प्रचन्ड र बाबुरामको विपरित बोली

एकिकृत माओवादीका २ नेता पुष्पकमल दाहाल अनी मोहन बैद्य किरणकाविच समानता भनेको एकै पार्टीभित्र बस्नु सरह मात्र देखिन्थ्यो एक समय । प्रचन्डले जे बोल्थे बैद्य ठ्याक्कै त्यसको उल्टो बोल्थे । प्रचन्ड सेतो भन्थे भने बैद्य सेतो हुन सक्दैन कालोनै हो भनिहाल्थे । तर, प्रचन्डले जुन लाइनमा बोल्थे अर्का प्रभावशनली नेता बाबुराम भट्टराई भने त्यही लाइनमा बोलीहाल्थे । तर,अहिले परिस्थती परिर्वतन भए जस्तो छ । अहिले प्रचन्ड बोली रहेका छन बैद्य मौन छन । तर बैद्यको अभाव खट्किएको छैन । बैद्यको स्थान लिएका छन बाबुराम भट्टराईले ।
राजनीतिमा केही कुरा पनि असम्भव छैन भन्ने त सुनिएको हो । तर अहिले आएर प्रचन्डले एकिकृत माओवादीको अध्यक्षको हैसियतमा जुन राजनीतिक सहमतिको अभियान शुरु गरेका छन बाबुरा ठ्याक्कै त्यसको विपरित हिडेका छन । प्रचन्ड सहमतिको कुरा गर्छन बाबुराम आन्दोलनको कुरा गर्छन । प्रचन्ड सहमति भइसक्यो भन्छन उता बाबुराम सहमतिको नाटक मात्र हो,कुनै हालतमा सहमति हुनसक्दैन भन्छन । आखिर यि दुइ नेताको बोली किन ठ्याक्कै विपरित ? आश्चर्य यसमै छ ।
आइतवार एमालेको गुलियो चियापान कार्यक्रममा भेला भएका कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला,माओवादी अध्यक्ष प्रचन्ड अनी एमाले अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री माधवकुमार नेपालले एकै स्वरमा सहमतिको वाता गरेर मिति नै तोकिदिए २१ गते । त्यसमा हां मा हां मिलाएका थिए प्रचन्डले नै । तर, आइतवारै गुल्मी र कपिलबस्तु पुगेका माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले दुबैतिर भनिदिए–कुनै हालतमा पनि सत्ता कब्जा गरिन्छ भनेर । उनले अहिले जुन सहमति भनेर तीन दलका नेताहरु हिडिरहेका छन त्यो केवल भ्रम मात्र हो समेत भन्न भ्याइसकको छन ।
बाबुराम देशव्यापी सभामार्फत आन्दोलन आन्दोलन भन्दै हिडिरेतापनि प्रचन्डले पनि सहमति सहमति भन्न भने छाडेका छैनन । उनले सहमतिका लागि आफ्नो प्रतिवद्धता ब्यक्त गर्दै राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन । उनले सोमवारमात्रैपनि प्रधानमन्त्री माधवकुमार नेपालसंग भेट गरी जारी राजनीतिक गतिरोधको अन्त्यका विषयमा छलफल गरेका छन । अनी सोमवारपनि बाबुरा भने सहमति भ्रम मात्र हो तिहारपछि आन्दोलन गछौं गछौं भन्दै हिडिरहेका छन नै ।
यसले आखिरमा माओवादी सहमतिको पक्षमा हो कि आन्दोलनको पक्षमा हो स्पष्टै भएन । अब हुनुपर्ने त प्रचन्डले जे गरीरहेका छन त्यही नै हो । राष्ट्रपति डा रामवरण यादवसंगको भेट लगत्तै उनले राजनीतिक सहमतिका लागि जुन रुपमा काम गरेको देखिएको छ त्यो त सहमतिको पक्षमा सकारात्मकै देखिएको छ । अब हैन माओवादी अहिले इमान्दार रुपमा सहमतिका लागि आएको हो भन्ने हो भने जुन रुपमा उनकै पार्टीका दोस्रो स्थानमा रहेका नेता बाबुरामले आन्दोलनका लागि जुन कुदाइ गरिरहेको छ त्यो हेर्दा माओवादी सहमतिय राजनीतिको पक्षमा हैन आन्दोलनको पक्षमा छ भन्ने देखिन्छ । अब हो चै के भन्ने ? माओवादी सहमतिय राजनीतिको पक्षमा इमान्दार छ भन्ने कि माओवादी सहमति सहमति भनेर राजनीतिक दललाई भ्रममा पारेर आन्दोलनलाइ बलियो बनाउने खेलमा जुटको छ भन्ने ? कि अहिले माओवादीभित्र माओवादी अध्यक्ष प्रचन्डले बोलेको कुरा उनका अन्य नेताले टेर्न छोड्छन भनेर निष्कर्ष निकाल्ने ?
© 2009, हाम्रो ब्लग. All rights reserved.
























Devendra Acharya said
am October 5 2009 @ 9:40 PM
I smell something fishy… ^_^
Samarpan said
am October 5 2009 @ 10:10 PM
Maoabadi ko bharosha garna hunna. yini haru COngress ra UML bhanda pani thula dhokhebaj ho
radical_democrat said
am October 5 2009 @ 11:04 PM
यो राजनीति हो ! राजतंत्र फ्याकेको घोषणा गर्नु अघि गिरिजा र सुजाताको बिचको कुराहरुपनि यसरी नै बाझियेको जस्तै देखिन्थ्यो ! सुजाता बेबी किंगको कुरा गर्थे भने गिरिजा राजतंत्रको पूर्ण नष्ट गर्ने कुरा गर्थे ! कटुवाल काण्डमा गिरिजा कटुवालको पक्षमा र खड्काको बिपक्क्षमा देखिन्थे भने सुजाता खड़कालाइ सेनापति बनाउने पक्षमा भएको संकेत दिदै हिद्ठे !
बाबुराम र प्रचंड एक सिक्काका दुई पाटाहरु हुन ! बाबुराम र प्रचंडको कुरा बाझियेको जस्तो देखियेपनि त्यों एक अर्काको परिपूरक हो ! नेपालमा भ्रष्ट र फताह प्रजातंत्रबादी भनाउदोहरुको हालको जग ( सपोर्ट ) भनेको कटुवाल जस्तो regressive पुरातनबादी र ऋषि धमला जस्तो अपराधी फताहहरु हुन !
प्रचंड र बाबुरामको दुई बिपरीतकुराको छर्लन्ग अर्थ के हो भने राष्ट्रपतिको असंबैधानिक र अर्को राजा बन्ने कदम सच्याय प्रचंडले भने जस्तै सहमती गर्ने र ठुलो दलको रुपमा “प्रजातांत्रिक बिधि अनुरूप” माओबादीको नेतृत्वमा राष्ट्रीय सरकार गठन गर्ने अन्यथा बाबुरामले भने जस्तो अंतिम आन्दोलन गरेर यी भ्रष्ट, फताह र सांसदको मासु बेचने बगरेहरुलाई जरै देखि निर्मूल पार्ने अनि नया grassroot र समाबेशी डेमोक्रेसीको जग बसाउने !
२०४६ र २०६३ सालको जन-आन्दोलनलाइ ब्यक्तिगत रुपमा नियाल्दा, जनताले खोजेको परिवर्तनको चाहनालाइ ति आन्दोलनहरुबाट ब्यक्त गरेको येथार्थलाइ हेर्दा, नेपाली कांग्रेस र एमाले लगायेतका बांकी सम्पूर्ण दलहरुलाई ज्ञानेंद्रको शासनको बिरुद्धमा जनताले साथ नदिएको सत्यलाइ हेर्दा र संबिधान सभाको चुनाबको जनादेशलाइ केलाउदा, म ११० प्रतिशत बिस्वस्त छू की माओबादीले अंतिम आन्दोलन गर्यो भने यी प्रजातंत्रका मकुंदोधारी श्यालहरु एकदम सजिलै फ़्याकिन्छन ! यदि त्यों अवस्थामा राजनीति पुग्यो भने माओबादीको हार्ड-लाइनरहरुले एकतत्र र अधिनायेकबादी राज गर्ने अति संभावना रहन्छ ! हालको माओबादी नेतृत्वले चाहेको, सामाजिक र आर्थिक न्याय र रूपांतरण सहितको समाबेशी लोकतंत्र मात्रै हो तर भ्रष्टहरुको कु-बुद्धिले माओबादीलाइ भए-भरको सुम्पिने बातावरण बन्दैछ ! यी भ्रष्ट मकुंदोधारीहरुको बेलैमा बुद्धि पुगोस !
madanAD said
am October 5 2009 @ 11:17 PM
its politics !!
Samarpan said
am October 5 2009 @ 11:32 PM
Ma pani maobadi ko supporter bhayeko bhaya maobadi hareko naramro kaam ko ramro bislesshan garthe. Manche mare pani sahi bhanthe. Maobadi lai jahile pani ramro bhanthe. Tara ma yahan arko ekjana bujruk jasto maobadi ko tattu hoina tyasaiale maobadi harek naramro kura lai chahine bhanda logic lagayera jayez bhanna chahanna.
Anti YCL said
am October 5 2009 @ 11:34 PM
What a example you presented Mr R democrat. You dont have any other people except for Kujata and GIRI-ja to justify your masters PKD and BBD.
sanjeev adhikari pokhara bhindabari said
am October 6 2009 @ 12:04 AM
parchande ta yasai pagal ho
baburam ni boulau6
Eklavya Sharma, said
am October 6 2009 @ 12:25 AM
Radical Democrat ,
I have been reading your comments for 3/4 months. Your words are like sword. Your rhetoric is mind blowing ( I am saying just rhertoric not truth- truth seen through one eye, analyise through one dimensional perspective of ultra liberal extreme left views which succeeds nowhere ). I agree with half of your comments. But I don’t understand what happens to your profound understanding of Nepalese politics, to your facts, data and evidence when it comes to seeing Prachanda & Company-Maosits. For me if Grija/Sujata Co are symobols of corruption then Prachanda/Co too are band of criminals. The single “Lauda kanda” was enough for Grija to never come to power agian and likewise single Prachand expousure of the video tape is enough for him to never came to power again if Nepal has been some developed country. As one poet said try to cleanse you door of perception, it seems you have completely clsoed yourself up with Maoist’s coocon and only see things through narrow clinks of Moaist cavern. There are still too many people in Nepal who discards Grija, Dueba, MKN, and old party etc but follows norms of democracy,liberty and freedom. But their alternate can never be Maoist and Prachand and Co.
Anti YCL said
am October 6 2009 @ 12:32 AM
Eklavya ji
I have been repeating same thing since last few days that he need to see thing through crystal clear glass intead of Maoist dark glass. But you cant expect one to change when he is completely subdued by ones ideology and behavior, no matter whether they are right or wrong.
Shailesh Limbu said
am October 6 2009 @ 4:07 AM
Well said Eklavya jee.
NaBeEn said
am October 6 2009 @ 6:51 AM
आफु हरु बीच नै एस्तो मतभेत छ ? न कुनै उदेश्य छ, न कुनै गन्तब्य यस्तै हो भने मावोबादी पतन हुने पक्का छ !!
radical_democrat said
am October 6 2009 @ 11:23 AM
काही नभएको प्रजातंत्रको जात्रा म्यानह्याटनमा भने झै संसदिये भनाउदो पार्टीहरुले संसदमा बहस गर्न रोकेर प्रजातंत्रको मुकुन्दो राम्रै लगायेका छन ! दोस्रो कुरो, सत्ता कब्जा गरेर अधिनायेकबाद लगाउन खोजेको छ भन्ने पार्टी संसदमा बहस गरौ भन्दैछ र संसदलाइ सार्वभौम बनाऊ भन्दैछ !
न त संबिधान सभाको चुनाबको नतीजा rhetoric हो ! न त ज्ञानेंद्रले मकुंदोधारीहरुलाइ लाइन लगाएर जेलको चिसो छिंदीमा कोचेको rhetoric हो ! न त २०४६ र २०६३ सालको आन्दोलनमा जनताको परिवर्तनको चाहना rhetoric हो ! अब जनताहरू त्येती गोब्रे छैनन जति हिजो सोचिन्थ्यो – सबै बुझेका छन ! खैरेले अमेरिकामा, यूरोपमा र आस्ट्रेलियामा भिकारी नेपाली भनेको नसुने जस्तै गरेर भिकारी देशको पूंजिबादी भई टोपल्नु मुतको न्यानोको आनंद लिनु जस्तै हो ! काम र दाम खोज्न नेपाल छिरेका भारतीहरुलाई नेपालीहरुले कुन रुपमा कु-ब्यवहार गर्छन अमेरिकाको बैंकमा डलरमा खाता खोलने सबैलाइ थाहा छ्दैछ !
१) सन १७७५ मा George Washington को नेतृत्वमा शुरू भएको ब्रिटिश उपनिबेश बिरुद्धको american revolution कुनै दही-चिउरा खाएर भएको थिएन ! कुल मिलाएर ५२,००० हजार मान्छेको ज्यान गएपछि बल्ल अमेरिकीहरुले ब्रिटिश साम्राज्यबाट मुक्ति पाएका थिए !
२) सन १८६१ मा Abrahm Lincoln को नेतृत्वमा शुरू भएको काला जातीहरुको दासता बिरुद्धको american civil war कुनै हलुवा-पाऊरोटी खाएर भएको थिएन ! नर्थ र साउथको गरेर ६ लाख अमेरिकनहरुको ज्यान गएपछि बल्ल काला जातीहरु दासताबाट मुक्त भएको थिए !
माओबादीको शक्तिलाइ गिरिजा र माकुनेले गुहार्न नगएको भये आजसम्मपनि यी मकुंदोधारीलाइ ज्ञानेंद्रले र धर्म-भाई रुकमांद कटुवाल (अजय पि नाथ) ले चिसो छिडीमा लम्पसार पारेर राखेको हुने थियो ! अहिले आएर प्रजातंत्रको र क्रिमिनलको lecture दिंदा हासो फुट्छ ! रुकमांद कटुवालको जय-जयकार गर्ने प्रजातंत्रबादीहरु जस्तो लाक्षी र हिजडा को हुन सकला ?
त्यसैले सन १८२० मा जन्मेका प्रख्यात अमेरिकी शिक्षाबिद Austin Phelps राम्रो उक्ति दिएका छन:- “पुरानो कोट लगाऊ तर नया किताब किन !”
umesh said
am October 6 2009 @ 3:55 PM
@radical_democrat:
“पुरानो कोट लगाऊ तर नया किताब किन !”
yo bhanai “thoro” ko haina re bhaneko. taha nabher sodheko ho hai.
Eklavya Sharma, said
am October 6 2009 @ 8:35 PM
CA result gave mixed mandate to political parties. It gave Maoist a big chunk of pie but not majority because people were not sure about their intentions. Four members out of 11 eligible voters of my own family voted for Maoist despite our ideological differences. Why? For two reasons:
1. We want to end Maoist’s brutality at any cost. So we forgot and forgave everything.We were thirsting for peace at any cost. However now it seems our assumptions were wrong.
2. Pro 2046 parties did not deliver what they promised but continue same corrupt bureaucratic ruling way. So we just wanted to see what Maoists are up to.
This is the story of not my family but the families of entire nation. Many people voted Maoist despite their ideological difference, out of confusion and gave them some benefit of doubt. And what Maoist did? They continue the same act of brutality, terrorizing people, capturing other’s property, vandalizing their people who do not agree with them to the point of death.
CA also gave a very strong opponent to Maoist to check and balance the system. But Maoist behave as they got 2/3 votes and as all people follow their ideology.
You are justifying the death of above 14000 people who died in vain and the suffering of their family giving examples of US revolution saying death of 52000 and US civil war with death of six hundred thousand as if death is essential factor for change. This is your problem. In Pro democracy era none of the Nepalese has been exploited to that extend British did to their subjects of 13 former American colonies. Neither Nepal had ever been in history practicing such cruel system of slavery as pre 1860’s America. The Maoist revolution in nothing but Macbethean ambition of people like Prachanda to be another Kim Il or Castro however disguised in its pseudo form of “janata ko mukti”.
You mentions George Washington and I think you too are familiar with the fact that Washington owned over 300 African slaves and his wife Martha owned over 80 slaves during those days. And none African Americans today go and demolished Washington statues anywhere on that ground or any African Americans leaders stirred their brothers and sisters emotion to do so. Why ? Because you can’t judge a person of one time through ideological lens of another time. Likewise, what Moaist did to P N Shah’s contributions. It is as oblivious as sunrise in the morning that Nepal as a nation would never has been existed if there were no P N Shah but we were now might be singing jan-man-gan. But unlike African Americans what Maoist did to PN Shah,- just stir people’s emotion to gain short term benefits.
Likewise going back to Abraham Lincoln and emancipation of slavery do not misguide people to verify blood is essential for change. Moreover, I know you know better than me reading your comments that the real case of American Civil War was not to free slaves but economics – whether to work as per industrial north agenda or rural southern way where slavery was needed must. In Nepal as Maoist said there was never been any sort of any exploitation to poorer of the poorest and the most backward race, caste, ethnic people etc even closer to half what European did to Africans or even among themselves. Maoists are just exaggerating the case to cash them politically.
The reasons why Prachanda is their in the high podium is because of
1.King G greed of money power and ambition.
2. Girija greed to own noble prize
3. Shift in India’s policy to maintain King as power nucleus and bargain with other players as per their interest.
Etc
Otherwise the Prachanda’s faith would have been the same as Abimael Guzman and Maoist would have gone to the direction of The shining Path of Peru if Girija , king and old parties had played their cards right. In fact Prachanda was closer to king G and getting his full blessed, without king G realizing the fact that the weaponry that king used to destroy old parties fell heavily on his own neck first.
There are not only worlds of Mao Red Book, Marx-Engels, Prachanda-Baburam, Gorky and Castro but of Shakespare, Devkota, BP, Keynes, Orwell, Carnegie etc too. Sometimes it better to give some time to know this too instead of all those Moaist’s craps.
Anti YCL said
am October 6 2009 @ 9:32 PM
Hats off you EKlavya jee for the way you responded BLINDDDDDDDDDDD Supporter of Terriorist R Democrat. Maybe R D didnt loss anyone during so called Peoples war, thats why he couldnt feel the gravity of the losing somones parents, brother and sister. Afterall he was enjoying his luxurious life in somwhere in USA.
radical_democrat said
am October 7 2009 @ 1:26 AM
Yes, you are absolutely correct antiYCL. I along with my extended family did not suffer at all from the Maoist. Because:
१४ औ शताब्दिमा काठमांडू खाल्डोमा झरेको मेरो परिवारहरु पाटनको क्वाबहालबाट शुरू भएर न्यू रोड, डिल्ली बजार, बाघ बजार, असन-इन्द्र चोक, मखन, ठमेल, ज्ञानेस्वोर, पशुपति एरिया र चाबेल आदिमा फैलिएको छन ! बांकी केही पाल्पा र बुटवलमापनि बसोबास गर्छन ! मेरो जानकारीमा आएसम्म कोहीपनि माओबादीको जनयुद्धबाट प्रभावित भएका थाहा छैन ! कारण स्पष्ट छ : माओबादीले फताह, ठग, कालो बाजारी, “प्रजातात्रको नाम बेचने” भ्रष्ट झोले कार्यकर्ता, पातकी, गाऊमा कालो तम्सुक लेखने मुखिया, शोसक सामंत र धर्मको नाम भजायेर शोषण गर्ने पुरेतहरुलाई ठीक पारेका हुन ! हाम्रो परिवारहरु दुःख गर्ने, मेहनत गर्ने, नियेमको पालना गर्ने, आइडिया लगाउने, प्रजातंत्रलाइ सारमा आत्मासात गर्ने र नैतिक रुपमा पैसा कमाउने बर्गमा पर्छन ! हामीलाई माओबादीसंग के को डर ???
जो फताह छ, जसको बाऊ-बाजेले भ्रस्ताचार र कालो धन आर्जन गरेको छ त्यसलाई मात्र हो माओबादीसंग डर ! चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्नेलाइ अब खै के भनम ?
radical_democrat said
am October 7 2009 @ 3:14 AM
खांटी प्रजातंत्रबादिहरु “द्वैध चरित्र” बोकेका हुनन ! मकुंदोधारी भ्रष्टहरुको मुख्य समस्या भनेकै त्यही हो ! प्रजातंत्र र बिधिको शासन भनेर “गांड फुकने”, अनि सत्ताको खीर-पूरी धोक्न पाउन्जेल “त्यही कुरा” “बिधि हुने” तर प्रजातांत्रिक बिधिबाट नै “खीर-पूरी”को सप्लाई बन्द हुने देखेपछि “त्यही कुरा” कु-बिधि हुने !
“द्वैध चरित्र” का केही झलकहरु:
१) चोर र डांकाले गाऊ-शहरमा लुटपाट मच्चायेर दुःख दिएपछि शान्तिको खातिर त्येही चोर र डांकालाइ त्यों गाऊ-शहरको “पुलिश चौकीको थानेदार” बनाएर पठाएको हो भन्नु जस्तो काइते argument पब्लिक फोरममा आएर दिने हो भने किताब घोक्नुको के अर्थ भयो ?
२) सरकारी आंकडा, र देशी-बिदेशी लेखकहरुले आफ्नो पुस्तकमा जम्मा गरेको statistics ले के देखाउछ भने नर-संहार, ज्यादती, सर्वसाधारणलाइ मारने र बेपत्ता र बलात्कार गर्ने काम शाही नेपाली सेना र नेपाल प्रहरीबाट ६ गुना बढ़ी भएको छ ! त्यों देशी-बिदेशी expert हरुको लिखतलाइ आधार मानने हो भने, जनताले माओबादीलाइ धेरै भोट दिएको कारण यी पूरा गाऊ-गाऊ बलात्कार गर्ने नर-पिचास सेना र पुलिश “फेरी गाउमा नफर्कियोस” भनेर हो ! पुलिश र सेनासंग बदलाको खातिर माओबादिलाई पुरस्कृत गरेको हो ! तर भ्रष्ट मकुंदोधारीहरुले गलत अर्थ लगायेका छन र त्यसैले पतन हुदै गएका छन !
३) किताब पढ्नुको अर्थ मूर्त तथ्यलाइ अमूर्त बनाउनु होइन बरु त्यसको उलटो हो ! CA को mixed mandate को “मूर्त अर्थ” संबिधान बनुन जेल ठुलो दलले सरकारको नेतृत्व गर भन्नु हो ! न की हारेको झोकमा (राष्ट्रपति हुन नपाएको झोकमा) कटुवालको कट्टु फरफरायेर राजनीति भद्रगोल गर भन्नु हो !
४) आहा ! मकुंदोधारीहरु खूब मच्चियेका थिए सम्पति र घर जग्गा फिर्ता गर भनेर अझ रोस्तमपनि घेरेका थिए अहिलेका ८-१० मकुंधोधारी मंत्रीहरु माओबादीको सरकार छदा ! अहिले सम्पति र घर जग्गाको बारेमा चु पनि बोल्दैन ! न त संबिधान सभा अघि गिरिजा प्रधानमंत्री हुंदा सम्पति र घर जग्गाकोको बारेमा यी भ्रष्टहरु एक शब्द बोले !
५क) शान्तिकामी, हतियारको “ह” पनि सुन्न नचाहने र पृथ्वी नारायण शाहको पौरखको गाथा गाउनेले “हेर सरम पचायेर” पृथ्वी नारायण शाहले अति निम्न कोटिको पशाविक र दानवी हिंसा प्रयोग गरेर उपत्यका आक्रमण गरेको तथ्यलाइ पार्किन्सनको रोगीले झै बिर्सेको !
५ख) अमेरिकामा संसारबाट मान्छे ओईरिएको छ ! अमेरिकामा जन्मेको मेरो छोरो आजको १०० बर्षपछि बाच्यो भने अमेरिकी भनेर गर्भ गर्छ न की मेरो बाऊले मलाई अमेरिकामा ल्याएर जन्मायो भने कुंठा गर्छ ! इंडियन कांटिनेंटल अथवा आजको पूरा साउथ एशिया इतिहासको कुनै कालखंडमा एउतै राजनितिक इकाई अर्न्तगत थियो !
६) बिचारा माओबादी ! परिवारको ४ सदस्यले दयाल भोट हालेर ठुलो दल बनाई दियेछ – बिपक्षमा बस्न (कस्तो जोक ) ! के माओबादीले राती युद्धको घोषणा गरेर भोलिपल्ट बिहान हतियार उठाएको थियो ? हिंसा शुरू हुन अघि जनताले झेलेको जायेज मुद्दालाइ शान्तिपूर्वक निकाश खोज्न गरेको प्रयासलाई किन अल्जहैमरको रोगीले जस्तै बिर्सिने ??
७) George Washington को घरमा ३८० जाना दास भएको कुराले कुनै माने राख्दैन ! समाजको बिकास र मान्छेको चेतनाको बिकास अनुसार इतिहासको एक काल खंडमा कुनै एक रुपमा राजनितिक र सामाजिक उथल-पुथल हुन्छ ! George Washington को समयको माग ब्रिटिश उपनिबेशबाट मुक्त हुने थियो भने Abraham Lincoln को समयमा दासताको ऊमुलन ! दासताको उन्मूलन नभए सम्म साउथमा नर्थमा जस्तो औधोगीकरणको संभावना थिएन – मूल कुरो नेपालको सामंतबाद जस्तै दासता नै थियो !
८) महात्मा गांधीको देशमा स्वतंत्र सग्रामपछि हतियार सबै “गंगामा” लगेर किन न बगायेको होला ??? उफ़, अब त nuclear weapons पनि छ क्यारे ???
९) प्रत्येक बालिग़ अमेरिकीहरुको हातमा हतियार राखने अधिकार अमेरिकाको संबिधानले किन दिएको होला ????
सामजिक र आर्थिक न्याय बिना समाजमा हतियारको कल्पना गर्नु मागी खाने भांडो मात्र हो !
radical_democrat said
am October 7 2009 @ 5:22 AM
typo:
सामजिक र आर्थिक न्यायको अभावमा हतियार बिनाको समाज कल्पना गर्नु मागी खाने भांडो मात्र हो – आफ्नो कालो करतूत लुकाउन, र समाजमा एक तर्फी शोषण गर्न !
—————————————————–
काठमांडू उपत्याकामा आक्रमण गर्दा पृथ्वी नारायण शाहको “लुकाइएको” “दानवी” हिंसाको ब्रितान्त यस प्रकार छ !
http://worldnewahforum.com/AN%20ACCOUNT%20OFTHE%20KINGDOM%20OF%20NEPAL.pdf
—————————————————–
जनता धेरै बाठो भईसके — सबै कुरा बुझेको छ — मकुंदोबादी प्रजातंत्रको lecture अब कसैले नठोके हुन्छ !
भ्रष्ट र जाली तम्सुकेलाइ फांसी दे said
am October 7 2009 @ 5:47 AM
RD,
तिम्रो शब्दहरुले यी भ्रष्ट मकुंदोधारीहरुको झोला बोक्नेहरुको मुटुमा तीरले हाने जस्तै हान्छ !
ekalavya sharma said
am October 7 2009 @ 5:47 AM
R D ;
Your comments remind me of scanning through “Janadesh Weekly”. All your comments are nothing but direct mission blogging to promote Maosit. I will adress your views when I have time.
By the way brother, I admit that your have tremendous potential to run newspaper like Janadesh, that but such kind up crap has no value for wider audience.
The last link you posted
THE KINGDOM OF NEPAL
By Father Giuseppe,
Prefect of the Roman Mission
Communicated by John Shore, Esq.
Look who is writing this. Do i assume you are ignorent of the realiability of resources (Who, What, When , How wrote and with what purpose )or it’s just a part of your Maoist propaganda to google everything that fits in within to justify your lies ?
radical_democrat said
am October 7 2009 @ 8:43 AM
I have not read any communitst literatures in my life, be it Karl Marx or Maxim Gorki or Kim or Mao or Castro or Lanin.
Yes, I have read many american writers such as non-fictioners like:
1) Jared Daimond
Nikolas Kozloff
2) Joseph Schumpeter
3) Thomas Friedman
4) Noam Chomsky
5) Amy Chu
6) Malcolm Gladwell
7) Adam Smith
9) Fareed Zakaria
10)Prof. Lok Raj Baral
11)Deepak Thapa
12)Osho
13)ETC….
I guess I was born to be pro-poor.
नेपालको हालको मकुंदोधारी प्रजातंत्रबादीहरुको “कुल-देउता” श्री बिशेस्वर कोइरालाले बरु “कार्ल मार्क्सको” राम्रै अध्येंन गरेको रहेछन भन्ने कुरा प्रमाण तलको लिंकमा भएको बी पि को अन्तर्वार्ताबाट स्पस्ट हुन्छ !
http://www.ekantipur.com/np/news/news-detail.php?news_id=300666
तथापि: बी पि कोइराला प्रति मेरो कुनै पूर्वाग्रह छैन ! नेपाली माटो सुहाउदो “प्रजातांत्रिक समाजबाद” बी पिको मौलिक बिचारको म कदर गर्छु ! तर बी पि र हालको मकुंदोधारीहरु बिच कुनै सम्बन्ध छैन – सिवाय फोटोमा माला लगाउनु बाहेक !
Anti YCL said
am October 7 2009 @ 9:47 PM
RD
SO you mean Maoist didnt kill one single innocent person then tell me were those people killed in Madi were culpirt. HOw bout headmaster killed in Lamjung. I can give you thousands of example. I was also borned and raised in Kathandu just like you and my family are scattered all over the Kathmandu. But I have been to remotes areas of Nepal and I have seen actual scenari how Maoist exploited and killed Inncoent people.
YOu said they killed only Bhrasta people. Bhrasta my foot. You said you didnt have to bear any problem from Maoist not becuase you and your family were innocent, becuase you guys have privildege to live in safe Kathmandu.
Eklavya Sharma, said
am October 7 2009 @ 11:36 PM
You are absolutely right anti YCL.
Majority of Maoist victims were lower middle class and middle class family who rose to few level high than the average villagers because of their hard work and industry or those ones who were members of other parties. They did not touch any high level corrupted individual; in fact they were either protected by Maoist or often they protected Maoists.
This RD does not seem to know any ground reality or is pretending to be asleep but awake or has vested interest in promoting Maoist or a misguided person who grew up only keeping the books of Jared Diamond, Thomas Friedman , Osho etc on bookshelves ( as he claims reading those ) but reading, tasting ,chewing and digesting Janadesh Saptahik, Baburam articles and other Maoist craps
Anti YCL said
am October 8 2009 @ 12:02 AM
Eklavya
I also always pondered why they dint touch people from higher society ( of course not those who are good). The reason is they enjoy extortion and chanda from rich people. They were never touched coz they abide their demand and for those who were poor they got suffer the bump as they dont have enough money to meet Maoist Chanda Atank.
Eklavya Sharma, said
am October 8 2009 @ 12:29 AM
That’s right. Initially they attacked average mostly grasshood level poor peasants supporting NC without even touching Royalist and other panchayati era corrupt people. Royalist and other corrupt people from Panchayat era in fact aided these Maoists. UML’s were indifferent to this fact and never spoke a word against it till Maoist attacked their own party member after couple year of Maoist so called “Jana Yudda”. Maoists shaked hands with these rich corrupt elites as they were one of the biggest financial contributors for their so called Jana Yudda besides the robbed money from banks. Now you can see this truth, how they are red carpeting to welcome their old disguised friends – like Dan Bdr Shahi. Indrajeet Rai, Ramesh Pandey and many more to name. Lower middle class and middle class people who consists of major population of Nepal suffered the most as they were not able either to finance or to support ideologically these Maoists.
Rabi said
am October 8 2009 @ 5:42 AM
Shame of those people who justify the killing of innocent people. You does not deserve to be call human. I wish you were in my place then you would have known what it means to loss your beloved one for not endorsing Maoist idelogy. Radial Democrat you disrespted people killed in Peoples war
radical_democrat said
am October 8 2009 @ 6:11 AM
***********गुलाइ चलाए गंध— भ्रष्टलाइ चलाए प्रजातंत्र !*******
**************************************************
अमेरिकाको स्थापनाको बर्षहरुमा यसका founding fathers हरु ( Benjamin Franklin, George Washington, John Adams, Thomas Jefferson, John Jay, James Madison, and Alexander Hamilton ) को ठाउमा गिरिजा, माकुने, ओली, देउबा, खुमे, गोविंदे, राम चन्द्रे, राम शरने, गच्छेदारे र यस्ता अनगिन्ती मकुंदोधारी श्यालहरु भएको भये आज न्यू योंर्कको/अमेरिकाको हालत आजको नेपाल जस्तो हुने थियो !
यी श्यालहरु अझै नेपालको राजनीतिको सर्वे-सर्वाहरु हुन ! “यिनलाई जनताले प्रशस्त मौका दियेकै हो” ! अब पनि यी श्यालहरुले देश बनाउछ भनेर अर्को नेपालीलाइ फलाक्नु भनेको शेक्स-पियरको किताब घोकेको पशु सरह हुनु हो !
मैना सुनुवारको र भैरबनाथमा बध गरेको ४९ जनाको जीवनको मूल्य जति छ माडीमा बध गरेको र मुक्ति मास्टरको त्येती नै छ ! ज्यादती दुबैतिरबाट भयको छ ! माओबादीको हतियारको प्रयोग “संबिधान सभा”, “समाबेशी”, र “गणतंत्र” जस्ता “मान्छेको मुक्तिको” “मापन” गर्ने मुद्दाहरुकोलागी भएको थियो भने अर्को तिरको हतियार REGRESSION र “यथास्थितिबादको” लागी भएको थियो ! अब कुन-कुन मुद्दाहरु स्थापित भईसके त्यों कसको थियो संसारकोलागी खुल्ला-किताब जस्तै भएको छ !
प्रजातंत्रको lecture जति नै घोकेपनि जनताले दोस्रो र तेस्रो दलको रुपमा राख्छ भने समस्या आफूमा छ अरुमा होइन ! आगामी दिनहरुमा धेरै चुनाबहरु आउदैछ र ति चुनाबहरुमा हामी मकुंदोधारी होइन, घ्यू खाको प्रजातंत्रबादी हौ भनेर प्रमाणित गरे त भइ हाल्यो नि ! थर्मोमीटरले तापक्रम नाप्छ—चुनाबको परिणामले दलको हुत्ति नाप्छ !
गुलाइ चलाए गंध— भ्रष्टलाइ चलाए प्रजातंत्र !
budhiman said
am October 8 2009 @ 6:38 AM
Radical,
You coined a best phrase ever that is the epitome of the other half. Lets say it three times:
गुलाइ चलाए गंध— भ्रष्टलाइ चलाए प्रजातंत्र !
prachande said
am October 8 2009 @ 8:17 AM
ल मरे म त …हाँसो थाम्न सकिन….
गुलाइ चलाए गंध— भ्रष्टलाइ चलाए प्रजातंत्र
जापानीज हाइकु जस्तो ….
Rabi said
am October 8 2009 @ 9:29 AM
अमेरिकाको स्थापनाको बर्षहरुमा यसका founding fathers हरु ( Benjamin Franklin, George Washington, John Adams, Thomas Jefferson, John Jay, James Madison, and Alexander Hamilton ) को ठाउमा Prachanda ra Baburam भएको भय नेपालको हालत North Korea र Cuba को जस्तो हुन्थ्यो होला /
१५००० मान्छे को ज्यानको जिम्मेदार भय पनि जनता ले यिनीहरुलाई मौका दिएको हो तर यिनीहरु ले धोखा दिए. आफ्नो जात त देखाया/
ज्यादती दुवै तर्फा बाट भएको छ भनेर बल्ल तिमीले पनि कबूल गर्यो/ दुवै तर्फबता यानिकी माओबादी बाट पनि / माओबादी ले जना युद्ध सम्भिन्दन सभा को लागि होइन आफ्नो एकतन्त्र राज्य स्थापना गर्न सुरु गरेको हो / यसै सिलसिलामा यिनी हरु ले हजारौ फरक विचारधारा भयका बेकसुर मान्छेहरुको ज्यान लिए. राज्यको तर्फा बाट यिनी हरुको अत्याचार रोक्न प्रयाश भएको हो तर राज्य बाट पनि धेरै मानव अधिकारको हनन भएको थियो/
Gaule said
am October 8 2009 @ 11:20 AM
रयाडिकल डेमो ले मुकुण्डे प्रजातन्त्रबादीहरुलाई दरो झापत दिनु भयो। तिरिमिरीझ्याइ हुन बेर छैन है। खुबै प्रजा+अन्तर (प्रजातन्त्र)हौ भन्दै भाषण ठोक्ने पाजीहरु। मुखमा मात्रै प्रजातन्त्र,बगलिमा उही प्रजामारा हुन र पक्का दुधका साँची बिरालो पनि।
Eklavya Sharma, said
am October 8 2009 @ 9:39 PM
And Rabijee
Who suffered most ?
Poor peasants of villagers, lower and middle class people – lost our beloved friends, brothers and sisters.
For What?
In Vain ; to take care of 600 white elephants from our hard earned tax money, who get paid even for not doing their job.
This is the story of disillusionment of so called “People’s War”.
A war glorifed by people like RD staying right at the bottom of statue of liberty and enjoying the luxury of free society and mark my words “not trying his academic and professional career in his ideologically supposed mecca either Havana or Pyongyang”
Anti YCLi said
am October 8 2009 @ 11:39 PM
I found this relevant comments/question posted in mysansar.
आफ्ना अंग को भैसी नदेख्ने अरुको भुसुनो देख्ने
१) पशुपति मा आफुले भारतीये पुजारी राखेको निर्णय १ कल फोन पनि थेग्न नसकी अब आएन्दा नेपाली पुजारी हुन नपाउने गरि घुंडा टेक्नु र पछिल्लो सरकार ले उसकै निर्णय लाई निरन्तरता दिदा, पुजारी को जनै चुदौने, र महरा ले होइन है भनेर बक्तब्य निकाल्नु नाटक होइन?
२) बाहिर बाहिर बिरोध गर्ने भित्र भित्र ८ औ पटक भारतीय राजदूत लाई भेट्दा नाटक नहुने
३) क्रान्ति करी पार्टी को महंगा गाडी र आर्थिक अनियमितता र परिबरबाद नाटक नहुने?
४) भारत मा बसेर नेपाली क छोरा छोरि मार्ने अनि भारतीय बिस्तारबाद मुर्दाबाद भन्नु नाटक नहुने?
५) नेपाल मा असध्ह्यै क्रान्तिकारी कुरा गर्ने, अमेरिका मा गएर डाक्टर भटराई ले पुजीबादी अर्थ व्यवस्था हो हाम्रो पनि भन्नु नाटक भएन
६)भेटे जातिका नेता ( झलनाथ,गिरिजा, सुजाता, रामचन्द्र,उपेन्द्र, बाबुराम) लाई लौ तलाई प्रधानमन्त्री बनायिदिन्चु भन्दै हिड्ने अनि केन्द्रीय कमिटि को नेता लाई मै हो नि प्रधान मन्त्रि त भन्नु नाटक भएन?
७)जनान्दोलन को दोषी भनि कटुवाल को खेदो खन्ने, लोकमान सिंग कार्की को मा गएर भेट्नु नाटक भएन?
८) दशैं को टिका नलगाउने अनि महापुरण को प्रसाद खान राजा को सल्लाहकार र आयोग ले दोषी ठहराएको लोकमान सिंग कार्की को मा पुग्नु नाटक भएन?
९) हिजो संसदीय दलहरु लाई सिध्ह्यौना राजा संग सहकार्य गर्नु अनि गणतन्त्र का हामी जन्मदाता हौ भन्नु नाटक भएन?
१०) ५० दिन तक माधव नेपाल लाई रास्ट्रपति मा सहमति गरेर ५१ दिन मा कुनै भूमिका नभएको रामराजा लाई उतार्नु नाटक भएन?
११) कम गर्न नसकेर र कार्यकर्ता को चित्त बुझौना नसकेर पद बाट राजिनामा दिने अनि नागरिक सर्बोछ्ता को रट लगाउनु नाटक भएन?
११) मुक्ति प्रसाद अधिकारी , येदु गौतम ,डगौरा, प्रचण्ड ठैब, रामहरी श्रेस्त्य्हा लगाएत का हजारौ निर्दोष नागरिक को क्रुर हत्यारा ले नागरिक सर्बोछाता को रट लगाउनु नाटक भएन?
१२) सत्ता को लागि जे पनि गर्न तयार, हिजो बाबुराम र प्रचण्ड लगाएत हामीहरु स्टेटमानशिप मा जान्छु भन्ने , प्रधानमन्त्री हुन्नौ भन्ने अनि अडान बिपरित रास्ट्रपति मा प्रस्तावित मान्छे प्रधानमन्त्री खान हिड्नु नाटक भएन?
१३) लुटेको करोडौ सम्पति बाट कथ्मन्दु लगाएत सहर मा बंगला घडेरी किन्ने, अनि जनता, जनता, भन्दै रट लगाउनु नाटक भएन?
१४) जग्गा को दलाली गर्ने, हतियार को दुरुपयोग गरि अपराधिक कम गर्ने अनि जनता को मुक्ति को मसिहा बन्नु नाटक भएन?
१५) ठुला ठुला क्रान्ति का बिद्रोह का कुरा गर्नु, जबज हाम्रो पनि सिदान्त हो भन्नु नाटक भएन?
१६) जनता का कुरा गर्ने, सबै परिवार लाई परिबरबाद को चरम नमुना देखाउने नाटक भएन?
१७) गाउघर मा मदिरा जुवा तास बिरोधि भएको स्वांग गर्ने, काठमाडौँ का कैसिनो मा अखडा बनाई अबैध कम लाई प्रोत्साहन गर्नु नाटक भएन?
१८) निजि स्क्कूल को बिरोध गर्ने, अनि आफ्ना छोरा छोरि सहर का ठुला ठुला स्क्कूल मा राख्नु नाटक भएन?
१९) हिजो माधव नेपाल अति असल, सुजाता हरु खराब, आज माधब नेपाल हरुवा,सुजाता, जितुवा, उनकै नेत्रितो मा भए पनि सरकार मा जान तयार? हरि बहादुर थापा, सुर्य सेन ओली , लोक्मंसिंग कार्की सच्चा गणतन्त्र बादी, हैन हो यो उछुर उछुर, नाटक भएन?
prachande said
am October 9 2009 @ 3:33 AM
यी श्यालहरु अझै नेपालको राजनीतिको सर्वे-सर्वाहरु हुन ! “यिनलाई जनताले प्रशस्त मौका दियेकै हो” ! अब पनि यी श्यालहरुले देश बनाउछ भनेर अर्को नेपालीलाइ फलाक्नु भनेको शेक्स-पियरको किताब घोकेको पशु सरह हुनु हो !
prachande said
am October 9 2009 @ 3:34 AM
ल मरे म त …हाँसो थाम्न सकिन….
गुलाइ चलाए गंध— भ्रष्टलाइ चलाए प्रजातंत्र
जापानीज हाइकु जस्तो ….
radical_democrat said
am October 9 2009 @ 7:22 AM
antiYCL ज्यू को १९ बुँदे कार्यपत्रको सम्बंधित निकायबाट येथाशीग्र सुनुवाई होस !
यि १९ बुँदे मुद्दाहरु एउटा दल खोलन पर्याप्त छ ! अब भएका जति सबै बेकम्मा भयेसी राजनीतिको vaccum पूरा गर्न यि १९ बुँदे मुद्दा राख्दै एउटा दल खोल्यो भने हिट खान्छ ल ! ल ल ब्रो, यस्तो मौका फेरी फेरी आउन्न !
Anti YCLi said
am October 9 2009 @ 7:57 AM
Yo blog ma timi bhanda aru ko chha ra Maobadi ko Sambandhit nikaya.
Mero kunai dal haru sanga sarokaar chhaina. Kunai euta dal ko sarokaar rakhne timi nai ho. Aba bhannu pardaina hola timi kun dal ko tattu hau bhanera.
radical_democrat said
am October 9 2009 @ 11:59 AM
हजूरको मुखमा दूध भात परोश !