ब्लगान स्वर्गिय भएको हो त ?
सर्च इन्जीनको सहायतामा एकाएक दौतरी नामक साझा चौतारीमा पुग्दा काभ्रेका ब्लगर आकारको ब्लगीगंको आफ्नो अनुभवको बारेमा सामागि् छापिएको रहेछ । अब उनको अनुभव नपढ्ने त कुरै भएन । पढ्दै गए । पढ्दा पढ्दै उनको एक बाक्यमा पुगेर म टक्क अडिए र फेरी ति बाक्य दोहोर्याएर पढे । चित्त बुझेन फेरी पढे । उनले लेखेका छन-मैले सुनेको पहिला ब्लगान भन्ने एक समुह थियो रे नेपाली ब्लगरहरुको । तर त्यसको बारेमा खासै थाहा छैन । अनी अहिले त्यो अस्तित्वमा पनि छैन । मैले जानेसम्म त्यो समुह उही हाम्रा स्थापित ब्लगरको इगोको कारण छिन्नभिन्न पुगेको हो । अनि अहिलेसम्म ब्लगरहरुको कुनै संगठित समुह गठन भएको छैन ।
चसक्क भयो उनको शब्द पढ्दा । केही सत्य केही भ्रम दुबै थिए थि बाक्यमा । राजाको निरंकुशकालदेखी नै नेपाली ब्लगरहरुको साझा संगठन हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका थियौं हामी । त्यही सोचले राजाको शासन कटिसकेपछि एउटा आकार लिएको थियो ब्लगानको रुपमा । तर संगठनले सोचे अनुरुप तिव्रता पाउन सकेन । केही समय बढि सकि्रय झै भयो अनी लामो समय निष्कृय बस्यो । सायद ब्लगर आकारले त्यही निष्कृय पाटोवाट प्रभावीत भनेर यि भावना ब्यक्त गरेका थिए । जो एकहदसम्म जायज पनि हो ।

तेस्रो भेलामा सहभागि नेपाली ब्लगरहरु र साथमा रातो ज्याकेटमा िसंगापुरवाट नेपाल आएका िसंगापुरका ब्लगर ।
सन २००७ फेब्रुअरीको पहिलो हप्तावाट एक्कासी ब्लगान सकि्रय भएको थियो । त्यो सकि्यता अपि्ल पहिलोहप्तासम्म कायम नै रहेको थियो । त्यो बेलासम्म ब्लगानको भेला चौथो थियो अनी अन्तिम भेलामा सहभागि थिए २४ ब्लगर ।
ब्लगानको पहिलो भेलावाट नै बहसको पाटो बनेको थियो यसलाइ औपचारिक आकार दिने कि अनौपचारिक रुपमा कि्रयशिल बनाइराख्ने । प्रत्येक भेलामा यि विषयमा बहस हुन्थे । बहुमत आवाज कुनै निश्चित आकार नदिइ लुज संगठको रुपमा अगाडि बढाउनुपर्छ भन्ने रहेकाले त्यसले तेस्रो बैठकसम्म कुनै निश्चित आकार लिएको थिएन ।
तर चौथो भेला केही पृथक भए । जसमा आएर ब्लगानले केही निश्चित आकार लियो । संयोजकमा नेपालीभ्वाइसका ब्लगर उज्जल आचार्य छानिए । अनी सदस्यहरुमा छानिए म घनश्याम ओझा,दिपक अधिकारी,रामप्रसाद दाहालविष्णु ढकाल,राजेन्द्र विश्वकर्मा,अविनाशी पौडेल,मोहम्मद ताजिमउमेश श्रेष्ठ र तपश थापा ।

चौथो भेला जहां हामी २४ ब्लगर जम्मा भएका थियौं र यसलाइ ऐतिहासिक भनेका थियौं ।
त्यो भेलाले ब्लगानलाइ आधिकारीक रुपमा सरकारी निकायमा दर्ता गरी यस अगाडि गरेका निर्णयहरुलाइ कार्यान्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेको थियो ।
तर विडम्बना त्यो भेला नै अन्तिम भोज समान बन्यो । त्यसपछी अहिलेसम्म पांचौ भेला हुन सकेको छैन । भेलाको अभावमा तोकिएका काम समेत हुन सकेको छैन ।
चौथो भेलासम्म आइपुग्दा सबैभन्दा महत्वपुर्ण निर्णयका रुपमा नेपालको ब्लगिगंको बारेमा पुस्तक प्रकाशित गर्ने सन २००८ मा अन्र्तराष्ट्रिय ब्लगर भेला गराउने उत्कृष्ट ब्लगर पुरस्कार स्थापना गरी प्रत्येक वर्ष वितरण गर्ने निर्णयहरु गरेको थियो । तर अफसोच ति सबै योजना अहिलेसम्म योजनामा नै सिमित बन्न पुगेको छ ।
ब्लगर आकारको ब्लगानको बारेमा टिप्पणिले मन झक्झकियो । तर उनमा केही भ्रम समेत रहेको देखियो । जस्तो केही स्थापित ब्लगरको इगोको कारण त्यो निष्कृय बन्यो भन्ने धारणा छ ति स्थापित भनेका को हुन र तीनिहरुको इगो के रहेछ मलाइ चै जानकारी छैन । यो बारेमा मैले उनको पोष्टमा प्रतिकृया पनि जनाएको थिए । उनले आफुले कसैवाट सुनेको आधारमा त्यो भावना ब्यक्त गरेको भनेका छन । त्यो जायज पनि हो । तर मलाइ लाग्छ बल्गान शुरु गर्दा कसैको इगो थिएन । तर निष्कृय कसैको इगोको कारण भएको हैन ।
ब्लगहरुहरु रोजीरोटीका लागि कुनै न कुनै पेशामा छन । जहां उनीहरु बढी नै ब्यस्त भए । जसका कारण नियमित भेटघाट सम्भव भएन । त्यसमा पनि तेस्रो भेलामा भएका निर्णयहरु कार्यान्वयन भएपनि मात्र भेला बोलाउने सहमति भएको थियो । दुखको कुरा नेपालमा ब्लगिगंको बारेमा पुस्तक निकाल्ने सहमति लगायतका अन्य विषयमा ब्लगरहरुमा धेरै चासो देखिएन । जसका कारण सामागि्र नै संकलन हुन सकेन । अन्य काम पनि हुन सकेन र पांचौ भेला बोलाउने वातावरण नै बनेन । विस्तारै विस्तारै भेला हुन छाडे । अनी सबैमा ब्लगानको चासो हरायो । यसवाट मैले के निष्कर्ष निकाले भने आखिर यो संस्था कसैलाइ आवश्यक नै रहेनछ ।
तर ब्लगर आकारको प्रतिकृयाले एक पटक पुन ब्लगानको बारेमा सोच्नुपर्ने अवस्था आएको मैले चै महसुस गरेको छु । अन्य ब्लगरले के सोचेका छन मलाइ थाहा छैन । यसमा जसले पनि चासो देखाउन सक्छन । सन २००८ मा पांचौ भेलाको आवश्यकता छ । यसमा हामी सबै ब्लगरले गम्भिर भएर सोचौ र संस्था आवश्यक हो या हैन निर्णय गरौं । आवश्यक छैन भने ब्लगान स्वर्गिय भएको घोषणा गरौ आवश्यक हो भने पांचौ भेलाको वातावरण बनाऔं ।
अन्तमा, ब्लगानको बारेमा टिप्पणि गरेर सबैलाइ झकझकाउने काम गरेकाले ब्लगर आकारलाइ धन्यवाद है ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
























आकार said
am January 18 2009 @ 4:33 AM
कुरो प्रष्ट पारिदिनुभएको मा धन्यवाद ! सायद, म गलत थिँए जस्तो लाग्यो !
तर पनि ‘चौथो भेला केही पृथक भए । जसमा आएर ब्लगानले केही निश्चित आकार लियो ।’ यी कुराहरु आफैँ बोलिरहेका छन् ।
जब निश्चित आकार लियो, अनि ब्लगान निस्कृय भयो । निश्चित आकार लिइसकेपछि, कुनै भेला आयोजना भएनन् । त्यो नै अन्तिम भेला थियो ।
हामीले दर्शन नै गर्न नपाइ र थाहा नपाउँदै ब्लगान हराएछ भने, हामीले के ठान्ने त ! तर फेरी ब्लगान मा चासो नदिएको कुरा पनि रहेछ । जेभएपनि, केही हदसम्म प्रस्ट पारिदिनुभएकोमा धन्यवाद !!
साथै, म आफूलाई सर्लाही को भन्न रुचाउँछु है, भलै अहिले म काभ्रेमा भएपनि !
Ujjwal Acharya said
am January 18 2009 @ 11:10 AM
KP,
Thanks for reminding all about BLOGAN.
It’s sad part that we failed to gather since our fourth meeting. We used to have nice meeting but after all, 24 is not a big number and then when a few of them become busy or go outside Kathmandu, it go inactive.
2008 is gone, but I hope that we need to work out at least a meeting every three or four months. Let everyone think about it.
Utshab Pokhrel said
am January 18 2009 @ 4:36 PM
This post recalls the days that we have thought and planned with great enthuasism to make BLOGAN a success and strong association and have dreamed to make it internationally recognized. But this has completely lost now.
I am remembering the meetings and discussions.
Thanks Aakar Bro.
उजेली said
am January 18 2009 @ 9:28 PM
ब्लगानलाई फेरि सक्रिय पार्नु धेरै राम्रो कुरा हो । २४ को संख्या त्यतिबेरको शायद ठिकै थियो होला । तर अहिले ब्लगरको संख्या निकै बढिसकेको पनि छ । सबैलाई सूचना पुर्याएर गजबले ब्लगानलाई ब्युँझाउन खोजियो भने साँच्चै नै यसले सक्रिय भूमिका खेल्न सक्ने थियो आफ्नो क्षेत्रमा ।
Alpabiram said
am January 22 2009 @ 9:34 AM
KP Sir
After long time i am also able to read about BLOGAN. Hope all the bloggers will united and will complete the BLOGAN prospectes soon. Not a problem being late to read, as your writing it is true that all the bloggers are attached with some job to fulfill their needs. Anyway Hope in 2009 BLOGAN will come on its shape. All the best.
Alpabiram
Salik said
am February 7 2009 @ 6:43 AM
Let’s not look at the past with regret, but to identify what went wrong and look toward future with hope.
There are many new bloggers on the block. Any one can start BLOGAN or the likes of it.
I even tried to organize a meet after the last jamboree.
I’ve written about my reaction in my blog and I admit even I must share the blame for the failure to organise another meet:
http://kathmanduspeaks.blogspot.com/search/label/Nepali%20Bloggers
dai said
am February 8 2009 @ 3:02 AM
I remember Salik trying to do something few months back.
I had also discussed about these issues with aakar.
Hopefully we will have nepali bloggers’ flagship team in future.
rajendra pokhrel said
am April 30 2009 @ 10:56 AM
MALAI DUKHA LAGYO YO PADHERA MA PANI BLOG KO BAREMA DETAIL MA JANNA CHAHAN6U. MAILE K GARNA SAK6U?
राजेन्द्र विश्वकर्मा said
am May 20 2009 @ 2:34 PM
धेरै पछि हाम्रोब्लग डट कम हेरे ब्लगान स्वर्गीय… पढ… पढेपछि के बोलु के नबुलु तर हाम्रा त्यसबेलाका साथीहरुले ब्लगरहरुको छाता संगठन चाहिएको छ । त्यसैले अब पनि हामीहरुले बनाउ बनाउ भनेर मात्र नबसौं गरौ भनेर आजै देखि नेपाली ब्लगरहरुको छाता संगठनलाई वैधानिक रुपमा अगाडि बढाऔं हौ । Yaya Nepali Blogger !!!
नेपालियन said
am August 9 2009 @ 10:15 AM
प्रयाजसो मैले धाउन ब्लगमा हाम्रो ब्लग पनि पर्छ। यो कुनाको लिंक पहिले एक पटक थिचेर यि शब्दहरु पढेको थिए। तर खासै बुझाइ भएन। धेरै बुझ्ने प्रयास पनि गरिंन। आज पून यो लिंक थिचेर फेरी पढें। अलि बुझ्यो जस्तो लाग्यो। भने पछि म पनि ब्लगर भएछ हा हा हा।
दौंतरीमा संयोगले भन्ने कि के भन्ने ब्लगर भेला भयो, जुन एकहस सम्म सफल पनि भयो। तपाइले उठाएको ब्लगान संबादबाट भने म टाढै बस्न खोजे। किनकी जानकारी नभएको कुरामा संबाद गर्दा गलत पनि हुन सकिन्छ। ब्लगानको स्थाइत्बको लागी निकै जोडबल गर्नुभएको रहेछ।
२००७ पछि सक्रिय सहभागिता नहुनुमा तपाइको नैराश्यता जायज छ। सायद सबै त्यही सोच्छन या सबैको मौन समर्थन छ तपाइको शंकामा। सायद ब्लगानमा कसैलाइ आबश्यक नै छैन। तर आबश्यक नभए त २४ जना जम्मा नहुनुपर्ने हो। तर भेलाको भलको भोल्युम कहिल्यै थिर हुदैन। अनि त्यसको यकिन नै गर्न सकिन्न।
ब्लगानको अपडेट राख्दै गर्नुहोला। एक पटक नबुझे दोह्राएर भने पनि पक्कै पढ्नेछु।