अब नेपालमा पनि साइवर प्रहरी
सबै क्षेत्रमा जे गर्नपनि छुट भएको नेपालमा साइवरस्पेश नियन्त्रण हुने कुरै भएन । सूचना प्रविधिको बढ्दो प्रयोगसंगै यसको सदुपयोग भन्दा दुरुपयोग गर्नेहरुका लागि यो छुट बरदान सावित भइरहेको छ नै । किनकी अन्त अपराध गर्दा त पक्राउ पर्ने डर हुन्छ । तर साइवर अपराध गर्दा के को डर भन्ने साइवर अपराधीको सोच हुनु सामान्य पनि हो । तरसधै यस्ता दिन कहां रहन्छन र । अब प्रहरीको साइवर अपराधमा पनि आंखा परिसकेको छ । महानगरिय प्रहरी परिसरले यसको प्रारम्भ गर्दै साइवर अपराधीहरुलाई पनि अन्य अपराधी सरह कार्वाही गर्ने तयारी गरेको छ ।
यसका लागि परिसरले २ जना विज्ञलाइ संलग्न गराएर साइवर अपराध मात्र हेर्ने सेल नै गठन गरेको छ । जसको काम हुन्छ साइवरस्पेशको अनुगमन गरी अपराधको पहिचान गर्ने र अपराधीको खोजी गर्ने । नेपालमा साइवर अपराधको संख्यामा बृद्धी हुंदै गएको छ नै । तर ति अपराधहरु सार्वजनिक नहुंदा कस्ता कस्ता अपराध भइरहेका छन भन्ने सार्वजनिक भएको छैन ।
साइवर अपराधको रुपमा प्रारम्भमा हत्या नै भएको थियो । पिडित र पिडक दुबैको नाम र घटना मिति यकिन भएन । तर च्याट मार्फत झांगिएको प्रेम अन्तमा टुट्ने मोडमा पुग्दा विछिप्त बनेको एक युवाले आफ्नी प्रेमिकालाइ खुकुरीले छप्काएर मारेको घटना काठमाडौंमा चर्चामा थियो । तर घटना सेलाउंदै गयो अनी सूचना प्रविधि मार्फत हुने अपराध पनि ओझेलमा पर्यो । प्रहरी परम्परागत अपराधमा नै केन्द्रित बन्नपुग्यो ।
यस विचमा सरकारको आधिकारीक वेबसाइट नै ह्याक भयो । त्यसको समाचार पनि प्रकाशित भयो । पछि के के गरेर ह्याकरको हातवाट साइट त फिर्ता आयो तर अपराधीको खोजी भएन । परराष्ट्र मन्त्रालयको साइट ह्याक भयो । बल्ल बल्ल प्राविधिकहरुले साइटवाट ह्याकरलाइ धपाए । तर ह्याकर फन्दामा परेनन । चर्चित मुटु रोग विशेषज्ञ भगवान कोइरालाको हलमेल एकान्ट नै चोरी भयो । प्रहरीले १५ दिन लगाएर एकान्ट त फिर्ता ल्यायो तर चोरको पहिचान गरेन । काठमाडौंको राम्रो होटलमध्ये पर्ने द्धारिका होटललाइ बदनाम गर्न फ्रड होटल डक कमको नाममा द्धारीकाको बदनाम भयो । तर सूचना प्रविधि मार्फत अर्काको बदनाम गराउनेहरु प्रहरीको फन्दामा परेनन ।
मेरो मगजमा भएका केही साइवर अपराधका सुचि हुन यि । यसमा धेरै गम्भिर प्रकारका अपराधको सूचि नसमेटिएको पनि हुनसक्छ । तर नेपालमा विस्तारै साइवरस्वपेश मार्फत अपराध बढ्दै गएको पुष्टीका लागि यि उदाहरण काफि छ । अनी यि उदाहरणहरुले नेपालमा साइवर प्रहरीको आवश्यकताको पुष्टी पनि गरिरहेको छ ।
यस अर्थमा प्रहरीले जे काम शुरु गरेको छ त्यो प्रशंसनिय हो । तर यसको प्रभावकारीता कत्तिको हुने त्यो भोलिका दिनमा सेलले गर्ने कामले पुष्टी गर्नेछ ।
© 2008, हाम्रो ब्लग. All rights reserved.

























Birat Pradhan said
am December 19 2008 @ 9:48 AM
Good Job!
विस्मृती said
am December 19 2008 @ 2:57 PM
बल्गर मित्र तपाँईको बल्गको शिर्षक र लेखको तारतम्य नमिले जमिले जस्तो् लाग्यो । प्रहरीले साईवर अपराध नियन्त्रण गर्न के गर्दैछ भन्दा पनि पहिले के के अपराध भए भन्नमा जोड दिए जस्तो लाग्यो अलि यसो अध्ययन गरेर लेख्नुन न
आकार said
am December 19 2008 @ 9:01 PM
थालनि गरेको भए राम्रै हो ।
Aryan said
am December 21 2008 @ 10:49 PM
“साइवर अपराधको रुपमा प्रारम्भमा हत्या नै भएको थियो ” भन्ने भनाइ नै मिलेन । कोही च्याटबाट साथी भएको अाधारमा कसैको हत्या भयो भन्दैमा प्रविधिलाइ दोष दिनु त मिलेन ।
ramesh kumar said
am March 28 2009 @ 7:53 PM
hello everybody There in New zealand & Australia? I am looking job do contact me at
gdetoxify@yahoo.com
thank you
Palapsa Cafe said
am April 29 2009 @ 12:55 PM
Good step !!!
Thamel (boyz) said
am July 3 2009 @ 4:08 PM
khatey cops haru kehi ni garna sakdaina.. computer ta calauna audaina aru kasari garcha khatery haru ley …. cyber crime dunt goona b stop it can’t b dun with this f****** cops….
jai nepal
vibs said
am November 28 2009 @ 4:24 PM
pahila computer chalauna aauchha ki aaudaina bhanera sodhnus cyber police lai ani cyber crime ko barema kura garaula.