शुरु भयो अध्यारा दिन

फाट्टफुट्ट लोडसेडिगं भएपनि लामोसमयसम्म अध्यारोमा धुम्धुम्ती बस्नु नपरेको केही महिना के वितेको थियो फेरी उही पुरानै दिन फिर्ने भएछ । जलस्रोतको धनी राष्ट्र नेपालमा सिमित क्षेत्रमा विद्युतको सुविधा पुगेको छ । अब त्यही क्षेत्रपनि विस्तारै टुकीको सहारामा पुग्ने दिनको शुरुवात भएको छ शुक्रवारवाट ।
नेपाल विद्युत प्राधिकरणले शुक्रवारवाट अब दैनिक चार घन्टा बत्ति निभाइदिने भएछ । शुक्रवारवाट नयां तालीका सार्वजनिक हुनेछ । बत्तिको आशमा बस्ने हो भने विहान २ घन्टा बेलुका २ घन्टा अध्यारोको बास हुनेछ । यो त प्रारम्भ मात्रै हो । महिनैपिच्छे यो तालीका परिर्वतन हुने पक्का छ ।
सुक्खायाम जत्ति बढ्दैजान्छ लोडसेडिगंको तालीका त्यत्तिकै थपिंदैजान्छ । त्यसैले महिनैपिच्छे लोडसेडिगंको तालीका बढेर दिनको १२ घन्टा भएपनि आश्चर्यमान्नुपर्ने कुरा हैन नेपालमा । किनकी हिजोका दिनमा यस्ता दिनहरु भोगिएको नै हो ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
























Keshab Ghimire said
am December 11 2009 @ 2:24 PM
हाम्रा गौरवशाली देशका महान नेताहरुको ठुलो देन हो यो | सदै भन्ने गर्छौ नि हामी नेता हरुले हाम्रो लागि के गरे भनेर देखियो नि त |
अब हेर्दै जानु यो वर्ष पनि २० गंते लोडसेडिंग भएन भने त के ? १२-१४ गंता चै घोषित अनि अरु चै पावर नपुगेकोले भन्दै |
Keshab Ghimire said
am December 11 2009 @ 2:25 PM
घन्टा लेखेको मिस्टेक भएछ |
Prem said
am December 11 2009 @ 3:24 PM
I fully agree with the poster. Its just a corruption and dishonesty of people working in various parts of government offices. Stop corruption, end impunity will prevail peace in our country at the same time where there is peace the country will head towards brighter days ultimately people get good life. Stop you corrupted leaders making your corrupted noise in front of innocent people.
Nature has made us rich but our leaders corrupted mentality ruined our life. Our country could be one day developed country if only Nepal mother gives birth to someone who is bold, clever, decisive, and can see the future and drive our country in the right path. I am desperately waiting for it but I do not know how far I can keep my hope.
Jai corruption free Nepal.
एकल यात्री said
am December 12 2009 @ 1:00 PM
बहिनीले होमवर्क गर्न पाउने रे
सानो भाइले क्यासेट सुन्दै गीत गाउने रे
के अचम्म हाम्रो घरमा खुशी छाउने रे
धेरै पछि आज बल्ल बत्ती आउने रे ।
N.amrit said
am December 18 2009 @ 5:50 PM
Oa sathi ! maile khicheko picture use garepa6i credit dinu pardaina ? yek din mero camera ke liyeko thiyo ….udayechha photo .
)