बेगनास तालमा साइली डुंगा सरर


केही महिना अगाडि घुमघामका क्रममा पहिलोपटक यो तालमा पुगेको थिए । निक्कै शुन्दर भएपनि अलि पिछडिएको रहेछ यो ताल । आर्कशणमा कुनै कमी छैन यसमा । तर, आन्तरिक र बाह्य पर्यटकले यो तालको नाम सुन्ने गरेपनि कमै पर्यटक पुग्ने रहेछन यसको शुन्दरता चाख्न ।  


 डेढ सयमा मज्जाले डुंगामा तालको सयर गर्न पाउने । यो ताल कटेर जाने हो भने फेरी अर्को यत्तिकै सुन्दर ताल आउने रहेछ । पौडीवाजहरुका लागि डुंगामा सयरसंगै मज्जाले पौडिखेल्न पाउने सुविधा पनि रहेछ यहां त ।
[बादलुको घेराउमा पर्दा तालको दृष्य]

टन्नै थिए डुंगाहरु तालको किनारामा । तर,डुंगा खियाउनेहरुको हात रिक्तो थियो । शुन्दरतामा कुनै कमी नभएपनि प्रचारको अभावमा न्युन ब्यक्ति ताल घुम्न आउने गरेको गुनासो गर्दैथिए डुंगा चालकहरु । हामी पुग्दा घामले बादलको घेरा चिर्न सकेको थिएन । धुम्म थियो मौसम । डांडाहरु बादलको घेराउमा परेका थिए । घमाइलो मौसममा पुग्ने हो भने थप प्राकृतिक शुन्दरको रसपान गर्न पाइने रहेछ ।
[बादलुको घुम्टो उघ्रिदाको शुन्दरता] तस्विर : Stephen Tapply’s

हो यो वेगनास ताल हो । शुन्दरताको अनुपम स्थल । पोखरा पुग्नु २० मिनेट अगाडि पुर्वतिर रहेको छ यो ताल । निक्कै शान्त अनी शुन्दर स्थल भएरपनि पोखराको फेवाको अगाडि यो त्यत्ति लोकप्रिय रहेनछ । बेगनास तालसंगै रुपा ताल पनी रहेको छ ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

3 Comments so far »

  1. Ekalavya Sharma said

    am November 15 2009 @ 10:36 PM

    Is not it Rupa and Begnas tal ? I am not sure – If it is I have been there once.

  2. inashrestha said

    am November 16 2009 @ 9:46 PM

    बेगनास ताल हो ।

  3. sunil said

    am November 16 2009 @ 11:08 PM

    Malai pani yo begnastal jasto lago

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree