माओवादीका उदाहरणिय काम

केही सकारात्मक अनी केही नकारात्मक धेरै उदाहरणिय काम गरेको छ माओवादीले । यो आन्दोलनको स्वरुप र संस्कृती त्यही उदाहरणिय काममध्येका एक सकारात्मक काम हो ।

छिटफुट घटना बाहेक सिंहदरवार घेराउ कार्यक्रम शान्तीपुर्ण बनाएर माओवादीले आन्दोलनमा समेत परिर्वतनको संकेत दिएको छ । आन्दोलन भनेको नियम मिच्ने हो, बल प्रयोग गर्ने हो, सडकको विचमा टायरको धुंवा उडाएर यातायात ठप्प बनाउने हो अनी सरकारी सम्पत्तिको सर्वनाश गर्ने हो भन्ने एक प्रकारको कार्यतालीकानै बनेको थियो । तर, दोस्रो चरणको अन्तिम आन्दोलन सिंहदरवार घेराउसम्म आईपुग्दा माओवादीले आन्दोलनका पुराना कार्यतालीका पुरै परिर्वतन गर्दै आन्दोलन भनेको नाचगान गर्ने हो, शान्तीपुर्ण रुपमा सरकारले लागु गरेको नियमको पालना गर्ने हो, तोकिएको स्थानमा जम्मा भएर आफ्नो माग राख्ने हो भन्ने स्थापीत गर्न सफल भएका छन ।

विहिवारको सिंहदरवार घेराउ कार्यक्रम एक स्थान बाहेक सबैतिर शान्तीपुर्ण मात्र भएन एक उत्सव र स्ट्रिट फेस्टिबल समान देखियो । कवि रामेशको चर्चीत गीत गाउं गाउंवाट उठ वस्तीवस्तीवाट उठमा भनिएझै नाच्न जान्नेले नचाए, हसाउन जान्नेले हसाए,बाजा बजाउन जान्ने बाजा बजाए अनी भाषण ठोक्न जान्नेले भाषण ठोके । पेन्टीगं गर्न आउनेले सकडमा बसेर पेन्टिंग गरे । जोसंग जे सिप छ त्यही गरे । साच्चिकै उदाहरणीय भयो माओवादीको दोस्रो चरणको आन्दोलन ।

माओवादी शान्तीपुर्ण प्रर्दशनमा उत्रिने छ भन्ने नै एक अविश्वसनिय बाक्य बनेको थियो । उनीहरु हिंशाप्रेमी हुन र हिंशाविना वाच्न सक्दैनन भन्ने एक प्रकारको उनीहरुको छवी बनेकाले नै माओवादी आन्दोलनलाई ंिहंशात्मक बन्ने पुर्वानुमानहरु भएका हुन सरकार र नागरिकका तर्फवाट पनि । तर,माओवादी नेता, कार्यकर्ता र समर्थक सबैको सामुहिक रुपमा यो छवी केही पखालीएको छ ।

दोस्रो चरणको आन्दोलनको स्वरुपले माओवादी सबै क्षेत्रमा उदाहरण बन्ने प्रयासमा रहेछ भन्ने शन्देस गएको छ । जनयुद्धकालीन अवस्थामा आतंक फैलाउन जसलाइ जसरी पनि मार्नसक्ने शक्तिको उदाहरणको रुपमा उदायो । राजाले कु गरेर सत्ता हातमा लिएपछि हतियारविहीन दलहरुसंग सहकार्य गरेर लोकतन्त्र स्थापनामा सक्रिय भएर एक उदाहरण देखायो । संसदिय राजनीतिमा विश्वास गर्ने दलहरुसित सहकार्य गरेर हतियार विसाएर चाहने हो भने द्धन्द्ध समाधानका लागि आफु–आफु मिले सबै हुन्छ भन्ने उदाहरण देखायो ।

सार्वजनिक राजनीतिमा आए लगत्तै वाइसिएलको गठन गरेर युवाशक्ति जम्मा पारेर दुरुपयोग गर्ने हो भने सहजै समाजलाई आतंकीत बनाउन सकिने रहेछ भन्ने उदाहरण देखायो । संविधान सभामा सबैभन्दा ठुलो दलको रुपमा उदाएर त्रास र आशको राजनीति ग¥यो भने फाइदाहुन्छ भन्ने उदाहरण पनि देखायो । यस्तै यस्तै केही सकारात्मक अनी केही नकारात्मक धेरै उदाहरणिय काम गरेको छ माओवादीले । यो आन्दोलनको स्वरुप र संस्कृती त्यही उदाहरणिय काममध्येका एक सकारात्मक काम हो ।
आमजनमानस माओवादीवाट अर्को उदाहरणिय कामको अपेक्षा गरिरहेका छन । त्यो हो संविधान सभा मार्फत नयां संविधान निर्माणका लागि प्रतिपक्षमा बसेर भएपनि सकारात्मक र सहयोगी भुमिका खेलेर प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने उदाहरण बन्ने । सके त अहिलेको सरकारमा सहभागि भएर सबै दल सत्ताधारी बने झन राम्रो । यदी विविध कारणले अहिलेको सरकारमा जान नसकेपनि अहिलेका यि सबै लफडा नयां संविधान जारी नभएसम्मका लागि थांती राखेर संविधान निर्माण गरी एक असल उदाहरणको पर्खाइमा छौं हामी । तर, के यो सम्भव होला ?
दोस्रो चरणको आन्दोलनवाट आफ्ना मागहरु पुरा नभए तेस्रो चरणको आन्दोलनमा जाने र त्यो आमहड्तालसम्मको हुने माओावदी अध्यक्ष प्रचन्डले घोषणा गरिसकेका छन । सरकारमा रहेकाहरुको बोली सुन्दा तत्काल माओवादीले उठाएका मागहरु सम्बोधन हुन्छन भन्ने संकेत देखिएका छैनन । त्यसैले वार्ता र संवादको बाटो बन्दै भएर कतै माओवादी तेस्रो चरणको आन्दोलनमा प्रवेश गर्ने पो हो कि भन्ने संकेतहरु देखिएका छन । आशा र कामना गरौं सकेसम्म माओवादी तेस्रो चरणको आन्दोलनमा नहोमियोस । चांडै दलहरुविच सहमति होस र अहिलेको राजनीतिक संकटले निकाश पाओस । यदी त्यसो हुन सकेन भनेपनि तेस्रो चरणको आन्दोलनपनि दोस्रो चरणको झै शान्तीपुर्ण र भद्र बनोस ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

29 Comments so far »

  1. Anti YCL said

    am November 13 2009 @ 11:51 AM

    आज चाही Observer ले K P jee lai gali gardaina hola. Garos pani kasari, aja ta KP le Observer ko mai baap haru ko tarif gareko chha.

  2. बेल भक्त said

    am November 13 2009 @ 12:14 PM

    जो कसैलाई पनी राम्रो काम गर्ने चाहना हुन्छनै तर आन्दोलन शान्तीपुर्ण हुने भने सम्भव कमै हुन्छ त्यसैले सरकार ले तत्काल वार्ता र संवाद गरी माओवादीले उठाएका मागहरु सम्बोधन हुनु पर्दछ

  3. Binod Neupane said

    am November 13 2009 @ 1:25 PM

    बधाई छ केपीजी, हिजो र आजका तपाईका लेखहरु पढ्दा तपाई सन्तुलित भएको लाग्यो|
    हार्दिक सुभकामना

  4. knight said

    am November 13 2009 @ 6:27 PM

    Nepali ko buddhi kahile na aaune bho. K shantipurna matra sapai requirement ho ta. Maobadi ko yo andolan euta crimnal act ni ho. Kati manche le dukha paye. Can you imagine this type of andolan taking place in any developed country?

    In UK when Gurkha protested last year they had to take an appointment to British government. British government gave them time and place to protest. No office were closed, no traffic were distrubed, people who has nothing to do with protest didn’t suffer.

    But what happened in Nepal is nothing but a criminal act. One person died in the blokade after being in ambulance for 8 hours.

    NO Andolan can be justified by using the term “SHANTIPURNA”. It is just one of the requirement. But most essential requirment is one should not hamper others democratic rights while practicing their own andolan.

  5. Nepaliko Aawaz said

    am November 13 2009 @ 8:32 PM

    ब्लग भनेको बिचारको चौतारी हो र ब्लगमा ब्लगरले जे देखे र त्यसको बारेमा आफ्नो बिचार के कस्तो छ भनेर उल्लेख गरिएको हुन्छ | त्यसैले पनि ब्लोग्गेर कसैको पक्ष वा विपक्षमा हो भनेर भन्नु गलत हो तर यहाँ धेरै मित्रहरुले कमेन्ट गर्दा फलानो फलानोको पक्षमा वा फलानोको बिपक्षमा भनेर लेख्ने गर्नु भन्दा आफ्नो विचार राखे राम्रो हुन्थ्यो |

  6. Eklavya Sharma, said

    am November 13 2009 @ 9:05 PM

    Knight,

    I agree with Knight but the problem is Nepalese people conscious and intellectual level has not reach to the point you have commented. My children have to cut their school for two days because of this so called Maoist “Shantipurna Andolan”.

    Prachanda’s granddaughter might have secure political future singing in the street without going to school. What about my children? They have to read and write- work out their every blood, sweat, tear and toil to achieve success- after all being born in “Bahun” family, they won’t get any reservations and quotas. That’s what I always tell my children – they can rely on nothing except their hard work. And these Maoist are snatching that working environment from thousands of children like mine through this so called “Shantipurna Andolan”

  7. radicalDemocrat said

    am November 14 2009 @ 3:41 AM

    नेपालमा ठूला-ठूला भनेका मैले २०४६ सालको आन्दोलनमा आफैले भाग लिएर देंखे, एमालेको कर्मचारी आन्दोलनपनि देखे, र २०६३ सालको आन्दोलन पनि देखे तर “मात्र एक पार्टीले” आह्वान गरेको आन्दोलनमा यति बिशाल जनताको सहभागिता र यस्तो शान्ति र सौहार्दपूर्ण आन्दोलन कहिले देखेको थिइन ! २०४६ सालको आन्दोलनमा दरबार मार्ग महेंद्रको शालिक अघिको climax मा मैले भाग लिएको जुलुश पनि यति बिशाल थिएन ! जनताहरु दूध र पानीको फरक बिस्तारै छुत्याउदै छन- यस्तै लाग्छ ! मान्छेको सहभागिता देखेर र शान्त आन्दोलन देखेर धेरैको हवास पक्कै उडेको हुनुपर्छ किनकी अब माओबादिलाई के भनेर लाल्छ्ना लगाउने ??? नागरिक सर्वोचता अथवा सेनापति काजी-साहेब जन-निर्वाचित सरकारको अधीनमा रहनु पर्छ भन्ने कुरा लाखौले बुझेको रहेछ – यो शान्त भिडले त्यही पुष्टि गर्यो !

    मान्छे सद्दामले पनि जम्मा गर्थ्यो जसरी ज्ञानेंद्र भ्रमणमा जांदा गर्थ्यो र पञ्चहरुले राजाको जन्म दिनमा गर्थ्यो तर उनिहरु सत्तामा बसेर शासक भएर जनता भेला गराउथ्यो ! सत्ता बेगरको पार्टीकोलागी गाऊ गाऊबाट स्व:स्फूर्त ज्यानको बाजी लगाएर हजारौ मान्छेहरु सहभागी हुनु बिचरनिय छ ! २२ बगरेहरुको बेलैमा बुद्दी पुगोस !

  8. hari gautam said

    am November 14 2009 @ 5:27 AM

    radical democrat,
    what a good joke !people support maoist!hahahah,in last election we can not vote because our booth was captured by maoist.they are only terrorist and very soon they will be finished .just wait and watch.

  9. rakesh said

    am November 14 2009 @ 5:34 AM

    andolan vanekai opposition party le garne ho ruling party le kahile andolan gardaina ra yo maoist ko bemausamko andolan euta nautanki matrai ho ra yeslai 2046 ra 2063 ko andoan sanga compare garnu murkhata matra ho.ti andolan haruma janata swasfurta aghi badeka thiye yo nautankima kasari mancheko vid jamma vayeko cha sabai lai thaha cha tesaile maobadi atankakari ko karyakarta radical democrat harule dherai furti nalagae huncha.

  10. prabin gurung said

    am November 14 2009 @ 8:49 AM

    यहाँ बिचारणिय कुरा के छ भने , शन्तिपुर्न हुँदैमा जनताले पायको कष्ट, मार्का र असजिलोलाई भुल्न हुन्न । आशा गरे भन्दा शान्तिपुर्न भयो भन्ने मात्र हो। यदि शन्तिपुर्न हुन्छ भन्ने आशा गरियेको भए तपाईंहरु सोच्नुस् जनताको मार्का र पिडा भुल्नु हुन्न थियो होला । यो कुरा बेग्लै हो सोचे भन्दा कम गोता खाए । मेरो विचारमा यिनीहरुले (आयोजक) सोचे भन्दा कम मान्छे आए अनी येस्तो अबस्तामा उनीहरुले भनेझै “निर्णायक आन्दोलण ” गर्न नसकिने भयो । हरुवा कुकुरलेझै दुम हल्लाउदै छोड्न भएन (देख्न लाई त शेर जो परे ) अनी plan no. 2 मा गय। यो कुरा पनि मनन गरेकी यी आंतक्ककारीले ‘नेपाली हिन्शा बाट वाक्क भएकाछन् र नै आयनन’( in spite of उर्दी र डर )अनी शान्ति मा हाम्रो पनि झुकाब छ है भन्ने देखाई टोपल्ने मौका को रुप मा प्रयोग गरे ” लट्ठी पनि न भचियोस सापलाई पनि लागोस “

  11. Anti YCL said

    am November 14 2009 @ 10:01 AM

    RD
    कति समय सम्म तिमिले ४६ साल को andolonama सहभागी भएको भनेर खोकेर बस्ने हो / तिमि एक्लै होइन होला नि त्यो आन्दोलनमा सहभागी हुने /

  12. knight said

    am November 14 2009 @ 6:17 PM

    Yesari andolan ko naam ma paryatak lai maobadi le lutdai garda ni udharaniya kaam bhannu huncha bhane mero bhannu kehi chaina.

    Biswas nalage yo video herum na.

    http://canadanepal.net/dailymotion.php?v=xazi0d_yyyyy-tourist-yyy-yyyyy-yyyyy-yyyy_news

  13. ashok,germany said

    am November 15 2009 @ 12:19 AM

    jati lamo bahas gare pani maobadi are terrorirst.majale khana paye pachi gau gau bat une nai andolan ma kam nagari khana palkeka haru.maobadi haru nepalko lagi abhisap hun sabai lai chetana vaya!

  14. Gemmi said

    am November 15 2009 @ 3:35 PM

    Even though they talk of all kinds of nonsense and try to imply that they are different, the maoists are ultimately destined to subscribe to the established life-trajectory of any successful political party. After an initial surge in strength (and popularity), growth will be stagnant and once in power for some time, it will start plummeting. The reasons are simple. Every political party that comes after a change is full of inexperienced and hungry (and also aggressive and arrogant in the case of the maoists) people who will commit innumerable mistakes when they come into the legislature (and government).

    The maoist however have been a little clever not to reach the wall as the other parties used to do. Alternatively, they are resorting to all sorts of experimentations – resign from govt, nagarik sarbochchatako suga ratai, prabhu ko dhog, andolan ko baadhi, sadak naach and all kind of things. Ultimately, they are also bound by the past agreements and will have seek some kind of truce, but with their sam-dam-danda-bhed niti, will have an upper hand in the next elections

  15. The Observer said

    am November 15 2009 @ 9:09 PM

    I was in Kathmandu during the picketing and was in fact amazed to see such a controlled demonstration for the first time. Indeed, both the government and demonstrator should praise. Now. I am out of Kathmandu in and feel proud to receive comments from my expatriate friends how disciplined the demonstrators were!

  16. Ekalavya Sharma said

    am November 15 2009 @ 9:16 PM

    Gemmi,
    Your have a true analysis regarding Maoist. This blog needs people like you to make it a better blog. If India and old parties did not correct their mistakes, your conclusion, would definitely come true.

    Maoist would go downhill only when they would get couple more months to run government. In undeveloped countries like Nepal, it’s easy to rise for radical pro-change parties like Maoist as people go more with sentiments than reasons. But when they come to power it is as certain as rise of sun in the east that they can’t fulfil the promises they made. Also there would emerge corrupt and greedy leaders from the Maoist party within which we can clearly see from Maoist pro-jungle life style, their attire, their vechiles, their investments in land and other profit oriented business. Where did they get this money from ?

    Maoist in road is more dangerous than Maoist leading government. Let them run the government , check and monitor each and every one of their action, and let Nepalese people see true color- which of course would be worse than old parties if you ask me my opinion.

  17. Anti YCL said

    am November 15 2009 @ 11:30 PM

    Great Analysis Gemini. You hit the bulls eye.
    The first round of maoist andolan definitely completed without any voilence and force, However I have a doubt that the second round of andolan will the follow the preceedence. Actually I think the peaceful demostration is the just the part of maoist strategy. There will be voilence in the second round and maoist leader will be hell bent to claim and prove that, look we were peaceful right from the beginning but government used excessive force, hence it turned into violent.

  18. Arjun said

    am November 16 2009 @ 1:59 AM

    maobadi haru le nagarik sarbochhatako khol odhera nepal lai pachadi ra afana bharute haru lai agadi badhaune khel kheldai chhan tesaile maobadi haruko kukritya ko bhandafore garu hai sathi haru

  19. Santosh said

    am November 16 2009 @ 2:25 AM

    माओवादी हरु ले नागरिक सर्बोचता को खोल ओढेर नेपाल लाई पछाडि र आफ्ना भरौटे हरु लाई अगाडि बढाउने खेल खेल्दै छन तेसैले माओवादी हरुको कुक्रित्य को भँदाफोर गरु है साथी हरु

    ल है अर्जुन जि नेपाली मा कमेन्ट लेख्ने हो भने एसरी लेखुम
    http://www.unicodenepali.com

  20. difference_btw_animal_&_human said

    am November 16 2009 @ 1:06 PM

    माओबादीको (प्रचंड) सरकार र मकुनेको सरकारको केही ब्यावाहारिक भिन्नत्ता:

    क ) प्रचंडले बालुवाटारमा गिरिजाको पालामा खरीद अर्डर भइसकेको डेढ़लाखको पलंगकोलागी स्वीकृति दिए गरे, उता हरुवा मकुनेले लोकेन्द्रको लुटेरा छोरोको सरकारी बैंकको ४० करोड़ ऋण मिनाह गर्न अर्थ मंत्रालयमा ठाडो तोक ठोके !
    ख ) बाबुरामले संसदिये कालका भ्रष्टहरुलाइ कर ठोकेर देशको राजस्व बढाए, उता सुरेन्द्रले बाबुरामको भ्रष्टलाइ ठोकेको करलाई उलटाय !
    ग ) प्रचंडले जग्गा हडप्न गएको मंत्री मात्रिका यादवलाइ माफ़ी माग्न बाध्य बनाय फलस्वरूप मात्रिकाले आफ्नो ज्यान फालेको पार्टी नै छोडे, उता हरुवा माकुनेको राज्यमंत्री करीमा बेगम सीडीओलाइ चुटेर खुलम-खुल्ला थर्काउदै हिदी रहेको छ !

    घ ) प्रचण्डको सरकारले अपराधी धमलालाइ कम्तिमापनि केही महिना जेल हालेर कारवाही अघि बढाए, उता त्यही अपराधी धमलालाइ ठाडो अपराध माफ़ी गरेर सरकारी पैसामा बरिष्ठ पत्रकार बनाएर अमेरिका टुरमा लिएर गए !

    मान्छे पशु होइन यती ब्यावाहारिक भिन्नत्ता चिमपांगजीले पनि थम्याउन सक्छ ! मान्छे भएर पशु बन्ने जिद्दी गर्छ भने त्यों आ-आफ्नो च्वाइसको कुरा हो !

  21. honda said

    am November 16 2009 @ 1:15 PM

    difference_btw_animal_&_human,

    Let the pigs play in dirt….that is thier life.

  22. dotipangra said

    am November 16 2009 @ 1:38 PM

    लोकेन्द्र बहादुर चन्दको छोरोले सरकारको ठगेको (हामी जनताको पैसा हो त्यों) ४० करोड़ले ७५ जिल्लामा भब्य बच्चाहरुकोलागी स्कुल खोलन पुग्छ ! बाबुरामको बुद्धिले भ्रष्टहरुसंग कालो धनमा लगाएको करको अतिरिक्त पैसाले देशका ७५ जिल्लामा भब्य हैल्थ पोस्ट खोलन पुग्थ्यो ! पञ्च, कांग्रेस र एमाले लुटेराहरु हो- नियेम बनाएर लुटेको छ !

  23. sanu said

    am November 16 2009 @ 9:00 PM

    difference_btw_animal_&_human,
    You r right somehow.

  24. Anti YCL said

    am November 16 2009 @ 10:04 PM

    There is one more difference between human and animal
    Human doesnot indulged in barbaric act of killing innocent people while animals does not care about human life.

    One more thing, Human does not justify killing of people but for animal others life does not count. There are more difference and I can go on but lets stop it here. Now I m confused who is human and who is animal!

  25. Anti YCL said

    am November 16 2009 @ 10:09 PM

    ब्यबहारिक फरकको कुरा गर्ने भने / यी सबै उस्तै हून / जुन जोगी आए पनि कानै चिरेको / माओबादीक भक्तहरुले माओबादीले जति नराम्रो गरेपनि राम्रै देक्छा, ठिक त्यस्तै congressi र एमालेक समर्थकहरुले पनि देख्छा/ तर आम जनतालाई बुझिदिने कोहि हुँदैन / सबै पार्टी हरु आफ्नो आफ्नो मतलब सोझ्याउना ब्यस्त छन्/ कोहि नागरिक सर्बोच्चताको नाम मा, कोहि सरकार बचाउन /

  26. Eklavya Sharma, said

    am November 16 2009 @ 11:29 PM

    Anti YCL,
    At least all moderate and most UML and Congress members and supporters accept their parties’ shortcomings, speak against their corrupt leaders and try to uproot them.

    These Maoist cadres and their supporters act as if they are like a mafia – Cosa Nostra. They want to cut those people’s tongues who speak against them. They break people neck, arm, leg and backbone if you reject to follow their ideology.

    Let judge who is better.

  27. Anti YCL said

    am November 17 2009 @ 12:17 AM

    Eklavya ji
    Do you think UML supporter and Moderate UML leader will speak against the Makune’s decesion to waive Arun Chand’s Loan? I dont think they spoke against his decesion to appoint his brother as Ambassdor.

  28. Eklavya Sharma, said

    am November 17 2009 @ 1:02 AM

    I don’t mean in absolute term but in relative term old parties are less worse than Maoist.
    They won’t. It is depressing to know but its true these parties have a history of letting criminals escape for their selfish interest.
    Think about Bharat Gurung Case and Congress government of that time. DB Lama and Congress tie. Bhim Prasad Guachan and UML ties. Parasi case and hundred more to name.
    My point is at least you can pin point that in public in case of old parties without being threatened that you would lose your life . But in Maoist case it’s a suicide. Maoist and Communist have that culture. Stanlin killed his colleague Leon Trotsky when he escapes Russia and was in exile in Mexico. This legacy still prevails in Maoist. In fact, at one point Baburam Bhattarai almost meet that fate of Trotsky, I heard Maoist cadres talk that. Think about Alok case.

  29. pema said

    am November 18 2009 @ 7:33 PM

    maoist le Nepali janatalai sukha din chaheko ho vane rastriykaran ko niti leunu parchha.Desh ma 10 – 15 barsa matra rastriykaran ko niti abalamban garne ho vane singapore hun time lagdaina jasto chahi malai lagchha.Corruption le desh ko dhukuti kehi thulathala vanauda ko manpari chha taslai tah lagauna rastriykaran nai 1 patak garnu parchha.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree