ब्लगर भेलाका ती २ घन्टा

हो ब्लगान नामाकरण गरी शुरु भएको कुनैपनि अभियानले सार्थकता पाउन सकेन । यही अभियानलाइ साथर्क बनाउन साथिहरुमाझ मैले प्रस्ताव राखेको थिए । इमेल ग्रुप बनाउने, लोगो बनाउने अनी सबैको ब्लगमा राख्ने, अर्काको सामाग्रि चोर्नेलाइ के गर्ने ? कसलाइ ब्लगर मान्ने कसलाय नमान्ने ? जस्ता बहस यस अगाडि नै पार गरेको अनुभवको आधारमा साथिहरुलाइ त्यो अनुभव बाड्ने प्रयास मात्र गरेको थिए ।

आज मजा आयो । २ घन्टा विश्वभर छरिएका करिव २७ जना ब्लगर साथिहरुसंग कुराकानी हुन पायो । तर्क वितर्क, सहमति, असहमति, संगठनका कुरा नियमित भेटघाट र सल्लाहका कुरा यस्तै यस्तै धेरै विषयमा विचार मन्थन भयो सबै साथिहरुको । साच्चिकै यो भेलाले मलाइ २ वर्ष अगाडि फ्रिडमफोरमको छतमा २६ जना ब्लगर साथिहरुसंग भएको ऐतिहासिक भेलामा भन्दा पनि बढि मजा आयो । दुखको कुरा २६ जना मध्ये आज दौतरीमा भएको भेलामा केवल अर्चना श्रेष्ठलाइ मात्र भेटे ।
तर खल्लो पनि नलागेको हैन । नेपालका स्थापीत केही ब्लगरहरु अनलाइन ब्लगर भेलामा नआएको रिस साथिहरुले मज्जैले पोखे भेलामा । एक हप्ता अगाडि नै मेरोसंसार युडब्लुवि,नेपालप्लस लगायतका चर्चामा रहेका ब्लगरहरु भेलामा नआएकोमा केही ब्लगरहरुको चित्त दुखाइ देखियो ।
खल्लो लाग्नुको कारण भेलामा ठुला र साना ब्लगरको रुपमा केही मित्रहरुले नेपालीब्लगरहरुलाइ २ समुहमा राखिदिए । यो पनि कतै हुन्छ र ? अर्को दुखको कुरो ब्लगान भनेको अर्कै पार्टीको हो अब अर्को पार्टी खोल्नुपर्छ भन्ने जस्तो ब्यबहार पनि देखे । क्या खल्लो लाग्यो । ब्लगान न कुनै एनजिओ न कसैको पेवा हो । २ वर्ष अगाडि भेट्न सकिएका जत्ति ब्लगरमित्रहरुलाइ भेला पारेर कुनै औपचारिक आवरणविहिन संगठनको जन्म गराउन सबै ब्लगर साथिहरुको सहमति अनुसार ब्लगर एसोसिएसन आफ नेपालको नामकारण गरिएको थियो ।

दौतरीको भेलामा नेपाली ब्लगरहरुलाइ संगठीत गराइराख्ने उपायहरुको चर्चा भइरहेको बेलामा ब्लगानको कुरो राख्दा कतिपय साथिहरुले निक्कै झुर ब्यबहार गरे । नयां ब्लगरहरु जन्मीएमा ब्लगानका साथिहरुको टाउको दुख्छ भन्नेसम्मको सोच देख्दा सार्हो चित्त दुख्यो । ब्लगानको जन्मको समयमा रहेका साथिहरुको निष्कृयताका कारण ब्लगान अहिले मृत अवस्थामा पुगेको छ । त्यसैले नयां नयां ब्लगर साथिहरुले होस्तेमा हैसे गर्ने हो भने यो संगठन पुन जीवीत हुने पक्का छ भन्ने आशामा मात्र प्रस्ताव राखेको थिए । तर,साथिहरुले यसलाइ अर्कै अर्थमा लिएको पाए । त्यसैले ब्लगानको अवधारणाको बारेका केही कुरो राख्ने जमर्को गर्र्दैछु ।

ब्लगान निर्माणको उद्धेश्य : अनुभव, सिप, आदान प्रदान गर्ने । विश्वभर रहेका अन्य ब्लगरहरुको संस्थाहरुसंग भाइचारा सम्बन्धको विस्तार गर्ने । ब्लगरहरुको अन्तराष्ट्रिय सञ्जालमा नेपाली ब्लगरहरुलाइ सहभागि गराउने । नेपाली ब्लग र ब्लगरको विस्तारका लागि म ब्लग गर्छु तपाई नी भन्ने नाराका साथ नयां नयां ब्यक्तिहरुलाई ब्लग संचालन गर्न अभियान शुरु गर्ने । जो अभियान मार्फत नागरिक पत्रकारीताको विकास सम्भव हुनेछ ।

संगठनको संरचना : नेपालमा रहेका ब्लगरहरुलाइ समेट्न राष्ट्रिय समितिको निर्माण गर्ने र  नेपाल बाहिर रहेका ब्लगरहरुको हकमा अन्तराष्ट्रिय समितिहरुको निर्माण गर्ने । राष्ट्रिय र अन्तराष्ट्रिय समितिको संयोजक मात्र तोक्ने । बांकी सबै सदस्य । संयोजक प्रत्येक वर्ष स्वत परिर्वतन हुने ।

योजना : नेपाली ब्लग र ब्लगरहरुको बारेमा पुस्तक प्रकाशित गर्ने । जसमा बढि सामाग्रि ब्लग कसरी सञ्चालन गर्ने भन्ने सामाग्रि राख्ने । विद्यालयहरुमा गएर प्रशिक्षण दिने । ब्लगरहरुको प्राविधिक क्षमता विस्तारका लागि तालीम कार्यक्रम राख्ने । ब्लगरलाइ प्रोत्साहन गर्नका लागि प्रत्येक वर्ष एक जना ब्लगरलाई ब्लगर अफ दि इयरको पुरस्कार दिने । सम्भव भए नेपाल बाहिर रहेका नेपालीब्लगरहरुलाई बोलाउने त्यो सम्भव नभए नेपालभित्र रहेका ब्लगरहरुको राष्ट्रिय भेलाको आयोजना गर्ने । राष्ट्रिय भेला मार्फत ब्लगरहरुको आफ्नै आचारसंहिताको निर्माण गर्ने ।

हो ब्लगान नामाकरण गरी शुरु भएको कुनैपनि अभियानले सार्थकता पाउन सकेन । यही अभियानलाइ साथर्क बनाउन साथिहरुमाझ मैले प्रस्ताव राखेको थिए । इमेल ग्रुप बनाउने, लोगो बनाउने अनी सबैको ब्लगमा राख्ने, अर्काको सामाग्रि चोर्नेलाइ के गर्ने ? कसलाइ ब्लगर मान्ने कसलाय नमान्ने ? जस्ता बहस यस अगाडि नै पार गरेको अनुभवको आधारमा साथिहरुलाइ त्यो अनुभव बाड्ने प्रयास मात्र गरेको थिए ।

केही साथिहरको गलत बुझाइका कारण  ब्लगान भनेको एनजीओ, कतै दर्ता भएको कोही अरु नै अध्यक्ष, उपाध्यक्ष, महासचिव सचिव भइखाएको संस्थाको रुपमा ब्यबहार गर्नुभयो । ज ब्लगान भनेको अरुहरु नै सदस्य रहेको संगठन हो भन्ने भ्रम नपाले राम्रो । किनकी कसैलाइ सदस्यता दिने निश्चित प्रावधान छैन यसमा । जो नेपाली हो र जसले ब्लगगिगं गरिरहेको छ यो संगठन त्यसको हो ।

अर्को नाम राखेर नेपाली ब्लगरहरु एकताबद्ध भएपनि अन्तिममा साथिहरु पुग्ने निष्कर्ष भनेको ७० प्रतिशत त्यही माथिको नै हो जस्तो लागेर मात्र दौतरीले जुटाइदिएको ब्लगरहरुको कुम्भमेलामा प्रस्ताव राख्ने हिम्मत गरेको थिए । तर साथिहरुलाइ उचित लागेन । यसमा मेरो भन्नु केही छैन ।

जुन नाममा जे आकारका आएपनि नेपाली ब्लगरहरु पनि संगठीत हुनुप¥यो भन्ने भावना मात्र हो मेरो । खै किन किन ब्लगानको सपना तुहिने अवस्थामा पुग्दा पनि त्यो रहर र मोह त्याग्न सकेको छैन । जस्तो सुकै आकारप्रकारको जुनसुकै नामको भएपनि संगठन भए भेडा भेडासंग भनेझै ब्लगर ब्लगरसंग हुने थियो । साथिहरुविच प्रत्यक्ष भेटघाट हुने थियो । मित्रहरुको एउटा दायर फराकिलो बन्ने थियो भन्ने लोभ मात्र हो । अन्तमा, दौतरी का मित्रहरुले अनलाइन भेला राखेर जुन काम गर्नुभएको छ त्यो प्रशंसनिय छ । दौतरीको अभियान सफल हो । शुभकामना ।

 

 

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

9 Comments so far »

  1. dai said

    am August 1 2009 @ 2:06 PM

    KP jee,
    भेला मा भेट भो खुसी लाग्यो !
    BLOGAN को बारेमा कसैले नराम्रो भनेको जस्तो लागेन । At least you agreed that BLOGAN is in-active.  Why? Because “NO BODY CARED”; had it been actively working, everyone would have joined it. Similarly the associated Google Group is there with no activity since 2007. No one really cares!
    It does not have to go that way!
    I took the main point to be the regular gathering of Nepali bloggers. Dautari has started it again. The time and effort should also be spaned by BLOGAN for survival. Mutual understanding and co-operation would be the oxygen and water for it.

    People will also expect your expertise on how to move on. Please write on it too.

    Cheers!

     

  2. radicalDemocrat said

    am August 2 2009 @ 6:49 AM

    Nepali bloggers must also think whether they want to be knowledge consumers or knowledge creaters. Thus far, they seem to be the former as they are not willing to streach thier bailiwick.

  3. samir said

    am August 2 2009 @ 11:40 PM

    bloggers are not acting as blogger,rather they r like propogandist.

  4. chandra said

    am August 3 2009 @ 10:40 AM

    first time i saw this blog, gud one.

  5. Prajwol said

    am August 4 2009 @ 12:13 AM

    Nice work KP Ji,

    I went through the transcript of that online meet, and I also sensed feeling of opposition to BLOGAN. I appreciate your effort for this post, this is how the dialouge should begin. If there are any opposing ideas, they should explain in clear terms. If it needs some modification, all can work over it to build it together. Personally, I don’t care what the name is, I’m more interested in objectives and the efficiency.

    It would be nice if you publish this very same post in Dautari too, for more brain storming. Just my opinion, त्यसो नै गर्नै पर्छ भनेको हैन है फेरी :D

  6. admin said

    am August 4 2009 @ 10:37 PM

    धन्यवाद मित्र । मेरो सोचाइ जुनसुकै नाममा भएपनि नेपाली ब्लगरहरु संगठीत हुनुपर्छ भन्ने मात्र हो । खाली ब्लगान ब्लगान भन्यो यसमा यसको के स्वार्थ छ जस्तो पनि लाग्न सक्छ । तर,त्यसको उदेश्य भनेको जुन विषयमा पहिलानै लामो बहस गरेर एउटा निष्कर्षमा पुगिएको छ त्यसैमा फेरी किन समय खेर फाल्ने भन्ने लाग्ने रहेछ । नयां ब्लगर मित्रहरुलाइ ब्लगान पराइ संगठन जस्तो लागिरहेको छ । यसको कारण पनि थाहा छ । जुन बेलामा ब्लगानको जन्म भयो त्यो बेलामा सिमित ब्लगर मित्रहरु साथमा हुनुहुनथ्यो । तर लामो निष्कृयताका कारण पछि ब्लगिगंको यात्रामा आउनु भएका साथिहरुलाइ समेट्न सकिएन । जसका कारण ब्लगान भनेको पुराना ब्लगरको पेवा हो जस्तो लागेको हुनसक्छ । तर, यसको हिजोको उद्धेश्य पनि नेपाली ब्लगरको साझा संस्था थियो आज पनि छ र भोलि पनि रहनेछ भन्ने मेरो विश्वास हो । फेरी ब्लगान ब्लगान भनेर कराउनुमा मेरो केही स्वार्थ छैन । यसको म ठुलो ब्यक्ति पनि हैन । म सामान्य सदस्य मात्र हु । ब्लगानको मुल मर्म अनुसार सबै नेपाली ब्लगर ब्लगानको सदस्य हुन । म तपाइ अनी अरु मित्रहरु पनि ।
    दौतरीको भेलामा नयां ब्लगर मित्रहरुमाझ ब्लगानको बारेमा जानकारी दिनु मेरो उद्धेश्य थियो । त्यसमा म सफल भएको अनुभव गरेको छु । बांकी के हुन्छ हेर्दै जाउं । ब्लगान सक्रिय भएछ भने अति उत्तम । अब भएन भनेपनि के गर्नं सकिन्छ र ।

  7. Lochan Acharya said

    am August 5 2009 @ 2:07 PM

    I am a child blogger. Cant I participate in this sort of meetings. Please inform me. I am ready to give my time.

  8. अनोज शाक्य said

    am October 1 2009 @ 8:47 AM

    एकदम राम्रो कुरा हो । तर यस्को सुरुवात नेपालबाट नै गर्नु पर्छ । बिदेशमा बसेर ब्लगर संघ खोलेर केही हुनेवाला छैन । कि विश्व ब्लगर संघ भनेर विश्वका सबै ब्लगरहरुलाई समेतिनु पर्‍यो होइन भने नेपाल ब्लगर संघ भनेर नेपाल भित्र बाहिर बसेका नेपाली नागरिकहरुलाई मात्र समेतिने गरी खोल्नु पर्‍यो । तर सुरुवात मित्रहरुले एकदम राम्रो काम गर्न लागेको कुरामा दुई मत छैन ।

  9. Pritush said

    am February 3 2010 @ 10:55 PM

    Twitter:
    estai nepali blogger group google group ma pani thiyo ra facebook ma pani thiyo. ra tyo group ma blog sambhadhi pani kura hunthiyo bhaney afo ad click gari diney ra aru site pani visit garidiney bhanney kura haru hunthiyo. ani thulo ra sano ko kura jun thau ma pani aucha.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree