कामरेडको नाममा खुल्लापत्र

कामरेड तिम्रो भान्छामा इच्छा अनुसारको पकवान हुनु अनी नागरिकको भान्छामा साग पाक्ने सम्मको अवस्था नहुनु यही हो तिम्रो नागरिक सर्वोच्चता ?

थारुहटको आन्दोलनको कारण नागरिक त्राहिमाम छन । हिजोसम्म एक मुठा साग किन्न सक्ने नागरिकको हालत पलता भइसकेको छ । बन्दका कारण न गाडिमा हाल्ने तेल सहज बनेको छ त खाने तेल नै सहज बन्न सकेको छ । तराइका २२ जिल्ला बन्दका कारण नागरिकको भान्छाको वजेट डामाडोल भएर उनीहरु हैरान छन । तर कामरेडको बाहुल्यता रहेको सरकार भने एकोहोरो कटवालको केसमा मरिहत्ते गरेर लागेको छ । तिम्रा चासो कटवाल हुनसक्छ किनकी तिम्रो भान्छामा इच्छाएको पकवान पाक्छन । पेट्रोल हाल्न तिमि ५ घन्टा लामो लाममा तालु तताएर बस्नुपनि पर्दैन । तर,हामीलाइ हेर त कामरेड हाम्रा दुख कहिल्यै तिमिले भोगेका छौं तिमि केवल आफ्नो स्वार्थसिद्ध गराउन फेरी हाम्रै दुहाइ दिएर हिडेका छौं । नागरिक सर्वोच्चताको दुहाइ दिएर आफ्नो एकल सर्वोच्चता स्थापनाका लागि मरिहत्ते गरेका छौं । भनेपछि यो देशको नागरिक भनेको तिमि र तिम्रा वरिपरी तलुवा चटनीका लागि घुमिरहनेहरु मात्र हुन त ? के ति बाहेक हामी सबै अनागरिक ?

इन्धन ठप्प बराबर बनिसकेको छ । साग मुठाको ५ रुपैंयावाट १५ पुगिसकेको छ । ग्यासको अभाव शुरु भइसक्यो । काठमाडौंवाट बाहिर जाने नागरिक काठमाडौंमा अलपत्र छन अनी काठमाडौं भित्रीने नागरिक विच सडकमा अलपत्र परेका छन । तर नागरिकको सेवाको नारा अलाप्ने तिमि र तिम्रा सरकारमा मन्त्री कानमा तेल हालेर बसेका छन । तिमि र तिम्रा आसेपासे केवल कटवाल कटवाल भनेर रट लगाइरहेका छन । यो जत्तिको विडम्बना अरु के हुनसक्छ कामरेड ?

भान्छाको चिन्ता एकातिर, अर्कोतिर कुन बेला कु हुने हो ? अनी हिड्दा हिड्दै विच सडकमा कुन चै गोलिले इहलिला समाप्त हुने हो भन्ने चिन्ताले नागरिक त्राहिमाम भएको पनि २ साता पुग्न लागिसकेको छ । जताततै कु को हल्ला छ । कोही सेनाको कुको आतंकमा छन त कोही राष्ट्रपतिको । कोही लौ माओवादीले जनसेना लगाएर सत्ता कब्जा गराउने भो भन्ने त्रासमा छन । नागरिक तनावमा छन । तिमिले सधै अलाप्ने राग सर्वहाराका हुन । अहिले तिम्रा त्यही नाराका पि्य वर्गको भान्छाको टिन चामलविहिन बन्न पुगेको छ । तिमि बालुवाटारवाट बाहिरिए सर्वहाराको कोठामा छिरेर सोध त चामल कि कटवाल भनेर ? उनीहरुवाट जे निर्णय आउंछ त्यही अनुसार के तिमि काम गर्न सक्छौं ?

यदी तिम्रो सरकार नागरिकको हितको पक्षमा हो भने यसको पहिलो चासो कटवालमा हैन बन्द रहेको तराइका २२ जिल्ला खोल्नमा हुन्थ्यो । जसको प्रभाव आम नागरिकसम्म पुग्थ्यो र उनीहरु सरकारप्रति कृतज्ञ हुनेथिए । भान्छाको वजेट योजना अनुसार चल्ने थियो । इन्धन अभाव हट्ने थियो । त्यसपछि कटवालको केसमा लागेको भए केही जनसर्मथन पनि बटुल्न सक्थ्यौं कि । तर तिम्रा सरकारलाइ यो के को चासोको विषय भयो र ? तिम्रा लागि सागको ५ भएपनि ५० भएपनि तिम्रो भान्छामा पाकिहाल्छ । चढ्ने गाडि तेल भएन भनेर कहिल्यै रोकिएको छैन । तिम्रो भान्छामा इच्छा अनुसारको पकवान पाक्छ नै । यदी यही नै नागरिक सर्वोच्चता ? हो भने हिजो महेन्द्र शाहका पालामा भोकाएका नागरिकले-सरकार भात खान पाइएन’ भन्दा दुध भात पनि खान पाएनौ ? भने जस्तै तिमि र महेन्द्रमा के चै फरक भयो र ?

तिमी बालहठमा लागेर सेनाले कु गरे गरोस यत्रैसिती कटवाललाइ चै छोडिन्न भनेर लागेका छौं । तिम्रा लागि ति सामान्य हुन । कारण हिजो नागरिकका छोरालाइ बन्दुक बोकाएर तिमी भारतमा मोज लुटेर बसेकै हौं । भोलि पर्यो भने तिमि लाग्नेपनि त्यत्तै त हो नी । अनी मर्ने उही हिजोका झै  नागरिक । जसलाइ तिमिले मुक्तीको नारा दिएर विष भरिएको ललीपप दिएर मैदानमा मर्नका लागि पठाउने छौं ।

त्यसको मार पर्ने नागरिकलाइ नै हो । जो फेरी तिम्रा मुक्तिकामी लाल आतंक अनी संरक्षणकामी सरकारी फौजको चपेटामा पर्नेछन । यसमा तिमिलाइ के चासो ? लाल आतंक रक्षक तिम्रा गुलामीमा सधै हाजिर भइहाल्छन । अर्को सेनाका उच्च हाकिमहरु पनि भोलि पुन सत्तामा आए भने अप्ठ्यारो पर्ला भनेर चाकरीमा लागि हाल्छन । तिमिलाइ त द्धन्द्ध चर्किएर के भयो र ? थप दुबै हातमा लड्डु । द्धन्द्ध चर्काएर राज्यसत्ता कब्जा गर्ने जो तिम्रो घातक रणनीति छ । त्यो रणनीति सफल बनाउन तिमि आफु र आफ्ना परिवार बाहेक सबैको बलिदान दिन तयार रै छौ नी हैन ? तिम्रो बालहठले पुष्टी गरिसकेको छ कामरेड तिमि नागरिक सर्वोच्चताका लागि हैन आफ्नो सर्वोच्चताका लागि यि सबै नौटंकी गरिरहेका छौ । जसले तत्कालका लागि तिमि हिरो झै हौला तर इतिहासको पानामा दक्षिण एसियाको पोलपोट बनौला है ?  होस गर ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

41 Comments so far »

  1. विस्मृती said

    am April 30 2009 @ 10:59 PM

    मित्र यस पटक चाँहि बढो जोड सँग सान्दभिक र जनताको मनको कुरा लेख्नु भो । लाल सलाम  मित्र (तपाँई कामरेड पर्नु भएन क्यारे) 

  2. shakya said

    am April 30 2009 @ 11:12 PM

    यो खुल्ला पत्र चाहि बडो चित्त बुझ्यो, अहिले को समसामयिक अवस्थालाई शब्द मार्फ़त
    ब्यक्त गर्नु भएछ राम्रो लाग्यो | अब छिटै नै सबै जनताहरु (जनता भन्नाले यहाँ ति नेपाली हरु हुन जो कुनै राजनीतिक पार्टी संग सम्बन्ध राख्दैन ) मिलेर यी चोर नेता भनौदाहरुलाई
    सर्वश्व हरण गरेर देश निकाला गर्न पर्छ अनि बल्ल यो देश उभो लाग्छ | अब त अति भयो!!!!

  3. The Observer said

    am April 30 2009 @ 11:46 PM

    Just to recall:
    - Bir bhadra and his team fought for days against British India without a drop of water.
    - Nepali Janata under Marichman’s premiership happily walked/used bicyle but did not kneel down in face of artificial crisis created by neighboring big brother.

    Once again, Girija and KPs are licking the shining shoes of SOOD, distracting the govt. from its primary tasks. We should have guts to pat the govt. for standing on their values of civilian supremacy in face of foreigners’ shoe lickers, yet trying to make the decision concensus-based. Teh Decision they make will only make the govt. more popular in the eyes of destitutes. No matter how a few people -with access to internet and, as they believe, skills to distort issues - continue screaming. Alas! Ganesh Man is not with us. The Iron man would have shown to this Hawaldar and his chatukars what they deserve.

    Jai Nepal bandhu, 01 May is tomorrow  and we will see a victory of those who love their sweat, but not against Katuwal, it will be against Girija and KP (Oli) like crooks, who support Katuwal against the whole nation including Kathmanduites who have to pay 15 Rs for 5 Rs worth saag.

  4. parbate said

    am May 1 2009 @ 12:31 AM

    चित्त बुझ्दो लेख्नु भएछ

  5. Kamal Nepali said

    am May 1 2009 @ 1:19 AM

    You are 100% KP bro. Josh ma Maobadi le Hosh gumaudai chha, aakhir dukkha paaune ta jantaa nai hun kyaaare.

  6. yogi said

    am May 1 2009 @ 1:27 AM

    लेखकजिले राम्रो लेख्नुभो
    साथै

    जंगली माओबादी हो
    सकछौभने,
    – सबै दल मिलेर नेपाली भुमिबाट इंडियन सैनिक हटाऊन संसद अबरुद्दा गर
    -तिमीले इंडियनलाई  दिएको ४० लाख  नेपाली नागरिकता खारेज गर
    –नेपाली नेपालीहरुमा भएको अबिस्वास हटाऊ
    –नेपाली भूमिबात इंडियन सैनिक हटाऊ
    –पशुपतिबात इंडियन पुजारी हटाऊ
    –इंडियन राजदूत को हैकम हटाऊ
    –भारतीय दबाब हटाऊ 
    –वाई सी एल हटाऊ
    –लोड सेडिंग हटाऊ
    –परनिर्भरता हटाऊ
    –आतंक हटाऊ
    –गरीबी हटाऊ
    –बंद हटाऊ
    होइनभने रुकुमंगत कटुवाललाई  होइन आफै हट

  7. atom said

    am May 1 2009 @ 1:34 AM

    probably Girija will do everything for this writer. Unless Girija’s death no one from anti congress can do anything for the nation. As long as Girija actively involve in poltics don’t expect any improvement in Nepal.

  8. Anti YCL said

    am May 1 2009 @ 2:04 AM

    Mr. Obesever your example of Bal Bhadra and Marich Man does not justify the wrong doing by Maoist. They sacrificed for the sake of the country and not for the one party. Please do not insult those brave people.

  9. kanjan said

    am May 1 2009 @ 3:32 AM

    maobadi le sochdai nasochi kadam chalyo ani ke hunu thiyo ra? pahila naak gayera jamin jotyo

    aru kehi bhayeko hoina, aba balla thaha paye

    Dukha pais mangale aafnai dhangale
    aba yi maobadi ka chhaura (YCL) haru le tehi prachande lai tudikhel ma khedchhan 

  10. लेकाली said

    am May 1 2009 @ 3:43 AM

    यसपालीको लेखमा निकै दम छ है के पी जी। पूँजीवादी प्रजातन्त्रको पक्षधर भए पनि लेखाइमा निस्पक्ष भयो भने सबै पाठकको चित्त बुझ्दो रहेछ भन्ने कुरा थाहा पाइराख्नुस् है।

  11. Suprabh said

    am May 1 2009 @ 4:22 AM

    लेख धेरै दामी छ मित्र,   I like it.

  12. sante said

    am May 1 2009 @ 6:55 AM

    K.P. Ji..
    Sabai dukhi Nepali ko mann k kura lekhnu bho…nagrik sarwocchata ko kura garne beimaan harule nagrik lai dukha diyera..janata lai bhokkai marera…bichalli parera kasko bhalo garna khojeka hun khoi?? Prachanda himmat cha bhane jhupro ma basera…din majuri ma kaam garera hera..ani thaha pauchau timra aase pase le garne band le kati maar parcha…ek din kaam napaye ek chhaak khana napugne lai timro banda ra hinsa le kati maar parhca….

  13. sshakya said

    am May 1 2009 @ 7:43 AM

    भ्रष्ट र जाली प्रजातंत्रको मकुंदोधारीको नाममा खुल्लापत्र:
    ———————————————————-
    भ्रष्ट कान्ग्रेस्सी जाली फताहहरुलाइ हामी जनताहरुले भोट हालेर पठाएको थियेऔ ! दूइ पटक हाम्रै भोटले साधारण बहुमत ल्याए ! कम्निस्टहरुलाई भोट हाल्यो भने उत्तर कोरिया बनाउछन भनेर आज भन्दा १६- १७ बर्ष अगाडीपनि
    भन्थे यी जालीहरु ! तेतीबेला चान्ही अहिलेका जनताले फ्याकेका कोडीहरु के पि, नेपाल र भंडारीहरुलाइ त्येसो  भन्थे – यी जालीहरु !  हामीलेपनि अब यी जान्ने-सुन्ने भनौदोहरुलाई बिस्वास गरेम तर पछि थाहा भयो यिनीहरू त मापाकाको मकुंदोधारी नटवरलालहरु पो रहेछन !

    २०४७ सालको पहिलो आम-निर्वाचनमा काठमांडू भरी भारतीये नम्बर प्लेटको मारुती भ्यान, कार र जीपहरुले यी कान्ग्रेस्सी उम्मेदवारहरुको चुनाब प्रचार गरेर हिडेको थियो ! मुख भित्रसमै लगेर “कालो भारतीये पाऊ” चुसेर दलाली आजसम्म नेपालमा कांग्रेसबाहेक अरु कुनै राजनितिक पार्टीले गरेको छैन ! 
    बर्लिनको पर्खाल ढलेपछिको बदलिएको बिश्व राजनितिक माहोलमा बहुदालिये प्रतिस्पर्धामा कहा पोलपोट जन्मियेको छ ?????  सस्तो कलम र सस्तो इन्टरनेट कनेक्सन भेट्यो भन्दैमा शब्दको जालसाजी गरेर उल्लू बनाउन खोजने ????  सरकारको कारिन्दा प्रतिगामी कटुवाललाइ हटाउन त आठ देशको कूटनितिग्यलाइ ब्रीफिंग गर्नु पर्ने भू-राजनीतिमा, जनगनतंत्र र उत्तर कोरियाको छाती पिटेर किन   आलाप-बिलाप  गरेको  होला,  कान्ग्रेस्सी भ्रष्ट नटवरलालहरुले ??? 
    माओबादीको समानुपातिक प्रतिनिधित्वको एजेंडाले भ्रष्ट कान्ग्रेस्सीहरुको लाज बचाई दिएको छ !  माओबादीले हगेपनि – पादेपनि – खाएपनि अहिले संसद घेर्न सख्या पुर्याइ दिएको छ ! इतिहासले खाल्टो खनेर फ्याकेको कमल थापा जस्तो प्रतिगामिले संभिधान सभामा ४ सभासदहरु (प्रतिपक्षहरु) पठाउन पाईरहेको छ – माओबादीको समानुपातिक प्रतिनिधित्वको एजेंडाले !  समानुपातिक चुनाब प्रणाली (जसमा प्रतिपक्षको प्रतिनिधिहरुको सख्या तुलनात्मक रुपमा संसदमा बढ़ी हुन्छ)  को माग गर्ने माओबादीले भुत्राको एकतंत्रिये शासन लागू गर्न सक्छ !! यो कान्ग्रेस्सी नटवरलालहरुको (cacophony) आलाप-बिलाप सबै भ्रष्टचार र जालसाजी गर्न सत्ता नपाएको भोक हो !
    आहा,   यो आलाप-बिलापले कान्ग्रेस्सी प्रजातांत्रिक राम राज्यको फेरी सम्झना गरायो ! त्यों १५ बर्ष नेपाली जनताकोलागी कस्तो हनीमूनको समय थियो, हगी??
    १) मकुंदोधारी अर्जुन नर के सीले सुत्केरीको ओखति खाएको बिल बनाएर दुमोडो घिचेको नै थिएन नि ??
    २) मकुंदोधारी गोविंदेले कोटिहोम गरेर बसेका थियेनन र ??
    ३) मकुंदोधारी खुमेले बाल आश्रम र ब्रिद्ध आश्रममा सुन्ताला बाड्दै बसेका थियेनन र ?
    ४) मकुंदोधारी देउवाले सांसद खसी मार्केटमा कहा बेचेका हुन र ?
    ५) मकुंदोधारी नविन राज जोशीले ज्यानमारा राजू गोरखालीलाइ थानकोट कटाएको हुदै होइन नि ?
    ६) मकुंदोधारी बल बहादुरले भित्ता चढेको कहा थियो र ?
    ७) मकुंदोधारी गिरिजा “रुल अफ दी ल” भन्दा माथी कहा थिए र ?
    ८) मकुंदोधारी राम चन्द्रे र माधव नेपाल फरार अपराधी सीता राम प्रसाइको भोजमा भतेर खान जांदा कहा पक्रियेका हुन र ?
    ९) यी मकुंदोधारीहरुको राम राज्यमा साग, ग्यास, धारामा पानी, बिजुली बत्ती प्रयाप्त उपलप्ध थियो नि, किन थिएन ?
    १०) त्यों मकुंदोधारी नटवरलाल मसाज सेन्टरमा रातको १० बजे चियापति किन्न गएको थियो नि, होइन ?
    ११)   धमलालाइ दूध जस्तै सेतो देखने मुकुंदोधारीपनि यिनै कहा हुन र ?
    मासु-चिउरा पत्रकारितालाइ जय नेपाल !
     
     

  14. umesh said

    am May 1 2009 @ 8:43 AM

    ramro lekh tara kata kata kangresi ko gandh ayo

  15. prem said

    am May 1 2009 @ 3:40 PM

    One thing I have not understood ” why NC and other parties who think they are very responsible towards nepali people do not want do anything about this terai banda?” Okay we say maoists are jungly or blood suckers etc. but those who are not why do not they work for the nepali people. Therefore, the conclusion is all parties are blood suckers and power hunger. What is the difference between bad and good if both do the same thing.

    Jai corruption free nepali mentality.

  16. kanjan said

    am May 1 2009 @ 3:42 PM

    jati karayepani terrorists are inhumane terrorists

  17. rosan said

    am May 1 2009 @ 5:36 PM

     dherai ramro lekhnu bhyacha tyo kukur primminister le bhujcha ki bhujdaina aba

  18. Kamal Nepali said

    am May 1 2009 @ 8:39 PM

    Tapain le bhanekaa sabai kuraa thik hun SShaakya jee,,tara tapain kaa Maobadi netaa haru pani kam hun ra??? 12 years ta uniharu chai India ma american ko seto paau chusdai thiye holaan ni hai???ani desh ma tetro destruction, killings pani kahaan bhayako ho ra??Maobadi haru ta pakka raashtrabadi pare ni…Aaafno kuraa na maannne lai sidhai retera maarne,,kyaa uchha bichaar hai uniharu ko…I feel shame/pity on you intellect people who are just blind supporters of anyone. Raamro lai raamro ,naraamro lai naraamro bhanna nasakne pani k ko maanchhe.
    BTW, ahile timiharu ko nai sarkaar chha, kina Dhamala lai chhodeko ni timiharu le???Yesso jawaaf paau hai.

  19. niraj said

    am May 1 2009 @ 10:10 PM

    Great article!!!

    Now you know how to express views to suit readers.

  20. rajug said

    am May 1 2009 @ 11:27 PM

    “तिमि बालुवाटारवाट बाहिरिए सर्वहाराको कोठामा छिरेर सोध त चामल कि कटवाल भनेर ? उनीहरुवाट जे निर्णय आउंछ त्यही अनुसार के तिमि काम गर्न सक्छौं ?”

    Nice one!

  21. sshakya said

    am May 2 2009 @ 3:20 AM

    मैले किन भने, काग्रेस्सी दिमाग भ्रष्ट र जाली हुन्छ भनेर ?????????
    ——————————————————————————-
    हाम्रोब्लग डट कमको आजसम्मको ब्लगहरुमा सबै भन्दा बढ़ी प्रतिक्रया २० प्रतिक्रयाहरु यस्मा कसरी भयो होला, हगी ????????
    आफै बोक्सी, आफै झान्क्रि, आफै Administrator, आफै Presentator, आफै Commentator. उफ़, seperation of power ! Democracy !! अधिनायकबाद !! एकलौती शासन !! रामा..रामा…रामा…रामा…में हूँ मावली..(जीतेन्द्र हीरोको फिल्मको गीत)
    बिश्मृति, shakya, parbate, Suprabh, rosan, niraj, rajug, लेकाली,  यी सब ब्लगर आफैले आफ्नो लेखको तारीफ़ गर्न create गरेका ID हरु हुन !
    म आफै programmer भएकोले visitor हरुको IP Address पत्ता लगाउने C# programming language को code (pseudo) यस प्रकारको हुन्छ !
    using System
    using Sytem.Web
    class FindIP
    {
        static public string getIP()
    {
         string myIPAddress = Request.UserHostAddress.ToString();
         return myIPAddress;
    }
    }
    ल भैगो जे भयो, भयो ! आइन्दा यस्तो जबरजस्त गर्नु जरुरी छैन है ! कहिले म बढ़ी बोलमला, कहिले तपाईहरु !!

    अँ अनि मूल कुरो :
    जून दिनदेखि सूजाताको लंगूर धमलालाइ फिरौती काण्डमा समात्यो त्येही दिन देखि जालि हेड-नाइके गिरिजाले  “धमलालाइ छोड़” – “धमलालाइ छोड़” भनेर ब्लाकमेल गरेको, कसले नदेखेको छ भने ??  धमलालाइ छोड़ने अदालतको न्यायाधीसको हिस्ट्री खोताल्ने हो भने भ्रष्ट र जालि कान्ग्रेस्सीहरुको गोरु बेचेको नाता सजिलै भेटिंछ !
    ब्वासो गिरिजालाइ उप-चुनाबमापनि जनताले चुनेको देखि हाल्यो नि, की कसो ? स्वदेशमा भ्रष्ट- भ्रष्ट मिल्ने, अनि भाईसापहरुको खुट्टा मोलेर माओबादिलाई घेरा हालने, काम गर्न नदीने judas कान्ग्रेस्सी चरित्र के नया हो र भन्या ???? त्येसैले त २ तिहाईबाट सामान्य बहुमत र अहिले आएर ३५ सिटमा घटुवा भएको छ त ! एमालेको नौ महीने शासनमा केशव बड़ालले (भूमि सुधार आयोगको अधक्क्ष) एकहप्तापछि संसदमा पेश गर्न गईरहेको भूमि-सुधारको बिधेयेक संसदबाट पास गर्ला भनेर हतार हतार एमालेको सरकार अगिल्लो हप्ता नै ढालने भ्रष्ट कान्ग्रेस्सीहरु यिनै नटवरलालहरु त हुन नि !  कान्ग्रेस्सीहरु बांदरे ब्वासोहरु हुन ! न आफु गर्न सक्छ, न अरुलाइ गर्न दिन्छ, फेरी उलटै भन्छ तैले यो गरिनस र उ गरिनस !  

  22. Anti YCL said

    am May 2 2009 @ 3:26 AM

    Shakya ji, I would love to see you open letter to Maoist too. Dont tell me that you have nothing against thoue Jungalee.

  23. The Observer said

    am May 2 2009 @ 4:06 AM

    Thanks to sshakya, for disclosing tricks the blogger has been using to please his masters, Girija, Oli and, now I must add, Gyanendra like traitors. Such jounrnalists are worst than ”Dhamala” who are ready to auction whatever they have for fagat “Masoo Chiura” theyget after licking SOODs shining boots. Shame on the blogger!

  24. Kamal Nepali said

    am May 2 2009 @ 5:47 AM

    Hey Observer or Blind supporter, Timra maalik Prachand ani Baburam pani ta Sood kai shining boot licking gari raa chhainan ra??? Ani 12 barsha samma India ma chai k gare kunni tiniharu le???Ki ab janayuddha China baat garekaa hun bhanchhau timi,,hunata timiharu jastaa dahi chiure ko pani k thegaan. Bhagwaan le timilai sadbuddhi diyun.

  25. jange said

    am May 2 2009 @ 5:49 AM

    राम्रो। वाईस्याल लाई चित्त नबुझ्नु स्वाभाविक हो। मान्छे मारौं, लुटौं भनेर लेख्नु भो भने उनीहरुले राम्रो भन्छन्। 

  26. umes said

    am May 2 2009 @ 6:19 AM

    blogger ji ko clarification aunu paryo????? sshkaya ko mathi ko aarop ko barema

  27. Anti YCL said

    am May 2 2009 @ 6:52 AM

    Aru lai naramro sabit garera afu ramro bhaindaina. Afu asa hunu paryo. Maobadi ka chamcha haru yo kura chandai bujhnu paryo.

  28. प्रचन्डको फ्यान said

    am May 2 2009 @ 8:47 AM

    प्रेस बक्तब्य
    मैले भन्ने गरेको चमत्कार भनेको एही हो । प्रतिगमनकारीहरु को अबरोधका बाब्जुद अहिले मने हामी नेपाल मा चमत्कार गर्न सफल भएका छौ । यो हामी समस्थ सर्बहारा बर्ग को जित हो । हाम्रो बर्षउ देखी को सपना अहिले आएर पुरा भएको छ ।

    अहिले सम्मको प्रधानमन्त्री
    प्रचन्ड ( नाम मात्र प्रचन्ड काम गर्न चै लुते )
    प्रधानमत्री को कार्यालय बालुवाटार ( तर सुहौने चै जंगल मा नै हो )

  29. samir said

    am May 2 2009 @ 9:27 AM

    बिचरा म प्रचन्ड

    सर्बप्रथम मेरो परिचय दिदा म पुष्प कमल दाहाल प्रचन्ड । बिगत को गौरब पूर्ण इतिहास हेर्ने हो भने मेरो सफलता रफ्तार गती मा थियो । तर अहिलेको मेरो अवस्था तपाईं हरु लाई के थाहा ? म एती भाबुक छु कि आँखा बाट आसु मात्र झर्न बाँकी छ , रात भरी निन्द्रा लाग्दैन अनी दिउसै सुद हरु थर्काउछन । यो कटवाल ले गर्दा रात मा निद छैन दिनमा चैन । कटवाल लाई हटाउने निर्णय पार्टी भित्रका हार्डलऐनर ले दबाब दिएर मात्र गरेको हो तर म त नगरौ भन्ने मै थिए । उता थारु उफ्रेर उस्तै छ हुन त पहिले आफु पनि तेसै गरी आको त होनी । तर भन्न र गर्न मा गाह्रो हुदो रेछ । पहिले जंगल मा हुँदा त गिरिजा ले केही गरेन , एसो गर उसो गर भन्न सजिलो नै थियो तर अहिले त कस्लाई भन्नु ? गिरिजा बुढो माओवादी हरु जंगल बाट आका हुन तेतै फर्काइदिन्छु भन्थ्यो कही तेस्तै त हुने होइन ? भन्ने डर पनि लाग्छ । सुटुक्क उता ईन्डिया मा चुनाव हुँदै गर्दा यो कटवाल लाई फालेर सेना मा आफु अनुकुल मान्छे लेराएर सत्ता कब्जा गरुम भन्या । त्यो पनि देलान जस्तो छैन। केही गरी यो प्लान सफल भयो भने त कस्ले छुने हामीलाई ? सडक मा  y c l  हाम्रै , सिबिर मा जन सेना हाम्रै , सेना पनि हाम्रै कुरो रह्यो पुलिस को त्यो मुलाको के दम छ र ? अनी त नेपाल जनगणतन्त्र सब्भन्दा पहिले गिरिजा लाई जेल हाल्छु अनी थाहा पाउछ बुडोले । । ।

  30. Admin said

    am May 2 2009 @ 4:27 PM

    Yasto Hawa arrop ko pani k  clarification Dinu ho Mitra ?
    Sshakya ji lau na te sabai ko IP add public garnus. ma pani Tahapauna . Tapai ta programmer hunuhudo ra cha ?

  31. Ram bd Lama said

    am May 2 2009 @ 4:47 PM

    Maobadi jasto India Dalal, RAW ko agent bata kehi huncha bhanera aash garnu nai haami Nepali ko murkhata ho.
    Jun party le 8 barsa India ko support ma India mai basera Nepal ma aandolan garyo, Delhi ma basera aru party sanga milera India ko aadesh ma Nepal ma Rajtantra birudha  hindi ma lekhiyeko 12 budhe samjhauta garyo ra ganatantra ghosana garyo,40 lakhs Indian lai Nagarikta badyo,  janamat sangraha bina desh lai ganatantra, sanghatmak saasan bhandai Nepal tukrune India ko swartha pura garna lagiraheko cha, Nepali lai jaati ra bhasa ma rajniti garera grihayudha ra jaatiye narasamhar tarfa ladaicha,
    jun party le India ko isarama pashupati ko pujari, Greater Nepal jasto rastrabadi document lai Nepal mai pradershan garna bata rokcha, testa paltu kukur haru bata ke aasha garne??????????
    Jaya Nepal, Jaya Nepali

  32. The Observer said

    am May 2 2009 @ 10:25 PM

    Karmal Thapali (I don’t see you are a Nepali?). All revolutionaries seek hiding somewhere else, don’t day!  You may be alright (possibly you are writing from abroad) but I should feel pity for those, such as journalists who would soon become refugees for their misleading analysis.

  33. sshakya said

    am May 3 2009 @ 2:31 AM

    Hi Admin,

    First off, I like to assure you that I do not have any personal vendetta with you or anybody. Whatever rattle I make here in this blog is confined to only here. So, lets enjoy life in fullest.

    A) Is it possible to unleash the IP address of all visitors ?

    –> 1) Yes, it is but not from my home computer.
    –> 2) If the client’s computer (visitor)  is in the same subnet as the Sever(ASP) is in, its MAC address is also possible to dig out.

    B) Can I do it ?
    –> 1) Yes, if you grant me administrator privilage to your site.
    –> 2) I have to write some code in your web application.

    C) How to find the bloger’s and the self-created IDs originated from the same IP address or MAC address or Subnet ???

    –> 1) Need to contact the Super Administrator where the http://www.hamroblog.com site is hosted in United Kingdom.

    D) So, what is  next now ??

    –> १)  छातीमा हात राखेर आफुले आफैलाइ सोध्ने, के मैले नया IDs बनाएर आफैले कमेन्ट गरेकै छूइन त ?
    –> २)  गोयेन्काको meditation गर्न जांदा थपेको ID हरु दिमागमा न-आओस भनेर ध्यानमा बस्ने !

    By the way Admin, you have nicely designed the site.

  34. rajug said

    am May 3 2009 @ 2:26 PM

    Hello sshakya ji,

    Tapai matra programmer hunuhunchha yo internet ko sansar ma vanne nathannu hola hai. Aru pani chhan programmer ra arule pani lekhna sakchhan teti 2/4 line ko function user ko ip address (or even other details) grab garna lai. Ma pani euta programmer (C#, VB.NET, Java, PHP, Ruby, Perl) nai ho. Aru username ko barema malai thaha vayena, mero username ‘rajug’ is my own name and maile aafaile comment gareko yeha janakari garauna chahanchhu.

    Ho jun sukai programming language bata user ko ip address grab garna milchha tara tesko lagi tapaile tyo jun site ho tesmai tapaiko script lekhnu parchha or you should write some web services or APIs. Tara aru ko site ko information leena ko lagi tapailai tyo kura tyo site  (hamroblog.com) le allow pani garnu parchha. So can you tell me how did you find out the same IP addresses for those above usernames are using?

    Ani arko kura, hosting details, ftp details, database details and admin login details payepachhi ta tapaile matra haina jasle pani thaha pauna sakchha ali ali WP chalaune manchhe IP address ra aru kura haru. WP le already IP address grab garera rakheko hunchha admin ma tapaile aafno code halnu pardaina IP address grab garna. Kasko IP address block garne kasko nagarne vanera pani set milchha WP admin ma.

    So ya ta tapaile testo API banaunu hunu parchha jasle hamroblog.com matra haina jun sukai pani site ko visitor ko IP address patta lagauchha.

    So one request to you, can you please tell me which IP address i am using while posting this comment?

    Thank you in advance.
    Rajug

  35. ramesh kumar said

    am May 3 2009 @ 7:01 PM

    आज मावोबादि सर्कार्ले नेपालिको भावानाको  कदर गरेको  छ्. मावोबादिको यो साहसिक कदम  सधै रहिरहोस् 

    नेपालिहरु जन्मदैमा बिर बहादुर नेपलिको उप्नाम लिन्छ्न काम्बिनाको नामले नेपलिलाई धोतिको जुम्रा सरह तुल्याई दियेको छ्

    अब नेपालि हरुले साहसि हुन जरुरि छ्

    १,रानाकालिन श्रेी ३ तथा तिन्का भाई भार्दार्हरुका सन्तान्हरु
    २,शाह बन्सका पाल्तु कुकुर्हरु र  तिन्का  सन्तान्हरु
    ३,पन्चायत्कलिन पन्चे तथा तिन्का सन्तान्हरु
    ४,२०४६ को प्रजतन्त्र पछिपनि भरतिये दलाल बनेर सत्तत्तामा तिकेका हरु
    यिनिहरु नै नेपाल  र नेपलिहरुका सत्रुहरु  हुन्

    सच्चा नेपालिहरु यिनिहरुदेखि  हिसियार्!!!!!!!!!!!!!

  36. लेकाली said

    am May 4 2009 @ 2:00 AM

    एस् शाक्य मेरो मतलब कमप्युटर प्रोग्रामका प्रणेता महोदय; तपाईंले मेरो नाम पनि हाजिर गराइदिनु भएछ के पी ढुंगानाले गरेको बदमासीमा। कस्तो खुशी लाग्यो भने तपाईं यतिबिधी चेतनशिल प्राणी हुनुभएकोमा। सबै भन्दा पहिले त दरो लाल्सलाम तपाईंलाई बरु धेरै चोटि मुड्की पारेर उठाउदा उठाउदा कतै बिस्तारबादिले सिङो हातै सुइकाइदिए भने अर्को आपत पर्ला भन्ने डर पनि यसै छदै छ । आँफैले किन सफाइ दिनु पर्‍यो र होइन शाक्यजी तपाईं प्रणेताको अगाडि म जाबो फिस्ते नागरिकको के हुटी ? तपाईंले लगाइदिएको बेफ्वाकको टीको भए मेरो परिचय पुगिहाल्यो नि कसो? म त यसै पनि घुमन्ते, जदौरी बोकी हिंड्ने न घरको ठेगाना न बासको बन्दोबस्त। जाबो दुखियाको हुने के? तै तै यसो मौका पर्दा बिदेशी मरुभुमिमा थकान मेटाउन र नेपाली त हुँ नि भनेर मनमा कताकता तिखो सुइरो घोपिदा यस्तै ब्लग र समाचारका पानाहरु पल्ताउने गर्दा मनमा लागेको दुई चार शब्द कोरु न भनेर यसो के औंला चलेका थिए झन्डै हटकडी नै पो लाग्यो।
    बरा के पी ! समाचारका दु:ख, मालिकको दवाब, कुन बेला कुन चाँही डनको खुकुरी घाटीमा सुम्सुम्याउन पुग्ने हो भन्ने चिन्ताले गतिलो सँग बिहानी पनि हुँदैन होला। कुन बेला कुन चै मुकुन्डोधारीले कलमै खिस्रिक्क भाचिदेला भन्ने हुदो हो मन भित्र। उसो त नेपालमा महिला पत्रकारलाई पनि बाँकी राखेका छैनन मुकुन्डाधारिहरुले। जल्दोबल्दो उदाहरण उमाका कान्तिपुरे लेख कतै मेरै खतरा भाडोको कुनै कुनामा मलाई नै चियाएका छन।
    यसै पनि ढुंगानालाई चिनेको मैले नयाँ पत्रीका पल्टौदा हो त्यो पनि न देख्नु न परिचय लेनदेन। उनी मेरो लागि कुनै एटलान्टिक महासागरका बासिन्दा हुन र म उनको लागि फगत कुनै पराइको जीब। बस् मन लागेका लेख राखे हेरिदिन्छु र यसो हटकडी नलाग्ने बाटो रोजेर त्रासमय मुद्रामा प्रतिकृया पठाउछु। मन लागे राख्लान नलागे जे सुकै गरुन……. को भाकामा। कुनै कुनै बेला त शिर्षक हेरेरै साइट बन्द गरेर अरु वेबपेज हेर्छु। तर यसपाली भने जनताले जे दु:ख भोगेका छन त्यो दिल खोलेर लेखेकोले ल त नी के पि ठीक लेख्यौ भनेर थोरै सहमती के जनाएको बाबा हो हाम्रा प्रणेता महोदयको दिमागमा तोरिलाहुरे रीस फुरेछ। रीस पनि कस्तो भने म कुन अनकन्टार मरुभूमीमा कसैको हेपाइमा परेको जीब अकस्मात नयाँ पत्रीकाको  तात्तातो घटनाको बारेमा लेख्ने के पी पो भएछु। अरे भाई त त एकै चोटि बढुवामा पो !! मन फुरुङ एकछिन त। तर कहाँ हुनु खाइ न पाइ को के पी?
     जो जस्ले जे सुकै मन्यता बोके पनि साचो कुरा लेख्न छुट नहुने कुन मानब ईतिहासको रचना हो? के फरक राजनैतीक मन्यता बोक्दैमा त्यस्को छाला नै काडेर दम्फु बनाउनु पर्ने हो कि कसो? फरक मत र बिचार लाई  सफया नै गर्नु पर्ने कुन कलङ्कित अनुहारको आदर्श हो ?
    प्रणेता महोदय, तपाईंको मत होला हालको सरकारलाई वा कुनै जानकार सल्लाहकार नै हुनुहोला तर कसैले राखेको बिचारलाई राम्रो लागेर आफ्नो मत दिन नहुने भन्ने तपाईंको कुन चाँही राजनैतिक सब्द्कोशमा छ? सर्बसाधारणको पाठक प्रतिकृया प्रति प्रणेता महोदयलाई  यतिबिधी ज्ञान भए लेकाली नामक पाठकको पनि IP बारे जानकारी पाउ न बिन्ती। अरु पछी भेटमा। धन्यवाद

  37. sshakyaRecarnated said

    am May 4 2009 @ 8:21 AM

    लेकाली श्रीमान, श्रीमानको आई डि गल्तिले मेरो लिस्टमा परेको हो भने माफ़ी पाऊ ! त्यस्तो मुला जस्तो  IP पत्ता लगाउने काम आजभोली भूरा-भूरीले जान्दछ त्यसैले त्यों प्रणेताको श्रीपेचमा हीराको  हारले उनेर श्रीमानलाइ नै  फर्काउछु !

    श्रीमानले ब्लगरको लेख मन परायेर एक अर्कालाइ सयेपत्रीको माला साटा-साटा गरेर एउटै बेडरूममा रात कटाएपनि मलाई खाच्चो कै मतलब ! श्रीमान मैले कसैको डक टेपले मुख थुन्नु पर्छ भन्या पनि छैन – श्रीमानको  त्यों भुईफूटते कुरामा जान चाहन्न ! पब्लिक फोरममा आएका कुरामा टिक्का-टिपणी, गाली गलोज हुन्छ, हजार थरि मान्छेका हजार थरि कुरा हुन्छन् अब श्रीमानको गिलो पित्तले अन्यथा लिन्छ भने खोई म के भनु !

    अनि श्रीमान म लाल-सलाम पनि होइन, नेपाली जनता  कुनै एउटै पार्टीको बिर्तापनि होइन ! जाली, कपटी र भ्रस्ताचारी कसैले भन्दैमा unconsciously टेबल मुनिको खुट्टा उठाउनु जरुरी पनि छैन ! कुरा त्येही हो श्रीमान, लेकाली भन्ने ID साचिकई रै छ यो गल्तिको निम्ति पत्रकार माहासंघमा मेरो बारेमा उजुरी पुग्दैन भन्ने आशा राख्दछु !  श्रीमानको जय होस !

  38. sshakyaRecarnated said

    am May 4 2009 @ 8:34 AM

    ye la la, your id is real too. Sorry bro! 
     

     

  39. man bahadur said

    am June 22 2009 @ 12:54 AM

    shakya bhanne sathi le je payo tei bhane jasto chha hai

  40. anti ycl ko poi said

    am October 31 2009 @ 1:01 PM

    hoina yo yogi vanne youth force parechha ki k ho ha sathi ho? ycl hataaune re ani youth force nahataaune tero bau ko k khaayakaa chhau ra ycl le k ycl le teri swasni maathi aakha lagakaa chhau ha? kina ycl hataunu paro

  41. रूक्मागत शर्मा said

    am November 21 2009 @ 12:19 PM

    कम्युनिष्टको वारेमा लेख्नु यीनीहरूको कुकामहरूको भण्डाफोड गर्नु होस ।

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree