ज्ञानेन्द्रले जानेन, प्रचन्डले मानेन

काठमाडौंवाट शुरु भएको कालो झन्डाको यात्राले संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री माधव नेपाललाई छोडेन । २६ तारिखका दिन न्युयोर्कमा रहेको राष्ट्रसंघको भवनमा नेपालको तर्फवाट सम्बोधन गर्न पुगेका नेपालका प्रधानमन्त्री नेपाललाई न्युयोर्कमा रहेका नेपालीहरुले कालो झन्डा देखाएर नेपालमा माओवादीले शुरु गरेको परम्परालाई अमेरिकामा समेत निरन्तरा दिएका थिए । कालोझन्डाको यात्राको प्रारम्भ माओवादीले गरेको थियो नेपालमा । अमेरिकामा देखाएको कालो झन्डा माओवादीको त्यही यात्राको एक श्रृंखला हो कि भनेको त्यो भिडमा माओवादीको ज्यादती विरुद्ध प्लेकार्ड बोक्नेहरु पनि देखिएका थिए ।
लेखनाथ भन्डारीद्धारा इमेलवाट सम्प्रेशित सामाग्रि अनुसार राष्ट्रसंघको भवन अगाडिको पार्कमा मध्यान्ह १२ वजेदेखी ३ वजेसम्म अमेरिकामा अध्ययनका लागि बसेका नेपालीहरुले कालो झन्डा देखाइरहे । नेपाली विद्यार्थीहरुको हातमा रहेको व्यानर र प्लेकार्डमा चुनावको सम्मान गर, विधिको शासन कायम गर,नागरिक सर्वोच्चता कायम गर भन्ने नारा मात्र लेखिएका थिएनन, माओवादी अजारकता(अराजकता लेख्न खोजिएको होला तर अजारकता भएछ ) भन्ने प्लेकार्ड पनि देखिएका थिए ।

कसैले कालो व्यानर बोकेका थिए भने कसैले कालै कपडा लगाएर आएका थिए । यो विरोध कार्यक्रमको आयोजना अमेरिकामा खुलेको नेपालीहरुको कुनै संगठनद्धारा भन्दापनि न्युयोर्कमा रहेको कोलम्बिया ,न्युयोर्क,फोर्डड्याम लगायतका विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थीहरुले विरोध कार्यक्रमको आयोजना गरेका थिए ।
नेपालीहरुले बोकेका प्लेकार्डमध्ये एउटामा लेखिएको नारा चै बढो घत लाग्दो लाग्यो । त्यहां लेखिएको छ–
आगो ताप्नु मुढाको गयो जमाना बुढाको ।
नयां नेपालको खांचो नौलो सोचाइको हातमा सांचो
त्यस्तै अर्को छ–
ज्ञानेन्द्रले जानेन, प्रचन्डले मानेन
गिरिजा माकुनेले पाको चान्स
परराष्ट्रमा सुजाताको डान्स
राम राम राम

कार्यक्रममा बलिदान चलचित्रको लोकप्रिय गित गाउंगाउंवाट उठवाटवाट शुरु गरिएको थियो भने समापनमा पनि त्यही गीतवाट गरिएको थियो । नागरिक सर्वोच्चताको बहानामा नेपालमा माओवादीले शुरु गरेको कालो झन्डा संस्कृती अमेरिका पुगेको हो कि भन्ने आशंका भएपनि विरोध प्रर्दशनमा उत्रिएकाहरुको हातमा रहेको ब्यानर हेर्दा यो संविधान निर्माणमा भइरहेको ढिलाई र नेपालमा बढ्दै गएको अराजकता र अस्थिरताको विरोधमा अमेरिकामा रहेका नेपालीहरु नेपालका प्रधानमन्त्री माधव नेपालको ध्यानाकर्षण गराउन पार्कमा उत्रिएको देखियो ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
























PrAKASH Humagain said
am September 30 2009 @ 3:09 PM
ओई केपी दशै भरि रक्सीमा मस्त भइस् कि क्या हो । तेरो ब्लग एकदमै सुस्तायो है । यश्स्तो पारा हो भने ब्लग चलाउन छोडिदे यार । कम्तीमा पनि दिनमा एउटा समाचार अपडेट नगर्ने हो भने तेरो ब्लगको कुनै अर्थ छैन । हेर त माई संसार को क्रेज .
Keshab Ghimire said
am September 30 2009 @ 3:13 PM
यिनीहरुको कुरा यिनीहरुले नै जान्ने छन् हामीले बुझ्न सकिने रहेनछ , हैन यो राजनीति भनेको पैसा कमाउन खेल्ने खेल हो कि जस्तो छ | जुन जोगी आएपनि कानै चिरेको, प्रचण्ड आए के के न गर्लान भनेको त जनता दुखमा नै रहे महंगी बढी नै रह्यो, सबै तिर दुख नै दुख मा नै छाडेर गए, माधब आए येनिले पनि देसको ढुकुटी रित्याइसके, जनतालाई सधै सास्ती नै हुने भो .
Death to Terriorist said
am September 30 2009 @ 10:43 PM
Prakash jee
I second your comment. KP is too slow to update his blog.
Anti YCL said
am October 1 2009 @ 3:06 AM
Kati dherai manche rahechha..I thought there will be one or two person but I could see there are around 10-12 people. Better than expected.
अनोज शाक्य said
am October 1 2009 @ 8:32 AM
राजनीति भनेको कहिले पनि नसकिने ओभरटाइम सहित जिन्दगी भरी ग्यारेन्टीहुने काम हो । अनी पैसा कमाउने त भई हाल्यो नि ।
sanjeev adhikari pokhara bhindabari said
am October 1 2009 @ 7:19 PM
pasupati ma na pujari kutai na ta sthaniya bata bhayako ho
na amerikama kalo ghanda bidharthi le dekhayaka hun sabai maobadi kai den ho