कतै रुवाई कतै हर्षबढाई

दोस्रो चरणको आन्दोलनको समापनसंगै माओवादीलाइ सहमतीमा ल्याउन नसक्नु दलहरुको कमजोरी र निष्कृयताको परिणाम हो । अब अहिले आएर यसो हुन्छ उसो हुन्छ भनेर रोइकराइ गरेर हुन्छ चै के ?

विभिन्न राजनीतिक दल सरकार र नागरिक समाजका केही सदस्यहरुले निरन्तर चिन्ता र चासोका साथै विरोध गरेपनि माओवादीले आफुले कल्पना गरेका १० वटा स्वायत्त गणराज्यको घोषणा गरिछाड्यो । उसले बुधवार काठमाडौं र नुवाकोटमा नेवा स्वायत्त राज्य र ताम्सालीगं राज्यको घोषणा गर्दै आफुले परिकल्पना गरेको १४ वटा स्वायत्त राज्यमध्ये १० वटाको घोषणै गर् यो । काठमाडौंमा नेवारी पोशाक लगाएर आएका प्रचन्डले काठमाडौं भक्तपुर र काठमाडौं समेटिएको नेवा गणराज्यको घोषणा गरे भने उता नुवाकोटमा नुवाकोट धािदंग काभ्रे लगायतका जिल्ला समेटिएको तामांगहरुको ताम्सालिगं गणराज्यको घोषणा भयो ।

नेवा गणराज्यको घोषणा भएको हर्षमा झलमल्ल घाम लागेपनि बशन्तपुरमा माओवादीले आतिसवाजी गरेर हर्षबढाई गरेको थियो । हर्षबढाईपछि नेवा राज्यको पक्षधरहरुले चर्का नारावाजी गरेका थिए । अनी परम्परागत नाचगान गरे ।

माओवादीले यस अगाडिनै लिम्बुवानकोचिलाथारुवान सेति-महाकालीशेर्पा किरातभेरी-कर्णाली र भोटे-लामा गणराज्यको घोषणा गरिसकेको छ । माओवादीले तेस्रो चरणको आन्दोलनको कार्यक्रम स्वरुप घोषणा भएका गणराज्यहरु राजनीतिक मात्र भएको दावी गरेपनि उसले यदी आफ्ना मागहरु पुरा नभए यही घोषित गणराज्यलाई समानान्तर सरकारको स्वरुपमा ढालेर सरकारलाई तह लगाउने चेतावनी दिन पनि छोडेको छैन ।

माओवादी गणराज्य घोषणागर्दै हिडेका छन अनी सरकारमा रहेकाहरु र अन्य दलका नेताहरु विरोध गरिरहेका छन । कोही माओवादीले गणराज्य घोषणा गरेर गृहयुद्धको तयारी गरेको भनिरहेका छन भने कसैले गणराज्य घोषणाको माओवादीको ब्यबहारवाट बृहत्त शान्ती सम्झौता भंग भएको दावी गर्दै हिडेका छन ।

कांग्रेस कार्यबाहक सभापति शुसिल कोइरालाले गणराज्य घोषणा गर्दै हिड्ने माओवादीको व्यवहार नरोके मुलुक गृहयृद्धमा फस्ने घोषणा गर्दै गृहयुद्ध रोक्न अब अरु दल हैन संयुक्त राष्ट्रसंघनै अगाडि सर्नुपर् यो भनेर अपिल नै गरेछन । तर अन्य दलका रोदनहरुवाट माओवादी विचलीत भएको देखिएको छैन । उसले यि सबै आन्दोलनको स्वरुप अनुसार मात्र गरिएको हो र ब्यबहारमा यो लागु नहुने आश्वासन भने दिइरहेका छन ।

तर, त्यो आश्वासन माओवादी केन्द्रिय नेतृत्वको मात्र हो माओवादीका अन्य छोटे नेताहरुको हैन । उनीहरुले त गणराज्य घोषणालगत्तै समानान्तरसत्ताको अभ्यास शुरु गरिसकेका छन । कतै चन्दा संकलन शुरु भईसकेको छ । जग्गाकब्जाका घटनाहरु बढेको बढ्यै छन । रगत चुस्न नपाएर चामि्रएका जुंगा खाइलाग्दो िपंडुला भेटेर संग्सगाएझै उनीहरु सल्बनाउन थालीसकेका छन । यसले गणरज्य घोषणासंगै नेतृत्वमा आएकाहरुले सरकारलाई चुनौति िदंदै समानान्तर सत्ताको अभ्यासलाई तिव्रता दिने पक्का छ । माओवादीले यो सांकेतिक मात्र हो भनेका छन भनेर मक्खपर्नु मुर्खता मात्र हुनेछ भन्ने संकेतहरु प्रशस्त देखिइसकेको छ ।

माओवादीले दोस्रो चरणको आन्दोलनमै गणराज्यको घोषणाको कार्यक्रम राखेपनि सबैतिरको आग्रह मानेर स्थगीत गरेको थियो । सायद दलहरुले तेस्रो चरणको आन्दोलनमा पनि माओवादीले गणराज्यनै घोषणा गर्ने हिम्मत गर्दैनन भन्ने आंकलन गरेको हुनुपर्छ ।

तर मर्ता क्या नही कर्ता भनेझै माओवादीलाई आन्तरिक रुपमा कार्यकर्ताहरुको यत्ति ठुलो दवाव थियो जुन चिर्न असम्भव प्राय झै देखिएको थियो । त्यसैले दोस्रो चरणको आन्दोलनको समापनसंगै माओवादीलाइ सहमतीमा ल्याउन नसक्नु दलहरुको कमजोरी र निष्कृयताको परिणाम हो । अब अहिले आएर यसो हुन्छ उसो हुन्छ भनेर रोइकराइ गरेर हुन्छ चै के ?

समाधानको बाटो भनेको सबै दल एकै टेवलमा बसेर सहमती र सहकार्यको आधारमा अगाडि बढ्नुमात्र हो । तर दिनप्रतिदिनको राजनीतिक उतारचढावले यो र्दुलभ बन्दै गएको छ । दलहरुविचको दुरी बढिरहेको छ र उनीहरु कहिल्यै सहमती गर्न नसकिने बाटोमा द्रुत गतिमा दौडिरहेका छन । यसको अन्तिम बाटो भनेको भिडन्त मात्र हो भिडन्त । जहां पुगेर को जोगिन्छन को मासिन्छन अहिले नै भन्न गार्हो छ ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

16 Comments so far »

  1. bijay said

    am December 16 2009 @ 10:39 PM

    let’s raise a fund to hire a hitman and send these maobadi leaders to yamaraj. Otherwise citizens of nepal will have to pay a very heavy price for their selfish acts.

  2. Dinesh chhetri said

    am December 17 2009 @ 12:29 AM

    काठ छेत्र मा खस् हरुको ९०% आवादी छ…….येसरी जातिय रुप मा नै देश टुक्र्याउने हो भने हामि खस् हरु किन नेवार वा तामांग राज्येको दोस्रो दर्जा को नागरिक भएर बस्ने?haami lai Kaath rajye / madye KHASAN de!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
    जातिय राज्येको वोकालत गर्ने हरुले मेरो प्रस्न को उत्तर दिन सक्छन????
    सबै लै राज्य, तर नेपाल का सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ??
    खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली र खप्तड वा सेती महाकाली भनेको ??? एमाले र माओबादी ले बनाएको बहु संस्कृतिक राज्य मा ९५% खस हरुको जनसंख्या छ…तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने, हे माओबादी र एमाले…..याद राख …. नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!!

  3. sudip said

    am December 17 2009 @ 10:05 AM

  4. हरी गौतम said

    am December 17 2009 @ 12:39 PM

    गणराज्य घोषणा गर्ने काम गरेर माओवादीले एकदम ठिक गरेको छ। उखानै छ नी हग्नेलाइ भन्दा देख्नेलाइ लाज भनेको जस्तो । नेपाली जनताले धुलो चटाएका एमाले काग्रेस जस्ता भारतीय दलालहरुले सत्ता नछोडेपछी गणराज्य घोषणा नगरेर के गर्ने त ? अब माओवादीले एमाले काँग्रेसका मुठ्ठिभरका भारतीय बिस्तारवादका लंगौटीहरुलाइ खोजी खोजी कार्वाही गर्नपर्छ । गाँउगाँउबाट कुटीकुटी लखेट्नुपर्छ अनी राज्य सत्ता कब्जा गर्नुपर्छ । यो कार्यमा सम्पूर्ण देशभक्त नेपालीहरुको सहयोग र समर्ठ्ठन रहन्छ माओवादीलाइ । अनी मात्र नेपालमा साच्चै नै गरिबको शासन स्थापित हुन्छ । अगाडी बढ माओवादी साथ दिने हामी छौं ।

  5. prem said

    am December 17 2009 @ 5:46 PM

    hari gutam ji, ekdam sahamat chhu. plz keep it up.

  6. Maya Prem said

    am December 18 2009 @ 8:56 AM

    Ho ho gautam jee, sahi bhannu bhayo. ek ek congressi ra yemale harulai khattam parnai parchha. nepali janata bhaneko maobadi ho maobadi bhaneko nepali janata ho. aru kohi nepali janata hoina. satta hatyaunai parchha. hamile nai raj garnu parchha. hami maobadi bahek aru manchhe hoina.

  7. radicalDemocrat said

    am December 18 2009 @ 10:20 AM

    वाईश्याल वा सबै कार्यकर्ताको हकमा यो कुरा लागू नहोला तर नेपालका स्मार्ट र इंटेलिजेंट कम्युनिस्टहरु सबै माओबादी भये जसको फलस्वोरूप नेपाल आज २४० बर्ष देखिको भाषिक, जातीय, लैंगिक एकात्मक ब्यवस्थालाइ तोड़ने शिलशिलामा संबिधान सभाको निर्वाचन सफलता पूर्वक गराउदै, सामंती राजतंत्रको निर्मूल गर्दै अब भाषिक, जातीय, र लैंगिक “मुक्ति” सहित (जून १२ बुँदे समझौतामा स्पस्ट छ र जसमा हस्ताक्षर नेपाली कांग्रेस, एमाले र माओबादीले गएको छ ) संघियेतामा पुग्नै लागेको छ ! अवश्यपनि संसदबादी दलहरुकोपनि यस्मा भूमिका छ तर reactive शक्तिको रुपमा न की proactive राजनितिक शक्तिको रुपमा !

    माओबादीका योजनाकारहरु येती स्मार्ट, चतुर र तीक्ष्ण छन की संसदबादीहरु घेराबंदी गरेर उही पुरानै मनस्थितिमा सत्ता कब्जा गरेर भुलेका छन, येता माओबादीहरु जनतालाई गोलबंद गरेर, जागरूक गरेर राज्य पुनर्संरचनाको मुख्य पाटो भाषिक, जातीय, लैंगिक मुक्ति सहितको संघियेताको मार्केटिंगमा लागेका छन ! जनताहरुको भीड़ हेर्ने हो यो मार्केटिंग क्याम्पेंन सुपर हिट भएको देखिन्छ ! मार्केटिंगको (बजार शास्त्रको) बिश्व बिख्यात गुरु फिलिप कोटलरले माओबादीको मार्केटिंग कौसलतालाइ यदि नियाल्थ्यो भने उ पकै जिल पर्थ्यो होला ! अवश्यपनि मओबादिको भिजनको संघियेताको नया प्रयोगबाट आफ्नो राजनितिक अस्तित्व सखाप देखनेहरुले जातीय, र भाषिक समानता र मुक्तिलाइ साप्रदायिकताको मुकुन्दो लगाउने प्रयास गर्नेछ – युगोलास्विया वा चेचन्या वा रुवान्डाको अलग पृष्ठभूमिको जिकिर गर्ने छ ! तर सत्य के हो भने बहु भाषिक, बहु संस्कृति, बहु जाती भएको मुलुकमा सबैले राज्यबाट बृति र बिकासको निम्ति सामान अवसर पाउनु पर्छ !

  8. samarpan said

    am December 18 2009 @ 12:46 PM

    माओबादीको कुरा सुन्दै गयो भने साधारण मान्छे मात्र किन माओ से तुंग पनि चकित परछा होला/ घरि भारतलाई प्रभु घरि भारत बिना बच्न नसक्ने भनेर अन्तरबार्ता दिन्छन/
    http://www.ekantipur.com/np/news/news-detail.php?news_id=303680

  9. radicalDemocrat said

    am December 19 2009 @ 1:09 AM

    Good job, Senator Patrik Leahy……

    http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=13027

    Leahy draws Senate attention

    Senator Patrick Leahy, speaking at the Senate floor on December 17, said, “In large measure, and as others have pointed out, Maina´s death will decide whether a civilian, democratic government and the rule of law will determine Nepal´s future, or it will remain dominated by the interests of the Nepal army.”

  10. सजिलो नेपाल said

    am December 19 2009 @ 1:31 AM

    @radicalDemocrat at the time China and India are banking on NA, US move is definitely applaud-able.

    To establish TRUE CIVILIAN SUPREMACY we need to dismantle both the Armies in NEPAL and form TRUE PROFESSIONAL ORGANIZATION. It should be under CIVILIAN AUTHORITY (Just like in USA, INDIA or even CHINA), else Nepal’s fate is nothing more than a BANANA REPUBLIC!!

    Without GUNS (read ARMY), Nepal’s political parties (including Maoist) are impotent. Abdication of Former ROYAL might be the LIVE example.

  11. bhatBhateni said

    am December 19 2009 @ 1:35 AM

    यो गोपाल खनाल भन्ने मासु चिउरे मकुँदोवाली पत्रकारको विश्लेषण धेरै बर्ष देखि पढ़िदै आएको छ ! यिनले विश्लेषण गरेको राजनीतिक भविष्यबाणी र राजनीतिक बिकास कहिले मिलेको थाहा छैन ! यिनले गरेको भबिस्यबाणी मिल्दो हो त संबिधान सभाको चुनाब हुन्न थियो, ठुलो पार्टी माओबादी हुन्न थियो, राजतन्त्र निर्मुल हुन्न थियो, माओबादी आजको दिनसम्म हाड-छाला मात्र बाँकी हुने थियो आदि !

    यस्ता मासु-चिउरे अभिव्यक्तिको कुनै एथार्थ हुदैन !

  12. radicalDemocrat said

    am December 19 2009 @ 2:14 AM

    ==>> Abdication of Former ROYAL might be the LIVE example.Without GUNS (read ARMY), Nepal’s political parties (including Maoist) are impotent.<==

    I believe without the support of masses and political engagement and political pakages, GUN/Army can not exist or be intact for the long time such as 10 to 15 years.

  13. samarpan said

    am December 19 2009 @ 2:56 AM

    Anyone care to read this too

    Human rights double standards

    http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=12884

  14. Eklavya Sharma, said

    am December 19 2009 @ 3:45 AM

    Samarpan,

    Thanks for the link and the critically analyzed article.

    I imagine you (RD), with awe and wonder how can one, well read and highly above average Nepalese in many aspects ( economic, academic, social etc ), simply googles through all news and pick those selected ones that fits in best to promote Maoist’ s causes and present corrupt and brutal imagery of Nepalese establishment and link in this blog.

  15. tarabaraluk said

    am December 19 2009 @ 5:17 AM

    That Jaisi guy is another hardcore stooge of the corrupts of Nepal. In his article in myrepublica.com nobody responsded in the comment section. Why ? Becuase that Jaisi guy is wholesale Maoist critique.

  16. samarpan said

    am December 19 2009 @ 10:57 AM

    I think Maoist supporters didnt have things to say or couldnt counter the views express by Jaishi. Its hard to counter against truth. Truth always prevails no matter what.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree