मुखमा रामराम बगलीमा छुरी

संविधान सभामा सहभागि दलहरु मुखले रामराम भन्दै तोकिएको समयमा संविधान सभामार्फत नयां संविधान जारी गराउन सकि्य भएको देखिएपनि संविधान सभाको गला रेट्ने छुरी उनीहरुकै हातमा छ ।

आखिर संविधान सभामा प्रतिनिधित्व गरेका दलहरुले पाएको स्पष्ट म्यान्डेड के हो ? अन्यौल बढाउनु ? दलहरुविच विभाजन र फुट उत्पन्न गराएर राष्ट्रलाई अनिश्चततातिर धकेल्नु ? कोही भारतको चाकरीमा लाग्नु कोही चीनतिर ढल्कीनु ? सत्ताका लागि कोही भारतसित लविगं गर्नु त कोही चीनको अर्शिवादका लागि दौडनु ? कोही राष्ट्रपतिलाई राजाको रुपमा विकसित गर्नतिर लाग्नु त कोही राष्ट्रपतिलाई असफल बनाउन सकि्य हुनु ? कोही गणराज्य घोषणा गर्दै हिड्नु त कोही संविधान सभा मार्फत संविधान बन्दैन भन्दै सबैको आशामा तुसारापात गर्नु ? हैन आखिर किन हो ?

संविधान सभा साच्चिकै संविधान सभामा प्रतिनिधित्व गर्ने ठुला हुन या साना सबै दलको ताल हेर्दा बढो अलमल्ल पो परियो भन्या । भन्नलाई सबैले भन्छन संविधान सभाको एक मात्र म्यान्डेड भनेको तोकिएको अवधि अर्थात २०६७ जेठ १४ गते नयां संविधान जारी गर्ने । बस संविधान सभाले दलहरुलाई तोकेको म्यान्डेड यत्ति हो । यिनिहरुको प्रमुख काम यही हो । सरकार बनाउने अन्य राष्ट्रको चाकरीमा लाग्ने कामहरु संविधान सभाको म्यान्डेड भित्र पर्दैनन ।

तर, सबै दलहरु संविधान सभाले दिएको आदेश अनुसारको काम फिटिक्क गर्ने हैनन । तर को चै संविधान सभाको म्यान्डेडप्रति पुरै बफादार रहेका छन भन्ने भ्रम छर्न भने पुरै प्रतिवद्ध रहेको स्वागं गरिरहेका छन । एक दल अर्कोलाई संविधान सभालाइ असफल बनाउने शड्यन्त्रमा लागेको दावी गर्दै नागरिकका अगाडि गोहिको आंशु झारिरहेका छन र आफु चै पुरै प्रतिबद्ध रहेको भ्रम छरिरहेका छन । तर समष्टीमा अहिले संविधान सभामा सहभागि रहेका ठुलोमा एनेकपा माओवादीदेखी सानोमा नेपाल परिवारदलसम्म कोहीपनि संविधान सभाको म्यान्डेडप्रति प्रतिवद्ध रहेर संविधान निर्माणमा दत्तचित्त भने भएका छैनन । उनीहरु आफु बाहेक अरु सबै नालायक भएको र संविधान सभा भाड्न लागेको आरोप लगाउंछन तर आफुपनि त्यही अभियानमा लागिहाल्छन ।

संविधान सभालाइ असफल बनाउने शड्यन्त्र भएको भन्दै आन्दोलनको घोषणा गर्छन । सदन अवरुद्ध बनाउंछन । आम हड्तालको घोषणा गर्छन अनी गोहिको आंशु झार्छन । हरे के आन्दोलनले चै संविधान सभालाई सफल बनाउंछ ? अर्को दल सदन अवरुद्ध गरेर संविधान सभालाइ काम गर्न नदिने शड्यन्त्रमा लागेको छ भन्दै हुलका हुल बोकेर विदेश भ्रमणमा जान्छन । के संविधान विदेशीले बनाईदिने हो र ? अनी कोही चै संविधान सभामार्फत तोकिएको समयभित्र संविधान बनेन भने के हुन्छ भनेर ज्योतिषबन्दै भविष्यबाणि गर्दै हिड्छन । के भविष्यवाणिवाट चै संविधान बन्छ ?

तोकिएको समयभित्र संविधान बनेन भने के हुन्छ अन्तरिम संविधानमा स्पष्ट उल्लेख होस या नहोस् दृष्य चै स्पष्ट छ । राष्ट्र विघठनको संघारमा पुग्छ । दलहरुको अस्तित्व समाप्त हुन्छ । राष्ट्र अनिश्चितताको भुमरीवाट कहिल्यै बाहिर निस्कन नसक्नेगरी फस्नेछ । पतन गराइसकेका शक्तिहरु पुन र्जुमुराउनेछन । गणतन्त्र जोक मात्र बन्ने छ । त्यसले बैधानीकता पाउने छैन । संविधान सभामा पाएको संख्याको आधारमा अहिलेका दलले त ठुलो कि म ठुलो भनेर विवाद गर्न ब्यर्थ हुन्छ ।

यही सत्यले के देखाउंछ भने संविधान सभामा सहभागि दलहरु मुखले रामराम भन्दै तोकिएको समयमा संविधान सभामार्फत नयां संविधान जारी गराउन सकि्रय भएको देखिएपनि संविधान सभाको गला रेट्ने छुरी उनीहरुकै हातमा छ ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

2 Comments so far »

  1. katuwal said

    am January 1 2010 @ 12:43 PM

    कुरा यस्तै हो राजनीतिको
    काम व्यस्तै हो देश डुबाउनेको
    हामी जनता सबै भर्चुअल शक्तिले लेस
    कुरै मात्र गरेर डुबाउने भए देश

  2. radicalDemocrat said

    am January 2 2010 @ 5:10 AM

    Happy New Year 2010 to all !

    May this new year bring more energy, healthiness, peace and fortune to all of you.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree