पानीमा रुझ्दै बलको पछिपछि


खेलाडि त खेलाडि नै हुन तर गफका खेलाडि । कुरो गर्नमा माहिर समुह जव मैदानमा फुटवलको खेलाडि बन्न कस्सिए तव भयो टाय टाय फिस । कलाकारहरुले एकका विरुद्ध चार गोल ठाकेर हराइदिए । तर गज्जव देखिदा रहेछन हाम्रा नेताहरु खेलाडिको भेषमा । रातो फुटवल पोशाकमा उनीहरु मैदानमा उनीहरुको उपस्थितिले प्रतियोगितालाइ रोचक बनाएको थियो । त्यसमा प्रतिष्पर्धीहरु पनि गजवका नै थिए नी । एकातिर सभासदहरुको टोलि अनी अर्कोतिर हास्यकलाकारहरुको टोलि ।

कलाकारहरुको टोलिमा दिपकराज गिरी शिबहरी पौडेल जितु नेपाल दमन रुपाखेती लगायतका कलाकारहरु थिए । उता सभासदमा पुष्पकमल दाहाल प्रचन्ड रामचन्द्र पौडेल झलनाथ खनाल गगन थापा वाइसिएल उपत्यका इन्चार्ज सागर माओवादी नेता प्रभाकरनन्द किशोर पुन कांग्रेसका जगदिश नरिसंह केसी लगायतका नेताहरु थिए ।


कार्यक्रमको आयोजना भलिबलका पूर्व राष्ट्रिय खेलाडी दिनेश बानियाको उपचार खर्च जुटाउन गरिएको थियो । अब सामान्य फुटबल प्रतियोगिता गरेको भए त के दर्शक आउंथे र । त्यसैले आयोजकहरुले ठुला नेता अनी उनीहरुकै ब्यंग्य गर्ने हास्यकलाकारहरुलाइ प्रत्यक्ष रुपमा मैदानमा उतारेर शारिरिक शक्ति परिक्षण गराउने जुक्ति निकाले । एकातिर मनोरंजन पनि हुने अर्कोतिर उपचार खर्च पनि उठ्ने ।


त्यहां सत्ताधारी अनी प्रमुख प्रतिपक्षि दुबैतिरका नेताहरु थिए । तर उनीहरु कुनै राजनीतिक मंचमा संगै सहभागि नभएकाले प्रशन्न थिए । अनी ढुक्क पनि । किनकी न त्यहां माओवादीले एमाले कांग्रेसलाइ गाली गर्नुपर्यो न एमाले र कांग्रेसले माओवादीलाइ । संगै थिए अनी बढो रमाइलो गरेपनि । एकै टिममा थिए सत्ताधारी हुन कि प्रतिपक्ष । त्यसैले उनीहरुविच सरकार र सडकमा जस्तो कुनै प्रतिष्पर्धा थिएन मैदानमा । त्यहां त बल राम्ररी पास नगरे र मिलेर नखेले हारिनथ्यो ।
त्यसैले जुन दलका सभासद भएपनि मिलेर खेले एकै टिमका सदस्य बनेर । प्रचन्डरामचन्द्र झलनाथ फुटबल खेलाडिको रुपमा मैदानमा उत्रिएका भएपनि प्यारापिट भने रित्तो थियो नै । सोचे जस्तो भरिभराउ भएन दर्शक क्षेत्र । तर हुटिगं चै रमाइलै थियो ।


बल टाढा हुंदा प्रचन्ड बलको खोजीमा झै गर्थे अनी बल नजिक आएपनि डराउंथे । रामचन्द्र र झलनाथले पनि बल गुडाउने प्रयास त गरे तर सकेनन । बरु जर्नादन शर्मा प्रभाकरले स्पोस्टस जुत्ता नपाएपनि कालै छालाको जुत्तामा आफ्ना केही फुटवल कौशल देखाए । गगन थापाले त आफु फुटवलको राम्रै खेलाडि भएको प्रमाणित गर्दै एक गोल हाने नै । तर हास्यकलाकार अलि बलिया र सिपयुक्त रहेछन । उनीहरुले दनादन एकपछि अर्को गर्दै चार गोल ठोकिदिए । सभासदहरु हेरेको हेर्यै भए ।


झमझम पानी पर्दा समेत रुझेरै प्रचन्ड रामचन्द्र र झलनाथले फुटवल खेलेर रमाइलो गरे । प्रधानमन्त्री माधव नेपालपनि आएका थिए मैदानमा । फुटबलै खेल्छन कि क्या हो भनेको त बधाइ मात्र दिन आएका रहेछन है ।


वरिष्ठ नेताहरुले पनि केही समय मैदानमा रमाइलो गरेर बाहिरिए । बांकी वचेका सभासदहरुले ९० मिनेट समयभर खेल्न त खेले तर हास्यकलाकारहरुका अगाडि टिक्न सकेनन । उद्धेश्य एकै भएर पनि संविधान सभामा मिल्न नसकेको झै देखिएको थियो सभासदहरुको टोलि । समुहको उद्धे्श्य एकै भएर पनि मिलेर गएन भने लज्जाजनक हार हुनसक्छ है भनेर दशरथ रंगशालाले पढाएको पाठ सम्झीएर नेताहरुले कमसे कम संविधान सभाको हलमा गोल हान्ने उद्धे्रश्य झै संविधान निर्माणको उद्धेश्यमा पनि यसरी नै एकताबद्ध बनिदिए क्या रमाइलो हुन्थ्यो ।

तस्विर : श्रीधर पौडेल एसिप

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

2 Comments so far »

  1. shahid ali said

    am July 13 2009 @ 4:04 AM

    k ko naatak ho yaar yo…………..

  2. Shailesh Limbu said

    am July 14 2009 @ 1:52 AM

    Shahid ji,That was not a Naatak, they played the football tourney for the good cause..so try to be positive.Dont let your mind always ruled by negative thoughts.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree