नुवाकोट दरवारपरिसर घुमेर हेर्दा


बेलुका ६ वजेतिर नुवाकोट दरवार परिसरपुग्दा बढो आनन्द आयो । कहांको प्रदुशणयुक्त काठमाडौं खाल्डो अनी कहांको प्रदु्शणमुक्त यो डांडो । आहां यो सुर्यास्तको दृष्य नै हेर्नुस त क्या गजव छ है । अनी अनुहार ननिचिनेहरु चै राजुमित्र खनाल सावित्री घिमिरे देवचन्द्र भट्ट र शिब देवकोटा ।


दरवारको उत्तरतिर रहेको खुल्लास्थानवाट तस्विर खिच्दा देखिएको दरवारको टुप्पो तलेजु मन्दीर ।

दरवारको थुम्कोवाट देखिएको दक्षिणतिरको टार । यहां भब्य आलु खेति हुने गर्छ रे ।


यो चै ऐतिहासिक डान्सबार रे । यो पाटीमा बसेर पृथ्वीनारायण शाह नृत्य हेरेर मनोरंजन लिन्थे रे ।

यो रणबहादुर शाहले चढाएको घन्टा रहेछ ।


यो भैरवी मन्दीर हो । कते लडाइमा जानु अगाडि पृथ्वीनारायण शाह यो मन्दीरको दर्शन गरेर जाने गर्थे रे । यो मन्दीरको पुजारी मगर जातका डंगोल थरका हुन्छन ।

यो चै टुडिखेल हो है । यहां टुडिखेल मात्र हैन असन इन्द्रचोक पनि रहेछन । अनी बस्तीपनि काठमाडौको जस्तै नेवारहरुको बाहुल्यता रहेछ । काठमाडौंमा भएको तलेजुदेवीको मन्दीर पनि छ यहां ।

र अन्तमा, यो स्तुपा र संगै देखिएको रुख । स्थानीयवासीका अनुसार यो स्तुपा चार सय वर्ष पुरानो हो रे । तर संरक्षणको अभावमा स्तुपा माटोको थुम्को जस्तो भइसक्यो । अनी यो रुख पनि पृथ्वीनारायणको पालाको हो रे ।

सबै तस्विर मैले नै खिचेको हो ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

7 Comments so far »

  1. chyangba said

    am January 29 2009 @ 5:15 AM

    aha,
    ramailo rahecha re…
    ramatiya rahecha re…
    jau jau lagne rahecha re……

  2. Birat pradhan said

    am January 29 2009 @ 3:07 PM

    I had visited this place 2 years ago .it’s a beautiful and historical place.

  3. Prakesh said

    am January 31 2009 @ 1:31 PM

    Great! thanks Kp jee!! So nic eto read and view good article and images together.

  4. Yam Bahadur Dura said

    am February 1 2009 @ 11:54 AM

    This description with snapshots of Nuwakot Daral is fabulous. Many thanks indeed for  making the audience familiar with the  historic sites. It would have been far more better if you had analyzed and contextualized it with fall of Shah dynasty.

  5. navaraj adhikari said

    am February 1 2009 @ 3:27 PM

    Thank you very much for pulicity of the historical place of Nuwakot.

  6. prakash silwal said

    am February 9 2009 @ 12:32 PM

    Thank KP for Visiting ur Nuwakot.

  7. uddabkadel said

    am June 5 2009 @ 4:58 PM

    Ramro Lagyo Mero Ghar Pani Nuwakot Nai Ho Tara Thanapati VDC Ho Site Ma Aajhi Dgari Kura Rakhe Dekhi Ramro Hune Thiya , Pheri Pheri Pani Herdai Haurula .

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree