लाससंगको पहिलो रात

crime diaryख्याति श्रेष्ठको अपहरणपछि हत्या गरेर क्रुर अपराधीको सुचिमा परेका विरेन श्रेष्ठले जेठ २२ देखी असार ६ गतेसम्म गतेका घटनाक्रम संक्षिप्त रुपमा सार्वजनिक भइसकेको छ । पत्रिकामा लेख्न त पुरै लेखेको थिए । तर आफुले लेखे अनुसारै कहां छापिन्छ र सबै त्यही बेला हो ब्लगको महत्व बढ्ने । त्यसैले तपाइहरुमाझ विरेनले के के गरे उनको १६ दिने डायरी क्रमश जस्ताको तस्तै प्रस्तुत गर्दैछु ।

जेठ २२

विहान वागवजारमा रहेको कोरोना इन्टरनेशनल इन्ष्टीच्युट गएर वि्ज कोर्श गर्दै गरेकी मेरिनालाई भेटे । उनलाई लिएर नजिकैको चिया पसलमा लगेर ख्यातीसँग गर्ने कुरा सिकाए । भोउ म्यागजिनको नक्कली परिचय पत्रका साथ ख्यातिलाइ कोठासम्म ल्याउन पाच सय दिए । मेरिनाले ख्यातिलाइ चिन्दैनथिन । म पनि संगै बसे । एउटा केटाको बाइकको पछाडि ख्याती आइरहेकी थिइन । मैले टाढैवाट चिनाइदिएर हिडे ।

उनीहरु कोठामा आइपुग्नु अगाडि नै म कोठामा पुगिसकेको थिए । दुबै जना कोठामा छिरे । ख्यातिले मलाइ चिनिहालीन । अंकल तपाई पनि यँहा भनेर सोधिन । मैले उही योजना अनुसार आफु भोउ को सल्लाहकार र चयनकर्ता समितिको सदस्य भएको बताए ।

मैले उनको हात खुट्टा बांधे । जव मुखका टेप बाध्न खोजे ख्याति त कराउन पो खोजीन । डर लाग्यो । उनी कराइन भने सबै योजना चौपट हुन सक्थ्यो । नजिकै टेवलमा सानो रड थियो । त्यसैले उनको टाउकोमा दनादन हाने ।

योजना अनुसार नै एनजिट नामकको औषधीको १० वटा ट्यावलेट पिसेर एउटा कफिमा हालेर ठिक पारिसकेको थिए । त्यसैले कुरा सुरु हुनसाथ मैले कफि खाने प्रस्ताव गरे । कफी पिउने क्रममा ख्यातीलाइ तितो लागेछ ।औषधि त घोलिएको रहेनछ । तल सेतो थिगि्रएर बसेछ । उनले के हो भनेर सोधिहालीन । स्वादका लागि हालेको हो भनेर टारे । यसो हेरेको ख्यातिलाइ औषधिले कुनै प्रभाव नै पारेन । फेरी उनलाई औषधि खुवाउन म चिसो लिएर आउंछु भनेर बाहिर निस्केर बोतल स्लाइस र १० वटा एनजिट ट्यावलेट किने । ख्यातिको स्लाइसमा त्यो सबै ट्यावलेट घोलेर दिए ।

स्लाइस खाएपछि अब इन्टरब्यु दिउ भन्न थालीन । मैले यहीवाट दिन मिल्छ भनेर तयार पारेको प्रश्नहरुमा उत्तर लेख्न लगाए । सायद औषधिले काम गर्न थाल्यो । उनी अल्छि मान्दै लेख्न थालीन । त्यस्तै आधा घन्टापछि औषधिले काम गर्यो । ख्यातीले निद्रा लाग्यो भन्न थालीन । मैले आराम गर भनेर बेड देखाए । उनी सुतिन ।

मैले उनको हात खुट्टा बांधे । जव मुखका टेप बाध्न खोजे ख्याति त कराउन पो खोजीन । डर लाग्यो । उनी कराइन भने सबै योजना चौपट हुन सक्थ्यो । नजिकै टेवलमा सानो रड थियो । त्यसैले उनको टाउकोमा दनादन हाने । अनी हातले घाटी र मुखमा थिचे । मेरिना सोफामा बसेर सबै हेरिरहेकी थिइन । उनी न गर न बाबा भन्दै रोक्न आइन । मैले हुत्याइदिए । ख्याति चल्न छाडिन । केही समय त्यत्तिकै बसे । मेरिनाले घर जान्छु भन्न थालीन । बाहिर गएर उसले यो घटना अरुलाय भन्न सक्छिन भन्ने लाग्यो । मैले जान दिइन । यही बस भने ।

तन्नामा लास बेरेर कतै लगेर फाल्ने योजना बनाए । मैले तन्ना ल्याउ भने । उनले सुत्ने कोठावाट तन्ना ल्याईदिइन । कते बांचेको पो छिन कि फेरी छामेर हेरे । तर उनी ज्युदो थिइनन । तन्नामा लास बेरे ।

कतै ख्याति त मरिनन उनलाई झक्झक्याए । कुनै प्रतिकृया आएन । डर लाग्यो । कतै योजना विचैमा तुहिने त हैन उनको नाक र मुखमा हात राखेर सास लिएको छ कि छैन हेरे । अंह थिएन । नाडी र छाती छामे । मुटुको चाल समेत छैन । ख्याति मरिछिन ।
मेरिना जान्छु कि जान्छु भनेर ढिपी गर्न थालीन । मलाई डर थियो कतै उनले घटनाको बारेमा अरुलाइ भन्छिन पक भन्ने । मैले उनलाई घटनाको बारेमा कसैलाइ नभन्नु भन्यौं भने आमा बाबा भाई सबैलाई मारीदिन्छु भनेर थर्काए । उनले हुन्छ कसैलाय भन्दीन भनिन । ११ वजेतिर मैले मोटरसाइकलमा राखेर मेरिनालाई घर छाडी दिए । कोठामा एक्लै बस्न मन लागेन । पुन मेरिनाको घर गएर उनलाई ल्याए । उनलाई अमेरिकी दुतावासमा पुर्याए । सोर्हखुट्टै चौकि नजिकै रहेको पान पसलमा पान खाने बानी छ । त्यसैले म त्यत्तैतिर लागे ।

पान पसल नजिकै भाडा पसलवाट प्लाष्टिक किने अनी कोठा गए । केही गर्न मुड चलेन । के गर्ने के भयो । ख्यातिको सिम त्यत्तिकै थियो । त्यसलाई आफ्नो मोवाइलमा हाले । सिम हाल्नासाथ फोन आयो । ख्यातीलाई पाउन न भने । के भन्ने के भयो । मैले कौन ख्याति भनेर मोवाइल नै अफ गरिदिए ।

लास कसरी तह लगाउने टेन्सन त्यही थियो । कहां लगेर कसरी फाल्ने मोटरसाइकल झिके अनी लास फाल्ने ठाउँ खोज्न हिँडे । बनस्थली स्वयम्भू डल्लु क्षेत्रपाटी घुमे । त्यहां पुगेपछि मोवाइल अन गरे । फेरी फोन आयो । उता केटाको आवाज आइरहेको थियो । को बोलेको भनेर सोध । उनले ख्यातिको दाइ भने । मैले बुबालाइ दिनुस भने । उनको बुबा मोवाइलमा कुरा गर्न थाले । मैले हिन्दीमा –तुम्हारा वेटी मेरे कब्जेमे है और उसको जिन्दा चाहिए तो १० लाख तयारी रखना भने ।

कता जाने पुन कोठामै फर्किए । फेरी मेरिनालाइ लिन अमेरिकी एम्बेसी गए । उनलाई कोठामा ल्याएपछि लास तह लगाउने विषयमा कुरा गरे । उनी डराइन । तन्नामा लास बेरेर कतै लगेर फाल्ने योजना बनाए । मैले तन्ना ल्याउ भने । उनले सुत्ने कोठावाट तन्ना ल्याईदिइन । कते बांचेको पो छिन कि फेरी छामेर हेरे । तर उनी ज्युदो थिइनन । तन्नामा लास बेरे ।

त्यस्तै ६ वजेतिर मेरिनालाई घर नजिकै लगेर छोडिदिए । सोहखुट्टेमा रहेको पान पसलमा गए । अनी पान खाएर पुन अरु प्लाष्टीक किनेर ल्याए । कोठा जान मनै लागेन । बाहिर निस्किए । अध्यारो भएपछि मात्र कोठामा गए । तन्नाले बेरेर राखेको लास फाल्न बाहिर निकालेर मोटरसाइकलमा बाध्न लागेको मात्र थिए घरवेटी आईपुगे । हतार हतार लास भित्र लगेर राखेर बाहिर हिडे । बेचैनी बढिरहेको थियो । बालाजु चोकमा पुगेर २ बोतल ह्वस्की किनेर कोठामा फर्किए । टिभी हेर्दै ह्वीस्की सिद्ध्याए । र बेलुका सुते ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

9 Comments so far »

  1. सुमार्गी said

    am July 5 2009 @ 1:38 PM

    कतै प्रथम पुरूष र कतै तृतीय पुरूषको प्रस्तुतिले झन अष्पस्ट पार्‍यो । अनि यी सबै कुरा पत्रिकाहरूमा आइसकेपछी अब ब्लगमा राखेर नया के नै भयो र ?
     
    क्रूरताको मानवीय पराकाष्ठा हो यो तर नेपालमा भने मान्छेहरू मृत्यूदण्डको कोकोहोलो हालेर कराउने मात्र गर्छन , समग्र कारण र समाधानको कुरा सोच्न भन्दा ।

  2. bishal said

    am July 5 2009 @ 3:05 PM

    niko hunalageko ghau lai kottyaera k garna khojeko? aru news nai payena ki kya ho?

  3. danukarki said

    am July 5 2009 @ 3:06 PM

    u chore ho aslie kuta ra mara nu par 6.

  4. prakash said

    am July 5 2009 @ 11:15 PM

    वास्तवमा त्यो मेरिना पनि अपराधी बिरेनसँग शाररिक सम्बन्ध राख्थिन। मेरिनाको लागि बिरेन पालेको बिउ बोको जस्ताइ थियो। मेरिन आफ्नो सररिक सन्तुस्टी बिरेनबाट लिन्थिन।  । मेरिना पनि अपराधमा हात धोएर नै लागेको देखिन्छ,उन्को परिवार सहित सबैको अगाडि उनलाई फासी दिनु पर्छ । अब बिरेनलाई मात्र नभएर मेरिनालाई पनि फासी नै दिनु उचित हुन्छ।
    नेपाल प्रहरीहरु नमर्द हुन्छन। त्यो हत्यारालाई यती कुरा भन्न यातिका दिन समय दिने प्रहरी पनि अपराधी नै हुन। हुन त नेपालमा प्रहरीहरु को नै राम्रो छन र?अपराधीलाई पक्रिएर यतिका दिनसम्म उनको सर्त अनी मागहरु मानेर यो सबै खुलेको रे भन्ने सुनिन्छ। तर प्रहरीनै हो भने अपराधी पक्रेको एक घण्टा भित्रै सबै कुरा भन्न लगाउन पर्छ। यदी सक्दैन भने प्रहरीबाट निस्किय हुन्छ। नेपालको प्रहरीलाई के गर्नु पर्छ भन्ने थाहा नै छैन बिचरा। त्यस्को हात,खुट्टाबाट तातो खुकुरीले काट्न थालेको भए अस्ती नै यो सबै थाहा हुने थियो। प्रहरीमा लागे  पछी त मुटु क्रुर ढुङ्गाको बनाउन पर्छ तर यो नेपालको प्रहरी छि छि छि छि।
    यो हत्यारालाई फासी नै उचित हुन्छ। त्यो पनि फेरी समय लगाउनु होइन,छिट्टै फासी दिनु पर्छ। नेपालको संबिधानलाई सम्सोधान गरेर फासी सजाय बनाउन पर्‍यो। नेपालको नेताहरु खाली आफ्नो पत्नी अनी भारतको ….. चुस्नु होइन अब देशको बारेमा पनि सोच। तिमी नेताहरुको छोरीलाई चै यसरी मार्नु पर्ने हो ।

  5. Netra P. Paudyal said

    am July 6 2009 @ 4:43 PM

    के पि जी मेरो केहि जिज्ञ्यासा छ तपाइ सँग। पहिललो कुरा न्यजमा पुरा छापियन र बल्ग गरेको भन्नु भयो। तपाइको यो न्युजमा पत्रिकाको भन्दा के न्यु छ र। मैले यो सबै कुरा नयापत्रिकामा (तपाइको लेख होला सायद त्यो पनि) पढेको थिय। यो लेखमा त्यो पत्रिकाको भन्दा नया कुरा के छ, भन्नु होला।
    र अर्को कुरा यहाँ मेरिना बन्ने केटिलाइ अमेरिकि दुतावास लगेर छोडे भनेको छ। यो कुरा पत्रिकामा पनि थियो। त्यो केटिको र दुतावासको के सम्बन्ध छ। हामी जस्ता पाठकलाइ कौतुहल्ता लाग्यो। भन्दिनु भयमा राम्रो हुने।
     

  6. khurak said

    am July 6 2009 @ 5:23 PM

    Wherw is the second   part k.p. bro

  7. X ray, Aus said

    am July 6 2009 @ 6:38 PM

    Maile yo ghatana sambandhi dherai news padhen. But I cud not found the answer of one question. K P g lai pakai taha hola? Tyo merina bhanne keti ko k tyasto “Bibasta” thyo ra usle Biren lai saath diyeki? News haru padhda ta pahila dhamkayeko jasto avas bhayepani pachi ta u willingly nai yo ghatana ma sahabagi bhayeki jasto lagyo malai ta. Yo kura ko pusti ta usko room ma bhetiyeko moto Rakam le pani garchha. Ki maile taha napayeko Hun tathye kura. Arko Post ma awasya samatne prayash garnu hola

  8. harka said

    am July 6 2009 @ 7:50 PM

    Merina US President Barak ko Speech ko anilysis Team ma selected bhayaki thin . Tasai ko preparation ko lagi ho Ambassy gayako

  9. dave said

    am July 12 2009 @ 7:49 PM

    so why don’t you go and join nepal police. it’s so difficult to be nepal police, try to respect for what they are doing.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree