सेड्युल मिस भएर हैरान भइयो

जव वर्डप्रेसको २.६.५ भर्सन अपडेट भयो तव यो सेड्युल सिष्टम गडबडी भएर हैरान छ । सामाग्रि ड्राफ्ट र सेड्युलमा राख्ने सुविधा दिएपनि सेड्युलमा राखेको सामाग्रि प्रकाशित हुन्न । के भएछ भनेर हे¥यो भने सेड्युलमा राखिएको सामाग्रि मिस भयो भन्ने शन्देस राखिएको हुन्छ । यो समस्यावाट हैरानै भइयो ।
कुनै काम विशेषले अनलाइनमा बस्ने सम्भावना नभएको बेला सामाग्रि जुटाएर सेड्युलमा राख्दा ब्लग नियमित अपडेट हुन्थ्यो । जसका कारण ब्लग भ्रमणमा आएकाहरु रित्तो हात फर्कनु पर्दैनथ्यो । अनी निरन्तर ब्लग भ्रमणकर्ताको संख्या पनि घट्दैनथ्यो । विवाहको बेलामा करिव १० दिन ब्लग अपडेट गर्न नसक्दा भ्रमणकर्ताको संख्या ह्वात्तै आधाको हाराहारीमा पुगेका थिए । अनी यो दशैमा पांच दिन ब्लग अपडेट गर्न नसक्दा त्यही भयो । भ्रमणकर्ताहरुको संख्या आधाको हारहारीमा पुगिसकेछ ।
समस्याको समाधानको खोजी गर्दै वर्डप्रेसफोरममा पुग्दा त्यहां पनि यस्तै गुनासाहरुले भरिएको रहेछ । म मात्र हैन यो समस्याका सिकारहरु अरुहरु पनि टन्नै रहेछन । उनीहरुका समस्या पनि उही रहेछ । फोरममा गुनासाहरु मात्र हैन समस्या समाधानका उपाय पनि दिइएको छ । तर ति कुनैपनि उपायले काम गरेन ब्लगमा ।
एउटा उपायमा वर्डप्रेसको ८.४ को भर्सन सुस्त भएका कारण समस्या आएको दावी गर्दै corn.php फाइलमा सेड्युलका लागि राखिएको सामाग्रिको समय ०.०१ राखिएको समयले गडबड भएको दावी गर्दै ०.०१ लाई २० बनाउन सुझाव दिइएको छ । भने अनुसारै गरे । तर समस्या समाधान भएन ।
कसै कसैमा २.८.४ भर्सनमा रहेको worn.php फाइलको साटो २.६.५ को corn.php फाइल लगेर ओभर राइट गर्ने हो भने समस्या समाधान हुन्छ र सेड्युलमा राखिएको सामाग्रि प्रकाशित हुन्छ भन्ने सुझाव दिइएको पनि पाए । सुझाव अनुसार प्रयास पनि गरे । तर भएन । फिटिक्कै भएन ।
समस्याको हल खोज्दै जांदा सेड्युलमा राखिएको सामाग्रि मिस भयो भने खोजेर प्रकाशित गरिदिने प्लगइन पनि भेटे । त्यो पनि राखे । तर त्यसले पनि समस्या समाधान गरेन । जसका कारण दशैका लागि सेड्युलमा राखिएका ५ वटा सामाग्रि प्रकाशित नै भएनन र ब्लग पांच दिन अपडेट हुन सकेन ।
त्यत्ति प्रविधिको ज्ञाता परिएन । परेको समस्या समाधानका लागि कि फोरमको सहयोग लिने हो । तर, भनेजति सबै उपाय लगाउंदा पनि समस्या समाधान हुन सकेन । के गर्ने होला ??
© 2009, हाम्रो ब्लग. All rights reserved.

























aakar said
am October 1 2009 @ 6:06 PM
no idea kp sir…have to ask to some word-press engine expert.hope it will solve soon.
Keshab Ghimire said
am October 3 2009 @ 7:53 PM
खै अहिले त मैले wordpress use नै गरेको छैन . यसको बारेमा सर्च त गरेको हो मैले पनि तर केहि कामलाग्ने बिबरण फेला परेको छैन अझै सम्म |
madanAD said
am October 5 2009 @ 11:21 AM
मेरो पनि अहिलेको रिसेन्ट भर्सनमा उस्तै समस्या छ
shivraj said
am April 19 2010 @ 2:01 PM
thapakka online ma baser update garne purano kura schedule ma rakher manchhe jhukkaune ??
dhiraj said
am April 20 2010 @ 9:05 AM
श्री पशुपतिनाथले हाम्रो कल्याण गरुन भन्ने शब्द सायद तपाइले विसर्िसक्नु भएको छैन होला नै । आराध्यदेव भगवान श्री पशुपतिनाथको कृती र भक्तिभावका कारण उनले सबैको कल्याण गर्ने विश्वास अनुसार नै यो शब्दको प्रयोग भएको हुनुपर्छ । यो शब्द प्रयोग गर्ने संस्थालाइ पशुपतिनाथले समेत कल्याण गरेनन गरेनन आज आफ्नै कल्याण समेत गर्न सकेनन