणबाट दूर तर आत्मासँग नजिक छ ।  म तिमीलाई सच्चा र निस्वार्थ हृदृय देखी नै माया गर्छु ।

छोटो जीवनको लामो सम्झना,
उजार र उराठ यो मरुभीको अनकन्टार ठाउँबाट ,

सर्वप्रथम तिम्रो दिर्घायुको कामना गर्दछु । जिन्दगीको आरोह अवरोहहरुमा धेरैसँग परचिय भयो,धेरै संग मित्रता गाँसियो, कसैलाई असल मित्र भन्दा वडि उपमा दिन सकिन । जब तिमीलाई देखेँ, तिमीसँग भेट भयो । अचम्म लाग्छ,  पहिलो नजरमै आकर्षणको हावा यसरी फैलियो कि मेरो प्रत्येक सासभित्र तिमै् सुगन्धको आभास गरे, मेरा यी निश्चल आँखाको लेन्सले तिम्रै अनुहारको अवलोकन गरे अनि तिमीसंगको साथको कल्पना गरेको थाहा  नै भएन । एक्कासी कसैको आवाजले झस्कायो ।  यस्तो किन हुन्छ रु मन मन नै आफूले आफैलाई प्रश्न गरे  । मेरो मनले भन्छ, माया भयो । मेरो मस्तिष्क बोल्छ,तिमीलाई प्रेमले छोयो । बांकी सामाग्री »

Share This Post

अनुशन्धान केवल नजिक नजिक

प्रहरीले अहिलेसम्म जे जस्ता सफलताका कथा बताएका छन ति सबै अन्धाले हात्ती छामेर कानलाई नांग्लो र खुट्टालाई थाम भने बराबर रहेछ ।

जमिम हत्या सुल्झनुको साटो दिनप्रतिदिन अल्झीरहेको छ । लाग्छ प्रहरी अधिकारी कुनै मुर्गाको प्रतिक्षामा छ जसलाई अगाडि सारेर अनुशन्धान सफल भएको डंका पिटेर सबै कमजोरी लुकाउन सकियोस सहजै । छैटौ दिनपनि प्राय सबै प्रहरी अधिकारीहरुको जवाफ एउटै छ–अनुशन्धान भईरहेको छ । हामी निकट पुगेका छौं । चांडै अभियुक्तहरु पक्राउ पर्नेछन । तर,भित्री रुपमा प्रगती बुझ्दा अहिलेसम्म प्रहरीले घटनाको न छेउ पत्ता लगाएको छ न टुप्पो । कतावाट एक जना अपुरो नाम बब्लु आएको छ । सबै त्यसैको पछाडि कुदेका छन । तर अझै पत्तो लागेको छैन को हो बब्लु भनेको ? नेपाली हो कि भारतिय ? कहां बस्छ र उसले किन जमिमको हत्या गर्यो ? बांकी सामाग्री »

Share This Post

शुरक्षाको जिम्मा असईको मात्र हो ?

उपत्यकाको शुरक्षाको जिम्मेवारी लिने एआईजी, महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख,काठमाडौं परिसरका प्रमुख अनी लाजीम्पाट क्षेत्रको शुरक्षाका लागि खडा गरिएको दरवारमार्ग प्रभागका प्रहरी निरिक्षक जमिम हत्याको घटनामा दोषि छैनन ?

दिनदहाडै विच सडकमा गोली हानेर सञ्चार उद्यमी जमिम शाह मारिएपछि प्रहरीमाथि उठेका शंकाउपशंका कम गर्न प्रहरीका उच्च हाकिमहरुको एक मन्डलीले असई सहित चार जना कनिष्ठ प्रहरीलाई कार्वाही ग¥यो । उनीहरुलाई दिएको जिम्मेवारी पुरा नगरेको आरोप लगाउंदै निलम्बन गरियो । जसलाई प्रहरी हाकीमहरुले ठुलै काम गरेझै प्रचार गरे । तर, यो कार्वाही प्रकृयावाट प्रश्न उठेको छ । के काठमाडौंको शुरक्षाको जिम्मा ति असई, हवल्दार र प्रहरी जवानको मात्र हो ? उच्चतहका हाकिमहरुको चै हैन ? बांकी सामाग्री »

Share This Post

गोलचक्करमा जमीमको हत्या

छोटा राजनलाई घटनाको दोष दिएर उम्कने प्रहरीको रणनीति त हैन ? प्रहरीको अनुशन्धान पद्धती र उनीहरुले गरिरहेको दावी हेर्दा प्रश्नै प्रश्न उब्जीन्छ । चित्तबुझ्दो जवाफ दिने कोही छैनन ।

तीन दिन वित्यो जमीम शाहको हत्या भएको । तर हत्या कसले किन गर्यो ? अन्यौलको पर्दा अझै च्यातिएको छैन । मंगलवार हत्यामा प्रयोग गरिएको मोटरसाइकल फेला पार्न प्रहरी सफल त भएको छ । तर मोटरसाइकल त्यही हो कि अर्को ? आशंका कायम छ । घटनाको प्रारम्भमा मोटरसाइकलको नम्बर बा १५ प ८७३३ रहेको बताउने प्रहरी मंगलवारवाट मोटरसाइकल बा १७ प ८७३३ रहेको दावी गर्न थालेको छ । औपचारिक रुपमा घटनामा को संलग्न छ भनेर बताउन नचाहने प्रहरी अधिकारीहरु अनौपचारिक कुराकानीमा बब्लुको नाम लिन्छन । तर, बब्लु साच्चिकैका पात्र हुन कि प्रहरीको चलाखी त्यो पनि खुल्न सकेको छैन । सायद यत्तिको रहस्यमय हत्याको समाचार संकलनको अनुभव नभएर होला समाचार लेख्दा आफैं हो कि हैन भन्ने अन्यौलमा बसेर लेख्न बाध्य भईएको छ । बांकी सामाग्री »

Share This Post

वाह गृहमन्त्री वाह

 दिनदहाडै एक नेपाली विच सडकमा गोली खाएर मारिएका छन । तर,प्रहरी मौन छ । उ केही बोल्नै चाहंदैन । काठमाडौंका एसपी त मोवाइलै आफ गरेर बसेका छन ।

काठमाडौंको उच्च शुरक्षा सर्तकता रहेको स्थानमा एक व्यापारीको दिउसै गोली हानेर हत्या भयो । तर, हाम्रा गृहमन्त्री चै चीनको शुरक्षाप्रति नेपाल बढो चिन्तीत छ भन्ने शन्देस दिन तीनवटै शुरक्षा निकाय नेपाल प्रहरी ,शसस्त्र प्रहरी र राष्ट्रीय अनुशन्धान विभागका प्रमुख लिएर चीन भ्रमणमा छन । उनी यस अगाडि यसैगरी भारतलाई रिझाउन जांदा पनि काठमाडौंमा ठुलै घटना भएको थियो । बांकी सामाग्री »

Share This Post

प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३

प्रधानमन्त्रीका विकल्पको खोजीमा जुन राजनीतिक जोडघटाउ शुरु भएको छ त्यसमा नेपालको विकल्पमा गिरिजाप्रसाद बलिया देखिएका छन मतको आधारमा । तर,बाधक छ त उनको स्वास्थ्य ।

अस्वस्थताका कारण उच्चस्तरिय संयन्त्रको बैठक समेत बस्न नसकिरहेको अवस्था भएपनि माधव नेपाल प्रधानमन्त्रीवाट अपदस्त गरिएभने प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बन्ने चर्चा समेत सुनिन्छ राजनीतिक बजारमा । एकथरी विष्लेशकहरु ठोकुवा गरेरै भन्छन–यदी तोकिएको समयभित्र नयां संविधान जारी हुने हो भने प्रधानमन्त्री गिरिजाप्रसाद हुनेछन । कांग्रेसी नेताहरु शान्ती प्रकृयाको प्रारम्भदेखी नै नेतृत्वकर्ताको रुपमा कांग्रेसले महत्वपुर्ण भुमिका निर्वाह गरेकाले संविधान सभावाट जारी गरिने संविधानको सिफारिस कांग्रेस प्रधानमन्त्रीले गर्नुपर्ने तर्कमा अडिग रहेको चर्चा सुनिन थालिएको छ । राष्ट्रपति कांग्रेसका तर्फवाट भएकाले प्रधामन्त्रीपनि कांग्रेसवाट हुनेपर्नेमा अडान ब्यक्त गर्दै केही कांग्रेसी नेताहरु यसलाई अगाडि बढाउन समेत सक्रिय देखिएका छन । बांकी सामाग्री »

Share This Post