एमाले विमालेका कुरा
सांढेको जुधाई बाछाको मिचाई भनेझै माथि आ-आफ्ना स्वार्थका लागि नेताहरु जुधिरहेका छन अनी मार पाइरहेको छ कार्यकर्ता र पार्टीले ।
अब त सकियो जस्तो देखिने एमालेभित्रको घर झगडा भुसको आगोझै प्रत्येक दिन दन्कीरहेको छ । अहिले नाम एकिकृत माक्सवादी लेलीनवादी अर्थात एमाले नै छ । तर वास्तवीकतामा विभाजीन माक्सवादी लेलिनवादी अर्थात विमाले समान बनेको छ । केन्द्रदेखी गाउंसम्म विमाले बनिसकेको छ एमाले । एउटा केपी ओली समुहमा विभाजीत छन त अर्को झलनाथ खनाल समुहको नाममा राजनीति गरिरहेका छन । कहिले विधान विगारेको बहानामा त कहिले सरकारको बारेमा बनाएको धारणाको बारेमा यि नेताहरु मुसो जुधाई गरिरहेका छन निरन्तर ।
महाधिवेशनवाट पारित भएर आएको विधानमा गडबड गरेको भन्दै खनाल विरुद्ध मोर्चा कस्न शुरु गरेका ओलि अहिले आएर पार्टीको स्थायि समितिको बैठकमा अध्यक्षको तर्फवाट आएको प्रतिवेदनमा उल्लेख भाषालाइ लिएर पुन खनाल विरुद्ध कस्सिएर लागेका छन । खनालले आफ्नो राजनीतिक प्रतिवेदनमा परिआए एमालेले त्याग गरेर सरकार छोड्नुपर्ने के उल्लेख गरेका थिए निहुखोज्ने बहाना भइहाल्यो ओली समुहका लागि । त्यसपछि त सबै खनालविरुद्ध कुर्लिएका कुर्लिएकै छन । उनीहरुले यदी त्यागै गर्ने हो भने त्यो अध्यक्षवाट शुरु हुनुपर्ने र खनालले अध्यक्ष पदवाट राजीनामा दिनुपर् योसम्म भन्न भ्याइसकेका छन ।
खनालले आफ्नो प्रतिवेदनमा एमालेको नेतृत्वमा सरकार बनेपछि एमाले दक्षिणपन्थीको सहयोगी बन्दै गएको भनेर उल्लेख गरेका थिए । सायद त्यो शब्द पचेन ओली कामरेडको समुहलाइ । त्यसपछि त के भयो र आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार ढालेर प्रधानमन्त्री हुने दाउं कसेको भन्दै खनालको उछित्तो काढ्न थालीहाले नी उनीहरु । यसमा माधव नेपाल मौन बसेर भरपुर सहयोग गरिरहेका छन नै ।
यसो देख्दा ओली र खनालको झगडा पार्टीको सैद्धान्तीकतामा आधारित हो जस्तो देखिन्छ । तर चुरो कुरो पक्कै सिद्धान्त हैन भन्ने छर्लंग छ । यो सबै सत्ताका लागि हो । अनी माओवादीप्रति लचकदार र अतिरुष्ट समुहविचको झगडा हो । खनाल समुह माओवादीप्रति लचिलो समुहको रुपमा परिचित छ र उसको छवी पनि त्यस्तै बनेको छ । खनाल समुह कांग्रेसको सहयोगमा हैन माओवादीको सहयोगमा सत्तामा जानुपर्छ भन्ने धारणामार्गी हो । अनी पार्टीलाई एमालेवाट रुपान्तरण गरेर विमाले बनाउन दुबै समुह ज्यान फालेर लाग्नुको कारण पनि यही हो ।
कांग्रेसको सहयोगमा सत्तामा एमाले गएपनि सरकारमा ओली समुहको पकड बलियो छ । जसका कारण खनाल समुह तिल्मीलाएको छ । आफु पार्टी अध्यक्ष भएकाले प्रधानमन्त्री हुने अधिकार आफ्नो भएको खनालको सोच उनले नै सार्वजनिक गरीसकेका छन । तर विडम्बना उनी प्रधानमन्त्री हुन सकेनन । तर आफ्नै पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री भएपनि त्यो सहन पनि सकेका छैनन । विचरा सहनुपनि कसरी उनको पार्टी सरकारमा भएपनि उनका लागि नभए बराबर नै बनेको छ । उनको केही कुरै खांदैन सरकार । आफु अध्यक्ष भएको पार्टीको नेतृत्वमा सरकार बन्दा पनि आफ्नो कुरा सिन्को नभाचिएपछि खनालले सहनुपनि कसरी । उनका यि यावत भावना त्यही कुन्ठाका कारण ब्यक्त भएको स्पष्छ छ नै ।
अनी उतातिर ओली समुहपनि के कम पहिला माओवादी नेतृत्वमा एमाले सरकारमा जांदा खनाल समुहले पेलेको रिस अहिले उनले उतारिरहेका छन खनालमाथि नै । त्यसमा पनि पार्टीभित्र बलियो पकड छंदैछ । सत्ताको सक्तीपनि छंदैछ । दुबै शक्ति एक भएपछि उनलाई पेल्न पनि सहज भइहाल्यो । त्यसैले जे जे तर्कका आधारमा पेल्न मिल्छ पेलीरहेका छन खनाललाई ।
सांढेको जुधाई बाछाको मिचाई भनेझै माथि आ-आफ्ना स्वार्थका लागि नेताहरु जुधिरहेका छन अनी मार पाइरहेको छ कार्यकर्ता र पार्टीले । नेताहरु बाझाबाझ गर्दा पार्टी तल्लो इकाईसम्म लथािलंग भइसकेको छ । तर यि नेताहरुको कुलाई भने रोकिएको छैन । थप बढ्दै गइरहेको छ निरन्तर ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
























Eklavya Sharma, said
am December 2 2009 @ 9:05 PM
UML conflict is “kag lie bel pakyo harsa na bismat” for majority of Nepalese layperson.
Eklavya Sharma, said
am December 3 2009 @ 12:32 AM
Even though it seems bizarre, my opinion is it would be better if UML decided to spilt and merge to two different parties; JN Khanal and Bhamdev and their followers to Maoist and MKN,Pradip Nepal, Oli section to Congress.
After all, Oli and Nepal sounds more Congresssi than Ramchandra Poudel and Sushil Koirala. Likewise, many times Bhamdev sounds more Maoist than Baburam.
Congress has a firm moderate conservative democratic ground.
Though Maoist had a radically left extremist background people like Baburam/Prachada are trying their level best sometimes explicitly (dancing with Rekha Thapa in public) and sometimes implicitly (to prevent their radically trained cadre from leaving Maoist) to become next UML i e ultra liberal leftist party.
It’s the UML who has no principle ground at all is spite of its once strong organizational structure. Since there is lack of space for three major parties in Nepalese political arena it would be better for UML either to collapse and polarize to Maoist and Congress or push back Maoist to the size of former Janmorcha. Second task looks almost impossible now therefore follow the first one.
punture said
am December 3 2009 @ 10:53 AM
“Congress has a firm moderate conservative democratic ground.”
When established, NC had social democratic ground, but now it is shifted up to take a position of RPP. By the way, moderate and conservative are polar opposite.
no name is my name said
am December 3 2009 @ 12:25 PM
i think this “Puncture” has gont punctured opinion.
utsuk said
am December 3 2009 @ 10:19 PM
One phrase to describe Nepali Congress’s ground/idealogy is an idealogy of CORRUPTION, fraudulent, double-standard and Indians’ ass licking.
Moderate, Conservative and Democratic are tatoos on thier skin. Tatoos are always fake reality.