स्वस्थ होउ कोइराला

अस्वस्थ भएर अहिले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला गंगालाल ह्दयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका छन । लामो समयदेखी विरामी रहेका उनको फोक्सोमा पुन पानी जम्यो रे । हल्लाहरु आएका छन कोइराला स्वस्थ हुने सम्भावना अब केवल १० प्रतिशत मात्र छ । उनका धेरै अंगहरुले काम गर्न छोडेका छन । रगतमा अक्सिजनको मात्रा कम भई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि सभापति कोइरालालाई मंगलबार बिहान अस्पताल भर्ना भएका थिए । चर्चामा आए अनुसार उनी उपचारका लागि सिंगापुर जाने तयारीमा थिए । तर, स्वास्थ्य विग्रिएपछि उनी बिहान १० बजे सहिद गगांलाल ह्दयरोग केन्द्रमा भर्ना भए ।फोक्सोमा लाग्ने क्रोनिक ब्रोङ्काइटिसबाट पीडित कोइराला निरन्तर उपचारमा छन । शहिद गगांलाल ह्दयरोग केन्द्रले मंगलबार साझ एक विज्ञप्तिमार्फत कांग्रेस सभापति कोइरालाको फोक्सोको दमसम्बन्धी पुरानो समस्याका साथै फोक्सोमा संक्रमण भई श्वासप्रश्वासमा कठिनाइ उत्पन्न भएको जनाएको छ । अस्पतालले कोइरालाको रगतमा अक्सिजनको मात्रा कम भएको उल्लेख गर्दै अक्सीजनको मात्रा बढाउनुपरेको जनाएको छ । रोग निदानका लागि थप परीक्षणसमेत भइरहेको भन्दै परीक्षणको नतिजाअनुसार उपचारका सम्पूर्ण विधि सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कोइरालाको स्वास्थ्य खराव भएपछि उनलाई एयरएम्बुलेन्सवाट भएपनि विदेश लैजाने चर्चा समेत चलेको थियो । तर, के भएर हो उनी गंगालालमै छन । नेपाली राजनीतिमा खराव पात्रको रुपमा उनको चर्चा हुनेगरेपनि उनका असलपक्ष नै नभएको भने हैन । अहिलेको अवस्थामा नेपाली राजनीतिमा कोइरालाको आवश्यकता निष्कृय रुपमा भएपनि धेरै छ । कोइराला अब छैनन भन्नुमा र कोइराला निष्कृय भएपनि जिवीत छन भन्नेमा धेरै अर्थ राख्छ अहिलेको राजनीतिमा ।

कोइरालाको अवसानसंगै नेपाली राजनीतिमा नसोचेका परिर्वतन हुने पक्का छ । त्यसैले उनको राजनीतिकयात्राको आलोचकै भएपनि उनको स्वास्थ्य लाभको कामना छ । चांडै स्वस्थ होउ कोइराला ।
 

 

 

 

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

17 Comments so far »

  1. Dpac said

    am November 11 2009 @ 3:03 AM

    चांडै स्वस्थ होउ कोइराला ।….. No we don’t need his presence anymore. The sooner he “goes” the better it is for Nepal’s prosperity.

  2. Raj said

    am November 11 2009 @ 3:50 AM

    Well said, DPAC.
    Girija needs to go to hell ASAP. He made our once peaceful country like a hell. I wish I can bury him alive in TUKUCHA.
    I’ll definitely do a barbeque and toast a champaign on
    the day he die.

  3. sadayantra said

    am November 11 2009 @ 4:37 AM

    नेपाली राजनीतिमा खराव पात्रको रुपमा उनको चर्चा हुनेगरेपनि उनका असलपक्ष नै नभएको भने हैन ।

    Mr. Writer – dont you think that you are the stupid’ est guy in the world saying this sentence?

    read the sentence once again!

  4. prakash Humagain said

    am November 11 2009 @ 4:49 AM

    Malai yo point mun Paryo
    नेपाली राजनीतिमा खराव पात्रको रुपमा उनको चर्चा हुनेगरेपनि उनका असलपक्ष नै नभएको भने हैन । अहिलेको अवस्थामा नेपाली राजनीतिमा कोइरालाको आवश्यकता निष्कृय रुपमा भएपनि धेरै छ । कोइराला अब छैनन भन्नुमा र कोइराला निष्कृय भएपनि जिवीत छन भन्नेमा धेरै अर्थ राख्छ अहिलेको राजनीतिमा

  5. सजिलो नेपाल said

    am November 11 2009 @ 6:22 AM

    “” कोइराला अब छैनन भन्नुमा र कोइराला निष्कृय भएपनि जिवीत छन भन्नेमा धेरै अर्थ राख्छ अहिलेको राजनीतिमा”" -> “राख्थ्यो ” राख्छ होइन ……क्यारमको स्त्रिकरले अर्कै “रानी” रोजी सक्यो, अहिले सम्मको “होमेवोर्क”, तेही vaccum हुन्न नदिन त हो नि, कि होइन भने होइन भनुस ?

  6. Ekalavya Sharma said

    am November 11 2009 @ 9:05 AM

    Sajilo Nepal,

    You’re right. As British PM Churchill demand was finished after World War II in British politics-likewise Girija demand is going drastically downhill- primarily because of his age and political scenaro too.His last power excersie was making of MKN PM and his daughter Vice-PM.

    I wish him to get well soon and spend rest of his life in his hometown Biratnagar leaving politics entirely writing or recording his experiences. Being a central political figure over two decades in pro 1990 era and long struggle against Panchayat, he knows a lot about everything political, foreign interests in Nepal, Indian attitude towards Nepal and how they deal with us, how they manupulate Nepalese politicians towards their own interests.

    It would be great help for future coming Nepalese leaders and whole Nepalese if he shared everything honestly. After all he does not have too much time. Nepal will definately gain something if GPK stops thinking about his daughter future alone and meditate on what happened in Nepal and share unbiasly even forgeting the fact that he is a Congressi but putting himself in the shoe of a Nepali.

  7. नेपाली जनता said

    am November 11 2009 @ 9:55 AM

    ल गिरिजा अब त मर । सबै नेपालीहरुलाई आनन्द हुन्छ । बाचुन्जेल कहिले मर्न नपर्ने जस्तो कुकाम गर्‍यो । अब मर्ने बेलामा के घितघित गरी रहेको ? अरु नेताहरुलाई मर्नु अगाडि बोलाएर नेपाली जनतालाई दु:ख नदिनु भनेर मरेर जानु । अब कहिले पनि त नेपाली भएर नजन्मियोस ।

  8. cosmo said

    am November 11 2009 @ 11:19 AM

    well said sajilo nepal, Ekalavya Sharma..

  9. sanam shresth said

    am November 11 2009 @ 12:03 PM

    i am agree with nepali janata

  10. Santosh said

    am November 11 2009 @ 3:16 PM

    i’m also agree with nepali janata. ;-)

  11. सजिलो नेपाल said

    am November 11 2009 @ 8:55 PM

    मेरो विचारमा “गिरिजा” व्यक्तिलाई भन्दा पनि “गिरिजा प्रबिर्तीलाई” बिरोध गर्नु पर्छ |
    एउटा “गिरिजा” मरे र के भो र ? अहिले हेर्नुस हजारौ “गिरिजाहरु” छन् , यदी गिरिजा प्रबिर्तिलाई हामीले निर्मुल पार्न सके, यी रक्त बिजहरु अरु जन्मने छैनन |

    नेपालमा राम्रा नेताहरु नभका होइनन, ति सबैलाई “पार्टीहरुमा” तल नै सखाप पार्छन | तेसैले “नोकरशाही तन्त्र”लाई परास्त्र गरु, गिरिजातंत्र मुर्दाबाद|

    “स्वाभिमानी नेपाली जिन्दाबाद “

  12. shreehari said

    am November 11 2009 @ 10:34 PM

    गज्जप लाग्यो मलाई गिरिजाका विरोधी देखेर । यि सबै प्रतिकृयावादीका भनाइ पढ्दा नेपाल यो अवस्थामा पुग्नुमा केवल एकजना मात्र दोषि झै लाग्यो । लाग्यो गिरिजाप्रसाद नजन्मीएको भए अमेरिका स्वर्ग नै हुने रहेछ झै । तर यि सब भ्रम हुन । मुलुक यो अवस्थामा पुग्नुमा प्रमुख दोषि केवल माओवादी मात्र हुन । माओवादी महान देख्ने सबै हत्यारा हुन । केवल हत्यारा । माओवादीको जय गान गाउनेहरुका कुनै आफन्त ति माओवादीका बन्दुक वा खुकुरीको सिकार भएका भए बल्ल त्यो चोट पाउथे । माओवादीका नेताको लहडमा मारिएका १३ हजार परिवारका ४९ हजार आफन्तको पिडा यि फन्टुसहरुलाइ के थाहा । यिनका आफन्तलाई मुल गिडेझै माओवादीले गिडेको भए के यसरी समर्थन गर्थे होलान ?
    हत्याराहरु भन्दा भ्रष्टचारी सयौं गुण ठिक हुन । अपराधको दुष्टीकोणमा दुबै अपराध हो । तर ज्यानमारा भन्दा भ्रष्टाचार कमै अपराध हो । त्यसैले भ्रष्टाचारी हो भन्ने आरोपको आधारमा कसैलाइ गाली गर्नेहरु हो मान्छेको रगत चुस्ने नरपिपाशु हत्याराहरु तिमिहरुको नजरमा के भगवान हुन ?
    यो विषयमा सजिलो नेपालको तर्क ठिक लाग्यो । गिरिजा व्यक्तिको हैन प्रबृत्तीको विरोध आवश्यक हो । कांग्रेसमा गिरिजा १० जना होलान माओवादीमा हजार जना छन । त्यो तथ्य यि नरवलीका समर्थकहरुले कहिले बुझ्लान र ?

  13. Shaambhu said

    am November 11 2009 @ 10:39 PM

    निर्दोष नेपालीको रगतमा लट्टिएको प्रचन्ड भन्दा भ्रष्टाचारी गिरिजानै ठिक । प्रचन्डले छोरा प्रकाश च्याप्दा क्रान्तीकारी अनी गिरिजाले छोरी सुजाता च्याप्दा चै प्रतिगामी ? कमसेकम गिरिजाले चोरीका गाडि त चढ्दैनन नि प्रचन्ड आफु मात्र हैन सबै माओवादीका नेतालाइ चोरीको गाडिमा सरर हिडाउंछ । प्रचन्डको समर्थक सबै नरपिचाश हुन ।

  14. Eklavya Sharma, said

    am November 11 2009 @ 11:09 PM

    Shreeharijee,
    You are right. You can associate Girija with corruption of power which was continuation of what had been going on in Nepal since Rana regime, Panchayat era and post 1990 constitutional monarchy period and which is still there. If you delete Girija role after 1990 there would be another Girija – a struggling figure fighting for the ideology that he believed in and who was unwilling to compormise for anything less but his ideology.

    Girija mistake was he let his men like Joshi, Khadka, Joshi,Gachaddar, Gupta , his own daughter malpractice while he was in power but Girija never went to 12 years old child who should be memorizing Pythagoras Theorem in his class and asked him to raise a gun towards so called “Samanti Satha”, to loot bank, kill others who disagree with them.

    In that relative context you should judge Girija.

    Nepal is now full of post 1990 era Girijas but what we need now is pre 1990 Girija.

  15. ma pani nepali nai ho said

    am November 12 2009 @ 5:40 AM

    girijako birodh garne chikne haru ho girija navayeko vaye timiharuko bau prachande muji jati kurliye pani nepalma raja hatne thiyena.

  16. नेपाली जनता said

    am November 13 2009 @ 3:07 AM

    म कुनै पनि राजनीतिक दलसँग आबद्व छुइन । मेरो बिस्लेशणमा माओवादीहरु जङल जानु अगाडि गिरिजाले राजनीतिक तवरले नै समस्या समाधान गरेको भए यती धेरै नेपालीहरु मर्ने थिएन । गिरिजाको भ्रस्त बुद्वी र स्वार्थी(नकचरा ,फताहा ) र अबसर्वादीपनले धेरै नेपालीहरुको ज्यान गयो । आखिरी जे होस गिरिजा मर्छ र मर्नै पर्छ । नेपाल आमाले राजनीतिक क्षेत्रमा यस्ता कुख्यातहरुको प्रबेश नगराओस । आमा नेपाली जनताहरुले पनि देसद्रोही नेताहरुको बिरोध तथा बहिस्कार गर्नै पर्छ ।

  17. MUSKAN said

    am November 13 2009 @ 6:58 AM

    GIRIJA NAVAYAKOVAYA AAJA NEPAL VARAT LA SASAN GARTHYO.NEPALI VARATKA GULAMI VAYARA BASTHA.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree