अब जय कांठ

यो जातीय राज्य होइन। यो जातीय राज्यको विरोध हो। म नेवार, बाहुन, दलित, जनजाति, आदिवासी, मधेसी, पहाडिया भनेर छुट्याउन चाहन्न। नेपाल देशको भूगोलमा बस्ने जनता सबै नेपाली हुन्, नेपालीबाहेक यो मुलुकमा अरु जात छैन।

जय मधेसजय नेवामात्र हैन अब जय कांठको नारापनि सुनिन थालेको छ । काठमाडौं भक्तपुर र ललितपुर लगायतका जिल्लालाई समेटेर नेवार समुदायले नेवा स्वायत्त प्रदेशको घोषणा गरेपछि काठमाडौंको कांठ क्षेत्रमा बसोबासगर्नेहरुले पनि आफ्नो छुट्टै राज्यको माग गर्दै कांठ राज्यको अवधारणा अगाडि सारेका छन । कांठ राज्यको माग गर्दै कांठ राज्य प्रदेश संघर्ष समितीमा संगठीत भएका कांठेहरुले आफ्नो छुट्टै झन्डाको साथै आफ्नो राज्यको सिमाना तोकिसको रहेछन । त्यत्ति मात्र हैन अब माओवादी र नेवार समुदायझै उनीहरुले पनि सार्वजनिक कार्यक्रम गरेर कांठ स्वायत्त प्रदेशको घोषणाको तयारी गरिसकेका छन ।

कांठ प्रदेशमा उपत्यकाका एक सय चार गाविस समेट्ने तयारी भएको छ । जसमा काठमाडौं र ललितपुर सहित किर्तिपुर र मध्युपुर ठिमीका केही गाविसहरुपनि पर्ने रहेछन । संघर्ष समितिका अनुसार काठमाडौंको चक्रपथबाहिरको सबै भुभाग कांठ राज्यमा पर्ने रहेछ । त्यसमा भक्तपुरको अरनिको राजमार्ग हुंदै चक्रपथजनकशिक्षा सामागि् केन्द्रको मध्यबाटो बाहिरका स्थान कांठ प्रदेशमा पर्ने रहेछ । कांठ राज्यको माग अगाडि सार्ने कांठ राज्य प्रदेश संघर्ष समितिका संयोजक रहेछन लोक िसंखडा । उनले आफुलाइ जातिय आधारमा राज्यको माग गर्ने होडवाजीको विरोध गर्दै कांठ राज्यको माग अगाडि सारेको बताएका छन । तरुण साप्ताहिकमा प्रकाशित उनको अन्र्तवार्ता :

छुट्टै काँठ राज्यको घोषणा गर्दैछौं

लोक सिंखडा, संयोजक
काँठ राज्य प्रदेश संघर्ष समिति

यो मुलुकमा जसले जे बोले पनि हुने हो र?
– हुँदैन। जसले जे बोले पनि हुन्न। न त त्यसरी कसैले बोल्न नै पाउँछ। बोल्नेलाई कारबाही नगर्दा मुलुकमा दण्डहीनता बढेको हो।

त्यसोभए काँठ राज्यको माग किन त?
– जे मन लाग्यो, त्यही बोल्नको लागि यसको माग गरेको होइन। यो  काँठ राज्यको माग ऐतिहासिक पृष्ठभूमि तथा वर्तमान अवस्थाको आवश्यकता अनुरूप आएको हो।

काँठ राज्यको आवश्यकता किन पर्योथ त?
– जब देशमा संघीयताको नाममा जातीय राज्यको घोषणा हुँदै गयो, त्यसलाई रोकथाम गर्नको निम्ति यो माग गरेका हौं। अर्को, नेताहरूले राजनीति त गरे, तर उनीहरूमा राष्ट्रवादी चेत आएन, त्यसलाई तोड्नको निम्ति पनि यो काँठ राज्यको माग गरेका हौं। नेताहरूको चेत नखुलेको कारण उनीहरूलाई झकझकाउन पनि यो जरुरी थियो।

भनेपछि नेताहरूको चेत खुलाउनमात्र हो, प्रदेश बनाउन होइन?
– यसको मतलव प्रदेशको माग गरेका नै छैनौं भन्ने होइन, साथसाथै त्यो पनि हो।

संविधान निर्माणको अन्तिम समयमा यसको केही अर्थ छ र?
– त्यसरी भनिहाल्न मिल्दैन। यसले काँठेहरूको भावनामा चोट लाग्न सक्छ। उता, नेपाल शब्दको उत्पत्तिसँगै काँठ शब्द पनि आएको हो। र, काठमाडौं नाम पनि सोही काँठबाट बनेको हो। तर, अहिले यो किन आवश्यकता भयो भन्ने सवालमा केही कुरा भन्न जरुरी छ। काँठको जुन ऐतिहासिक महत्व र पृष्ठभूमि छ, अहिले त्यसलाई मेट्ने प्रयास भएको छ। त्यसले काँठको ऐतिहासिक पहिचान लुटाउने र गुमनाम बनाउने षड्यन्त्रबाट जोगाउन यो माग गरिएको हो। ऐतिहासिक भएर पनि गुमेको र गुम्न लागेको पहिचानलाई स्थापित गर्न सम्पूर्ण काँठेहरूको मनोभावना बुझेर यसको माग गरेका हौं।

माओवादीले नेवाः राज्य घोषणा गर्नेबित्तिकै तपाईहरू सलबलाउन थाल्नुभयो नि?
– माओवादीहरूले गणराज्य घोषणा गर्नुभन्दा पहिला नै हामीले पत्रकार सम्मेलन गरेर नै काँठ राज्यको माग बाहिर ल्याइसकेका थियौं। अर्को, जब देश संघीयतामा जाने भइसकेपछि हामीले काँठ राज्यको माग दुई वर्ष अगाडिदेखि नै गर्दै आएका थियौं। त्यसका लागि हामीले आन्तरिक तयारी पनि गरिरहेका छौं। माओवादी जसरी हामी पनि सार्वजनिक सभाबाट काँठ राज्य घोषणा गर्छौं।

नेवारहरूले विरोध गर्लान् नि?
– पहिलो कुरा के बुझ्न जरुरी छ भने यो जातीय राज्य होइन। यो जातीय राज्यको विरोध हो। म नेवार, बाहुन, दलित, जनजाति, आदिवासी, मधेसी, पहाडिया भनेर छुट्याउन चाहन्न। नेपाल देशको भूगोलमा बस्ने जनता सबै नेपाली हुन्, नेपालीबाहेक यो मुलुकमा अरु जात छैन। तर पनि तपाईको कुरो छ, नेवारहरूको सवालमा, काँठका नेवारहरू अत्यन्त पीडित छन्।

कसरी पीडित छन्?
– एक/दुईजना नेवारले सबै सुविधा पाए भन्दैमा यसरी अर्थ लगाउन मिल्दैन। मुलुकका चार हजारवटै गाविसमा उनीहरू छन्। सुन पसल राखेर, चामल, पिठो राखेर, लत्ता कपडा राखेर जनताको सेवा गरिराखेका छन्। पसल छ, तर घरसीमित जग्गामा छ। अनेक नाममा उनीहरूबाट चन्दा मागिन्छ, नदिए विस्थापित हुन्छन्। उपत्यकाको हकमै बाहिरबाट काठमाडौं मानिस आउँछन् र जग्गा जमिन खरिद गर्छन्। यसले सबभन्दा पहिला नेवार दाजुभाइ विस्थापित हुन्छन्। उनीहरूको स्थानमा अरु नै निर्वाचनमा उठ्छन् र जितेर जान्छन्। उनीहरू भोटरमात्र भएर लामो समयदेखि बसिरहेका छन्। तसर्थ, नेवाः राज्य बनाए पनि यसले नेवार दाजुभाइहरूलाई केही फाइदा गर्दैन भन्ने उनीहरूले बुझेका छन्। नेवाः राज्य उनीहरूको नाममा राजनीति गर्ने र फाइदा लिने तत्वहरूको कुरो हो।

काठ राज्यको सिमाना कहादेखि कहासम्म हो त?
– पुरानो चक्रपथभन्दा बाहिर काठमाडौं, भक्तपुर, ललितपुरका काँठका सबै क्षेत्रहरू यसको सिमाना हुन्। भक्तपुरको अरनिको राजमार्ग हुदै भक्तपुर चक्रपथ, जनक शिक्षा सामग्री केन्द्रको मध्यबाटो बाहिर पर्ने भू–भागमा बस्ने  सम्पूर्ण जनजातिको तीनै जिल्लाको पुरानो भूगोलको साझा बासस्थान नै ‘काँठ राज्य’ हो।

कति गाविस र नगरपालिका छन्?
– एक सय चार गाविसलाई हामीले काँठ राज्यभित्र राखेका छै। त्यसमा कीर्तिपुर र मध्यपुर नगरपालिका पनि पर्छ।

त्यसोभए नेवाः राज्य चक्रपथभित्र मात्र रहन सक्ने रहेछ, हैन त?
– हो। अरुको क्षेत्रमा हाम्रो हस्तक्षेप होइन। तर हाम्रो काँठमा पनि हस्तक्षेप नगरियोस् भन्ने हो। यदि त्यस्तो हस्तक्षेप गरियो भने काँठेहरू उठ्नेछन् र त्यसको जुनसुकै ढंगले प्रतिकार गर्नेछन्।

को को छन्, तपाईको संघर्ष समितिमा?
– सबै काँठवासी यसको पक्षमा छन्, तर उनीहरूको पक्षबाट आवाज उठाइएको छैन। त्यसैले मौन जस्ता देखिएका छन्। जब साँच्चै अन्यायमा परेको महसुस गर्छन्, तब काँठेहरू जाग्न सुरु गर्नेछन् भन्ने हाम्रो विश्वास छ।

माओवादी, एमाले, कांग्रेसका नेताहरू पनि छन् कि?
– छन्। यो दल र ऊ दल भन्ने छैन। यहाँ बस्नेहरू सबै छन्। काँठका सबैको सहमति छ। अन्य दलका नेता तथा कार्यकर्ताहरू यसमा खुलेर लागेका छैनन्, भित्रभित्र सबैको सहयोग छ। त्यसैले हाम्रो कमिटीका अरु साथीहरू बाहिर देखिनु भएको छैन। ती सबै अहिले भूमिगत छन्।

जायज माग भए त भूमिगत किन हुनुपर्योइ र?
– माग जायज छ, तर पनि पार्टी कारबाहीमा परि हालिएका कि भन्ने डरले पनि उनीहरू सार्वजनिक हुन सकेका छैनन्। पाक्नलाई टाइम लाग्छ, पाकेर खाँदाको स्वाद बेग्लै हुन्छ।

के के गर्नुभयो त यसका लागि?
– काँठका सबै गाविसहरूका जनतासँग धेरै चरणमा छलफल गरेका छै। सम्पर्कमा आउने क्रम बढ्दो छ। सम्पर्कमा आउनेहरूले आर्थिक, भौतिक र बौद्धिक जुनसुकै सहयोग गर्छौं भनेका छन्। हाम्रो पक्षमा बोल्दिने मानिस कोही थिएन, अहिले नबोले कहिले बोल्ने? भन्ने उहाँहरूको भनाइ छ।

किन काँठ राज्यको मागमा सहमति जनाउन आए?
– यसमा कुरो स्पष्ट छ। पहिलो त काँठका मानिसहरू अत्यन्तै धनी छन्, यिनीहरू जति धनी अरु सायदै होलान्, तर पनि पीडित छन्। अस्पतालको लागि रकम दिन्छन्, तर उनीहरूको आँगनमा अस्पताल बन्दैन। उनीहरूकै जग्गामा राम्रा होटल खुल्छन्, तर जागिर मिल्दैन। उनीहरूकै जग्गामा राम्रा तथा स्तरीय स्कुल र विश्वविद्यालय खुल्छन्, तर छोराछोरीले पढ्न पाउँदैनन्। बाटो बन्छ, तर सुविधा प्रयोग गर्न पाउँदैनन्। फोहर सहरमा हुन्छ, काँठमा ल्याएर फालिन्छ। पानीको मुहान छ, पिउने पानीको थोपो छैन। कलकारखाना हुन्छ, रोजगार हुन्न। सहरका सबै खाद्यान्न तथा तरकारी यतैबाट जान्छ, तर सहर जाँदा काँठे भनेर हेपिनुपर्छ। चुनाव आउँछ, उम्मेदवार बाहिरबाट आउँछ, जितेर जान्छ, त्यो फर्केर काँठमा आउँदैन। काँठेहरू जहिले पनि भोटरमात्र हुन्छन्। विकासको रकम अरु ठाउँमा छुट्याइन्छ, यो काठमाडौं हो भनेर हेपिन्छ। काँठेहरू जहिल्यै पनि बत्तीमुनिको अँध्यारो भएर बस्नुपरेको छ।

तमाम समस्या रहेछन् त काँठमा?
– जग्गा छ, तर घर बनाउने ठाउँ छैन। जमिन छ, तर उब्जनी छैन। स्कुलमा मास्टर खाली छ, तर काँठेलाई रोजगार छैन। हाइट्रेसन छ, बत्ती छैन। कुनै गाविसमा बैंक छैन, न त इन्स्युरेन्स कम्पनी नै छ। आँखै अगाडि ठूल्ठूला सरकारी कार्यालय छन्, तर काँठेलाई रोजगारी छैन।

यी सबै प्राप्तिको लागि तपाईहरूको संघर्ष हो?
– हामीले ‘पिचेरी’को नारा दिएका छौं। त्यो भनेको पिछडिएका, चेपिएका, रित्तिएकाहरू भनेको हो। यी काँठेहरू हुन्। हामीबाट पालिनेहरूले हामीमाथि शासन जमाइराखेका छन्। उनीहरूको पक्षबाट यो आवाज उठाएका हौं। काँठेभन्दा लाज मान्ने काँठेहरू अहिले गर्वका साथ आइरहेका छन्। ‘जय काँठ’ भन्दै उनीहरू काँठको पक्षमा जुर्मुराउन थालेका छन्। त्यसैले हामी आफैं आफ्नो राज्य सञ्चालन गरेर आफैमाथि शासन गर्नसक्ने योग्य नागरिक हौं र छौं पनि।

मुख्यमन्त्री बन्ने लोभमा त यो भइरहेको छैन?
– यो एकदम गलत कुरा हो। यो राज्यको सञ्चालनमा जुनसुकै काँठे पनि आउन सक्छन्। काँठका जो पनि मुख्यमन्त्री बन्न सक्छन्।

होइन जस्तो लाग्यो मलाई त?
– तपाईलाई एउटा कुरा भनिहालौं, मलगायत केही साथीले प्रतिज्ञा गरेका छौं कि राज्यका कुनै पनि सेवासुविधा हामीले नलिने किनकि हामीलाई त्यो लिन जरुरी नै छैन। हामी काँठेहरू बेलायतीभन्दा पनि आर्थिक रूपमा सक्षम छौं। एउटा सामान्य काँठेको पनि करोडको सम्पत्ति छ। तपाईको पत्रिकाबाट एउटा कुरा भनिहालौं काँठेहरूलाई र अरुलाई पनि अब काँठे शब्द हेपिएको शब्द भएन, यो त गर्वको कुरा हो। सबैले भनां, ‘जय काँठ’।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

7 Comments so far »

  1. DG Ghalan said

    am December 28 2009 @ 6:28 PM

    ह ह ह हाँस्न मन लाग्यो ।सम्पादक ज्यु लाई धन्यवाद दिन मन लाग्यो यति सान्दर्भिक कुरा ल्याउनु भएकोमा । मैले यो लेख पढे पछी थाहा भो कि म पनि काँठमा पर्दो रहेछु ।तर लोक सिंखडाले दाबि गरे जस्तो हाम्रो त कति पनि समर्थन छैन त काँठ छेत्रलाई ।म ललितपुरको एउटा गाबिसमा जन्मेको तामांगको छोरो। मलाई ललितपुरको बारेमा धेरै थाहा छ ।ललितपुरमा नेवार र तामांग जातिको ठुलो बस्ति छ । काठमान्डूको खाल्डो नागे पछीको धेरै गाबिसहरु तामांग जातिले बसोबास गर्दै आएको हो । त्यसैले कुरा के उठेको छ भने काठमान्डू,ललितपुर र भक्तपुरको तामांग बस्ति भएको छेत्रलाई ताम्सालिंगमा गाब्ने र त्यसै गरी बनेपा,बिदुर नगरपालिका ,चित्लांग र दोलखाका गाविसहरु नेवार जातिलाई दिने भन्ने कुरा भने आएको हो । यो वास्तबमा तामांग जाति र नेवार जातिले छिनो फानो गर्नु पर्ने कुरा हो । तर जहाँ सम्म “काँठ” जस्तो वायत कुरा बाहिर आएको छ यो कुरा चर्चा गरेर हिन्यो भने भोलि लोक सिंखडाहरु कहाँ भाग्नु पर्ने हो थाहा छैन । उहाँले त्यसै भनेर हुन्छ “हामीलाई सबैको समर्थन छ भनेर ..”? कुन चाहिं गाबिसमा गएर उहाँले जनमत लिएको हो प्रष्ट भएन । हाम्रो तिर आएर यस्तो जनमत लिएको भए उहाँले राम्रो उपहार पाउनु हुन्थ्यो होला । आउनु होला सिंखडा ज्यु हाम्रो छेत्र तिर … तपाइँको लागि जुत्ताको माला र कालो मोसो सुरक्षित छ ।

  2. Dinesh Chhetri said

    am December 28 2009 @ 8:21 PM

    यो काठ छेत्र मा खस् हरुको ९०% आवादी छ…….येसरी जातिय रुप मा नै देश टुक्र्याउने हो भने हामि खस् हरु किन नेवार वा तामांग राज्येको दोस्रो दर्जा को नागरिक भएर बस्ने???????????
    जातिय राज्येको वोकालत गर्ने हरुले मेरो प्रस्न को उत्तर दिन सक्छन????
    सबै लै राज्य, तर नेपाल का सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ??
    खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली र खप्तड वा सेती महाकाली भनेको ??? एमाले र माओबादी ले बनाएको बहु संस्कृतिक राज्य मा ९५% खस हरुको जनसंख्या छ…तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने, हे माओबादी र एमाले…..याद राख …. नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!!

  3. romu thapa said

    am December 29 2009 @ 3:25 AM

    According to http://www.cbs.gov.np the population of Chetri and Braman equals to about 21.5 percent of the total population of Nepal and the Tharu has a population of 13.30 percent. However both of these casts does not got a state (from maobadi) as compare to Limbu (0.90%), Tamang (0.96%), Kirat (0.91%), Newar (1.95%) who have separate states. I am not against any casts or ethnicity; however I feel that we need a Nepal which has no casts and everyone have same rights. Lets start by using the father’s and mother’s name as a cast ( for example, The son of Ram sharma and Sita karmacharya will be Keshav
    Ram Sita. This system is in used in many countries) so after a few generation we will not have any casts left so no maobadi or khaobadi will use us to reach on power. Long live our country!!!!( Bibek Lama)
    Sabai le rajya koje pachi, kath le pani khojne bhayo nai….

  4. Dinesh chhetri said

    am December 29 2009 @ 4:13 AM

    Romu ji,

    बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित haruko total % jodnus, ani KHAS ko janasankhya pratisat niskancha….. jun lagvhag 45% cha…

    tapai ko bichar ko ma kadar garchu… kunai pani thar nalekhau bhanne….!!!!. haami KHAS haru kahile pani jatiye rup maa kattar bhayenau…. tara yi jaatibaadi/sampradaayik harule desh nai tukryulan jasto gari je manlagcha tehi gareko le maatra haami KHAS haru pani sochna badhye hunupareko ho.

  5. romu thapa said

    am December 29 2009 @ 8:18 AM

    When all other leaders are doing it openly, Lok Sinkhada need not go underground.

  6. Dharmaraj KC said

    am December 29 2009 @ 11:57 PM

    wow malai pani yestai lagi ra ko thityo ki yi sale newar haru ani bhote haru ko matrai rajya bhayera hudaina ni hami kaTh ma basne ko pani ta chahiyo ….Goood job mitra good job…keep it up !!!! we are with you!!! Jaya Nepal…..Jaya kath…KaTh rajya Jindabaath!!!!!! kaTh rajya Jindaabaath!!!

  7. nitish said

    am January 11 2010 @ 11:31 PM

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree