जातिय विद्वेश फैलाउने प्रतिष्पर्धा

जे होला होला भन्दै जातिय आधारमा राज्यको घोषणा गर्दै जाने हो भने नयां नयां सिमानाको खोजी गरेर किन टाउको दुखाउनु । खुरुक्क पृथ्वीनारायण शाहको पालाभन्दा अगाडि बाइसे र चौविसे राज्यहरुको सिमा जे थियो त्यही आधारमा ४५ वटा गणराज्यको घोषणा गरे टन्टैसाफ हुन्थ्यो नी ।

जातिय रुपमा स्वायत्त गणराज्य घोषणाको प्रतिष्पर्धा सहभागिहुंदै नेवार समुदायले माओवादीले अगाडि सारेको भन्दा भिन्न रुपको स्वायत्त नेवा राज्यको घोषणा गरेर जातिय रुपमा संघहरुको निर्माणमा लागेकाहरुलाई बल पुर् याएका छन । गणतन्त्रात्मक शासनव्यवस्थासंगै संघियतालाइ समेत आत्मसात गरिएपनि जातिय रुपमा संघहरुको निर्माण घातकहुने संघिय संरचनाका विज्ञहरुले जोड दिईरहेतापनि जात अनी धर्मको नारा बोकेर सहज रुपमा राजनीतिमा स्थापीत हुन सहज हुने चाल पाएकाहरुले भने भौगौलिक आधारमा भन्दा पनि जातिय आधारमै संघको निर्माणगर्नुपर्ने अभियानलाई तिब्रता दिईरहेका छन । शनिवार काठमाडौंको दशरथ रंगशालामा सबै राजनीतिक दल अनी नेवा राज्यका लागि सकि्रय सबै संगठनहरुले आयोजना गरेको नेवा स्वायत्त गणराज्य घोषणा कार्यक्रम त्यसैको एक रुप हो ।

माओवादीले अगाडि सारेको भन्दा अलि भिन्न रहेको छ संयुक्त संघर्ष समितिले अगाडि सारेको नेवा गणराज्यको सिमाना । माओवादीले काठमाडौं भक्तपुर र ललितपुरलाई मात्र समेटेको थियो नेवा गणराज्यमा । संघर्ष समितिले भने बाग्मतीनारायणीदोलखा र रामेछापसम्मलाई नेवा गणराज्यको सिमाभित्र पार्ने प्रयास गरेको देखियो ।

विभिन्न जातजातिहरुको समिश्रण रहेको नेपाली समाजलाई कुनै जातिय संघियताको आधारमा संघको निर्माण गर्नु भनेको चरम द्धन्द्धतिर समाजलाई धकेल्नु हो । समाजमा मिलेर बसेका वर्ग र जातिहरुविच यो तेरो राज्य र यो मेरो राज्यको भावनाभित्र्याएर उनीहरुविचको मित्रतालाई बैमनश्यतामा परिर्वतन गर्नु हो । एक अर्थमा समाजलाई कहिल्यै नसुल्झने द्धन्द्धमा फसाउनु हो । त्यसैले संघियतामा राष्ट्रलाई रुपान्तरण गर्दा जातिय आधारमा हैन भौगोलिक आधारमा निर्धारण गरी कुनै जात विशेषलाई प्रशय नदिनेगरी संघियतामा जानु नै बुद्धीमानी हो । तर जातिय आधारमा राजनीतिक यात्रा अगाडि बढाउन सकि्रय रहेकाहरुलाइ यो पचिरहेको छैन ।

अन्तको कुरा छोडौंकाठमाडौं उपत्यकाको तीन जिल्ला काठमाडौंभक्तपुर र ललितपुरको कुल जनसंख्यालाई जातिय रुपमा विभाजन गर्ने हो भने नेवारहरु अल्पमतमा पर्ने निश्चित छ । उपत्यकामा स्थायि बसोवास गर्नेहरुमध्ये नेवाहरुको प्रतिशत ३० देखी ४० भन्दा माथि जांदैन । भक्तपुर र ललितपुरका केही बस्तीहरु बाहेक नेवाहरुको मात्र एकल वस्ती र्दुलभ बनिसकेको अवस्था छ अहिले । यस्तो अवस्थामा उपत्यका सहितका अन्य जिल्लालाई समेत समेटेर जाति विशेष आधारमा गणराज्यको घोषणा गर्दा ६० प्रतिशत ओगट्ने अन्य जाति के मौन बस्लान

भन्नलाई संघिय राज्यको घोषणा जातिय नामको आधारमा गरिएपनि सबै जातीलाई समान अधिकार हुन्छ भन्छन् नै । तरत्यो केवल भन्ने कुरा मात्र हुन भन्ने तथ्य त जातिय राज्यको माग गर्नेहरुले प्रयोग गरिरहेका भाषाहरुवाट नै स्पष्ट हुन्छ । उनीहरुको पेलाई जातिय आधारमा राज्यको निर्माणवाट शुरु भईपछि सांस्कृतीकभाषिक दमनमा रुपान्तरण हुने निश्चित छ ।

यदी हैन जे होला होला भन्दै जातिय आधारमा राज्यको घोषणा गर्दै जाने हो भने नयां नयां सिमानाको खोजी गरेर किन टाउको दुखाउनु । खुरुक्क पृथ्वीनारायण शाहको पालाभन्दा अगाडि बाइसे र चौविसे राज्यहरुको सिमा जे थियो त्यही आधारमा ४५ वटा गणराज्यको घोषणा गरे टन्टैसाफ हुन्थ्यो नी ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

10 Comments so far »

  1. timroblog said

    am December 26 2009 @ 10:38 PM

    newaa gan raajya jindaabaad !

    chhetri ra baahunko kaath rajya jindabaad !

  2. radicalDemocrat said

    am December 27 2009 @ 3:56 AM

    http://www.mysansar.com/archives/2009/12/id/8074

    दशरथ रंगशालामा खचाखच भरिएको मान्छेहरुको भिड हेर्दा एउटा कुरा अवश्य भन्न सकिन्छ कि दुइ-ढाई सय बर्षदेखि राज्यको एकात्मक सत्ताले थिचो-मिचो गरेको नेपालका बहुल जात,जाति,धर्म,भाषा,र संस्कृतिको कारण आज त्यति बिधि मान्छेहरु मुक्तिकोलागि लाम-लस्कर लागेका छन ! साथ साथै, हामि यसमापनि सावधान रहनु पर्छ कि अल्पसख्यकहरुको पूर्ण रुपमा समानान्तर बिकासकोलागिपनि राज्यले संबिधानमा ग्यारेन्टी गरोस !

    नेवा राज्यको अवधारणा सरसर्ती पढ्दा यसका योजनाकारहरु अल्पसंख्यकहरुको समान अधिकारको बारेमापनि पूर्ण रुपमा सचेत र इच्छुक रहेको धेरै ठाउमा प्रष्टै देखिन्छ !

    येथास्थितिबादीहरु अरुको आर्थिक, भाषिक र सांस्कतिक शोषण गर्न पाउनजेल थाहा नपाएको जस्तो गरेर चुपचाप रहन्छन, जब सदियौ देखि शोषित पक्षहरु जाग्छन तब साप्रदायिकताको मकुन्दो भिराउने कु-चेष्टा गर्छन ! अब राज्य संरचनामा परिवर्तन कुनै माइकल-लालहरुले रोकेर अब रोकिन वाला छैन !

    These kind of the same old cunning tricks work no more.

  3. Ram bd lama said

    am December 27 2009 @ 3:28 PM

    नेपाल एकदम खतरनाक स्थिति तर्फ गैरहेको संकेत हो यो …. माओबादी ले घोसना गरेको भन्दा पनि एक हात माथि गएर तामांग र किरात हरुले दाबि गरेको छेत्र समेत यी नेवार हरुले दाबि गरेका छन्…… पार्टीगत भिन्नता भएपनि जातिगत कट्टरता ले गर्दा हेरेक पार्टी मा भएका हरु एक ठाउमा उभिएका छन्…..एसको सुरुवात मधेसी हरुले गरेका थिए,…..अहिले नेवार ले गर्यो, भोलि तामांग ले गर्ला, पर्सि खस हरुले गर्लान….एस्तो हुनुमा धेरै को स्वार्थ छ….. तर पनि हे माओबादी र अरु जातिय राजनीति गर्ने दल हरु!!!!! जातिय/ साम्प्रदायिक राजनीति गर्दै साम्प्रदायिकता को झिल्को लगाउन जति सजिलो छ, तेस्ले लगाउने डढेलो निभौना हजार गुना बढी गार्हो हुन्छ…..के अब हामि नेपाली भन्न नपाउने नै हो त??? ….भगवान ले हामि नेपाली र हाम्रो नेपाल लाई बचावोश!!!!!! जातिय/ साम्प्रदायिक राजनीति गर्ने दलाल हरु मुर्दाबाद!!!!!!!!!
    जय नेपाल, जय नेपाली.

  4. DG Ghalan said

    am December 27 2009 @ 4:23 PM

    जय नेवा ,जय ताम्सालिंग ,सड्यन्त्रकारीले जे भने पनि जे लेखे पनि हामीले जातीय राज्य पाउनै पर्छ ।आजको नयाँ नेपालमा हामीले खस-ब्राह्मणवादी अहंगकार्वाद सहेर बस्नु हुन्न । खस-ब्राह्मणवादी राज्य सत्ता मुर्दावाद । हामीहरु बीच सिमानाको विवाद छ त्यसलाई हामीले मिलाएर जानु पर्छ तर सिमानाको विवादलाई चर्को बनाएर सड्यन्त्रकारीहरु र खस-ब्राह्मणवादी अहंगकार्वादिहरुलाई माथि आउनु ठाउँ दिनु हुन्न ।http://janata.weebly.com/7/post/2009/12/4.html

  5. Dinesh Chhetri said

    am December 27 2009 @ 7:14 PM

    अहिले खस (बाहुन, चेत्त्री, ठकुरी, सन्यासी-दस्नामी) –खस दलित समेत —– हरु माथी सबै तीर बाट आक्रमण भैरहेको छ…….. हुदा हुदा २ बर्स अगाडी नागरिकता पाएका इंडियन आप्रबसी हरुले समेत खस र रास्त्र निर्माता पृथ्वी नारायण शाह को खोयिरो खन्ने अनि कथित जनजाति भनिने हरुले उनिहरु संग मिलेर खस हरुलाई गाली गर्ने? अहिले हिंदी माँ सपथ लिदा चरेसानन्द लै बचौना कथित जनजाति का अगुवा हरु को दलाली पनि एउटा उदाहरण हो…. नेपालको ४०% खस हरुको चित्त दुखाएर कसैले जातिए राज्येको कल्पना गर्छ भने त्यो एउटा भ्रम मात्र हो…..
    नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन्, छेत्त्री ,ठकुरी,सन्यासी)–दलित समेत—– अहिले नेपाल मा देखिएको खस र नेपाल बिरोधि बिखण्डनकारी हरु संग मुकबाला गर्न पनि खस हरुको बलियो संगठन बनाउनु आवसेक छ. आफ्नो संगठन खोलेर छेत्त्री, बाहुन हरुले एकदम राम्रो गरे . अब ठकुरी, र सन्यासी ले पनि आ- आफ्नो संगठन खोल्नुपर्छ , र अनि सबै मिलेर खस हरु को महा- संगठन खोल्नु पर्छ
    हजारौ वर्ष देखि नेपाल का रैथाने , आदिबासी खस को बिरोध मा भोट , बर्मा /थाइलेडं र इंडिया बाट नेपाल चिरेका आप्रबासी हरु को नेपाल तुक्र्युने उदेश्ये सफल हुन नदिन र नेपाल लै बचौना पनि खस हरु को एकता हुनु जरुरि छ.
    जय देश नेपाल

  6. sudip said

    am December 27 2009 @ 7:35 PM

    disgusting yaar, laaj lagcha timharuko tallostar ko sochhai dekhera.

  7. Ekalavya Sharma said

    am December 27 2009 @ 7:51 PM

    Lamajee,

    I can still have some hope for Nepal when I see “Integrationist” people like you commenting on the blogs. Thank you very much for keeping your sanity in the “season of ethical and racial madness”.

  8. bikas gurung said

    am December 27 2009 @ 11:10 PM

    अहीले को शीक्षित जमात ले पनि येस्तो जातियतालाई प्रसए दियर केही घ्रिनित कम्मेन्ट गरेको देखेर टिठ लाग्यो । म गुरुङ भएर पनि बाहुन्-छेत्री धेरै भएको स्कूलमा पढें अनी त्यही समाज्मा हुर्के । कहीलै लागेन म शोसन मा छु … सधै मिलिजुली यहाँ सम्म आइयो । जातियता को बिष पिलाउन खोज्छन ती जो प्रतिसपर्दा गर्न डराउछन । जो सक्क्षम छ उसैले अगाडि बड्ने अधिकार पाउछ र पाउनुपर्छ न की जात को आधारमा ।

  9. nitish said

    am January 11 2010 @ 11:34 PM

  10. shiva tandan said

    am March 8 2010 @ 6:59 PM

    ethnic federalism sajilo chha bhannethaneka chhau, bidesi dalalharu? yo des timiharuko matra ho?

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree