बनेपामा ब्लगका गफ

सहभागिहरु : जो साच्चिकै पत्रकारीतामा प्रवेशका लागि प्रतिवद्ध देखिएका थिए ।
त्यस्तै ५४ जना । पुर्ण समानुपातिक सहभागिता थियो हलमा । अतिथिको रुपमा मंचमा बसेलगत्तै सरर सहभागिहरुको टाउको गने । २७ युवति २७ युवक । कम उमेरमा १८ जत्तिका बढिमा ३५ सम्मका सहभागि । समय तोकिएको थियो २ घन्टा । गफ गर्ने मेलो मिलाइदिएको थियो नेपाल प्रेस युनियन काभ्रे शाखाले । समय ठ्याक्कै एक साता अगाडि शनिवार । अर्थात १२ पुस । स्थान बनेपा बजारमा रहेको नेपाल परिवार नियोजन संघको कार्यकक्ष । जिम्मेवारी-पत्रकारीतामा प्रवेश गर्न चाहनेहरुका लागि अनलाइन पत्रकारीताको सुत्र घोकाउने ।
हुन त आयोजकले बोलाउंदा प्रशिक्षण भनेर बोलाएका थिए । तर मलाइ किन किन त्यो प्रशिक्षण शब्द नै पच्दैन । म प्रशिक्षक हैन भन्नेमा ममा कुनै भ्रम छैन र हुनेपनि छैन । त्यसैले म प्रशिक्षण दिन भन्दा पनि चार वर्षिय अनलाइनसंग सम्बन्ध गास्दाको अनुभव साटासाट गर्न मात्र सक्षम थिए । त्यसैले मैले आयोजकलाई प्रशिक्षक हैन साथि भन्न कर गरे अनी हलमा प्रशिक्षण शब्दलाइ प्रवेश निशेध गर्दै -म गफ गर्न आएको हुं भन्दै आफ्ना कुरा शुरु गरेको थिए ।

प्रशिक्षकको बहानामा ब्लगका बारेमा गफ दिन पाएको यो चौथो अवसर थियो । चौथो भएपनि मेरा लागि प्रत्येक कार्यक्रम पहिलो नै बन्छन । मेरा अनुभवहरुले मलाइ धेरै पटक सिकइसके-सबैभन्दा अगाडि उभिएर भिडमा गफै दिनुपनि कम साहसको विषय हैन । यसमा मानेमा म साहसी नै ठहरिए ।
गफ शुरु गर्नु अगाडि मुटुको धड्कनको गति बढ्यो । फुटु यसरी चल्यो कि डर लाग्यो-कतै बाहिर निस्केर भाग्छ कि क्या हो । तर कुनै जमानामा कसैले दिएको सुत्र याद आयो । कतै नर्भस भइयो भने लामो सास तान्ने र विस्तारै फाल्ने यसो गर्दा विस्तारै तनाव कम हुन्छ र मुटुको धड्कन आफ्नै चालमा आइपुग्छ । प्रयोग गरे बल्ल ढुक्क भए अब मुटु उफि्रएर कतै भाग्दैन ।
सायद अरुहरु नमस्कार म फलानो भनेर आफ्नो प्रशिक्षणको सत्र प्रारम्भ गर्छन क्यार । केही प्रशिक्षणमा प्रशिक्षार्थी बन्दाको अनुभव हो मेरो त्यो । अनी भटाभट सुगा टाइपमा सुत्र भट्यो अगाडिको बोर्डमा कोर्यो पट्यार लाग्दो भाषण ठोक्यो नमस्कार गर्यो हिड्यो । ममा त्यो औपचारिकता पुरा गर्ने बानी नै परेन । त्यसैले सत्र प्रारम्भ गरे हाई शब्दवाट । तर हाइ भन्ने शब्द प्रयोग गरेर म आधुनिक बनिटोपलेको भने हैन है ।
गफ शुरु भयो-म आज तपाईहरुसंग अनलाइन पत्रकारीता नागरिक पत्रकारिता र ब्लगको बारेमा मैले बुझेको कुरा बाड्न आएको हुं । तपाइहरु मलाइ प्रशिक्षक नठान्नु होला म तपाइहरुको साथि हुं । चार वर्ष भयो अनलाइनसंग मेरो प्रेम बसेको जो अहिलेसम्म निरन्तर कायम छ । म त्यही प्रेम चर्चा गर्न काठमाडौंवाट बनेपा आएको हुं ।
मेरो बोल्ने शैली अलि रफ छ । पहिलोपटक भेट्नेका लागि केही अनौठो लाग्नसक्छ । र धेरैको अनुभव त्यस्तै पनि छ । त्यसैले मैले सहभागिहरुलाइ पुन भने-म औपचारिकतामा त्यत्ति विश्वास राख्दीन । त्यसैले तपाइहरु मसंग कलेजका साथिसंग गरेको ब्यबहार नै गर्नुस । सहभागिहरुको मुहार केही खुलेको अनुभव गरे मैले । प्राय सबै तरुण नै थिए । नो विद्रोही स्वभावका हुन्छन । सायद मेरो प्रारम्भ उनीहरुलाई पच्यो ।
घक्डान गयो गफ २ घन्टा । १२ वजे बोल्न शुरु गरेको २ वज्न १० मिनेट बांकी रहंदासम्म म बोलिरहेको थिए । हलमा पटक पटक हांसोको फोहोराले गुन्जायमान बनिरहेको थियो । यसले मलाइ थप हौस्याइरहेको थियो । सहभागिहरु मसंग पुरै साथिको व्यवबहारमा आएका थिए । मलाइ पनि रमाइलो अनुभव भइरहेको थियो । अनी उनीहरुको मुहारले भनिरहेको थियो उनीहरुलाइ पनि मज्जा आइरहेको छ ।
अनलाइन पत्रकारीता र नागरिक पत्रकारीताको कन्सेप्टको बारेमा आफुसम्म भएसम्मको जानकारी बांडेनै । त्यसमा मुख्य त्यही इतिहास नेपालमा प्रवेश र अहिले नेपालमा के भइरहेको छ भन्ने विषयमा नै केन्द्रित भएको थिए ।
२ घन्टाको अवधिमा एक घन्टा मैले ब्लगको विषयमा केन्द्रित भए । किन किन यो ब्लग भन्ने शब्द निक्कै प्यारो लाग्छ मलाइ । सहभागिहरुसंग यो ब्लग सब्दसंगको मेरो पहिलो भेटदेखी अहिलेसम्मको न्यायो यात्राको बारेमा बताए । नेपालमा ब्लगको इतिहास कसरी प्रारम्भ भयो नेपाली ब्लगहरु र नेपाली ब्लगसाइट मात्र हैन विश्वको ब्लग यात्रा र यसको वर्तमान ट्रेन्डसम्म आफुमा भएको जानकारी समेटेर गप्फिए उनीहरुसंग ।
प्रश्न बढो रोचक रोचक आएका थिए । सहभागिहरु ब्लग भन्ने शब्दतिर आर्कशित हुंदै गइरहेका थिए । तर ब्लगलाइ ब्याख्या शब्दमा मात्र गरिरहेको थिए । कुरा अनलाइनको गफ चै अफलाइनमा बसेर दिइरहेको थिए । जसका कारण कतिपय प्राविधिक प्रश्नको उत्तर बुझाउन सकिन मैले ।
मेरो उद्धेश्य ५४ जनामध्ये कमसेकम ४ जना भएपनि ब्लगरको रुपमा उदाउन भन्ने नै थियो । त्यसैले धेरै समय खर्चिए यसमा । ब्लग केवल शौख मात्र हैन यसले क्यारियर समेत निर्माण गर्छन भन्दै उनीहरुलाई ब्लगमा आर्कशित गर्न केही स्वदेशी र केही विदेशी ब्लगरहरुको बारेमा बताए । सहभागिलाइ यसले पक्कै उत्साह पनि दियो नै ।
मलाइ छुट्ट्याइएको समय सकियो । उही पारा मेरो । भने-मलाइ २ घन्टा सम्म्म झेल्नु भएकोमा धन्यवाद । सबैको मुहारमा हांसो । तर खिसि गरेको हैन उल्लासपुर्ण र हार्दिकतापुर्ण ।
कक्षा सकियो । खाजाखानतिर लाग्यौ सबै । खाजा खाने समयमा केही मित्रहरुसंग अन्र्तकि्रया भयो । बढो उत्साहित भएछन उनीहरु । एकजना काठमाडौंका कपन निवासी मित्रले बढो प्रशंसा गर्दै भने-अहिलेसम्म क्लासहरुमा सबैभन्दा रमाइलो तपाइको भयो । प्रस्तुती युनिक रहेछ तपाइको । मसंग दिने उत्तर थिएन । केवल धन्यवाद भने ।
यसपछिको पालो थियो अग्रज दाजु नवराज लम्सालको । उनको भागमा परेको थियो रेडियो पत्रकारीताको बारेमा । उनीपनि निक्कै मजाका रहेछन । उनीसंगको अनुभव अर्को ब्लगमा लेख्नेछु ।
यसविचमा थाहा पाए ब्लगले धेरैलाइ मोहनी लगाउन भ्याएछ । तर सबैको समस्या उही ब्लग चलाउने ठांडो र इन्टरनेटको असुविधा बाधक रहेछ । त्यसमा मैले दिनसक्ने उपाय केही थिएन । कारण यि दुबै नभइ कसरी ब्लग चलाउनु धेरैले धेरै जिज्ञासा राखे । ति जिज्ञासा प्राय प्राविधिक पक्षका थिए । जो इन्टरनेटमा नबसी सम्भव थिएन बुझाउन । नजिकै कतै साइवर छ कि भनेर खोजियो ।
साइवर त रहेछ । तर मृत । नयां नेपालको शुन्दर उपहार लोडसेडिगंको प्रहार चलिसकेछ । त्यसैले ति ब्लगप्रेमिलाइ कुनै दिन इन्टरनेट जडित भाडो सहित आएर उनीहरुको जिज्ञासा मेट्ने वाचा सहित विदा भए । वनेपाका ब्लगप्रेमिका न्यायो माया बोकेर ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
























आकार said
am January 3 2009 @ 9:56 PM
लौ, हामी पनि वनेपा छेउछाउ मै थियौँ, यसो पहिले खबर भएको भए, गफ सुन्न आउने थियौँ, क्यारे !
Dipak said
am January 4 2009 @ 3:13 PM
Keep doing good works.
archana said
am January 5 2009 @ 7:54 AM
appreciated. good job.
Hem Dulal said
am January 7 2009 @ 9:10 PM
la sathi aphno prasansa aphai chahi nagar hai.
Hrisi said
am January 24 2009 @ 5:27 PM
haina nepal ma pani yasto huncha ra?khai malai ta yo chiya gaf garne bato mattari jasto lagcha hau banaypa ko yo gaf lay kahi garla jasto dakhdina ta ma? j hos patrakar haru ko samuhik dating bhanda po ramro hola jasto cha
prabin said
am January 25 2009 @ 1:57 PM
LA HAI BADHAI CHHA SABAYJANA LAI, ABA PHERI NEPAL MA AARKO PIT PATRAKAR HARU KO JANMA HUNE BHOYO TA?
rajendra pokhrel said
am April 30 2009 @ 10:36 AM
WHAT’S BLOG?????? MALAI NI YASMA INTREST 6 TYASKA LAGI TAPAI NAI MERO TRENNER SORRY (SATHI) BHANI DINU HUNTHYO KI? PLZ HELP ME LA?WWW.MAKALUNEWS.WORLDPRESS.COM MARI TARI YO BLOG ID TA BANAYE TARA NEWS UPDATE GARNA CHAI SAKINA MA K GARU?????????????????PLZ HELP ME LA??????????????
rajendra pokhrel said
am April 30 2009 @ 10:38 AM
PLZ GIVE ME SOME IDEA.
tek link film indir said
am May 10 2009 @ 9:49 AM
Fantastic stuff Ray! Love it love it…
krishna said
am March 26 2010 @ 6:16 PM
यसो खबर पाएको भए र पउने भए रमाइन्थ्यो ।
yadab poudel said
am May 7 2010 @ 1:40 PM
where is locality ? what the org. is INGO ?
arjun subba said
am June 5 2010 @ 1:23 AM
hi, i want to disguess about blog with you, are you agree? mail me on this address, missionking7@googlemail.com
thanks ……. Arjun