बधाई छ है कामरेड
अबको बन्दमा कसैलाइ सडकमा हिड्नपनि दिनुहुन्छ । नेपाल बन्द भनेपनि सबै घर घरमा बन्द भएर बस्नु पर्दैन सडकमा आउन मिल्छ । ल अब यि काम चै अर्को आन्दोलनमा गर्नुपर्छ है कामरेड ।
ल बधाई छ कामरेडहरु । आजको बन्द गज्जप सफल भयो । सफल मात्र नभनौ यो त अभुतपुर्व सफल हो । अरुको बन्दमा कमसेकम मेडिकल खुल्थे साइकल मोटरसाइकल चल्थे पर्यटक बोक्ने गाडिहरु चल्थे । तर तपाईहरुको बन्दमा कस्को हिम्मत हैन ? वाह क्या प्रभावकारी क्या जुझारुपन । अनी कस्तो लगनशिलता बन्दप्रति । आजको बन्द देख्ने जो कोहिले पनि कामरेडहरुलाई बधाई नदिइ रहन सक्ला र ?
कतै कतै जनताको सर्वोच्चतालाइ चुनौतिदिने प्रयास नगरेका हैनन विदेशी प्रभुका सेवकहरुले । कतै मोटरसाइकल चलाए तीनिहरुले अनी कते मेडिकल पसल पनि खोले । तर नागरिक सर्वोच्चता स्थापनाका लागि दिनरात खटिने कामरेडहरुका अगाडि ति विदेशी प्रभुका दलालहरुको के चल्थ्यो । पकापक समात्दै जलाउंदै गरेपछि तिनीहरुको सातो गइहाल्यो नी । न मोटरसाइकल जोगिए न माइक्रो र कार नै । सोह्खुट्टेमा चुनौति िदंदै खुलेको मेडिकल पसलको झ्यालमा क्रान्तीकारी हातवाट फुत्कीएको ढुंगा बजारिएपछि तिनिहरुको सात्तो गयो । त्यसपछि बल्ल बुझे तीनिहरुले कामरेडहरुको नागरिक सर्वोच्चताप्रतिको लगन ।
यो भरौटे राज्यहरुवाहरुको सरकारको के जोर हैन कामरेडहरुका अगाडि ? यिनीहरुको सात्तो गयो होला है ? उनीहरुले जावो कैलालीलाई तनावग्रस्त बनाएका न हुन । कामरेडहरुले त पुरा नेपालै तनावग्रस्त बनाइदिनुभयो । उनीहरुले जावो २० हजार जनालाई तह लगाएका त हुन । कामरेडहरुले त २ करोड भन्दा बढिलाइ तह लगाइदिनुभयो । वाह क्या महान काम । क्या उदाहरणिय कदम नागरिक सर्वोच्चताका पक्षमा नागरिकहरु सबै लुखुर लुखुरु नहिडी कहां पाईन्छ सर्वोच्चता हैन ?
जे होस कामरेडहरु माने है माने । तपाईको यो त्याग र लगनशिलतालाई माने । तेस्रो चरणको आन्दोलको कार्यक्रममा पनि बन्दको कार्यक्रम छ क्यारे । त्यो बेलामा सकेसम्म हावालाइ पनि चल्नवाट रोक्नुपर्छ है कामरेड । अबको बन्दमा कसैलाइ सडकमा हिड्नपनि दिनुहुन्छ । नेपाल बन्द भनेपनि सबै घर घरमा बन्द भएर बस्नु पर्दैन सडकमा आउन मिल्छ । ल अब यि काम चै अर्को आन्दोलनमा गर्नुपर्छ है कामरेड । ल फेरी बधाई छ है यो महान सफलताका लागि ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
























Padam Gurung said
am December 7 2009 @ 1:43 AM
थाहा नभएको होइन-आधारभूत आवश्यकताको परिपूर्ति बिना मानिस शान्त भएर बस्न सक्तैन । अनि स्थायी शान्ति बिना समाज वा देशले उन्नतिको बाटो लिन सक्तैन। यसकालागि भोजन, बस्त्र, आवास र काम समेतको ब्यबस्था राज्यले गर्न सक्नु पर्दछ । यसैले नेताहरु राजनीतिक परिवर्तनसँगै आफ्नो संस्कारमा परिवर्तन गर्न सकेनन् भने नेपाली नागरिकलाई पुनः यी राजनीतिक नेताहरुको खाने मामलामा मिल्ने अनि देश विकास गरौं सबै मिलेर भन्नेबेलामा भने आफूआफूबीच तानातान हानाहान गरेर जसरी नेपाली नागरिकहरुको घाँटी खसखसाइरहेका छन् यी नेताहरुले यिनीहरुलाई चाँडै नै फेरी रछ्यानमा मिल्काउन नेपाली जनता लाठो मुंग्री लिएर उठे भने फेरी यिनको हालत के हुन्छ ?
यिनै नेताहरु होइनन् दोस्रो जनआन्दोनलका बेला हामीले गल्ती गर्यौं अब नेपाली जनतालाई धोका दिने छैनौं भनेर आम नेपाली नागरिकका अगाडि कान समाएका आज यिनीहरु नै ठूला ठूला कुरा गर्दै हिड्ने यिनको हैसियत अब यस्तै हो भने आम नेपालीले देखाइदिन कुनै आइतबार कुर्दैनन् ।
नागरिकहरुको मतबाट पराजयभएकाहरुले संसारमै नभएको नयाँ नौलो प्रकारको लोकतन्त्रको परीक्षण गरिरहेको यो अवस्थामा यसरी नै नचाहिने किसिमका परीक्षण गर्दै नेपालले जाने हो भने नेपाली नागरिकले आफ्नो मतको सही सदुपयोग नभएको देखिरहेका छन् र यिनिहरुले आफ्नो आफ्नो घुच्चुक दरो पारेर बस्ने अवस्था आइसके जस्तो छ ।
Don said
am December 7 2009 @ 10:45 PM
your full blog is againest of Maoist and favour of Kangres and UML. so we knows very well you are chhote K.P.
Prem said
am December 10 2009 @ 11:07 AM
Mr. K.P. Are you really smal brother of Big K.P.Oli? Looks like it. Anyway, NC and UML could not do anything, kehi garnu sakena tara bholi maobadi le gari dekhaema k lekh lekhnu hunchha? Do you still support to these dead meat? STUPIT ARTICLE.