राष्ट्रपति र माओवादीको बोलचाल खुल्यो

जारी राजनीतिक गतिरोधको अन्त्यका लागि बुधवार नै माओवादीले डा बाबुराम भट्टराईको सयोजकत्वमा पांच सदस्यिय वार्ता समितिको गठन गर्नु,आजै काग्रेस र एमालेका नेताहरुविच गतिरोध अनत्यका लागि गम्भिर छलफल हुनु अनी आजै राष्ट्रपति यादव र माओवादी अध्यक्ष प्रचन्डविच भेटवार्ता हुनुले राजनीतिक घटनाक्रम सकारात्मक विन्दुतिर तिब्रताका साथ अगाडि बढेको स्पष्ट देखिन्छ ।

राजनीतिक गतिरोध सुल्झनुको साटो बल्झदै गएका कारण अब के हुने होला भन्ने चासो बढिरहेको बेला सार्वजनिक कार्यक्रमहरुमा कालो झन्डा देखाएर सामाजीक बहिष्कारको अभियान शुरु गरेको एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड एकाएक राष्ट्रपति निवास सितल निवास पुगेर राष्ट्रपति डा रामवरण यादवसंग भलाकुसारी गरेका छन । राष्ट्रपतिद्धारा प्रधानसेनापति प्रकरणमा चालिएको कदम नागरिक सर्वोच्चता विपरित भएको भन्दै राजीनामा दिएर सत्ताधारीवाट प्रमुख प्रतिपक्षमा आएको माओवादीका नेताले राष्ट्रपतिसंग गरेको यो पहिलो भेट हो । करिव एक घन्टा सितलनिवासमा बसेर बाहिरिएका प्रचन्डको भनाई अनुसार–भेटका बेला राष्ट्रपतिको कदमपछि राजनीतिमा आएको परिर्वतनका बारेमा दुबैको भावना साटासाट गरियो रे । सितल निवासबाट बाहिरिनासाथ मिडियाकर्मीद्धारा घेरिएका प्रचन्ड भन्दै थिए–मैले आफ्नो भावना ब्यक्त गरे राष्ट्रपति ज्युले पनि आफ्नो भावना ब्यक्त गर्नुभयो । हामी दुबैविच जारी राजनीतिक गतिरोध र हिजोका राजनीतिक घटनाक्रमको बारेमा भावना साटासाट ग¥यौ ।’

पक्कै प्रचन्ड राष्ट्रपति निवासमा दशैको टिका थाप्न गएका हैनन नै । न त राष्ट्रपतिले दशैको टिका लगाउन बोलाएका हुन । त्यसैले भेटघाटको विषय जारी राजनीतिक गतिरोधको अन्त्य गरी निकास निकाल्ने नै हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ नै । दशै अगाडिवाट नै ६ महिनादेखी रोकिएको राजनीतिक गतिरोधको ढोका खुल्ला गराउन प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका शिर्ष नेताहरु सक्रिय भएका थिए । तर,उनीहरुको आ–आफ्नै अडानका कारण उनीहरु सहमतिमा पुग्न सकिरहेका थिएनन । तीनै दलका नेताहरु दशैलगत्तै जारी गतिरोधको अन्त्य हुने बताइरहेका थिए भने माओवादीले थप दशै र तिहारको विचमा जारी गतिरोधको अन्त्य नभए थप कडा आन्दोलन गर्ने घोषणा गरिरहेको थियो । यस्तो असहज राजनीतिक वातावरणका विचमा राष्ट्रपति र माओवादी अध्यक्षविच भेटघाट हुनु र मन माझामाझा गर्नु पक्कै उपलब्धीपुर्ण राजनीतिक कदम नै हो ।

जारी राजनीतिक गतिरोधको अन्त्यका लागि बुधवार नै माओवादीले डा बाबुराम भट्टराईको सयोजकत्वमा पांच सदस्यिय वार्ता समितिको गठन गर्नु,आजै काग्रेस र एमालेका नेताहरुविच गतिरोध अनत्यका लागि गम्भिर छलफल हुनु अनी आजै राष्ट्रपति यादव र माओवादी अध्यक्ष प्रचन्डविच भेटवार्ता हुनुले राजनीतिक घटनाक्रम सकारात्मक विन्दुतिर तिब्रताका साथ अगाडि बढेको स्पष्ट देखिन्छ । मुल कुरा भनेको अब असहमतिका गांठाहरु कसरी खुल्छन र यसका लागि क–कस्ले के–के त्याग गर्नुपर्ने हो त्यो मात्र हो ।

राजनीतिक घटनाक्रममा तिब्रताका साथ फेरबदल हुनुमा माओवादीले सेना चलाउने अभियानमाथि राष्ट्रपतिले गरेको हस्तक्षेप नै प्रमुख कारण हो । अनी माओवादी प्रमुख प्रतिपक्षमा बसेर निहु खोजिरहेको विषय पनि राष्ट्रपतिको कदम नै हो । उ सदनमा राष्ट्रपतिको कदमको बारेमा बहस गराएर राष्ट्रपति दोषि हो भन्ने तथ्य स्थापीत गराउने अभियान सक्रिय छ भने राष्ट्रपति लगायत अन्य ठुला दलहरु राष्ट्रपतिको कदमको बारेमा सदनमा छलफल प्रवेश गराउनै नहुने पक्षमा अडिग देखिएका छन । गतिरोध अन्त्यको मुल गाठो पनि यही नै हो । अनी गतिरोध अन्त्यका लागि सहमति गर्नुपर्ने विषय पनि यही नै हो ।

त्यसैले प्रचन्डले उदार मनमा साथ सडक र सदनमा बबन्डरलाई निरन्तरा दिनुको साटो उसको दृष्टीमा जोवाट समस्याको उत्पत्ति भएको छ उ संगै भेटेर मन माझा माझा गरेर छलफलको माध्यमवाट समस्याको निकास खोज्ने प्रयासको थालनी गर्नु अत्यन्त सकारात्मक कदम हो । यो कदमवाट माओवादीले आफुलाई जिम्मेवार राजनीतिक दलको रुपमा उपस्थित गराउन सफल भएको छ । जसरी माओवादीले राष्ट्रपतिसंगको बन्द बोलचाल खुल्ला गराएको छ त्यसरी नै जारी राजनीतिक गतिरोध खुल्ला गर्न सकारात्मक पहल गरेमा उसको राजनीति गरिमा बढ्ने छ ।

 

 

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

1 Comment so far »

  1. umesh said

    am October 1 2009 @ 4:09 AM

    aba girija lai president banaune tapai rajinama dinus bhanna gako hola.
    umesh

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree