गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या
HAMROBLOG EXCLUSIVE
- नेपालका गोप्य गोप्य सुचना संकलनका लागि भारत र चीनले उच्चतहका यौनकर्मी परिचालन गर्ने गरेको रहस्य खोले एक उच्च प्रहरी अधिकारीले ।
- २३ तारिखमा खासावाट कुटनीतिक नियोगले प्रयोग गर्ने गाडि भित्रियो नेपाल । जहां विषेश पांच जना युवतिहरु समेत सवार थिए । २६ गते बेलुका उनीहरुलाई कुटनीतिक नियोगको गाडि प्रयोग गरेर पुन खासामा लगेर छोडे ।
- भारतियहरुले भारतिय मोडलहरु काठमाडौंमा मगाएर सेनाका उच्च अधिकारी राजनीतिज्ञ र उच्चतहका कर्मचारीसम्म पुगेर गोप्य तथ्य संकलन गर्न उनीहरुको उपयोग गर्ने गरेको प्रमाण फेला परेका छन ।
परापुर्वकालमा राजा वा अन्य विशेष ब्यक्तिको हत्या गर्नका लागि अति शुन्दर विष कन्यालाइ पठाएर हत्या गर्ने गरेको धार्मिक कथा सुनीएको नै हो । यसको उपयोग चिनले समेत गर्दै आएको तथ्य खुलेको छ । फरक यत्ति हो उसको उद्धे्रश्य कसैको हत्या गर्नेभन्दा पनि गोप्य सुचनाहरु लिने र दलाइ लामाका विशेष प्रतिनिधिहरुको तस्विर संकलन गर्ने । अनी यसमा उनीहरुले विष कन्या हैन व्यवसायिक यौनकर्मीहरुको उपयोग गर्ने गरेको छ ।
कुरा ८ दिन अगाडिको हो । स्वतन्त्र तिब्बतको आन्दोलनलाइ सहयोग पुर् याउन र विशेष योजना निर्माण गर्न भारतमा रहेको तिब्बतवाट निर्वासित दलाइ लामाका ५ जना विशेष प्रतिनिधि काठमाडौं आएका थिए ।
उनीहरु नेपाल छिर्नासाथ यसको सुइको पायो नेपालमा रहेको चीनको दुतावासका कर्मचारीले । जानकारी पाउनासाथ उनीहरुले दलाइ लामाका ति विशेष प्रतिनिधिको बारेमा सूचना संकलन गरिरहेका थिए । काठमाडौंका एक उच्च प्रहरी अधिकारीका अनुसार लामा प्रतिनिधिहरु बौद्धमा रहेको हायात रिजेन्सी होटलमा बसेका थिए ।
२३ तारिखमा खासावाट कुटनीतिक नियोगले प्रयोग गर्ने गाडि भित्रियो नेपाल । जहां विषेश पांच जना युवतिहरु समेत सवार थिए । उनीहरुलाई काठमाडौं भित्र्याइएको थियो ति विशेष प्रतिनिधिहरुसंग पुगेर उनीहरुको तस्विरका साथ उनीहरुको गोप्य योजनाहरु थाहा पाउने ।
आफ्नो परिचय गोप्य नै राख्न आग्रह गर्दै ति प्रहरी अधिकारीका अनुसार २६ तारिख मध्यान्हसम्म ति केटीहरु हायातमा लामाका ति विशेष प्रतिनिधिहरुसंगै देखिएका थिए । २६ गते बेलुका उनीहरुलाई कुटनीतिक नियोगको गाडि प्रयोग गरेर पुन खासामा लगेर छोडेको उनको दावा छ ।
उनले भने-मलाई प्रारम्भदेखीनै यो जानकारी आएको थियो तर एकाएक अप्रेशन गर्दा कुटनीतिक प्रभावका कारण समस्या आउने भएपछि चुप लागे । ति प्रहरी अधिकारी गोप्य सुचना संकलनका लागि भारतले समेत विशेष मोडलहरु मगाएर नेपालका उच्च अधिकारीसम्म आफ्नो सहज पहुंच बनाउने गरेको दावा गर्छन ।
ति उच्च प्रहरी अधिकारी दावी गर्छन-पहिलादेखी नै भारतियहरुले समेत राम्रा राम्रा भारतिय मोडलहरु काठमाडौंमा मगाएर सेनाका उच्च अधिकारी राजनीतिज्ञ र उच्चतहका कर्मचारीसम्म पुगेर गोप्य तथ्य संकलन गर्न उनीहरुको उपयोग गर्ने गरेको धेरै प्रमाणहरु फेला परेका छन । तर हामीले आफैं बोल्दा समस्या पर्ने भएकाले मौन बस्न बाध्य छौं ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
























प्रवेश पौडेल said
am March 31 2009 @ 12:23 AM
थुक्क देश !! जाबो वेश्यालाई पनि सम्हाल्न नसक्ने !!
आकार said
am March 31 2009 @ 4:28 AM
खै, अब कसरी बच्ने त ?
hawaram said
am March 31 2009 @ 9:40 PM
Kya ho yo samachar. padhdai dikka lagna. Nepal yatisamma khattam bhaisako ra bhanako ? ki yo blogger la sapanama dekhako kura ho ?
shyam said
am March 31 2009 @ 9:42 PM
Dhat k garara sucure hunahola nepal ma. Yasto pani hunasakcha ra bhanako ? malai ta kata kata sanka lago. yadi yao samachar sacho ho bhanata barbad nai huna bhayo ta.
Moon said
am April 1 2009 @ 10:02 AM
Thutuno ra Mutuno control garna nasakne le ke desh bachaunchhan ra.
harka said
am April 1 2009 @ 12:02 PM
Bado chitta bujdo kura garnu bhayo mahodaya. Tara herda jatti saral jasto lagcha yo besaya tasto saral jasto malai chai lagana. Yo pakki sencative matter ho.Nepal ma matra haina other country ma pani yasta jasusi gara ko news haru padhako theya
siris said
am April 2 2009 @ 10:03 AM
yesko arko bhag pani thiyo….ahile error 404 aaunchha….maile tapai ko blog google reader ma subscribe gareko chhu tyasai le thaha paye….tyas ma arjun narshimha kc ra prachanda ko jikra vayeko thiyo….ty post chha vane mail email garidina anurodh garda chhu…