ब्लगर मित्रहरु, खतरा बढ्दै छ है

आरएसएफको प्रतिवेदनमा नेपाल कुनै सुचिमा परेको छैन । तर यसैको आधारमा शुरक्षित छौं भनेर ढुक्क हुने अवस्था भने पक्कै छैन । हुन त धेरै राजनीतिज्ञहरु अहिले आफ्नो धारणा सार्वजनिक गर्न इन्टरनेटको दुनियामा प्रवेश गरिरहेका छन । त्यसमा सबैभन्दा अगाडि देखिएका अर्थमन्त्री बाबुराम भट्टराइ त आफ्नो ब्लगको तयारीमा नै छन । यस मानेमा केही ढुक्क बन्न सकिन्छ । तर,इरानलाइ हेर्ने हो भने कसरी ढुक्क हुनु ?

सन २००८ को प्रेस फि्रडमको सुचिले सन २००९ ब्लगरहरुको लागि थप खतरा बोकेर आउने पुर्व संकेत गरेको छ । तथ्यांक भन्छ एक वर्षको अवधिमा एक जना ब्लगरको हत्या भयो ५९ जना ब्लगरलाई जेलमा कोचियो अनी ५४ जना ब्लगर सांघातिक आक्रमणको सिकारमा परे । १७४० वटा वेबसाइट ब्लकको सिकार बने । अहिले पनि ३७ देशले इन्टरनेटमा सेन्सरसिप लागु गरेर स्वतन्त्र ब्लगकारीतामाथि धावा बोलेको छ ।
रिर्पोटस्र विदआउड बोर्डरको तथ्यांक भन्छ-परम्परागत मिडियामाथिको आक्रमणको दिशा बदलिएर अब नयां मिडिया इन्टरनेटतिर सोझिएको छ । त्यसको मुख्य सिकार ब्लगरहरु बन्दै गएका छन ।

नागरिक पत्रकारीतालाइं अंगालेका चीनका एक व्यापारीको हत्या भयो । चीनका वाइ वेनहुलाई नगरपालिकाका प्रहरीले कुटीकुटी मारे जव उनी सन २००८ जनवरी सातमा विरोध प्रर्दशनको समाचार संकलनमा सकि्रय थिए ।

३७ देशले इन्टरनेटको स्वतन्त्र बहावलाई अवरोध गर्दै इन्टरनेट सेन्सरसिप कडाईका साथ लागु गरेको छ । ति देशमध्ये सबैभन्दा धेरै सिरियामा एक सय ६२ वटा साइट सेन्सरसिपमा परे । चाइनामा ९३ वटा साइटहरु सेन्सरको मारमा परे भने इरानमा ३८ वटा साइट सेन्सर भए ।

सन २००८ ले के देखायो
एक जना ब्लगरको हत्या
५९ ब्लगर पक्राउ
५४ ब्लगरमाथि आक्रमण
१७४० वटा वेबसाइट ब्लक
३७ देशमा इन्टरनेट सेन्सरसिप

थाइल्याण्ड र टर्कीमा ब्लगको अनुगमन प्रकृया बलियो बनाउंदै कार्वाहीको प्रकृयालाई समेत कडा बनाएको छ । यि देशका प्रहरीहरु इन्टरनेटमा सम्प्रशित सामागि्रको मुल्यांकन गरी सम्बन्धीत ब्यक्तिको खोजीमा सधै जुटिरहेका हुन्छन । उनीहरुको फन्दामा पर्ने ब्लगर कि कुटिन्छन कि थुनिन्छन । यस्ता राष्ट्रहरुको पहिलो निशाना युट्युव र डेलिमोसन जस्ता भिडियो बाड्ने साइटहरु पर्ने गरेका छन ।

फेसबुक ट्युटर जस्ता साइटहरु समेत इन्टरनेटको माध्ययमवाट वाक तथा अभिब्यक्ति स्वतन्त्रताका बाधक राष्ट्रहरुको नजरमा परेका छन । सिरियामा टुइटर र फेसबुक ब्लक गरिका छन । ट्युनिसिया टर्की र युएइमा समेत फेसबुक चल्दैन ।

सरकार ब्लग मार्फत हुने आफ्नो आलोचनाप्रति चनाखो बन्दै गएका छन । ब्लगको प्रारम्भीककलमा ब्लगमा आफ्नो विपक्षमा जस्ता सामागि्र आएपनि वास्ता नगर्नेहरु समेत अहिले कुन ब्लगले के लेख्यो भन्नेमा चनाखो बन्न थालेका छन ।

चीनमा एक वर्षको अवधिमा १० जना ब्लगर पक्राउ परे भने ३१ जनाले कुटाइ खाए । ब्लगरका लागि खतरा भएका अन्य राष्ट्रहरुमा सिरिया इजिप्ट मोरक्को इरान बर्मा समेत हुन ।
इन्टरको बढ्दो प्रभावका कारण वाक तथा अभिब्यक्ति स्वतन्त्रताका विरोधीहरुको ध्यान अहिले इन्टरनेटमा बढि तानिएको आरएसएफको निचोड छ । प्रत्येक सरकार इन्टरनेटको प्रभाव कम गराउन विभिन्न नयां नयां उपायको खोजीमा रहने गरेको उसको रिर्पोटमा उल्लेख छ । उसको गम्भिर निचोट छ-आगामि दिनमा इन्टरनेटमाथि धेरै सरकारको धारणा परिर्वतन आउनसक्छ । जो ब्लगरहरुका लागि सबैभन्दा ठुलो चुनौति बन्ने छ ।

आरएसएफको प्रतिवेदनमा नेपाल कुनै सुचिमा परेको छैन । तर यसैको आधारमा शुरक्षित छौं भनेर ढुक्क हुने अवस्था भने पक्कै छैन । हुन त धेरै राजनीतिज्ञहरु अहिले आफ्नो धारणा सार्वजनिक गर्न इन्टरनेटको दुनियामा प्रवेश गरिरहेका छन । त्यसमा सबैभन्दा अगाडि देखिएका अर्थमन्त्री बाबुराम भट्टराइ त आफ्नो ब्लगको तयारीमा नै छन । यस मानेमा केही ढुक्क बन्न सकिन्छ । तर,इरानलाइ हेर्ने हो भने कसरी ढुक्क हुनु ? इरानी राष्ट्रपति अहमदिनेजाद आफैं ब्लगर हुन । तर इरानी ब्लगरमाथि सरकारी निगरानी कडा नै छ ।

11 responses to "ब्लगर मित्रहरु, खतरा बढ्दै छ है"

  1. आकार says:

    संगठित हुनु आवश्यक छ !

  2. Aryan says:

    कती मान्छे अाफ्नो पेशा गर्दा गर्दै मरेका छन १ जना ब्लगर मर्दै मा के अाकाश खस्छ र । पत्रकार(?)हरू अाफुलाइ पर्दा अाकाशै खसे जस्तो गर्छन ।

  3. खुला रुपमा मिडिया माथि आक्रमण भएका अनि दिन दहाडै राजधानीमा हत्या आतंक मच्चिएको समयमा ब्लगरहरुले अब भरपर्दो सुरक्षा संयन्त्र बनाउनु पर्दछ । जमाना नै आफ्नै सुरक्षा संयन्त्र बनाउने छ । कि ब्लगर ब्लगर मिलेर ब्लगर दस्ता बनाउने हो ? आखिर पत्रकार दस्ताले बाटो खोलेको छ क्यार !

  4. बाबुरामले ब्लग चलाऊँदैमा भुत्रो— हुन्छ!? वाईसीएल र माओवादीको यति विघ्न लाल-आतंकले सबै कुरो देखाएको छैन र?
    माओवादी लालतन्त्र निरंकुश राजतन्त्रभन्दा कैयन गुना निरंकुश हुने पक्का छ। पूर्वाभ्यास जारी छ अहिले। संगठित र एकताबद्ध हुनु अत्यन्त जरुरी छ।

  5. Nagesh Kulung says:

    Haina Basant ji purai kharo dekhiyo ni hau. la la la maile mane yar. pura samarthan chha hai mero . hahhahaah

  6. ramesh kumar says:

    Hello everybody  There in New zealand  & Australia, I am looking for job,
    do contact me at
    gdetoxify@yahoo.com
    thank you

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker