विवादको जड त कुलबहादुर रहेछन
माओवादीको सबैभन्दा टाउको दुखाइको विषय सेना समायोजन हो भन्ने बुझेका खड्काले आफ्ना लागि बलियो हतियार त्यसैलाइ बनाएर जनसेनाका सबैलाइ नेपाली सेनामा समायोजन गर्नेमात्र नभई उच्चतहमा समेत ल्याउन आफुले सकारात्मक भुमिका निर्वाह गर्ने लिखित प्रस्ताव नै पठाएपछि सेनाका बारेमा सुस्त बनिसकेको सरकार फेरी तात्यो । त्यो तातोले को को डामिए त्यो यो एक सातामा स्पष्ट भइसकेको छ ।
नेपाली राजनीतिमा नयां तरगं ल्याउन सफल प्रधानसेनापतिको स्पष्टीकरण कान्डको मुल कारक सेनाभित्रकै दोस्रो तहमा रहेका रथी कुलबहादुर खड्का रहेको स्पष्ट भएको छ । यदी जेठको पहिलो साताभित्रमा पदोन्नती नभए दोस्रो सातावाट अवकास पाउने भएपछि उनले एमाले अध्यक्ष झलनाथ खनालसंगको कलेजताकाको मित्रता र सेना समायोजन गरी नेपाली सेनामा पकड जमाउने माओवादीको योजनालाइ आफु अनुकुल उपयोग गरी कटवाललाइ पुरा अवधि काम गर्न नदिइ आफु सेनापति बन्न खड्काले सरकार र एमालेलाइ समेत आफ्नो प्रभावमा पारेको स्पष्ट भएको छ ।
रथिको समयावधि ५८ वर्ष हुने भएकाले यदी जेठको दोस्रो सातासम्ममा उनको बढुवा नभए उनी स्वत अवकासमा पर्नेछन । उता यदी अहिलेका प्रधानसेनापति रुक्मागंत कटवालले पुरा अवधि पार गरे उनी भदौसम्म पदमै रहने निश्चित भएपछि खड्काले सरकार र क्याम्पसमा संगै पढेका झलनाथलाइ आफ्नो प्रभावमा पारेर सरकारलाई कटवाललाई स्पष्टिकरण लिएर कार्वाही गराएर आफु प्रधानसेनापति बन्ने खतरनाथ रणनीतिमा उनी लागेको रहेछन ।
अचम्म के भने सरकार राष्ट्र र जनताको हितका खातिर भन्ने राग अलापेपनि माओवादी पुर्णरुपमा खड्कालाइ हतियार बनाएर पार्टी अनुकुल निर्णयलाइ सहज बनाउनका लागि मात्र कटवाललाइ कार्वाही गरी खड्कालाइ सेना प्रमुख बनाउन कांध थापेको समेत प्रष्ट भइसकेका छन यि दिनमा ।
माओवादी शान्तिपुर्ण राजनीतिमा आएदेखीनै उसको पहिलो निसाना सेना बन्दै आएको थियो । यो स्वभावीक पनि हो । बन्दुकको नालमा विश्वास गर्ने दलका लागि अर्को शक्तिशाली नाल कसरी सह् हुनसक्छ र । त्यसैले प्रारम्भदेखी नै माओवादी सेनामा फुट ल्याउन र सेनाको मनोवल गिराउन रणनीतिगत रुपमा सकि्रय रहेको थियो । कतिसम्म भने पुष्पकमल दाहाल प्रचन्डले खुल्लामंचमा को हो त्यो रुक्मांगत भनेर कड्किएको अझै मेटीसकेको छैन । सरकारमा गएपछि पनि विभिन्न बहानामा सरकार नेपाली सेना विरुद्ध लागेको नै हो ।
उनीहरुले प्रारम्भीक हमला कटवालवाटै शुरु गरेका थिए । कहिले उमेर विवाद उछाल्ने त कहिले राजनीतिक भाषणवाजी गरेको भन्दै रक्षा मन्त्रीले कटवालसंग जुहारी चलाएका नै हुन । तैपनि केही हुन सकेन । उसले भित्री रुपमा दोस्रोतहमा रहेका खड्कासंग आफ्नो सम्बन्ध बलियो बनाइसकेका थिए । कुनैबेला कांग्रेस निकट रहेका खड्का पनि कटवाल पछारेर सेनापति बन्नका लागि माओवादी निकट बनिसकेका थिए ।
माओवादीको सबैभन्दा टाउको दुखाइको विषय सेना समायोजन हो भन्ने बुझेका खड्काले आफ्ना लागि बलियो हतियार त्यसैलाइ बनाएर जनसेनाका सबैलाइ नेपाली सेनामा समायोजन गर्नेमात्र नभई उच्चतहमा समेत ल्याउन आफुले सकारात्मक भुमिका निर्वाह गर्ने लिखित प्रस्ताव नै पठाएपछि सेनाका बारेमा सुस्त बनिसकेको सरकार फेरी तात्यो । त्यो तातोले को को डामिए त्यो यो एक सातामा स्पष्ट भइसकेको छ । किन दोहोर्याउनु ।
तत्काल प्रधानसेनापतिमाथि कार्वाही गर्ने विषय थाती बसेपनि एक सातावाट चलिरहेको सेना सरकार विवादले आखिर माओवादीलाइ फाइदा नै पुर्यायो । उ पहिलादेखी नै फुटाउ र राज गरको रणनीति सेनामा कार्यान्वयन गर्न चाहन्थ्यो । सेनापति स्पष्टीकरणको लफडाले सेना कटवाल र खड्का गरी २ भागमा मात्र हैन तेस्रो तहमा रहेको छत्रमान गुरुगं समेत गरी अहिले तीन चिरा बनेको छ । आज के होला भोलि के होला भन्ने मानसिक तनाव छिरेको छ सेनामा । यसले उनीहरुको मनोवल गिर्नु स्वभावीक पनि हो । यसको प्रत्यक्ष लाभ पाउने भनेको माओवादीलेनै हो । त्यो लाभ भने उसले लिइछाड्यो ।
तर यसवाट राष्ट्रिय रुपमा कुन स्तरको संकट निम्तने हो त्यो भने अझै अन्यौलमै रहेको छ । सेनाले कु नै गर्ने तयारीमा रहेको समाचार प्रकाशमा आइरहेका कारण अनी सरकारले अझै कटवालकान्डलाइ व्यवस्थापन गर्न नचाहनुले यो संकट अहिले रोकिएको मात्र हो सकिएको हैन नै । कुन बेला यसले फेरी गति पाउने हो त्यो भने हेर्न बांकी नै छ ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
























Suben Karki said
am April 25 2009 @ 6:41 PM
haina, sena le k kam garchha ra manobal girnu bhaneko? Nepal lai sena aabasek kina chha? China sanga war garna ki India sanga garna? rastra ko sarbochha aanga ko adhin ma nabasne sena ko kai kam chha jasto malai ta lagdaina. na ta maobadi sena na rastriya sena kasai ko ni kam chaina. bekkar garib bichara haru te tireko tax bata non-productive haru lai palnu pari ra chha.
The Observer said
am April 25 2009 @ 9:26 PM
In fact the main root of the problem is Nepali community who knows a little writing and reading, but think they know everything! Even before Girija was to be ousted, this group of people started vomiting against the largest party and tried to put stumbling block ahead of each and every act they took!
They do not care what would be the ending consequences to majority of Nepalese – poor and disperate, neither they know that NA is useless against the two big giant armies.
This comment will be responded by those little brains. But mind every one - no matter which army rules, the fate of the people will not be different from the one in Myanmar. We shoud rather be ready for that!
DeWanne Reed said
am April 26 2009 @ 7:39 AM
Hell no to terrorist!
DeWanne Reed said
am April 26 2009 @ 7:41 AM
Terrorism is bad for health!
nepali said
am April 26 2009 @ 3:38 PM
सेना सहितको पार्टीले बिचार पुर्याउनु पर्छ कि पर्दैन ? के कटवाल लाई हटाएर पासांग लाई रखने ?
bhnau parajuli said
am April 26 2009 @ 6:09 PM
hoina kina yasto kam nlaghny halla vayako 6
A. Pathak said
am April 26 2009 @ 8:18 PM
आफै सरकार को नेत्रित्व गर्ने अनी आफै सत्ता कब्जा गर्छु भन्दै हिंड्ने माओवादी प्रधानसेनापती प्रकरण् पछी निन्द्रा बाट ब्युझेको छ । संबिधान सभाको निर्वाचन मा प्राप्त सफलता पछी उन्माद्को धङ्धङी मै गरिएको निर्णय बाट परिस्थिती प्रतिकुल बन्दै गएको छ । जे भये पनि माओवादी नेपाली सेना भित्र राजनीति घुसाउन सफल भएको छ एस्को असर दिर्घकालिन रुपमा पर्ने निस्चित छ । अहिले तत्काल को लागि कटुवाल को कुर्सी जाला तर तेस्पछी बन्ने सेनापती खड्का र अहिले तेस्रो बरीयता क्रममा रहेका गुरुङको गुट बिच सुमधुर सम्बन्ध रहन सक्ला? यो बिचारणिय प्रश्न छ । नेपाली सेना भित्रै अन्तर्दोन्द को स्थिती श्रीजना भई तेस्ले हिम्स्रक रुप लियो भने के तागत छ तेस्को सामना गर्ने माओवादी सँग ?
कटुवाल को म्याद सकिन धेरै समय नहुँदा यो बखेडा झिक्नु पक्कै पनि उचित थिएन। जम्मा जम्मी अरु ३ महिना कटुवाल प्रधानसेनापती हुँदै मा के आकाशनै खस्थ्यो र ? माओवादी सरकार मा बस्दा जनता लाई खासै फाईदा नभये पनि सरकार छोडदा घाटा भने पक्कै हुन्छ आन्दोलनको नाम मा सडक तताउन माओवादी जत्तिको माहिर को छ र ? अब चमत्कार प्रचन्ड ले गर्ने हुन कि कटुवाल ले त्यो त हेर्न बाकी नै छ ।
आखिर जे भये पनि साँढे को जुदाइ बाछाको मिचाइ चै नहोस् ।
sshakya said
am April 27 2009 @ 10:39 AM
To Whom It May Concern,
If I have to juxtapose the UML and Maoists, I would dub the former as a woman who has not given a birth of a baby, and tag the later as an unmaaried mother.
Not to mention, being a mother is a courageous chore than a nurse who succors a woman in the maternity. The Maoists in the maternity is the mother of the Republic, a vision of Plato concieved about 400 years before Jesus was born. The UML’s “Janatako Bahudaliye Janabaad” is merely a venue for a Bachelor Party after the fall of Barlin wall.
In the early days of 2046 BS, the UML used to say the throng in the Tundikhel that once they secure a two-third majority in the parliament, they would amend the 1990′s constitution for the empowerment of people. Could anyone enlighten me what the “amendment” intended for ?? Was it intended for the multi-partists or uni-partiests ???
How about Nehru of the largest democracy in the world ?? What kind of economic policy Nehru envisioned for India ?? When the United States of America was busy with the marshall plan to re-construct Europe after World War II, who Nehru looked into ??? And, Why Manmohan Singh was not born until the collapse of the Soviet Union ?? What was the economic policy of China or Vietnam or Chile ??? Yeah, the UML had/has economic vision, right???? Ofcourse, the NC with the vision of the market economy won the two-third majority in the then parliament in the year 2017, right???
Some political commentors believe that Alfred Nobel (on whose name Nobel Prize is bestowed) made a huge contribution to the mankind by inventing the dynamite. Can anyone tell me why is so ?? The answer may be hidden in the instinct of human nature: if there was not pile of nuclear warheads, a prospect of the third world-war would be imminent at anytime. Once India and China were eqipped with the nuclear bombs, there were few border wars.
Bottom line is: political and military history of the world has shown that the people of the earth have been enjoying a relative peace in the presence of a neutralized force.
So, it is time to neutralize then Royal Nepal Army; therefore, Katuwal should be sacked. People and world order will take care of the Maoists if they tip too right or too left. Do corrupt leaders and “its dupes” still have faith in people ??? Hello!!
hiraprasad dhungana, Nepal said
am May 4 2009 @ 6:15 PM
कतै यो प्रायोजित करा मात्र त होइन । नेपाली जनतालाइ विभाजित गराएर कुनै शक्तिले सवैललाइ हराउन खोजेको त होइन । होस गरौं है साथीहरु । तिमिलाइ खाने बाधले मलाइ पनि खान्छ है साथी । कटवाइ हटाउनु ठुलो कुरा होइन यहांत देशमा संकट ल्याउन लागेको छ यो विवादले । गलत छन ती सवै पात्रहरु जो कटवाललाइ हतियार वनाएर आफै मूर्ख भैरहेका छन र देशलाइ नोक्सान पार्दैछन ।