विष्णुलाल रहेनन्

तेस्रो जनआन्दोलनको क्रममा गीम्भर घाइते भई उपचारकाक्रममा रहेका विष्णुलाल महर्जनको मृत्यु भयो । कलंकीमा भएको प्रर्दशनकाक्रममा गम्भिर घाइते भएका महर्जन उपचारमै थिए । गर्धनमा गोली लागेर हल न चलको अवस्थामा ज्युदो सहिदको उपमाका साथ उपचारमा रहेका महर्जनले मोडल अस्पतालको बेडमा अन्तिम सास फेरे । बैशाख ७ गते कलंकीमा गणतन्त्रको माग गर्ने नागरिकमाथि निर्मम दमन गर्दै गोली चलाउंदा काठमाडौं सतुंगल ७ का महर्जन घाइते भएका थिए । प्रधानमन्त्री बनेपछि माधवकुमार नेपाल महर्जनको घरैमा पुगेर उनको हालचाल बुझ्दै उनले मासिक रुपमा पाउंदै आएको ६ हजार भक्तामा चार हजार थपेर दिने घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणा कार्यान्वयन हुनु अगाडि नै उनको निधन भयो । विष्णुका परिवारले प्रधानमन्त्री नेपालसंग कुरुवाको व्यवस्था गर्न र छोराछोरीको शिक्षामा सहयोग गर्न अनुरोध गरेकी थिइन । नेपालले पनि सकारात्मक जवाफ दिएका थिए । तरविष्णु जीवितरहंदै सरकारले उनको परिवारको मागको सुनुवाइ गरेन ।
जनआन्दोलनका घाइते मुकेशको स्वास्थ्य अवस्था गम्भिर छ । उनी बनेपाको घरमै बसेर उपचार गराईरहेका छन । उनी न बोल्न सक्छन न हिडडुल नै गर्न सक्छन । मुकेश प्वाक्क बोलीहाल्छन कि भन्ने आशामा छन उनका परिवार । मुकेशलाई नागरिकले ज्युदो सहिदको उपमा दिईसकेका छन । तर सरकारले औपचारिक रुपमा उनलाई ज्युदो सहिदको सम्मान दिएको छैन ।
विष्णुलालका परिवारले पनि ज्युदो सहिद घोषण गर्न माग गरेको थियो । तर सरकारले उनीहरुको माग टेरेको थिएन । जव विष्णुको निधन भयो तव अब सरकारले उनलाई शहिद घोषणा गर्ने तयारी गरेको छ । सायद सरकार मुकेशलाई ज्युदो सहिद घोषणा गर्नुको साटो सहिद मात्र घोषणा गर्ने दिन कुरेर बसेको पो हो कि

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

2 Comments so far »

  1. radicalDemocrat said

    am January 4 2010 @ 11:22 AM

    बिचारा बिष्णु लाल महर्जन, चुनाव हरुवाहरुलाई प्रधान मंत्री र मंत्रीको कुर्सी, धन सम्पति, सान-सौकात ब्यवस्था गरि दिएर आफ्नो अमूल्य जीवन फ्रंट-लाइनमा लगाएर बिदा भये !

    हरुवा माकुनेले मृत शवमा माला लगाएर मुख खुम च्यायेर भावुकको नौटंकी गरेको कति नपचेको !

    मृत आत्माले चिर शान्ति पाओस !

  2. yogi said

    am January 4 2010 @ 1:01 PM

    hridayadekhi samabedana!!!!!!!!!!!

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree