सहज हुनेछैन आइतवार

शनिवार बेलुकाका संकेतहरुले भनिरहेका छन आइतवार रक्तपात हुनसक्छ यदी प्रधानमन्त्रीले आमहड्तालको सम्मान गरेर हेलिकप्टरवाट वालुवाटार गएनन भने ।

तेस्रोचरणको आन्दोलनको मैदानमा रहेको एकिकृत माओवादीद्धारा घोषित आन्दोलनको कार्यक्रम अनुसार आइतवारवाट तीन दिने आमहड्ताल शुरु भएको छ । दिनभरजसो माओवादीको आमहड्ताल फिर्ता गराउन एमाले कांग्रेसले प्रयास गरिरहे । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले अध्यक्ष झलनाथ खनालविच भेट भयो । अनी खनालले माओवादी अध्यक्ष प्रचन्डसित भेट गरे । तर सहमति हुन सकेन अनी माग सम्बोधन भएन भनेर माओवादीले आमहड्ताल जारीनै राख्ने निर्णय गर् यो । दलहरुको ताल हेरेर एउटा कथन याद आयो । पहिला भन्दा मानिन पछि जानिन । बाघ लाग्यो घिच्याउन अनी लागि चिच्याउन भनेझै घोषित आन्दोलन मुखैमा आएपछि फिर्ता गर भनेर माओवादीले मानुन पनि किन के शनिवार विहान माओवादीले आम हड्तालको घोषणा गरेका हुन र शनिवारनै अन्य दलले आग्रह गरे भने फिर्ता लिने ?
अचम्म यही छ क्या । जवसम्म समस्या मुखैमा आइलाग्दैन दलहरुको कानमा बतास लाग्ने हैन । अनी जव समस्याको पहाड नाकैमा ठोक्किन आइपुग्छ अनी सहमति खोज्न ओठ तालु सुकाएर हिड्छन । अनी कसरी होस सहमती के का आधारमा हुन्छ सहमती कहिलेकांही लाग्छ लोकजालवाट वच्न मात्र सहमती सहमती भनेर यि नेता हिडेका हुन । अनी सहमती हुन्न भन्ने थाहा पाएरै माओवादीपनि सहमतिका लागि हुने छलफलमा बसेका हुन । दलका नेताका यि सब काम जनतालाई बेकुप बनाउन मात्र हुन भन्ने आज मात्र हैन पटक पटकको नाटकले पुष्टी गरेको हो । तैपनि के गर्ने आशा त हुन्छ नै अव चै सुधि्रएकी भन्ने । तरताल उही हुन्छ ।

आइतवारनै प्रधानमन्त्री माधवकुमार नेपाल कोपनहेगनवाट स्वदेश फर्कदैछन । उनी हवाइमार्गवाट एयरपोर्टमा उत्रिएपनि त्यहांवाट प्रधानमन्त्रीनिवास बालुवाटारसम्म पुग्न त स्थलमार्गनै प्रयोग गर्नुपर् यो । हुनत सरकारले चाहेमा प्रधानमन्त्री हेलिकप्टरवाट पनि जानसक्छन वालुवाटार । तर त्यसो गर्दा राज्य कमजोर भएको शन्देस जान्छ भनेर पनि उनी सायद स्थलमार्गवाटै बालुवाटार जान चाहन्छन होला । शनिवार दिनभर प्रहरीको दौडाई हेर्दापनि शुरक्षासंयन्त्र जुनसुकै हालतमा पनि प्रधानमन्त्रीलाई एयरपोर्टवाट बालुवाटारसम्म रोडवाटै लैजाने तयारीमा छन । त्यसका लागि जस्तोसुकै दमन गर्न परेपनि पछि नहट्ने मनस्थितीमा सरकार रहेको देखिएको छ ।

यदी यस्तै भयो भने मुडभेड निश्चित छ । आम हड्ताल घोषणा गरेको पार्टीले प्रधानमन्त्री आए भनेर पक्कै रोड खुल्ला राख्नेछैन । उसको पहिलो प्राथमिकता पनि प्रधानमन्त्रीलाइ रोडवाट बालुवाटार पुग्न नदिने नै रहनेछ । उनीहरुका लागि पनि यो प्रेष्टीजको कुरा बनेको छ । त्यसैले आइतवारको दिन पक्कै सहज हुने छैन । शनिवार बेलुकाका संकेतहरुले भनिरहेका छन आइतवार रक्तपात हुनसक्छ यदी प्रधानमन्त्रीले आमहड्तालको सम्मान गरेर हेलिकप्टरवाट वालुवाटार गएनन भने ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

Most Commented Posts

3 Comments so far »

  1. आकार said

    am December 19 2009 @ 11:08 PM

    भोलि नै त हो, हेरौँ न के हुन्छ ?

  2. नेपालीको आवाज said

    am December 20 2009 @ 9:27 AM

    अब मुडभेड भयो भने पनि प्रहरी र आन्दोलनकारी(बिद्यार्थी र सर्वसाधारण)लाई नै केहि हुने त हो नि नेता र मन्त्रीहरुलाई के नै हुन्छ र ?? फेरी पनि मर्ने त जनता न हुन् ….

  3. Diness said

    am December 20 2009 @ 11:43 AM

    Might be , few Sahid will be added. every body be ready for that..

    Dness

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree