आगोमा घिउ नथप विद्या
लडाकु पार्टी र राज्यप्रति विद्रोह गरेर खुल्ला भए भने त्यो भन्दा डरलाग्दो खतरा हुनेछ । त्यसैले अहिलेको अवस्थामा शिविरमा रहेका लडाकुको घाउमा नुन खुर्सानी दलेर भड्काउने हैन, उनीहरुलाई–माओवादीले देखाएको कुन कुन सपना भ्रम हुन र राज्य उनीहरुको भविष्यप्रति कति चिन्तित र सक्रिय छ भन्ने देखाएर आश्वस्त बनाउंदै उनीहरुको सही र उचित व्यवस्थापनमा केन्द्रित हुनु नै अहिलेको बुद्धीमानी हो ।
शान्ती सहमतीको पुर्णताको महत्वपुर्ण पक्ष जनयुद्धमा होमिएका लडाकुहरुको सही समायोजन हो भन्ने तथ्य सबैले स्विकार गरेको तथ्य हो । सही र दिर्घकालीन रुपमा अत्याधुनिक हतियार चलाउन माहिर समुहको व्यवस्थापन नै नगरी केवल राजनीतिक रुपमा माओवादीलाई मात्र मनाएर जारी द्धन्द्धको सही समाधान हुन सक्दैन भन्ने तथ्य राष्ट्रिय शक्ति हुन या अन्तराष्ट्रिय सबै पक्षले मनन गरिरहेको सत्य तथ्य हो । यदी अस्थायि शिविरमा रहेका माओवादी लडाकुको अपहेलना भयो र सही रुपमा उनीहरुको व्यवस्थापन भएन भने माओवादीभन्दा डरलाग्दो शक्तिको उदय हुने छ जुन समस्या राजनीतिक रुपमा समाधानका गर्न असम्भव प्राय हुने छ भन्ने नबुझेका पनि कोही छैनन । तर, अचम्म यो या त्यो रुपमा अकाट्य शक्तिमाथि पर्दा हालेर द्धन्द्ध समाधानतिर भन्दा बढाउनेतिर जिम्मेवार ब्यक्तिहरु नै सक्रिय भएका छन । त्यसको पछिल्लो स्वरुपको रुपमा रक्षामन्त्री विद्यादेवी भन्डारी अगाडि देखिएकी छिन ।
यदी शिविरमा रहेका माओवादी लडाकु पुन हतियार बोकेर सशस्त्र द्धन्द्धमा होमिएभने उनीहरुलाई तह लगाउन आफ्नो सामर्थयले भ्याउने छैन भन्ने कटुसत्य भन्डारीलाई पनि जानकारी छ । शिविरमा रहेका लडाकु माओवादीको नियन्त्रणमा रहेसम्म उनीहरुलाई यो या त्यो सहमतीको बुंदा सम्झाएर केही जिम्मेवार बनाउन सकिएला । तर, यदी उनीहरु माओवादीको नियन्त्रणवाट पनि बाहिरिए अनी राज्यले पनि उनीहरुलाई उचित स्थान दिएर शन्तुष्ट नबनाई स्वतन्त्र छोड्दिए भने त्यसको परिणाम के हुनसक्छ त्यसप्रति पनि पक्कै जानकार नै छिन भन्डारी । तैपनि यि सबै सत्यतिर आंखा चिम्लेर आफ्नै पार्टी एकिृकत माओवादी र सरकारप्रतिको अशन्तुष्टीको आगो मनमा बालेर केही भइपो हाल्छ कि भन्ने झिनो आशामा आगोको लप्का लुकाएर बसेका तिनै छापामारहरुको आगोमा घिउ थप्ने काममा भन्डारी किन यसरी सक्रिय भएको हो त्यो बुझ्न सकिएन ।
सबैले स्विकार गरेको विषय हो माओवादी लडाकु सधै माओवादीको नियन्त्रणमा रहनु घातक हो । माओवादीले उनीहरुलाई जुनसुकै समयमा पनि आफ्नो राजनीतिक स्वर्थपुर्तीका लागि प्रयोग गर्न सक्छ नै । तर, त्यो भन्दा ठुलो र घातक काम त्यो बेला हुनेछ जव उनीहरु न राज्यको नियन्त्रणमा रहनेछन न माओवादीको नियन्त्रणमा । जव उनीहरु आफैं निर्णय गर्ने र काम गर्नेगरी फुक्का सांढे बन्नेछन त्यसको परिणाम सुखद पक्कै हुनेछैन ।
यसका धेरै कारणहरु छन । त्यसमध्येका केही कारणको विवेचना गरौं । माओवादी लडाकु राष्ट्र फेर्ने अभिलासाका साथ जनयुद्धमा होमिएका थिए । माओवादीका नेताहरुले उनीहरुलाई चमत्कारै र चमत्कार गर्न सकिन्छ भन्ने भ्रम दिएर जिउ ज्यानको मतलत नगर्ने मोडमा पु¥याएर मृत्युको मुखमा धकेलेका थिए । यो विचमा उनीहरुको मनमा केवल एउटा मात्र लक्ष थियो–राज्यलाई ध्वस्त बनाउने र आफ्नो पार्टीलाई राज्य संचालनको केन्द्रविन्दुमा पठाउने । आफ्नो पार्टीको सरकार बन्छ । अनी त्यो सरकारले हामीहरुलाई आफ्नो सेना बनाउने छ ।’
शान्ती सहमतीमा माओवादी लडाकुलाई सेनामा समायोजन गरिने छ भनेर उल्लेख गरिएको छैन । त्योसंगै उनीहरुलाई सेनामा समायोजन गरिने छैन भनेर पनि त लेखिएको छैन नी ।
तर भयो उल्टो । माओवादीले युद्ध विजय गर्न सकेन र राजनीतिक सहमतिको विन्दुमा उत्रियो । जसका कारण माओवादीले राज्यसत्ता कब्जा गर्न सकेन । उनीहरुले जे भन्यो त्यही हुने अवस्था रहेन । राजनीतिक सहमतिको आधारमा फाइदा माओवादीमा रहेका राजनीतिक ब्यक्तिहरुले पाए । हतियार बोकेर जनयुद्धमा होमिएकाहरु जो जो राजनीतिक रुपमा रुपान्तरित भए उनीहरुले फाइदा पाए । तर, राज्य पार्टीको हुने र आफुहरु राज्यको सेना हुने सपना पालेर बसेकाहरु अनमिनको ट्याग बोकेर छाप्रामा बस्न पुगे ।
उनीहरुलाई पार्टीले आन्तरिक रुपमा प्रशिक्षणदिंदै भ्रमको खेति गरिरह्यो । राज्य सत्ता कब्जा हुन्छ र उनीहरु राष्ट्रिय सेना बन्छन र अहिलेको राष्ट्रिय सेनामा रहेकाहरुलाई विघठन गरेर घर खेद्छौ भन्न छोडेनन माओवादीका नेताहरुले । मनमा हुन्न भन्ने आशंका बढेपनि उनीहरु पार्टीले गरिहाल्छ कि भनेर कुरेर बसे । राज्यले दिएको सुविधा पार्टीका माथिल्ला नेताले उपभोग गर्दापनि मौन बसे । घर भनेनन्, परिवार भनेनन । छाप्रोमा केही हुन्छ भन्ने आशामा बसे ।
पार्टीको वचन तोडिदै गयो । राज्यको व्यवहार बदलिंदै गयो । उनीहरुको नजरमा दुश्मन भनिएकाहरुको सरकार बन्यो । जोप्रति उनीहरुले न हिजो विश्वास गर्न सकेका थिए,न आज । तैपनि राज्यले केही गरिहाल्छ कि भन्ने आशा भने थियो नै ।
तर, यही विचमा आफुसंगै अस्थायि शिविरमा बसेका आफ्ना साथिहरु खाली हाथ शिविरवाट रुदैं घर फर्किन बाध्य भए । यसवाट उनीहरुको मनमा यो पार्टीले पनि केही नगर्ने रहेछ अनी सरकारले पनि हामीलाई पुरानै व्यबहार गर्ने रहेछ भन्ने भावना बलियो बनेको हुनुपर्छ । उनीहरु अहिले न आफ्नै पार्टीलाई विश्वास गर्न सक्ने अवस्थामा देखिन्छन न सरकारलाई । उनीहरु भित्रभित्रै युद्धमा होमेर जवानी लुट्ने पार्टी अनी शिविरमा राखेर भुत्ते बनाउने सरकार दुबैप्रति आक्रोशित बनेको अवस्था हो । यो बेलामा–उनीहरुलाई भड्काउने प्रयास गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर हो भन्ने विद्याा भन्डारी लगायतकाले बुझ्न जरुरी छ ।
शान्ती सहमतीमा माओवादी लडाकुलाई सेनामा समायोजन गरिने छ भनेर उल्लेख गरिएको छैन । त्योसंगै उनीहरुलाई सेनामा समायोजन गरिने छैन भनेर पनि त लेखिएको छैन नी । त्यसैले कुनै हालतमा पनि माओवादी लडाकु सेनामा समायोजन हुंदैन भन्नु सरासर गलत भनाई हो । शान्ती सहमतिमा शुरक्षा निकायमा समायोजन गरिने उल्लेख भएकाले उनीहरु भोलिका दिनमा सेनामा पनि समायोजन हुनसक्छन । त्यो विकल्प खुल्ला छ । विषय कति मात्रामा र कुन रुपमा भन्ने मात्र हो ।
माओवादी लडाकुको सबै हुल सेनामा हुल्ने हो भने त्यसको गलत उपयोग गर्दै माओवादीले अर्को वितन्डा अपनाउन सक्ने खतरा कायमै छ । यदी माओवादी लडाकु पार्टी र राज्यप्रति विद्रोह गरेर खुल्ला भए भने त्यो भन्दा डरलाग्दो खतरा हुनेछ । त्यसैले अहिलेको अवस्थामा शिविरमा रहेका लडाकुको घाउमा नुन खुर्सानी दलेर भड्काउने हैन, उनीहरुलाई–माओवादीले देखाएको कुन कुन सपना भ्रम हुन र राज्य उनीहरुको भविष्यप्रति कति चिन्तित र सक्रिय छ भन्ने देखाएर आश्वस्त बनाउंदै उनीहरुको सही र उचित व्यवस्थापनमा केन्द्रित हुनु नै अहिलेको बुद्धीमानी हो । जसका लागि भन्डारीजस्तो मुर्खताको अन्त्य हुनु जरुरी छ ।
© 2010, हाम्रो ब्लग. All rights reserved.
























Eklavya Sharma, said
am January 21 2010 @ 1:27 AM
उनीहरुलाई–माओवादीले देखाएको कुन कुन सपना भ्रम हुन र राज्य उनीहरुको भविष्यप्रति कति चिन्तित र सक्रिय छ भन्ने देखाएर आश्वस्त बनाउंदै उनीहरुको सही र उचित व्यवस्थापनमा केन्द्रित हुनु नै अहिलेको बुद्धीमानी हो ।
an insightful quote from an insightful article.
Prem Gurung said
am January 21 2010 @ 1:36 AM
Very nice. Please, keep it up. Thanks.
पदम गुरुङ कुवैत said
am January 21 2010 @ 5:12 PM
दुष्ट मानसिकताको मष्तिष्क भनेको स्यालको गुफा हो – जहाँ सर्वोत्तम बस्तु भनेको गधाको पुच्छरमात्र भेटिन्छ । धेरै स्यालहरु मिलेर धेरै ठूलो शिकार गरे भने गधासम्मको गर्न सक्छन् त्यो भन्दा ठूलो सक्दैनन् । त्यसैले त्यहाँको सर्वोत्तम बस्तु भनेको गधाको पुच्छरको टुक्रामात्र हो र त्यहाँ त्यति मात्र भेटिन्छ ।
पौराणिक दर्शनका मिथक पुरुष चाणक्यले भनेका छन् – दूर्जनस्य च सर्पस्य वरं सर्पो न दूर्जनः ।
सर्पो दंशति काले तु दूर्जनस्तु पदे पदे ।।
दूर्जन सर्पमा बरु सर्प नै ठीक हुन्छ । सर्पले काल आएपछि मात्र टोक्छ तर दूर्जनले त पाइला पाइलामा डस्ने गर्छ ।
मूर्खले विद्वानसँग र व्यभिचारिणीले कुलिन नारीसँग द्वेश रिस राग र डाहा गरे जस्तो हुन्छ, दुर्जन र दुष्टहरुको शोचन विभत्सता – मान्छेप्रति । शोचन सौन्दर्य हुन नसक्दा मान्छे आफूभित्र आफैं जलेर मरिरहेको हुन्छ । आफैंभित्रको डाहाले आफैं भित्रभित्रै खरानी भै रहेको हुन्छ । हाम्रा वरिपरी यसरी आफैं खरानी हुनेहरुको कमी छैन । मैले भरखरै पनि यी कुराहरुको अनुभूत गरेँ ।
एकप्रकारका मान्छेहरु हुन्छन् – जो हरेक कुरामा दुष्ट दृष्टिकोण र दूर्जन सोच मात्र राख्छन् । विष भरिएको घडाको मुखमा अमृत राखेजस्तो कुरुप शोचन सौन्दर्यले तिनको मष्तिष्क टिलपिल हुन्छ । तर तिनैका मुखबाट महान्वाणीहरु छुट्छन् । अरुले गरेका हरेक कामकुराप्रति नखाएरै, नसुतेरै भए पनि नकारात्मक टीकाटिप्पणी गरेर कहिल्यै नथाक्ने अजीव प्राणी हो – शोचन सौन्दर्यविहिन मान्छे ! जसमा न केही गर्ने सामथ्र्य हुन्छ, न केही गर्न चाहन्छ र केही गर्नु परेमा त्यसालाई त्यो कमिलालाई पिसाबको पहिरो जस्तो हुन्छ ।
मेरा केही अनुभवहरुले भन्छ – जो केही गर्दैन उसैलाई सबैमा भाग चाहिन्छ । जो केही गर्न चाहदैन उही सबैतिर देखिन चाहन्छ । जो केही गर्नु पर्ने भएमा अनेक बहाना र अत्तो थाप्छ उही सबै आफूले गरेको ठान्छ । जो केही गर्न सक्दैन उही सबै गर्छु भन्छ – हुट्टिट्याउँले सगर थाम्छु भने जस्तो । जसले केही गरेको हुदैन उसले अरुलाई दोषमात्र दिइरहेको हुन्छ । अरुको खुटमात्र खोजिरहेको हुन्छ । हरेक ठाउँमा अरुको गल्तीमात्र खोजिरहेको हुन्छ, खोतलिरहेको हुन्छ । चोरका शत्रु चन्द्रमा भए जस्तो केही गर्ने चाहीँ केही नगर्नेको घोर शत्रु भइरहेको हुन्छ । तर उ आफू कहिल्यै सोच्दैन – म जति भनिरहेको छु र जति अरुको दोष देखाइरहेको छु त्यसको एक चौथाइ पनि गर्न सक्छु कि सक्दिन र म आफू कति दोषि छु ?
साह्रै साजिलो हुन्छ दोष देखाउन र टीकाटिप्पणी गर्न । तर त्यतिकै गाह्रो हुन्छ जुनसुकै काम गरेर देखाउन । जुत्ता लाउनेलाई थाह हुन्छ – जुत्ताले खुट्टा कहानेर खान्छ भनेर ! भारी बोक्नेलाई थाह हुन्छ – आफूले बोकेको भारी कत्तिको गहुङ्गो छ भनेर ! कुनै पनि काम गर्नेलाई थाह हुन्छ – कामको साह्रो गाह्रो कहाँ छ भनेर !
अर्को एकथरी मान्छे छन् – राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने साहस ति मान्छेमा छैन । एकथरीका मान्छेहरु रिसाउला वा खुशी होला भनेर नराम्रोलाई पनि सधैं राम्रो भनिरहेका हुन्छन् । विकृत शोचनको पीत्त थैली भरिएका अर्कोथरीका मान्छेहरु राम्रोलाई पनि सधैं नराम्रोमात्र भनिरहेका हुन्छन् । खुटमात्र खोतलिरहेका हुन्छन् ।
सौन्दर्य शोचन चेतनाविहिनहरुको यो विचित्र मानवीय स्वभाव हो । बत्तीले अन्धकारलाई खान्छ तर त्यही बत्तीले कालो अँगार जस्तो गाजल आफैं पैदा गरिरहेको हुन्छ । मान्छे आफूले जे जस्तो गरिरेहेको हुन्छ त्यसको परिणाम आफैंले आफ्नै कार्यसँगै देखाइरहेको हुन्छ । अनि त्यसको प्रतिफल पनि आफैले भोगिरहेको हुन्छ ।
डाहा, पीडा, छट्पटी र जलन मान्छभित्रको कुरुप सौन्दर्यतका प्रतिबिम्वहरु हुन् । मरिच आफ्नै पिरोले चाउरिए जस्तो चाउरिएर बस्छन – मानव जगतका हुट्टिट्याउँ प्रवृत्तिहरु । असौन्दर्य शोचनप्रवृत मानव आकृतिहरु ! यो मैले धेरै देखेको छु ।
शोचन सौन्दर्यपूर्ण हनु भनेको भनेको विचार सुन्दरता र सोचमा स्वच्छता हुनु हो । राम्रो नराम्रो छुट्याउन सक्नु हो ।
समाजमा मान्छेको उपस्थिति विभिन्न रुपमा भएको हुन्छ । देवताको स्वरुपमा पनि मान्छे नै हुन्छ । साधुको भेषमा पनि मान्छे नै हुन्छ । चोरको रुपमा पनि मान्छे नै हुन्छ ।
चाण्डालको स्वरुपमा पनि मान्छे नै हुन्छ । गोरु, गधा, कुकुरको रुपमा पनि मान्छे नै हुन्छ । बाघ, भालू, सिंह, ब्वाँसा, स्यालको रुपमा पनि मान्छे नै हुन्छ । समाजमा सबैभन्दा उपल्लो दर्जा पनि मान्छे कै छ र निचतम् दर्जा पनि मान्छे कै छ । मान्छेभित्रको आफ्नै शोचन शैली र शक्तिद्वारा नै मान्छेले आफ्नो स्थान समाजमा आफैंले स्थापित गर्ने हो । शोचन सौन्दर्यता र कुरुपतामा भर पर्ने कुरा हुन् यी सबै !
radicalDemocrat said
am January 21 2010 @ 11:08 PM
बिधा भंडारी २०४६ सालपछि आजसम्म नेपालमा प्रयोग गरिदै आएको नेपाली “लिबरल डेमोक्रेसी”को लगातार रूप हो !
तर दार्शनिक अर्थमा, बिधा भंडारी एकदम इमानदार राजनितिक कर्मी हुन – उनले नेपाली सेनाको बलमा (जसलाई बिदेशीले धाप मारेको थियो )
नै मन्त्रीको कुर्सी पाएका हुन ! जुन शक्तिले उनलाई शक्तिको त्यों ठाउमा पुर्यायो त्यों शक्तिको स्वार्थकोलागी लबी गर्नु कुनै अचम्म कुरो होइन !
झन त्यही परम-मालिक-बिदेशी नेपाल घुम्न आएको बेलामा बिधा भंडारीको स्वोर ठुलो हुनुमा के अनर्थ छ र ?
knight said
am January 21 2010 @ 11:45 PM
bidhya bhandari ko kura thikai ho.
To get into Nepal Army there is some criteria. Vacancy should be announced for Nepal army and all the Maoist army along with ordinary Nepalese can apply for that post. Like my brother wants to go into Nepal army.
Why should he be not allowed to join nepal army just to give way to PLA ? Every nepalese who want to work in army should be allowed to apply.
All the people joining Nepal Army should fulfill the criteria. PLA who don’t fit into the criteria should be given alternative jobs . But NA should be made with best possible people.
khanal said
am January 22 2010 @ 5:22 PM
I suport Bidhya Bhandari…she has said right things.. we should not take it other wise or been she is being used by powerful front…once moist has come to peace process and they have fought so why are they scared to follow criteria…if they are indulge in army with out any proper criteria there will be wrong practice with system..so i think unlike any other civilians they should follow proper criteria…