तीन समाचारका तीन टिप्पणि
१–डा बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन गर्न भारतले दवाव दिएको पार्टी अध्यक्ष प्रचन्डको भनाई सार्वजनिक भएपछि हतारिएर माओवादीले माओवादी नेतृत्वमा सरकार बने त्यसको नेतृत्व पार्टी अध्यक्ष प्रचन्डले नै गर्ने निर्णय गरेछ । सोमवार पार्टीको भातृ संगठनको सभामा बोल्नेक्रममा भारतले बाबुरामलाई प्रधानमन्त्री बनाउन दवाव दिईरहेको सार्वजनिक गरेर हल्का राजनीतिक तरगं ल्याएका प्रचन्डले पार्टीको मंगलवार आकस्मीक केन्द्रिय समितिको बैठक बोलाएर आफ्नै नेतृत्वमा मात्र पार्टी सरकारमा जाने निर्णय गराएछन । संविधान सभा निर्वाचन अगाडि आफु सरकारमा नजाने बताएका प्रचन्ड संविधान सभाको नतिजापछि आफैं प्रधानमन्त्री बनेका थिए । आफ्नो नेतृत्वको सरकार ढलेपछि उनले अब माओवादी सरकारमा गए दोस्रोतहका नेताले नेतृत्व गर्ने सार्वजनिक अभिब्यक्ति दिएका थिए । तर उनी आफ्नो पहिलो वाचा जस्तै दोस्रो वाचामा पनि अडिन सकेनछन ।
टिप्पणि : दाहालको भनाईप्रति आश्चर्यमान्नुपर्ने कुनै कारण छैन । दाहाल वाचेसम्म दोस्रोतहका नेतालाई पावरमा जान दिन्नन् भन्ने विभिन्न घटनाक्रमवाट पुष्टी भईसकेको तथ्य हो ।
२ –मुलुक गणतन्त्रात्मक व्यवस्थामा परिर्वतीत भईसकेको अवस्थामा पनि राजतन्त्रको जयगान गर्ने दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान सभा मार्फत नयां संविधान नबन्ने भयो भन्ने चिन्ता ब्यक्त गर्दै गोहिको आंशु झारेछन । मंगलवार एक कार्यक्रममा पुगेका उनले संविधान सभा मार्फत जारी हुने नयां संविधानप्रति बढो चिन्ताब्यक्त गर्दै जेठ १४ गते संविधान जारी गर्न नसकॆ त्यसको म्याद पनि बढाउन नमिल्ने र देशमा भयावह अबस्था पुग्ने दावी गरेछन ।
टिप्पणि : संविधान तोकेको मितिमा नबने मुलुक भयावह अवस्थामा फस्ने थापाको भनाई सत्य हो । उनको भित्री आशय संविधान नबनोस अराजकता फैलियो र राजाले फेरी खेल्ने अवसर पाउनु भन्ने नै हो ।
३– जनमत संग्रहवाट मात्र संघियतामा जाने नजाने निर्णय गर्नुपर्ने रहेछ गल्ती भयो भन्ने अभिब्यक्ति सार्वजनिक गरेर विवादमा तानिएकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको भनाईको तिब्र विरोध भईरहेको बेला सत्तामा रहेका एमाले फोरम लोकतान्त्रीक र सद्भावनाका नेताहरुले विरोध गरे । उनीहरुले सुजाताले आफ्ना बाबु गिरिजाप्रसाद कोइरालाको लाइन अनुसार बोलेको भन्दै सुजातामाथि कार्वाहीको माग गरे ।
टिप्पणि : सुजाताले केही बोल्नु र विवाद नहुनु पनि सम्भव छ र ?
© 2010, हाम्रो ब्लग. All rights reserved.
























Ujjwal Acharya said
am January 5 2010 @ 10:42 PM
WELL SAID. I AGREE WITH YOUR TIPPANIS!
bijay said
am January 6 2010 @ 10:45 AM
नेपालीहरु मुर्ख हुन् / यति धेरैचोटी प्रजन्तंत्र, प्रजातन्त्र २ , लोकतन्त्र आयो, तर सधै हात्ती आयो हात्ती आयो फुस्सा / जहिले पनि त्यस्तै भ्रस्टचारी नेताहरुलाई मात्रै भोट दिए नेपालीहरुले / अब सबै जनता मिलेर आर्को चोटी निर्बाचन नै बहिस्कार गरौँ , कसैलाई पनि भोट दिनु जरुरि छैन / “येसो गरे कसो होला ?”
मैले त अहिलेसम्म कसैलाई पनि भोट दिएको छैन / आफ्नो छेत्रबाता चुनाबमा उठ्नेहरू देखेर कहिल्यै भोट हाल्न गएर आफ्नो समय बर्बाद गर्न मनै लागेन /
Anti YCL said
am January 6 2010 @ 12:39 PM
प्रचंडेले भोलि मैले एस्तो भनेकै छैन भन्छ होला/ बोलीको ठेगान नभएको यो हत्याराको नाइकेलाई पाता कसेर जेलमा हाल्नु पर्छ /
Eklavya Sharma, said
am January 6 2010 @ 8:09 PM
Prachand-Baburam episode is Maoist version of same old tale which happened between GPK and KP Bhattarai in Congress in post 1990 era. GPK never let KP to be the front man in spite of his caliber and long term association in Congress. The same thing is happening to Baburam in Maoist because of greedy, cunning, ruthless and power monger Prachanda.
prajal said
am January 6 2010 @ 9:34 PM
देश बिगार्ने खुकार अपराधीहरु को फोटो सार्बजनिक भयो , तेस्मा बाबुरामजी पनि पर्नुहुन्छा http://www.outofdream.com/2010/01/nepali-gangster.html
toyota said
am January 6 2010 @ 11:22 PM
श्री के पी ढुंगाना ज्यु गिरिजाको पालोमा अर्डर गरिसकेको डेढलाखको पलंग आदिको बारेमा खुब ब्लग धस्नु हुन्थ्यो ! हरुवा माधव नेपालको परिवार मोहको बारेमा नेपालको संचार माध्यममा जताततै पन्चे बाजा बजि सके तर श्री के पी ढुंगाना ज्युको ब्लगमा हरुवा माधब नेपालको लुच्चो सालिनताको न्युज कहा बन्छ र ???
मोज गर्नुस् माधव कमरेड मोज !
http://www.mysansar.com/archives/2010/01/id/8393
Anti YCL said
am January 7 2010 @ 1:34 AM
लौ न के पी ज्यू माकुने को बारेमा पनि एउटा लेख लेख्नुस /
Eklavya Sharma, said
am January 7 2010 @ 2:23 AM
We already know what MKN is all about. Besides, we have many enthusiastic friends to give us links regarding all the bad performances of MKN. In fact K P jee has to write nothing except give access to his blog for such links, rest leave it to friends like “toyota”.
K P jee really has some guts to write against Maoist as we have already seen faith of Tina Bista while writing against Maoist.
prakash lama said
am January 8 2010 @ 12:36 AM
प्रचन्डका बखान (बखान भन्दा पनी कर्तुत बयान ) गर्न स्वस्थानिका हजार जिब्रा भएका शेसनागले पनि नसक्लान तेसैले यी पिपलपातेका कुरा नगरौ अहीले । जहासम्म कमल थापा र राज्सस्था को कुरा छ ज्ञानेन्द्र साँचा नेपाली निक्लिय । सम्भाबित रक्तपात नगराइ सजिलै बहिर्गमन रोजे । “ल गरि खाओ” भनेर । देश डुबेको दोष राज्सस्था लाई दियर आफ्नो आफ्नो अभिस्ट पुरा गरे । अब दोष कसलाई दिने भनेर किचड फ्यल्दैछन भारतलाई । थुक्क माओवादी । जहासम्म सुजताको कुरो रह्यो जिन्दगिमा पहिलो चोटि सहि कुरा गर्दा पनि बिरोध गर्छन् । हो जतिय आधार मा किन देश टुक्र्याउनु भन्या ?? पहिलो त तेती सानो देश चलाउन किन रज्य बीभाजन गर्नु ? effective decentralization policy लेराउ न । वाइयात । की सबै नेतालाई मन्त्री , मुख्यमन्त्री पद चाहियको हो भने के गर्न सक्छौ र जनताले । न त राजा फ्याल्दा सोद्यौ न अहीले देश टुक्र्याउँदा सोधौला । नेताहरुको लहड नै जन चाहना भन्छौ । हैन भने सक्छौ निस्पक्ष जनमत गर्न ” सङ्हियेता चाहिन्छ की चाहिन्न” भनेर ??
Eklavya Sharma, said
am January 8 2010 @ 1:31 AM
Prakash Lamajee,
“Effective Decentralization Policy”
You hit the nail on the head.
That should be the key policy. It can be done with or without federal-state framework. Federalism itself is not a bad or a good system but depends upon how it is implemented. Considering the population and size of our country Federalism can not be the best remedy. Racial and Ethnic Federalism – forget about it; it’s simply a mass suicide in extremely diversified, intertwined and scattered linguistically-ethnically community like Nepal.
Federalism is a “hot cake” now that sells instantly not because of people’s genuine demand but because of “manufactured and psychologically conditioned” need generated by western money especially EU and UN interest. Most parties are selling this cake because it’s easy to sell out and they have not their own alternate visions.
Federalism is a mean but not an end itself and there are many questions regarding applicability of this mean in Nepal. Like many Nepalese who are afraid to come out of the closet and speak against this mean, even they feel it’s wrong, I too am one among them like you.
DG Ghalan said
am January 8 2010 @ 10:36 AM
टिपण्णी उचित छ तर विगत लामो समयदेखि माओबादीका नेताहरुलाई वायत बिल्ला हान्न तपाई जति कुचेष्टा गर्दै आउनु भएको छ , आजको यो लेखमा सुजातालाई गर्नु पर्ने टिपण्णीमा दम पुगेन। अनि अर्को कुरा मकुने , ओलीहरुको कुरा तपाई ल्याउनु हुन्न : किन होला ? मैले यो वेबसाइटमा पढेको अनुसार तपाईको लेखमा कठपुतली सरकारको वास्ता आउछ । परिवर्तनकामी र अग्रगामी हुने प्रयास गर्नुहोस ।
ballon said
am January 8 2010 @ 6:23 PM
Newly built political mechanism headed by Girija babu has surely infruited the regressive (Dakkshin-panthi) people like Mr. KP Dhungana, Anti Ycl, Eklavya Sharma and of-course KP Oli.
Anti YCL said
am January 9 2010 @ 1:21 AM
Its a high time for some people to scan and clean the maoist shit filled brain, else they will keep on refering people as Girija and Oli supporter who voice against maoist and their atrocrites. I ll challenge chicken heart to lion heart(if there any) maoist in this blog to provide one proof that shows I or Eklavya Endorsed Girija or Oli’s view. On the contrary I could provide you enough proof against our deferal against those two political shits.
sahayog said
am January 9 2010 @ 6:58 AM
हैन माओवादी लाई केही पनि भन्न नपाईने हो कि के ?? नराम्रो लाई नराम्रो भन्दा दक्षिणपन्थी भाईने !!!
संघियता चाहिदैन देश टुक्र्याउन पाइदैन
Anti YCL said
am January 9 2010 @ 11:30 AM
सहयोग
बिरोध गर्न पहिन्दैना त होला/ सायद नागरिक सर्बोचाता भनेको पनि येही होला , माओबादीको बिरोध गर्न नापहिने /
सजिलो नेपाल said
am January 9 2010 @ 10:48 PM
यो मेरो नेपालका सबै राजनीति नेताहरु, सैनिक भाई-भारदारहरु, कर्मचारीहरु, अभिनेताहरु अनि सारा नेपाली जनतामा अपील छ| (बैदेशिक हस्तक्षेप कम गर्न, आफु मिल्नु पर्यो नि, होइन र ? कुर्सि अनि परिवारबादलाई भुलौन हुन्न? सैनिकभाईहरु पनि हातहतियार रुपी ललिपपमा भुलिनु भएननि कसो ? कर्मचारीहरु पनि बक्सिसको पछि दौडिन भएन, होइन र?)
“अब त देश बनौ, संसार कहाँ बाट कहाँ पुगी सक्यो, हामी भने घडीको सुइ उल्टो घुमेको जसतै उल्टै घुमी रहेका छौ” हामीले गर्न नसक्ने त होइन नि? तर कृपया “देश बनाउन” आफ्नो सानो तिनो स्वार्थलाई छोड्न मिल्दैन र ?? “
shyam subedi said
am January 10 2010 @ 4:51 AM
listen to this guy about fedralism
http://www.ekantipur.com/saptahik/news/news-detail.php?news_id=476
Anti YCL said
am January 10 2010 @ 7:54 AM
Hats off you Chitra Bahadur KC. Each and every sentence is true. I recommend other people to read his interview.
himal khadka said
am January 10 2010 @ 8:43 AM
Chitra Bdr KC is 100% right
say no to federalism esp in Nepal
nitish said
am January 11 2010 @ 11:33 PM
Check this http://www.world-happing.blogspot.com/search/label/Nepal