स्ववियु निर्वाचन : राम्रो छैन लक्षण

कतै दोहोरो झडप कतै आगजनी अनी कतै निर्वाचननै स्थगीत । चेतनाका संबाहक मानिने विद्यार्थीहरुको नेतृत्वदायी संगठन स्वतन्त्र विद्यार्थी यु्नियनमा भएको तिब्र राजनीतिकरणका कारण निर्वाचनको लक्षण त्यत्ति सुखद संकेत देखिएको छैन ।

चुनावको रन्कोमा आरआर कलेजमा आगजनी भएको छ । त्यसको मार भोलि पर्ने त विद्यार्थीमाथि नै हो । तर खै किन कुरा बुझिरहेका छैनन ?

आरआर नेपाल ल क्याम्पसकेन्द्रीय विश्वविद्यालय किर्तिपुर पद्यमकन्या क्याम्पस सबैतिर दोहोरो झडप भएका छन । पद्मकन्यामा अखिल क्रान्तीकारी र नेविसंघविच झडप भएपनि अन्य सबै स्थानमा भने एमाले अखिलको समर्थनमा युथफोस्र अनी अखिल क्रान्तीकारीको समर्थनमा वाइसिएल भिडेका थिए । आरआर र नेपाल ल क्याम्पस अगाडि करिव तीन घन्टा रणसंग्राममै भएको थियो ।

आदीवासी विद्यार्थीहरुले भने समानुपातिक निर्वाचन प्रणालीको माग राख्दै स्ववियु निर्वाचन बहिष्कारको घोषणा गर्दै न्युरोडमा मसाल जुलुश निकालेर बहिष्कारको आब्हान गरे ।

क्याम्पस क्षेत्रमा हातमा लाठि बोकेका विद्यार्थी र प्रहरीको घेराबन्दीमा छन । प्रहरीले अखिल क्रान्तीकारी बसेको क्याम्पवाट २ वटा पेस्तोल बरामद गरेको छ ।
मतदान हुने अघिल्लो दिनका यिनै नमिठा खवरहरुले प्रष्ट पारिरहेको छ स्ववियु निर्वाचन शान्तीपुर्ण र स्वस्थ प्रतिष्पर्धामा आधारित हुने छैन विहिवार । यसमा सबैले सकेसम्म बलबाहुको प्रयोग गर्नेनै छन ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
























karan said
am March 19 2009 @ 7:54 PM
Good job KP sir!! update the results too.
Levitra lawyers. said
am April 9 2009 @ 6:41 PM
Levitra….
Levitra pen. Levitra free sample. Levitra dosage. Levitra….