सरर केवलकारैमा

गत आइतवार काठमाडौंको धुवां र धुलोवाट मुक्त हुंन मनकामना मन्दीरतिर घुमघामका लागि गएको थिए । साच्चिकै निक्कै परिर्वतन भइसकेछ मनकामना क्षेत्र । केवलकारको सुविधाले पशुपतिको जात्रा सिद्राको व्यापार भनेझै भगवानको दर्शनपनि अनी केवलकार सयरको मजा पनि जुट्ने गरेको छ यात्रामा । केवलकारको यात्रा, मनकामना मन्दीरवाट देखिने हिमालको शुन्दर दृष्य,अनी मन्दीरको घन्टीको टनटनाटन ध्वनीमा हराउंदा विछट्टै रमाइलो हुन्छ ।

मनकामना जांदाजांदै सडकवाट देखिने केवलकारको लस्कर

केवलकारको तल्लो स्टेशन

केवलकार चढ्ने स्थान । लाइननिक्कै लामो थियो ।

केवलकारवाट डांडा उक्लदै गर्दा देखिएको तल्लोस्टेशन र राजमार्गको दृष्य ।

वाह क्या गज्जप

केवलकारवाट उत्रिएर मन्दीरतिर लम्कनासाथ फुलपसलमा भिडभाड भइहाल्छ । उनीहरु माथि मन्दीरमा महंगो हुन्छ भन्दै तलै किन्न आग्रह गर्छन । कोही कोही त हातै तान्न आउंदा रहेछन ।


आयो मन्दीर । हामी माथि पुग्दा टन्टनापुर घाम लागिसकेको थियो । त्यसको फाइदा भनेको मन्दीर जांदाजांदै मन्दीरको पछाडि निक्कै शुन्दर हिमाली दृष्य देखिइरहेको थियो ।


मन्दीर परिसरमा भक्तजनहरु मग्न देखिन्थे । कोही लाइनमा भगवतीको दर्शन पाउने पखाईमा थिए भने कोही दर्शन सकेर बत्ति बालेर आराधना गरिरहेका थिए ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
























sadayantra said
am November 4 2009 @ 10:59 PM
ati sundar…..beautiful!
Ekalavya Sharma said
am November 5 2009 @ 4:54 AM
Nice pictures – bring back memories.
The real thrill is take a bus to Abukharaini. Take a bath in the Marsyandi river. Cross the suspension brige and walk up hill for 3/4 hours. There you are – Jaya Manakamana Mai !
Santosh said
am November 5 2009 @ 2:34 PM
Kp Bro, Nice foto-bolg.
Cool…….
स said
am November 6 2009 @ 7:55 AM
हाहाहाहा बुढा श्रीमती पछि अब घ्वाक्क परेको छोरा को अपेक्षा गर्दै गएको जस्तो छ ।।।