प्रधानमन्त्रीका यि तीन काम


 बसको अघिल्लो सिसावाट सडकको अवलोकन गर्दै प्रधानमन्त्री नेपाल । तस्विर : माधवनेपालडटकम

  • प्रसुती वेदनाले कालको मुखमा पुग्न लागेकी रुकुम मुसिकोट रातामाटाकी २० वर्षिया कमला चन्दलाई हेलिकप्टरमा हालेर उद्धार गरेर ज्यान जोगाइदिए प्रधानमन्त्री माधवकुमार नेपालले । महेन्द्रनगरको एक कार्यक्रममा सहभागि भएर नेपालगंज फर्किएर उपत्यका आउने तयारीमा रहेका नेपालले जव चन्दको बारेमा जानकारी पाए उनले तत्काल आफु चढ्ने हेलिकप्टरलाई चन्दको उद्धारमा पठाएर उनको जीवन जोगाए ।

  • जनआन्दोलका घाइते काभ्रेका मुकेश कायस्थ र काठमाडौं सतुंगलका विष्णुलाल महर्जनलाई भेट्न प्रधानमन्त्री नेपाल उनकै निवासमा पुगे । घाइतेको निवासमा पुगेका नेपालले घाइतेका परिवारसंग भलाकुसारी मात्रै गरेनन सरकारले दिंदै आएको चार हजार मासिक भक्ता बढाएर १० हजार पु¥याउने प्रतिबद्धताका साथ दुबैको उपचार प्रकृयालाई अगाडि बढाउने वचन समेत दिएका आए ।
  • उपत्यकाको जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने,शुरक्षा,सरसफाई, यातायात लगायतका विषयमा प्रत्यक्ष अवलोकन गर्न सम्बन्धीत अधिकारीहरुलाई बोकेर बस यात्रामा हिडे प्रधानमन्त्री नेपाल । उनले जिम्मेवार अधिकारीसंग बसयात्रा मात्र गरेनन् यात्रापछि आफ्नो सरकारी कार्यकक्षमा बसेर उपायहरुको बारेमा छलफल समेत गरे ।

हरुवा प्रधानमन्त्रीको पगरीका साथ चरम आलोचना खेप्दै आएका एमाले नेता तथा प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीका रुपमा गरेका यि तीन काम अहिले चर्चामा छन । जारी राजनीतिक गतिरोध अन्त्य गर्न नसकेको, राजनीतिक सहमति जुटाउन असफल भएको तथा सरकारमा बसेर केही उल्लेखनिय काम गर्न नसकेर असफल बनेको भन्दै उनको आलोचना जारी नै छ । यावत विषयहरुमा सफलता पाउन नेपालले कसरत गरेपनि असफल भइरहेतापनि नागरिकको जीवन र भावनासंग गांसिएका विषयलाई नजिकवाट चियाउन प्रधानमन्त्री नेपालले गरेका यि तीन काम कम उपलब्धीपुर्ण भने पक्कै हैन । नेपाल नेतृत्वको सरकारले पाएका सफलताहरुलाइ क्रमबद्ध रुपमा राख्दा यि तीन काम पक्कै पहिलो, दोस्रो र तेस्रो सुचिमा रहनेछन ।

यि कामले नेपाललाई साच्चिकै जनमानसका विच एक असल प्रधानमन्त्रीको रुपमा स्थापीत गराउन महत्वपुर्ण काम गरेको छ र गर्ने छ । हेर्दा सामान्य झै देखिए पनि यि घटना नागरिकको दैनिकसंग प्रत्यक्ष जोडिएका घटनाहरु हुन जसले मानवसंवेदनलाई झ्याप्पै छुन्छ नै  र छोएका पनि छन ।

प्रधानमन्त्रीका यि तीनवटै काम केवल नाटक मात्र हुन भन्ने कोणवाट उनको आलोचना भइरहेको छ नै । मध्यपश्चिममा आएको झाडापखाला रोक्न नसकेर सयौं नागरिकको ज्यान गयो जावो एक महिलाको ज्यान जोगाएर के भयो र ? भन्ने आलोचना पनि नसुनिएको हैन । शसस्त्र द्धन्द्धताका सरकारद्धारा पिडित भएका अनी माओवादीद्धारा पिडित भएका नागरिकलाइ सरकारले वास्तै नगरेको बेला जावो २ जना घाइतेलाइ भेटेर के हुन्छ र भन्नेहरु पनि निस्किएका छन । अनी बुधवार पर्यटकीय गाडिमा चढेर शहर परिक्रमा गर्ने नेपालको कामलाई मिडियामा प्रचारका लागि गरिएको फगत नाटक भन्नेहरु पनि देखिए र सुनिए ।

हो यो सरकार धेरै काममा चुकेको छ । नागरिकको आशा अनुरुपको काम गर्न सकेको छैन सरकारले । नागरिकले यो सरवाट राहतको अनुभव गरेका छैनन यो पनि सत्य हो । तर यि यावत अध्याराहरुका विचमा यि तीन काम उज्यालो प्रकाश भित्र्याउने सफल प्रयास हैनन र ?

अरुका नजरमा हरुवा र नालायक भएपनि रुकुम मुसिकोट रातामाटाकी २० वर्षिया कमलाका नजरमा नेपाल साच्चिकै भगवान बनेर देखा परे । नेपालले जो जोखिममा रहेको उनको ज्यान बचाइदिए । मृत्युको मुखवाट एक नागरिकलाई फुत्त थुतेर ल्याउने काम पक्कै कम प्रशंसनिय हैननै । यो उनले प्रधानमन्त्रीको रुपमा गरेको सबैभन्दा उल्लेखनिय काम हैन र ?

जनआन्दोलनका घाइतेहरु सरकारप्रति निरास बन्दै गएका थिए र छन । लोकतन्त्रका लागि ज्यानको माया मारेर लागेपनि आखिर लोकतन्त्र आएपछि उनीहरुको कुनै मुल्यांकन भएन भन्ने घाइतेका परिवारको रोदन सुनिंदै आएको पनि हो । हिजोका दिनमा जनआन्दोलनका घाइते प्रधानमन्त्री भेट्न निजि निवास र कार्यालयको गेटमा ढुकेर बस्दा पनि प्रधानमन्त्रीसंग भेट हुन नसकेको समाचार प्रकाशित भएका थिए नै । यस्तो अवस्थामा नेपाल आफैं जनआन्दोलनका घाइतेको घरमा गएर उनका परिवारहरुसंग भलाकुसारी गर्नु चानचुने काम हैन । यसले निराश बनिसकेका घाइते र उसका परिवारलाई एउटा ठुलो आत्मशन्तोष दिने छ नै,जनआन्दोलनमा आफुले पु¥याएको योगदानको सरकारले सम्मान गरेको आत्मगौरवबोधले घाइतेको मन पुलकित भयो नै ।

बसमा चढेर सहर परिक्रमा गरेर के माखो मर्छ र भनेको पनि सुनियो । त्यसमा पनि नेपाललालाई नागरिककले पाएको दुखको बारेमा जानकारी नै थियो फेरी किन यो नाटक भनेर आलोचना गरिएको पनि सुनियो । तर,लामो समय वितिसकेको छ नेपालले सर्वसाधारण नागरिकको जीवनसंग प्रत्यक्ष साक्षात्कार नगरेको । २०४६ को राजनीतिक परिर्वतनसंगैको राजनीतिक अवस्थामा प्रवेशपछि उनको सार्वजनिक जीवन बदलियो नै । जसका कारण वास्तवमै नागरिकले दैनिक जीवनयापनका क्रममा कस्ता समस्या भोगिरहेका छन त्यसको प्रत्यक्ष अनुभवको कमी थियो नै नेपालमा । उनले त्यो कमी टुरिष्ट बसवाट काठमाडौं यात्रा गरेर पुरा गर्ने प्रयास गरे । जसको प्रशंसा गर्नुपर्छ नै । यो भ्रमण कुनै दलका नेताको हैन राष्ट्रका कार्यकारी प्रमुख प्रधानमन्त्रीको हो । त्यसैले यसको महत्व विशिष्ट हुने नै भयो ।

त्यसैले हेर्दा यि घटना सामान्य र नाटक समेत लाग्न सक्छ नै । तर, नेपालले अहिलेसम्म नेपालका कुनै प्रधानमन्त्रीले नगरेका सकारात्मक काम गरेका छन । जसको सबैले प्रशंसा गर्नैपर्छ ।

सरकारले पाएको मुल म्यान्डेड अनुसार अहिले काम हुन सकिरहेको छैन । सरकारको मुल म्यान्डेड राजनीतिक गतिरोधको अन्त्य गरी तोकिएको मितिमा संविधान सभा मार्फत नयां संविधान जारी गराउने नै हो । जुन हुन सकिरहेको छैन । तर,प्रयास नै नभएका भने हैनन । राजनीतिक सहमतिको अभियानमा पनि नेपाल सफल हुन सकुन । यही छ जन–जनको कामना ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

7 Comments so far »

  1. Aryan said

    am October 8 2009 @ 10:03 PM

    म एकदमै सहमत छु । सबै कुरा सुरूमा यस्तै लाग्छ । तर यी कुराले दुरगामी प्रभाव पार्छ । जस्तै कमला को ज्यान बचाए पछि नेपालमा एउटा नयाँ सोचाइ अाएको छ, हवाइ एम्बुलेन्सको। अहिले विभिन्न संस्थाले महाँ यज्ञ गरेर त्यस अभियानलाइ सार्थकता दिने प्रयास गर्दैछन । यो भोली पक्कै पनि दुर्गम क्षेत्रका जनतालाइ उपयोगी हुनेछ ।

  2. Buddha Gurung said

    am October 9 2009 @ 12:37 AM

    Yo sab naatakai ho…

    Makune le euta leader(saano tahako) bhaye dekhi nai you kaam garnu parne haina ra? Ahile PM bhayera maatra garne ho ra? Bhagawan Buddha ho ra yo MAKUNE jasle baahirako sansar nai dekheko thiyena? Yesle chappal nalagaaekana rajniti garey dekhi nai thaha chha ki Janatako ra desh ko ke haalat chha bhanera.

    Waaiyaat…

    Tyo Helicopter pathayera uddar gareko ta laaj bachhauna lai ho. Kunai uddarkaari bhaawana bhayera hoina. Uddaar baadi bhayeko bhaye tetro maachhe marna dinthyo sudurpaschimma? Helicopter (free ko maal) napathaaye bhaye ta katro bay-izzat hunthyo tesko ki maanchhele mukhaimaa aayera guhaar maagdaa pani wastaa nagarne bhanera.

    Tesaile yo sabai – part of the Nautanki called Politics ho.

  3. प्रवेश पौडेल said

    am October 9 2009 @ 12:41 AM

    एकदम सहि कुरा !! साह्रै चित्त बुझ्यो ! अब राजनीतिक सहमति पनि जुटाउन सकुन् हाम्रा प्रधानमन्त्रीले !!

  4. Eklavya Sharma, said

    am October 9 2009 @ 12:55 AM

    I agree to that – a cheap popularity stunt. Former Queen/king also did kinds of shows distributing a piece of jeri-swari, few chocolate, a pencil and pen in Balmandir on Bhadra 4. Picked one or two poor orphan out of thousands and educate them like former retired army chief Katwal.

  5. Anti YCLi said

    am October 9 2009 @ 2:11 AM

    I agree with you Eklavya jee
    Its a cheap popularity stunt. He is no better than Prachande and Girija

  6. radical_democrat said

    am October 9 2009 @ 7:07 AM

    NASA is bombing the moon whereas MAKUNE is taking a ride in a tourist coach.

    Is there anything left for him before leaving Baluwatar ?

    http://buzz.yahoo.com/buzzlog/93080?fp=1

  7. sagar said

    am October 10 2009 @ 3:16 AM

    माकुने को नाटक नै बढि के । प्रधानमन्त्री हुन भन्दा अगाडी के ति काठमाण्डुमा नै बस्दै न थे ? जसको घर कोटेश्वरमा छ तेस्ले काठमाण्डु को जाम हेर्ने काठमाण्डु घुम्न पर्नै भयो? कस्तो चित्तै नबुझन्ने कुरो । नाटक गर्ने को पनि हद हुन्छ नि यार । के तिनी प्रधानमन्त्री हुन भन्दा अगाडी काठमाण्डुको फोहोर देखेकै थिएनन् ? ति पहिला कहिले पनि traffic jam मा परेका थिएनन् होला र..जनतालाई ठाडै बेबकुफ बनाउने यार ।

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree