जनजाति खुसी पार्ने राजनीति

क्षत्रिय आधारमा संघको नामाकरण नै सबैभन्दा उत्तमपक्ष हो भन्नेमा कुनै विवाद छैन । त्यसैले राज्य पुर्नसंरचना समितिको प्रस्तावमा उल्लेख गरिएको जातिय आधारमा राज्यको नामाकरण शंसोधन गरी तत्काल क्षेत्रिय आधारमा नामाकरणको अर्को विकल्प छैन ।

आखिरमा संविधान सभामा सहभागि दलहरु जनजातिको नाममा भोट बैंक शुरक्षित गर्न केन्द्रित बन्दै १४ वटा प्रदेशमध्ये सात वटा प्रदेशको नामाकरण जातियताको आधारमा गरेका छन । संविधान सभा राज्य पुर्नसंरचना समितिले पेश गरेको संघियतासम्न्धी प्रस्तावमा जहां जहांका नागरिकले संयमताको प्रर्दशनगर्दै जातिय आधारमा संघियताको विभाजनको विरोध गरेका थिए त्यहां क्षत्रियताको आधारमा संघको नाम प्रस्ताव गर्दै अन्य स्थानमा भने जातियताको आधारमा संघको नामाकरण गरेका छन । यसरी संघको नामाकरण भएका स्थानहरु जनजातिहरु नै रहेका छन । यसवाट नेपालका राजनीतिक दलहरु पुन बोल्नेको पिठो विक्छ भन्ने उखानझै जातिय राज्यको माग गर्ने जनजातिहरुको घातक माग पुरा गर्न तम्सीएको प्रष्ट भयो ।
राज्य पुर्नसंरचना समितिले पेश गरेको अन्तीम मस्यौदामा शेर्पाहरुका लागि शेर्पा प्रदेश, नेवारहरुको नेवा ः तामागंहरुको ताम्सालीगं, राईहरुका लागि तमुवान,किरातीहरुको लागि किंरात प्रदेश,लिम्बुहरुका लागि लिम्बुवान,मगरहरुका लागि मगरात राज्य निर्माण गर्नुपर्ने पक्षमा उभिएका छन ।

विवादमा रहेका तराईका क्षेत्रहरुलाई एक मात्र जातिको आधारमा नामाकरण गरिएको छैन । थारुहटको साटो लिम्बिनी, अबध र थारुवान, मैथिली भाषीहरुको मागलाई सम्बोधन गरी मिथिला भोजपुरा र कोचिला संघको नामाकरण प्रस्ताव गरेको छ । क्षत्रिय रुपमा कर्णाली,नारायणी,सुनकोसी,जडान संघको नाम प्रस्ताव गरिएको छ ।

अहिलेको कायम अञ्चलको विभाजनसंग मिल्दोजुल्दो गरी केही क्षेत्रिय संघहरुको नामाकरण भौगोलिक आधारमा गरिएपनि जनजातिहरुले विरोध पो गर्छन कि भनेर डराउंदै ५० प्रतिशत संघको नामाकरण जातिय आधारमै गरेका छन । जो पक्कैपनि सर्वस्विकार्य हुने छैननै । यदी जातिय रुपमा प्रदेशको नामाकरण गर्ने हो भने १४ वटै प्रदेशको नामाकरण जातिय आधारमा किन नगर्ने ? किन जनजातिहरुलाई मात्र जातिय राज्य ?

यदी आम नागरिकको भावनाको सम्मान गर्दै जातिय आधारमा संघको नामाकरण गर्दा जातिय द्धन्द्ध बढ्छ कि भनेर केही प्रदेशको नामाकरण भौगोलिक आधारमा गरेको हो भने ति क्षेत्रवासीलाई अन्याय भएन ? जनाजातिलाई चै जातिय आधारमा राज्यदिंदा केही नहुने अरुलाई दिंदा चै राष्ट्रियता संकटमा पर्ने सोच पुरातन र विभेदकारी भएन र ?

के यो राज्य जनजातिहरुको मात्र हो ? के राष्ट्रिय भावना उनीहरुमा मात्र छ ? अन्य जाति चै राष्ट्रघाती जनजाति मात्र राष्ट्रवादी हुन ? दृष्य स्पष्ट छ यो राष्ट्रमाथिको सरासर घात हो । क्षत्रिय आधारमा संघको नामाकरण नै सबैभन्दा उत्तमपक्ष हो भन्नेमा कुनै विवाद छैन । त्यसैले राज्य पुर्नसंरचना समितिको प्रस्तावमा उल्लेख गरिएको जातिय आधारमा राज्यको नामाकरण शंसोधन गरी तत्काल क्षेत्रिय आधारमा नामाकरणको अर्को विकल्प छैन ।

यदी बलको प्रयोग गरेर कसैलाई जातिय आधारमा राज्य दिने अनी कसैलाई चै हैन भौगोलिक आधारमा मात्र दिन्छौ भन्ने हो भने क्षत्रिय आधारमा नामाकरण भएका संघका नागरिक आन्दोलीत हुने पक्का छ । त्यसपछिको दृष्य भनेको अहिले भारतमा तेलंगाको मागमा जे भईरहेको छ नेपालमा पनि त्यस्तै दृष्यहरु पक्कै देखिने छ । त्यो बेलामा यि राजनीतिक दलको पछाडी केवल जनजाति मात्र हुनेछन नागरिक हैन ।

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

31 Comments so far »

  1. prakash lama said

    am January 21 2010 @ 11:39 PM

    पहिलो कुरो नेपालमा संघीयता भन्दा प्राभकारी decentralization को खाचो छ । नयाँ नेपालमा केही परिवर्तन भएको छ है भनि देखाउनकै लागी यो नाटक मन्चन हुँदै छ । ल संघीयराज्य बनाउने नै भए ५ बिकाश क्षेत्र लाई ५ राज्य बनाउ । ता की प्रतेक राज्यले हिमाल , पहाड र मधेश को resources प्रयोग गरि सम्रिद्ध हुने बराबर मौका पाउछन ।
    केन्द्रमा ५० मन्त्री, १४ राज्यमा कति मन्त्री हुने हुन । नेताको भाग पुग्नेभो अब त स्कुल्मा ‘के बन्ने भबिस्यमा’ भन्दा ‘नेता’ भन्छन होला केटकेटीले ?

  2. आकार said

    am January 21 2010 @ 11:40 PM

    यहाँ जातपात, अनि धर्म को आधारमा राजनिति गरिनु हुँदैन भन्ने थाहा हुँदा हुँदै खुशि पार्ने निहुँ मा जुन काम भइरहेको छ, यसमा शंकै छैन, यसले ठूलो संकट निम्त्याउने छ ।
    मलाई त लाग्छ, केही पनि गर्नु जरुरी छैन, पहिले देखि जे थियो त्यही नै ठिक छ । म पनि संघियता विरोधि हुँ ।

  3. आकार said

    am January 21 2010 @ 11:49 PM

    संघियता को नाम मा धेरै नाटक देखाए, यिनिहरुले ! जातिय आधारमा प्रदेश विभाजन गर्दा, स्थिरता कायम हुन सक्दैन । नेपाल नेपाली को हो, अत: नेपाललाई कुनै हालत मा जातियता र धर्म को आधारमा विभाजित गर्न पाइँदैन ।

    यस्तो कुरा मा रिट हाल्न पाइन्छ कि पाइँदैन ???

  4. Eklavya Sharma, said

    am January 22 2010 @ 12:40 AM

    Prakash Lama,

    I favor your thoughts on “decentralization policy” but now they called “samanti,- dalal” to those whoever has opposing view regarding federalism.

    Nepal has finally become another “political guinea pig” to test the political hypothesis already proven to be wrong in African countries. Let us hope against hope that Nepalese soil has some special fertility merit to nurture and flourish this so new “imported and manufactured system of governence” from India and Western ultra liberal leftist thinkers.

    Let us hope against hope that Nepal will remain integrated Nepal but not another clone-state of Rwanda, Uganda, Ethiopia or Congo.

  5. radicalDemocrat said

    am January 22 2010 @ 10:23 AM

    क्षेत्रीय decentralization नेपालमा अधिक प्रयोग गरि सकेको असफल टुल हो ! पंचायेत कालमापनि decentralization थियो र लिबेरल डेमोक्रेसीको नक्कली भोटो लगाएको बहुदालिये कालमा त झन भब्यताको साथ थियो ! तथाकथित क्षेत्रीय (मात्र) decentralization ( जसले दूर-दराजको जीवनमा कुनै सुधार ल्याएंन) सुपर-डुपर फ्लॉप भएकोले नै नेपालको
    राजनीति आजको यहाँ आईपुगेको छ (संबिधान सभाको चुनाब, राजतंत्रको अंत, र स्थापित पार्टिहरुको खस्केको जन-आधार )! decentralization मा स्थानीय जनताको अधिकतम सहभागिता बिना केंद्रबाट नाम-मात्रको बिकासका योजनाहरु लादेर खाली खुद्रा-मसिना कारान्वय (implementation) अधिकार दिएर decentralization झ्याली पिटने काम भयो ! यसको बिपरीत संघियेतामा संघमा आबद्ध अधिकतम जनताको सहभागितामा बिकासका योजनाको छनौटको साथ-साथै implementation गरिन्छ – स्थानीय श्रोत, साधन र श्रमको आधारमा !

    राष्ट्र र राज्य भन्या भूगोल होइन, जनता हुन ! भूगोल उत्पीडनमा पर्दैन तर जनता पर्छ ! जनतासंग जिबन्त भाषा, संस्क्रति, र जात-जाती गांसिएको हुन्छ र जनतालाई प्रतिनिधित्व गर्ने यिनै भाषा, संश्कृति र जात-जाती नै कुनै देश भित्र संघीय राज्य निर्माणको आधार हुन ! भारतको प्राय सम्पूर्ण राज्यहरुको निर्माण भाषाको आधारमा गरिएको छ ! स्विट्ज़रल्यांडमा संघियेता भाषाको आधारमा गरिएको छ ! भाषासंग संस्कृति र जात-जाती गांसिएको हुन्छ ! नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक हो । आधुनिक बिज्ञानले कुनै जाती बिशेषमा बिशिष्ट जिन (gene) हुने र समाजमा त्यों जाती बिशेषले प्रभुत्व जमाउने कुरा आजसम्म पत्ता लगाएको छैन तर दुर्भाग्य नेपालमा प्रशासन, राजनीति, पुलिस, सेना, शैक्षिक सस्थान र सम्पूर्ण नागरिकका संघ र संस्थाहरुमा केही जाती, धर्म र भाषा बिशेषले इतिहासिक रुपमा सिस्टमाटीकल्ली बहुसंख्यक अन्य भाषा-भाषी, धर्म, जात र संस्कृतिहरुलाइ सामाजिक शोषण गरेर आफ्नो पकड़ जमायेर बसेको छ !

    शताब्दियेउ देखिको जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक उत्पीडनहरुलाई अन्त्य गर्न ढुंगा-माटो, खोलाको पानी, हिमालको टाकुराहरु जस्तो पंचायेत र बहुदलकाल कै जस्तो निर्जिब आयामहरुको आधारमा संघियेतामा गएर अब समस्या हल हुने वाला छैन ! जो परिवर्तनलाइ आत्म-सात गर्न सक्दैन डैनोंसर जस्तै बिलायेर जानु inevitable हुन्छ !

  6. radicalDemocrat said

    am January 22 2010 @ 10:57 AM

    संघीयता र देश टुक्रिने कुरा
    लोकराज बराल
    काठमाडौ, २०६६ पुस २९

    केही दिनयता संघीयताका विषयमा अनेक विचार आउन थालेका छन् । सामान्य नागरिकका बीचमा यसका पक्ष विपक्षमा यस्ता विचार व्यक्त गरिनु स्वाभाविकै हुन्छ । तर देशका सम्पूर्ण राजनीतिक शक्तिहरूले (केही बाहेक) समझदारी कायम गरी एक राष्ट्रिय अठोट बनाएको विषयलाई उनीहरू आपmनै दलका मुख्य ओहदामा बसेका व्यक्तिहरूबाट संघीयता विरोधी वक्तव्यबाजी हुनु या प्रक्रिया नै नमिली यस्तो गहन विषय आउनु ठीक होइन भन्ने भनाइले धेरैलाई आश्र्चय पार्न थालेको छ । संघीयतासँगै जनमत संग्रहका कुरा उठाउनु र देशनै टुक्रिन्छ भनिँदा साँचिक्कै यो यस्तो विषय हो त भन्ने प्रश्न पनि धेरैका मनमा उब्जिन सक्छ ।

    नेपालको भौगोलिक अवस्था यतिका, वर्षको केन्द्रीकृत राज्य संरचना र त्यसअनुसारको संस्कार निर्माणले काठमाडौं बाहिरका जनतालाई मार्का पर्यो भनेरै आज केन्द्र, क्षेत्र र स्थानीयबीच शक्ति, साधन/स्रोत बाँडी नयाँ शासन व्यवस्था खडा गर्न खोजिएको हो । अतः नेपालका सन्दर्भमा संघीयता निम्न कारणले एक वास्तविकता बन्न पुगेको छ ।

    ती हुन्ः

    नेपालको राजधानी काठमाडौं हुनु र यसको भौगोलिक बनावट/ ऐतिहासिक पृष्टभूमि अन्य क्षेत्रसित मेल नखानु नेपाल राज्यको बनावटको आधार र देशको जातीय, सामाजिक, सांस्कृतिक, भाषिक विविधता एकै नहुनु र एक बहुसांस्कृतिक समाज हुनु आर्थिक विषमताले गर्दा र राज्यका विभिन्न निकायमा कुनै सुविधा सम्पन्न वर्ग या जात/वर्गको बाहुल्य हुनु मधेसलाई धेरै वर्षसम्म औपनिवेशिक रूपजस्तो पारिनु, त्यहाँ पनि पहाडे भाषा संस्कृति लादिएको भावना जाग्नु र त्यसविरुद्ध विद्राेह गर्नु अिझै पनि भाषागत आधारमा विभेद हुनु र कसैले कुनै भाषा प्रयोग गर्यो भन्दै राज्यले बखेडा खडा गर्नु सिबै जनजाति, मधेसी, पहाडे, लिंगले आजसम्मको विभेद हटाउन संघीयताको बाटो छान्नु निेपाली राज्यको व्यवस्थापन अब पुरानै खाले सरकारी शैली, संस्कार आदिले सम्भव नहुनु । नयाँ किसिमले प्रभावकारी शासन दिनुपर्ने भएकाले साधारण विकेन्द्रीकरणका उपायले मात्र व्यापक जन आकांक्षालाई सन्तुष्ट पार्न नसकिने हुँदा संघीयता चाहिएको स्वीकार गर्नु ।

    यसका अतिरिक्त संघीयताको विकल्पमा कुनै पनि दलले ठोस प्रस्ताव दिन नसक्नुले अब संघीयताको बाटोबाहेक अर्को बाटो देखिएको छैन । यसको स्वरूप कस्तो हुने ‘संघीयतामा आधारित केन्द्रीयता’ -जस्तो भारतमै प्रयोग भइराखेको छ) या अन्य खाले संघीयतामा प्रशस्त बहस हुन सक्छ । नेपालको आफ्नै ऐतिहासिक, भाषिक, सांस्कृतिक, आर्थिक र भौगोलिक परिवेश भएकाले देश सुहाउँदो नमुना बनाउन सकिन्छ । तर विडम्बना के हो भने यहाँ भाषणबाजी धेरै, गहन गृहकार्य कम हुन्छ । यसले गर्दा राजनीति तात्ने तर त्यस्तो तताईबाट केही नपाक्ने हुन थालेको छ । नेपालका आजको मूल समस्या भनेको नयाँ नेपाल निर्माणका लागि चाहिने राज्य पुनर्संरचना र नयाँ संस्कार निर्माण गर्नु हो । पुनसर्ंरचनामा संघीयता, शासकीय स्वरूप लोकतांत्रिक संस्कार निर्माण, आर्थिक, सामाजिक र क्षेत्रीय विषमता हटाउन लिइने नीति र तिनको सही कार्यान्वयन हुन् । त्यस्तै राज्य र सरकार बलियो हुने र यसअन्तर्गतका प्रशासन, प्रहरी, सेना सबैको प्रभावकारिता र लोकतान्त्रिक संस्कार निर्माण गर्ने हो ।

    संघीयतामा जानुभन्दा पहिले राजनीतिक शक्तिहरू र अन्य सबै तप्काका जनताले दरिलो गृहकार्य गरिनुपथ्र्यो भन्ने कुरामा कसैको दुईमत हुन सक्तैन । तर त्यो सम्भव भएन किनभने राजनीतिक नेतृत्वमा यस्तो संस्कार र परम्परा बसेकै छैन । माओवादीले जनयुद्धताका प्रस्तावित नौवटा स्वायत्त क्षेत्र र पछि मधेस आन्दोलनका दबाब र जनजातिले उठाएका मागका सिलसिलामा सबै मुख्य दलहरूले संघीयता लिएका हुन् । हतारमै गरिएको निर्णय भए पनि नेपालको भावी राजनीतिमा संघीयताको सफलता/असफलताले आफ्नु ठाउँ लिइरहने अवस्था आएको छ । यसको समाधान भनेको सबै सम्बन्धित क्षेत्रको गहिरो बहसद्वारा निकालिने निष्कर्ष हो । संविधानसभा नै यसको बाटो पहिल्याउने थलो हो किनभने यही सार्वभौम निकाय हो ।

    अब रह्यो देश टुक्रिने डर । अब त संघीयतामा गइएन भने देश विखण्डित हुने अवस्था आएको छ, किनभने विकेन्द्रीकरणले मात्र आजको चाहना र माग पूरा गर्ने ठाउँ छैन । विकेन्द्रीकरण राजनीतिसित कम र विकाससित बढी सम्बन्धित रहन्छ । विकेन्द्रीकरणका पुराना रटानले सबै वाक्क भइसकेका छन् । आखिर नेपालको सामन्ती संस्कार, हुकुमी शासन शैली, असमान सामाजिक परिवेश र व्यक्तिवादले सबै निमुखा नेपालीले समान अवसर पाउलान् भन्न सकिने ठाउँछैन ।

    मुलुक टुक्रिने आधार अनेक हुन्छन् । तर नेपालको सहिष्णुता, समन्वयवादी परम्परा, धर्म निरपेक्षताको धरातल र सम्पूर्ण जनताको हालसम्मको राष्ट्रियताप्रतिको प्रतिबद्धता नेपाली राष्ट्रियताका विशेषता हुन् । संघीयताको सबैभन्दा पेचिलो पक्ष प्रान्तहरूको विभाजनमा

    देखिन्छ । यसलाई निष्कर्षमा नपुर्याउने दोष सरकार चलाउने दलहरूमा देखिन्छ । आजसम्म राज्य पुनर्संरचना आयोग गठन हुन नसक्नु र मुख्य दल र विभिन्न क्षेत्रीय या जातीय समूहका अगुवाहरूसित छलफल गरी निष्कर्षमा पुग्न नसक्नु यसप्रति गम्भीर हुन नसक्नु हो । आज सबैजसो दबाब समूहका रूपमा मात्र रहेकाले आफ्ना-आफ्ना जातिगत आधारलाई बल दिनु अस्वाभाविक होइन । तर सबै दलले संविधानसभा भित्रैबाट निष्कर्ष निकाल्न सक्नुपर्छ । खालि राजनीतिक नेतृत्ववर्गको गृहकार्यको अभाव र बहसमा सरिक भई निक्र्योलमा नपुग्ने शैलीले केही अप्ठ्यारो परेको मात्र हो । एकातिर परिवर्तनपछि दलहरू पुरानै खाले राजनीति र अति व्यक्तिवादी कार्यशैलीमा फर्किनाले आज समस्या सुल्टिन नसकेका हुन् । त्यसमा पनि संविधान बनाउन त न्यूनतम सहमतिका आधारमा स्वीकारेको सिद्धान्त हुनैपर्छ ।

    लोकतन्त्र एक साझा सिद्धान्त हो भने यसलाई बढी व्यापक, जनमुखी र प्रभावकारी बनाउने अनेक नीति र कार्यगत भिन्नता हुन सक्छन् । लोकतन्त्र भनेको विश्वव्यापी रूपमा स्थापित उदारवादी लोकतन्त्र हो किनभने नेपालका सबै जनआन्दोलन यस्तै लोकतन्त्र प्राप्त गर्न नै गरिएका हुन् । आफ्ना-आफ्ना दलका नीतिअनुसार सामािजक, आर्थिक परिवर्तन गरिने कुरा संविधान बनी सरकार गठन गरेपछि गरिने कुरा हुन् । तर संविधानले पनि रूपान्तरण गर्ने र राष्ट्र बलियो र अक्षुण्य राख्ने कुरा उल्लेख गर्नैपर्छ । नेपालका कुनै पनि जनजाति, मधेसी या अरू कसैले राज्य विखण्डन गर्ने कुरा गरेको छैन । बरु आफ्ना हक अधिकार सुरक्षित गर्न र त्यसअनुसारको शासन व्यवस्था कायम गर्न सबै चनाखो भएका छन् ।

    संघीयतामा जानका लागि जनमत संग्रह गरिनुपर्छ भन्ने तर्क उचित छैन । जनताले देशव्यापीरूपमा गरेको जन आन्दोलन, उनीहरूले छानेको संविधानसभा र त्यसले निर्माण गरेको संविधानभन्दा माथि अरू कोइ हुन सक्तैनन् । सार्वभौमसत्ता जनतामा नीहित र तिनै जनताले आज मुलुकमा कत्राकत्रा परिवर्तन गरेका छन् भने अब आएर जनमत संग्रह गरी कतिपय कुरामा निर्णय लिनुपर्छ भनिँदा जनताको अपमान गरेको ठहरिन्छ । जनमतको प्रावधान संविधानमा राख्न सकिन्छ र भोलि संविधान कार्यान्वयनका सिलसिलामा केही अप्ठ्यारा हटाउन त्यस प्रावधानको प्रयोग हुन सक्छ । तर आज जनमतको कुरा उठाइनु भनेको राजनीतिक गतिरोध निम्त्याउनु मात्र हुन्छ । यदि यस्तै कुरा उठाउने हो भने त राजनतन्त्र राख्ने/नराख्ने, त्यस्तै हिन्दूराष्ट्र मान्ने नमान्नेमा पनि जनमतसंग्रह हुनुपर्यो । भारतमा संविधानसभा भित्रैबाट यस्ता विषयमा बहस चलेको र यही निकायले सबै विषयको टुंगो लगाएको हो । जनमत संग्रहमा पनि आखिर यी सबै राजनीतिक शक्ति र सचेत जनताले निर्णय गर्ने कुरा हो ।

    संघीयता कसरी प्रभावकारी र देशहित गर्ने हुन सक्छ भन्नेभन्दा अर्को विकल्प आज छैन । मुलुकको क्षेत्रीय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै शक्ति, जाति, क्षेत्र/लिङ प्रतिबद्ध भई अगाडि बढ्दा मात्र अब एकता कायम हुन सक्छ । संघीयताको विरोध र नकारात्मक सोचले झन् विभाजन हुने खतरा बढ्न सक्छ । त्यस्तै गणतन्त्र, धर्मनिरपेक्षताको प्रश्न आउँछ । जनता स्वभावैले धर्म निरपेक्ष्ा छन् भने अब आएर हिन्दू राज्य हुनुपर्छ भनिँदा अरू कतिपयलाई अप्ठ्यारो पर्छ र भोलि यसै आधारमा मुलुक द्वन्द्वमा पर्न सक्छ ।

  7. romu thapa said

    am January 22 2010 @ 11:25 AM

    I believe the cause of all these non-sense troubles is because of the ignorance of nepali voters. They voted moist so that there will be peace, at least they won’t go back to jungle, they will start making nations infrastructures like bridges, roads, buildings etc. They never thought they voted these “plp” for making constitution. God help my country.
    “देश जंगल होइन चेतना भया “

  8. Dinesh Chhetri said

    am January 22 2010 @ 3:56 PM

    प्रदेश बनाउदा मुख्येताया जातियेता लै आधार मानिएको छ…. जुन नेपाल को लागि ज्यादै घातक छ…. येसरी जातियेता लै नै आधार मान्ने हो भने लगभग ४५-५०% जनसंख्या भएका खस हरुलाई पनि राज्य बाड्न पर्ने हो…. तर.. खस हरुलाई राज्य छैन!!!!!! सबै लै राज्य, तर नेपाल का सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ?? खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली, खप्तड वा सेती महाकाली, अनि जडान भनेर टुक्र्याएको ??? बहु संस्कृतिक राज्य भनेको नारायणी, सुनकोशी, कोचिला मा ९0% खस हरुको जनसंख्या छ…तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने, हे माओबादी र एमाले…..याद राख …. नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!! जय देश नेपाल Page 1 of 2
    <<>> तपाईंको प्रतिकृया * पूरा नाम * ठेगाना * ईमेल ठेगाना * प्रतिकृया * क्याप्चा

    Note: Fields marked * are mandatory.
    सर्वाधिक
    लोकप्रियईमेल गरिएकोप्रतिकृया
    लोकप्रिय
    यो स्तम्भमा | पूरा वेबसाइटमा
    पछिल्लो २४ घण्टामा

    पहिचान र सामर्थ्यका आधारमा
    ईमेल गरिएकोयो स्तम्भमा | पूरा वेबसाइटमा पछिल्लो २४ घण्टामा

    प्रतिकृयायो स्तम्भमा | पूरा वेबसाइटमा पछिल्लो २४ घण्टामा

    नयाँ समाचारशीर्ष समाचार
    नयाँ समाचार
    आयोगमार्फत् प्रदेश निक्र्योल गर्नु उपयुक्त
    आकार लिँदै प्रदेशहरू
    सन्तुलित र मौलिक स्वरूपको खोजी
    सहमति नजिक पुग्दै फर्कदै
    सहमति खोज्न सकिन्छ
    शीर्ष समाचारसंयन्त्रको कार्यविधि पारित/माओवादीले आन्दोलनबारे निर्णय लिने/यस्तो छ संयन्त्रको कार्यविधिनेपाली भूमिबाट भारतविरोधी गतिविधिः कपुरहतियार सहित नेपाल छिरेका भारतीय प्रहरी नियन्त्रणमाअनमिनको म्याद थपवाईसीएलको अर्धसैनिक संरचना/राजधानीमा २८ शिविर प्रसारण लाइन हजार मेगावाटको मात्रैसेनालाई विशेष समितिको निर्णय मान्यगृहमन्त्री स्वदेश फिर्ता/सुपुर्दगी सन्धीमा हस्ताक्षर गर्न दबाबसंसदमा प्रधानमन्त्रीको जवाफ/बिशेष समितिको सिफारिस कार्यन्वयन हुन्छउपराष्ट्रपतिमा झा क्रियाशील गराउन संकल्प प्रस्ताव दर्ता
    विज्ञापन

  9. madale said

    am January 22 2010 @ 6:04 PM

    त्यो बेलामा यि राजनीतिक दलको पछाडी केवल जनजाति मात्र हुनेछन नागरिक हैन ।
    ———-

    दक्षिणपनथी अनुदारबादीहरुको अनुसार जनाई लगाउनेहरुमात्र नेपालको नागरिक, होइन त ?

  10. Eklavya Sharma, said

    am January 22 2010 @ 9:28 PM

    Federalism itself is not a bad or a good system but depends upon how it is implemented. Considering the population and size of our country Federalism can not be the best remedy. Racial and Ethnic Federalism – forget about it; it’s simply a mass suicide in extremely diversified, intertwined and scattered linguistically-ethnically community like Nepal. I am hoping my best my opinions turn out to be false.

    It is a wrong concept that in Nepal one group has socially, culturally dominated in Nepal. Prior to 2007 BC less than one percent Ranas and their relatives and supporters and their ‘Chankribaaz” exploited the resources. Time has change for the last 50/60 years. Now many minority groups are better off than majority. Take for instance because of comparatively better business skill most of “Thakali” are affluent than average Nepali. So is the cause with Mustange and Manange peope. Because of tourism in mountaineering Sherpas are well off than common Nepalese. British and Indian army recruitment and foreign employments have brought affluence to certain groups like Gurungs, Rai, Limbus and Magar. Tamangs are worse off than the above mentioned groups even staying closer to Kathmandu. Only people that have been exploited and suppressed now are Dalits. Again Dalits in plains are more exploited than Dalits in hills. Dalits in larger city are better off than Bahun-Chettri-Thakuri of far western Nepal.

    Whether some people are born with superior genes that make them capable to become superior to other is a very big topic to discuss here in this blog. No one can be perfectly sure about nature vs. nurture debate but go on round and round. I am not advocating anything but contemplating the following facts.

    1. Why many prominent thinkers both right or left, liberals and conservatives, intellectuals, academicians have Jewish heritage considering the relatively small size of their population. (Marx –communist theory, Fred, Victor Frankl, Abraham Maslow – Psychology, Ayn Rand- right wing political philosophy, Noam Chomsky- ultra liberal left wing political philosophy, Albert Einstein, Oppenheim (developer A bomb ) – scientist

    2. Why British chose Rai, Limbu, Gurung and Magars among all other Nepalese to recruit in their army but not any Bahun, Chettri or Newari ?

    3. Why innovation in any music is predominately African or African-American from jazz, blues, rock and roll to rap. Why Robert Johnson and Jimi Hendrix are greatest guitarist? Why most other white artiest copied and modified their style? Why Chuck Berry and Little Richard invented rock and roll long before it being popularize by white artist ? Why rap music came from black urban hood in the Bronx?

    4. Why Marwaris who came from Rajasthan (50-150) years back have secure the highest position in Nepalese business and commerce leaving behind the Newars who were the front runners’ business community 200 years back.

    In the past 5000 years of human history 50000 cultural, religious, linguistic practices has been emerged, developed and some vanished. You can not protect them all. Some blends with other to form new one and some simply die out. 600 years ago a language spoken by less than one million Anglo-Saxon-Germanic people has become lingua franca of the world. Latin break down into different language groups Italian, French, Spanish and Portuguese. What happen to the Pali language in which Siddartha Gautam used to preach? French were the most passionate one and try as best as they could to make their language the global tongue but were shrink into few N African countries, Haiti and few other islands. Likewise no matter how hard you try you can’t protect all culture, language and racial or ethnical identity in Nepal whatever federalism or any other system you implement.

    Federalism is a “hot cake” now that sells instantly not because of people’s genuine demand but because of “manufactured and psychologically conditioned” need generated by western money especially EU and UN interests and Indian interest .

    Pro Baral is right as he said,संघीयताको विकल्पमा कुनै पनि दलले ठोस प्रस्ताव दिन नसक्नुले अब संघीयताको बाटोबाहेक अर्को बाटो देखिएको छैन Most parties are selling this cake because it’s easy to sell out and they have not their own alternate visions. Federalism is a mean but not an end itself and there are many questions regarding applicability of this means in Nepal.

  11. himal grg said

    am January 22 2010 @ 10:31 PM

    janatalai na sodhi ghosana garnu nagarik sarnochata ho??

    did they have any kind of poll what Nepali want? they did not care about them declaring ‘secular state’ ‘kick king out’ and this ‘state thing’ …

  12. romu thapa said

    am January 23 2010 @ 3:15 AM

    India and Pakistan was divided according to religion.
    Tens of thousands of hindus were killed in Pakistan and same number of muslims killed in India when people wanted only their religion in their country.
    Who can gaurantee that all other races will be forced to leave “Tamsaling” other than tamangs. I don’t want to blame on Tamang brothers, but polluted mind will get chance to play with fragile situation.
    The idea of diving the state according to race is disaster.
    My advice to f***king a**leakers leaders : Don’t show the innocent nepalese plp with dreams of switzerland, make them aware not to make nepal like Uganda and Somalia…

  13. radicalDemocrat said

    am January 23 2010 @ 11:24 AM

    1. Why many prominent thinkers both right or left, liberals and conservatives, intellectuals, academicians have Jewish heritage considering the relatively small size of their population. (Marx –communist theory, Fred, Victor Frankl, Abraham Maslow – Psychology, Ayn Rand- right wing political philosophy, Noam Chomsky- ultra liberal left wing political philosophy, Albert Einstein, Oppenheim (developer A bomb ) – scientist

    मान्छेको आधुनिक इतिहासमा सबै भन्दा क्रूर तरिकाले कुनै जाती वा धर्मलाइ दुःख दिइएको, घृणा गरिएको, अत्याचार गरिएको वा उत्पीडित गरिएको छ भने ति येहुदी(Jews) हरु हुन ! २५० CE (common era) बाट शुरू भएको येहुदीहरु माथिको उत्पीडन र अत्याचार १९४५ CE वा दोस्रो बिस्व युद्धको अंत नहुँदासम्म चली रहेको थियो ! यदि कुनै ब्यक्ति वा समुदायलाइ १७०० (सत्र सय) बर्षसम्म लगातार त्यस्तो अत्याचार गरिन्छ भने र दुःख दिइन्छ भने स्वाभाविक रुपमा त्यों ब्यक्ति वा समुदाय बाच्नकोलागी अति मेहनती भएर निस्किंछ र अर्को मुख्यकुरा, येहुदीहरुले संसार भरि जून मात्राको उत्पीडन भोग्न बाध्य थिए, मनोबैज्ञानिक रुपमा त्यों समुदायमा emotional intelligence को बिकाश भएको थियो र यही नै येहुदीहरुको सफलताको एक कारक हो ! तर यो होइन की येहुदीहरुले बिशिष्ट जैबिक भिन्नता वा बिशिष्ट gene बोकेको छ !

    Malcolm Gladwell को New York Times को best seller पुस्तक Outlier का अनुसार बिल गटेसको सफलताको राज उनले “सही बेलामा” र “सही ठाउमा” प्राप्त गरेको “अवसर” र ब्यक्तिगत रुपमा गरेको मिहिनतलाइ मानेको छ नकि बिल गटेसको बिशिष्ट जिन ! बिल गटेसले “मात्र १३ बर्षको उमेरमा” Lakeside School (prepatory high school) को कंप्यूटर क्लबमा दश-हजार घंटा प्रोग्रामिंग गर्ने अवसर पाएका थिए र पर्सनल कंप्यूटरमा त्यों कलिलो १३ बर्षको उमेरमा त्यति लामो समय ब्यतित गर्न पाउने त्यस्तो “अवसर” सन १९६८ तिरको अमेरिकामा पनि थोरैलाइ मात्र मिलेको थियो !

    मोरल अफ दि स्टोरी:
    नेपालमा केही नगन्य जाती र भाषीहरुले बहुसंख्यक अरु जाती, भाषी र समूहहरुलाई संस्कृति रुपमा, राजनितिक रुपमा, सामाजिक रुपमा र मनोबैज्ञानिक रुपमा शयौ बर्ष देखि main-stream मा आउने “अवसरबाट” बंचित गरेर राखेको छ ! त्यसैले यी नगन्य जाती र भाषीहरु देशको प्रशासन, न्याय क्षेत्र, राजनीति, सेना, प्रहरी, शैक्षिक क्षेत्र वा जता-ततै ६० देखि ८० प्रतिशत आफुमात्र प्रतिनिधित्व गर्ने गरेको छ ! सबैलाइ समान अवसर प्राप्त गर्ने सकने सिस्टम बनाउनु पर्यो ! जसलाई पुरानो सिस्टमले पछि पारिएको छ त्यसलाई केही समयसम्मकोलागी बिशेष अधिकार (अरुलाईपनि मर्का नपर्ने गरि)दिनु पर्यो ! हामी स्कुलमा जुन बिषयमा “कमजोर” हुन्छौ त्यसलाई “बढ़ी समय” दिएर पढ्छौ, होइन र ??? “कमजोर” पारिएकोलाइ उठन अली बढ़ी priority दिनु सामाजिक न्याय अंतर्गत नै हुन्छ !

  14. radicalDemocrat said

    am January 23 2010 @ 12:12 PM

    2. Why British chose Rai, Limbu, Gurung and Magars among all other Nepalese to recruit in their army but not any Bahun, Chettri or Newari ?

    ===> हामीले कुनैपनि चीज़लाइ हेर्ने दृष्टिकोणमा दुई कुरा हुन्छ:- बाहिर suface value, र subtle अर्थ ! बिबेकशील मान्छेको समाजमा missionary कार्यमा बाध्य भएर लाग्नु पर्ने अवस्था भन्दा घृणित काम के हुन सक्छ ?? missionary कार्य अथवा अरुको देशमा गएर अरुको राजनितिक स्वार्थकोलागी आफ्नो ज्यान दिनु पर्ने कार्य ! के यो गर्ब गर्ने कुरा हो ?? ब्रिटिश वा भारतीये गल्ला (recruiters) हरु नेपालका बिकट से बिकट ठाउमा केटाहरु खोजन जान्थे रे ! किन जान्थे बिकट ठाउमा ? किन चुने तिनीहरुले राई, लिम्बू, गुरुंग, मगर र तामांग ?? किनकी यी गल्लाहरुलाई बर्माको कोलाहल जंगलमा लड़न सुरों, मुर्ख, अशिक्षित र शास्त्र नपधेको लड़ाकूहरु चाहिएको थियो !

    आधुनिक मनोबिज्ञानले प्रमाणित गरिसकेको छ अशिक्षित मान्छेहरु (ज्ञानको आयेंमहरुसंग expose नभएको मान्छेहरु) मुर्ख र सुरों हुन्छ किनकी पर्याप्त ज्ञानको अभावमा outlook को अभाव हुन्छ ! बुद्धिमानी गोराहरुले नेपाल आफ्नो recruite को लागी उर्वरा भूमि देख्नुको कारण माथिका यी उत्पीडित जातीहरुको अवस्थाले गर्दा नै हो !

  15. radicalDemocrat said

    am January 23 2010 @ 1:07 PM

    3. Why innovation in any music is predominately African or African-American from jazz, blues, rock and roll to rap. Why Robert Johnson and Jimi Hendrix are greatest guitarist? Why most other white artiest copied and modified their style? Why Chuck Berry and Little Richard invented rock and roll long before it being popularize by white artist ? Why rap music came from black urban hood in the Bronx?

    ===>
    Daimond Gerald को प्रख्यात पुस्तक Guns, Germs and Steel का अनुसार आज भन्दा ५०,००० (पचास हजार) बर्ष अघि आजको पृथ्वीको कुनैपनि Continent मा भएका मान्छेहरु अफ्रिकाबाट सर्दै फैलिदै आएको हो ! मानवशाष्त्रीहरुको अनुसंधानमा अफ्रिकाबाट फैलनू अघि नै प्राचीन मानवहरुले कुनै रुपमा गीत-संगीतको प्रयोग गरेको पाएका छन र प्राचीन मानवहरु फैलिने क्रममा गीत-संगीतको कलापनि बोकेर ल्याएको बताइंछ !

    जिमी हिद्रिक्सको कुरा गर्दा टाइगर वुडको प्रसंग उचित हुन्छ ! Fortune Magazine को सिनिएर एडिटर Geoff Colvin ले २००८ मा एक पुस्तक प्रकाशित गरेका छन- Talent Is Overrated ! त्यसमा उनले किन world class परफार्मर (Performer) सामान्य सामान्य मान्छे भन्दा भिन्न हुन्छ भन्ने कुराको बारेमा अनुसंधान गरेका छन !

    टाइगर वुडको पिता आफै golf को एक्सपर्ट थियो र जब टाइगर वुड ७ महीनाको थियो उसको पिता,अर्लले टाइगर वुडलाइ Putter (metal club) थमाउन शुरू गरायेका थिए ! जब टाइगर वुड २ बर्षको भये बाऊ-छोरा त्यही बेला देखि गोल्फ खेलन थालेका थिए !

    Colvin को रिसर्चमा ग्रेट पर्फाम गर्ने ब्यक्तिहरु कुनै जैबिक बिशिष्टता वा जेनेटिक superiority ले गर्दा सबै भन्दा ग्रेट हुँदैन बरु Deliberate Practice ले गर्दा ग्रेट हुन्छ भन्ने निचोड़ निकालेका छन ! Colvin को अनुसंधानको अनुसार ग्रेट परफार्मेंसकोलागी ब्याक्तिको innate abilities जस्तो memory र intelligence(IQ) को भूमिका धेरै नगण्य हुन्छ !

    मोरल अफ दि स्टोरी: अवसर, guidence र Deleberate Practice कुनैपनि ब्यक्ति वा समुदायको ग्रेट परफार्मेंसको आधार हो !

  16. Dinesh Chhetri said

    am January 23 2010 @ 3:03 PM

    Radical democrat ji, mero prasna ko pani sidha uttar dinuhuncha ki??

    प्रदेश बनाउदा मुख्येताया जातियेता लै आधार मानिएको छ…. जुन नेपाल को लागि ज्यादै घातक छ…. येसरी जातियेता लै नै आधार मान्ने हो भने लगभग ४५-५०% जनसंख्या भएका खस हरुलाई पनि राज्य बाड्न पर्ने हो…. तर.. खस हरुलाई राज्य छैन!!!!!! सबै लै राज्य, तर नेपाल का सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ?? खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली, खप्तड वा सेती महाकाली, अनि जडान भनेर टुक्र्याएको ??? बहु संस्कृतिक राज्य भनेको नारायणी, सुनकोशी, कोचिला मा ९0% खस हरुको जनसंख्या छ…तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने?? yo kina??

  17. ekalavya sharma said

    am January 24 2010 @ 3:02 AM

    मोरल अफ दि स्टोरी:
    नेपालमा केही नगन्य जाती र भाषीहरुले बहुसंख्यक अरु जाती, भाषी र समूहहरुलाई संस्कृति रुपमा, राजनितिक रुपमा, सामाजिक रुपमा र मनोबैज्ञानिक रुपमा शयौ बर्ष देखि main-stream मा आउने “अवसरबाट” बंचित गरेर राखेको छ ! त्यसैले यी नगन्य जाती र भाषीहरु देशको प्रशासन, न्याय क्षेत्र, राजनीति, सेना, प्रहरी, शैक्षिक क्षेत्र वा जता-ततै ६० देखि ८० प्रतिशत आफुमात्र प्रतिनिधित्व गर्ने गरेको छ !

    The conclusion was partially true prior to Rana Regime but the last 50/60 years many hard working people from different community has climbed up in the society. If your agreement was true then why “exploited and suppressed janajati “ started developing “emotional intelligence” and surpass Bahun-Chettri-Newars in different fields.

    Affirmative action kills meritocracy and creates elites within backward communities. Look at Indian policy for last 50/60 years – they have few “hune khane” dalits and backwards among large “bhaye khane” dalits and backwards. The sons and daughters of these few “Hune Khan” dalits are the one who are engulfing the opportunity in the name of their community.

    A Bahuni widow, who sells oranges in doko in Ratna Park ko Peti , problems are similar to another Tamangni women that left her drunkard husband and sells badam bhutako next to her . Both might reside in same Rs 1500 small rented “chidi” somewhere in Ashon/Indrachowk Galli. Perhaps there might be some another rich Raj Sharma and another Raj Tamang who might go to same St Paul School in Darjeeling and later have the same plan to go to Bangalore or Bangkok or Australia or America for further studies.

    Equality in opportunities’ should be created on economic basis not racial, ethnic or linguistic. You can get Medicaid in US irrespective of your race or ethnicity if your annual income is less than approx $11000 (amount may varies state to state). So are the criteria for federal aid for education or any free lunch problem for children.

    Sonia Sotomayor became Associate Justic of Supreme court not because of her minority status or Puerto Rican Hispanic heritage or quota for female but because of her merit and that is what she is always trying to prove – “look at my performance not my race or gender” . In Nepal people are asking for the post they don’t deserve simply because they belong to some race or groups. The result is person like Karima Begam, Chanda Chowdary, Sujata Koirala, Bidya Bhandari as our cabinet minister in the name of affirmative action like women empowerment or any form of “samabesikaran”. Or people like Gachadhar, Gupta
    and Paramananda Jha in the name of Madeshi samabesikaran. Same category of corrupt people like Govinda Joshi and Wagle lost election while Gachadhar and Gupta won – what a magic of racial-ethical-linguistic-regional politcs.

  18. radicalDemocrat said

    am January 24 2010 @ 3:37 AM

    4. Why Marwaris who came from Rajasthan (50-150) years back have secure the highest position in Nepalese business and commerce leaving behind the Newars who were the front runners’ business community 200 years back.

    ====>> The answear is so trivial.

    पहिलो कुरा त राजस्थानको “मारवाड” क्षेत्रमा बसनेहरुलाई मारवाड़ी भनिन्छ ! मारवाड़ क्षेत्रमा हालको जोधपुर, नागपुर, पाली, बारमर र जालोर पर्द्छंन ! मारवाड़ क्षेत्रमा नेपाल कै सामंती ब्यवस्था जस्तै अन्य जात-जातीको साथै “माहाजन”को काम समाजमा ब्यापार र बितिये काम गर्नेको रुपमा तोकिएको थियो भने राजपूतहरुले नेपालका राणा, शाह, ठकुरी जस्तै जग्गाका सामंत मालिकहरु हुन्थे भने ब्राह्मणहरु राजपूतहरुको शासनमा मन्त्र-बिधिले सघाउने र समाजमा धार्मिक कार्यमा सघाउने काम गर्थे !

    नेपालको इष्ट इंडिया कंपनीसंग १८१६ को नेपाल-भारत सुगौली सन्धिपछि ब्रिटिशहरु खुल्ला रुपमा नेपाली बजारमा छिर्न पाउने प्रावधान राखेपछि तिनै मारवाड़ क्षेत्रका ब्यापारी माहाजनहरुको शाखा सन्तति (हालका केही नेपाली मारवाड़ीहरु) नेपालमा बसेर “तिब्बत, नेपाल र भारत” बिच ब्यापार बढाउने शिलशिलामा नेपाल झिरेको पाइन्छ ! बिशाल देश भारतको ठुलो बजारसंग सम्बन्ध गांसिएको (पारिवारिक रुपमा, सामाजिक नेटवर्कको रुपमा) मारवाड़ी ब्यापारीहरुको अगाडी नेपालका रैथाने घरेलु ब्यापारीहरु के शिप लाग्थ्यो र ? होइन र ??

    बुझ्नु पर्ने subtle कुरा के हो भने, राजस्थानको मारवाड़बाट नेपाल छिरेको मारवाड़ीहरुसंग (महाजनहरुसंग) सर्वोकृष्ट जेनेटिक make-up भएको कारणले उनीहरूले नेपालका रैथाने ब्यापारिहरुलाई पछि पारेको होइन बरु ति मारवाड़ीहरुको भारतको बिशाल बजारसंग पारिवारिक, सामाजिक, र सांस्कृतिक सम्बन्ध भएकोले उनीहरुलाइ ब्यापारको Volume बढाउन “अवसर” मिल्न गएको !

  19. radicalDemocrat said

    am January 24 2010 @ 4:15 AM

    The conclusion was partially true prior to Rana Regime but the last 50/60 years many hard working people from different community has climbed up in the society.
    ===>
    It the raw data never lies.

    अदालत, कति समावेशी ???
    http://www.nayapatrika.com/newsportal/permalink/10536.html

    —————————————————–

    If your agreement was true then why “exploited and suppressed janajati “ started developing “emotional intelligence” and surpass Bahun-Chettri-Newars in different fields.

    ====>

    In the context of Jews, the ROI (Return Of the Investment) of thier hard-work and “emotional intelligence” were well received becuase the society where they had been struggling passed through the historical change from the feudalism to the capitalism. Whereas Nepal is still being gripped with the vestiges of the feudalism.

  20. radicalDemocrat said

    am January 24 2010 @ 4:36 AM

    Affirmative action kills meritocracy !
    ===>
    It is the sort of General Colin Powel doctrine which may be true in the context of the society of a developed and and highly saturated capitalistic country like the USA. Nepal is way different story.

    —————————————————-

    Look at Indian policy for last 50/60 years – they have few “hune khane” dalits and backwards among large “bhaye khane” dalits and backwards. The sons and daughters of these few “Hune Khan” dalits are the one who are engulfing the opportunity in the name of their community.

    ====>

    I consider India as a Feudalastic democratic country. It is the problem emanated from the feudal structure of the society.

  21. radicalDemocrat said

    am January 24 2010 @ 5:02 AM

    A Bahuni widow, who sells oranges in doko in Ratna Park ko Peti , problems are similar to another Tamangni women that left her drunkard husband and sells badam bhutako next to her . Both might reside in same Rs 1500 small rented “chidi” somewhere in Ashon/Indrachowk Galli. Perhaps there might be some another rich Raj Sharma and another Raj Tamang who might go to same St Paul School in Darjeeling and later have the same plan to go to Bangalore or Bangkok or Australia or America for further studies.

    ===>
    The reputed American economist, Steve Levitt in “Freakonomics” suggested that the crime rate in the New York city was abruptly reduced in the year 2000 due to the legalisation of the abortion in 1980. The kids who would have been born in the adverse family enviroment of the specially black community did not born to engage in crime; consequently, NYC crime rate is plummeted in after 20 years.

    I can take your micro-level illustration as a fallacy becuase first we have to look at the “macro” level indicator such as how much percentage of dalits’ children passed the hight school level in the X years as compared to Y year and so on and second, time span is also paramount.

  22. radicalDemocrat said

    am January 24 2010 @ 5:27 AM

    Equality in opportunities’ should be created on economic basis not racial, ethnic or linguistic. You can get Medicaid in US irrespective of your race or ethnicity if your annual income is less than approx $11000 (amount may varies state to state). So are the criteria for federal aid for education or any free lunch problem for children

    ===>>

    While studying the Laws of Economics or Natural Sciences, one phrase is always prefixed or suffixed, which reads- “Ceteris paribus” (in Latin) or Everything remains the same (in English).

    I agree that If everything remains the same, Equality in opportunities’ should be created on economic basis not racial, ethnic or linguistic.

  23. radicalDemocrat said

    am January 24 2010 @ 5:46 AM

    अब यसलाई यसरी बुझुम की, खरायो र कछुवालाइ पहिलो हुनेले सुनको सिक्का जितने प्रतियोगितामा दौड़ाउदा को पहिला पुग्छ, उत्तर रमाइलो छ !

  24. ram sebak said

    am January 24 2010 @ 9:59 PM

    क्षमतावान नै अगाडि पुग्न सक्छ । प्राक्रितिक नियम पनि हो survival of the fittest जो सक्षम छ उ अगाडि बड्छ । नयपत्रिका को लेख खेद्जनक छ । न्याए, स्वास्थ्य जस्ता ठाउँ मा समाबेसी खोज्नु मुर्खता हो । तपाईं को शल्यक्रिया हुँदैछ मुटुको तपाईं सक्षम डाक्टर नै चाहनु हुन्छ नी होईन ?

  25. Ekalavya Sharma said

    am January 24 2010 @ 11:01 PM

    Never been a society has progressed ignoring economic issues and professionalism emphasizing social issues at front priority . Minority, ethical, racial, gender, ethical issues sounds fancy these days and also can attract dollars and euros from ultra liberal left or UN funded INGOs. The words of Padma Ratna Tuladhar, Malla k Sundar, Krishna Bhattachan, Pitambar Sharma, Devendra Raj Pandey, Sapana Malla Pradhan etc are amplified by foreign aids and donations to implement ultra leftist policy that has already been failed in many African countries and which nobody cares in developed countries but is limited to discussion in Sociology –Anthropology- political science- or other social science classes in Berkley University or some other ultra leftist liberals dominated US or Europe college faculty over a cup of coffee and some cookies or evening beer.

    When you have a seizure you go to capable neurosurgeon not the one that belongs to yours clan or caste or race.

    When you make home you choose professional engineer for designing not the second division passed one that got quota on affirmative action to promote some certain race snatching that opportunity from someone passed with distinction.

    The one who offers the most bloods sweats, and tears should get the opportunity not some lazy ass belonging to some race or ethnicity.

    You can only create “equality in opportunity” through state policy giving priority to economically downtrodden masses irrespective of their caste or clans but you cannot create “equality in outcome” because some person are laborious than others and are not satisfied with what they are and have strong desire to climb up.

  26. radicalDemocrat said

    am January 25 2010 @ 6:57 AM

    When you have a seizure you go to capable neurosurgeon not the one that belongs to yours clan or caste or race.

    ===> एउटा सीजरको बिरामी कुन न्यूरो-सर्जन कहा जान्छ भन्ने प्रसंगको कुरासंग यो उत्पीडित समूहलाइ बिशेष अधिकार दिने भन्ने भिन्न प्रसंगको कुरा दाज्न मिल्दैन ! बरु, सीजरको बिरामी र न्यूरो-सर्जनको सम्बन्धमा यसो भन्दा यी दुई प्रसंगहरु compatible हुन आउछ ! जब एक सीजरको बिरामी रोग लिएर न्यूरो-सर्जन कहा जान्छ त्यों न्यूरो-सर्जनले औषधि उपचारको क्रममा सीजर हुनुका “कारणहरु” पत्ता लगाऊंन खोज्छ !

    न्यूरो-सर्जनको आफिसमा सीजरको कारण पत्ता लगाऊंन सहयोग पुग्ने बरु यस्तो Questionire हरु हुन सक्ला !

    १) के तपाईले कुनै drugs हरु प्रयोग गर्नु भएको छ ?
    २) के तपाईले कुनै drugs हरु लींन एक्कासी छोदनु भएको छ ?
    ३) के तपाईलाई उच्च जोरो आएको थियो ?
    ४) के तपाईको रगतमा Sodium र Glucose को मात्रा असंतुलित छ ?
    ५) के तपाईलाई ह्रदयघात भएको छ ?
    ६) के तपाईको किडनी फेल भएको थियो ?

    कारणहरु पत्ता लगाएर समस्याको चुरोमा गई उपचार गर्दा नै सफल भइन्छ !

  27. radicalDemocrat said

    am January 25 2010 @ 7:51 AM

    You can only create “equality in opportunity” through state policy giving priority to economically downtrodden masses irrespective of their caste or clans

    ===>>

    Why do we want to “stop” at ‘downtroden’(economically) ONLY if it is rooted in the political design ??

    Aristotle is credited for inventing “Syllogism” which is a logical system consisting of 2 premises and 1 conclusion.

    Premises 1: All N are D.
    Premises 2: All D are C
    Conclusion: All C are N.

    Based on the above Syllogism template, the following can be formed (roughly).

    Premises 1: All Poor(downtroddens) need a special help.

    Premises 2: Most Janajatis are Poor(downtroddens).

    Conclusion: All Janajatis need a special help.

    If a whopping 90 pecentage of the poor (downtroddens) falls in the Janajatis, there is certainly something wrong with the state’s political system that has been governing them.

  28. Ekalavya Sharma said

    am January 25 2010 @ 8:02 AM

    “When you have a seizure you go to capable neurosurgeon/neurologist irrespective of your class or clan not that neurologist-doctor that belongs to yours clan or caste or race.”

    Sometimes it is hard to express what one feels. An example looks fuzzy. But the point is people prefer and always choose potent people. Affirmative action kills that potential merit in all fields: medical, legal, administrative, engineering, etc.

  29. radicalDemocrat said

    am January 25 2010 @ 9:44 AM

    Affirmative action kills that potential merit in all fields: medical, legal, administrative, engineering, etc.

    ===>
    नेपाल जस्तो अति गरीब देशको सन्दर्भमा, माथिको तथ्यको “ठीक उल्टो” हुनपनि सक्छ अथवा पाउनु पर्ने आधारभुत सहुलियेतपनि पाऊंन नसकेर जेहेंदार र मिहिनतीहरुलाई समाज र सिस्टमले माथी उठन दिन नसक्ने हजारौ-लाखौ केशहरु नेपाल छन ! जस्तै यो दलित बहिनीहरु जस्तो उदहारण नेपालमा येत्रे-तत्र भेटिंछ: http://www.mysansar.com/archives/2010/01/id/8534

    Affirmative action वा social wellfare ले अमेरिका जस्तो चरम पूंजिबादी देशमापनि गरीबी घटाएको इतिहास छ ! http://www.huppi.com/kangaroo/L-welfarepoverty.htm

    भने नेपाल जस्तो हाई जिनी इन्डेक्स (धनी र गरीबको खाडल) भएको र जून देशमा per capital income ४०० डलर भन्दा मुनि छ, social wellfare अवश्यपनि गरीबी घताउन सहयोगी हुनेछ !

  30. Chyangba Bihan said

    am January 27 2010 @ 6:13 PM

    हेर्नुस, तपाइँहरु जतिकै तर्क बितर्क गर्नुस, म चाही एउटा निष्कर्षमा पुगेको छु| पैले पैले मैले पनि सोच राख्थे किन हो यो जातीय प्रदेश,यो सब वाहियाती हो| देशलाइ विभाजन गर्ने हो| तर जब पढे, बुझे,भोगे, मन्त्रालय घुमे, प्रसाशक र नेताहरुको भित्री मन बुझे, पढेलेखेका र टाठाबाठाहरु संग सङ्गत गरे अनि इतिहासको पानाहरु केलाए र जनजातीको नाताले यथार्थको धरातलमा
    उभिएर हेरे, तब पाए यो अनौठो नेपाल|

    माथि श्री एकलब्य शर्माजीले तामांगहरु worse off भनेर वास्तविकता व्यक्त गर्नु भएको रहेछ| लाग्यो, साँचो बोल्ने पनि रहेछन| मूल तामांग कै एक अंग थकालीहरुले थाक खोलामा बसाइ सरेपछि आफुलाई थकाली कह्लाएपछी कसरि प्रगति गरे भन्ने कुरो अध्यनको बिषय बनेको छ| हामीलाई गर्व छ हाम्रा बन्धुहरु खुला वातावारणमा मौलाउन पाए, फस्टाए,आफ्नै बलमा प्रतिस्पर्धात्मक रुपमा खडा भए| आज उपत्यका र वरिपरी बसेका त्यहिँ तामांगहरुलाइ बर्षौ देखि ढुंगाले थिचेर राखेका सर्बबिदितै छ| जो माथि आउँन सफल भएका छन्, ढुंगा मुनि बाट पल्हाएका दुबो सरि हुन्|

    तामांगहरु पृथ्वी नारायनको हेपाहा नीतिले ठगीए, राणाकालमा शासकहरुका दरबारिया बलात्कार र अन्यायपूर्ण थिचोमिचोको बेलाबेलामा एक्लो बिरोध आवाज उठाउदा सम्पूर्ण जातिलाई दबाएर राखे, हेपे|२००७ सालको परिवर्तनले तामांग जातिमा केहि परिवर्तन ल्याउन सकेन,जातपात र शोषण कायमै रह्यो| त्यसपछिका परिवर्तनहरु तामांग जातिका निम्ती केवल देखावटी मात्र रह्यो| राज्यले न त सीमान्तकृत तामांग जातिमा शिक्षा फैलिन पर्ने कुनै नीति बनायो वा कुनै विकाश कार्यमा ध्यान दिए| भुमिको स्वामित्वमा ह्रास भएर गयो, लुटिए| ३६ साल,४८ साल र ऐले आएर गणतन्त्र पनि नाम मात्र को भयो| देशको शासन चलाउन 18 लाख जनसंख्या भएको तामांगजातिलाइ जैले पनि बाहिर राखियो| न त एउटा सम्म सचिव र हालको मन्त्रिमण्डलमा एउटा सम्म तामांग जातिबाट मन्त्रि नहुनुको अर्थ के हो? ल्याकत वा योग्यता छैन भन्नुहुन्छ भने त्यहिँ तामांग जातिका एक अभिन्न अंग थकालीहरुले वातावरण पाउदा र दबाउने नीतिको अभावमा स्वछन्द र स्वतन्त्र रुपमा प्रगति गर्न मौका पाए| दार्जीलिंगतिरका बहुसंख्यक तामांगहरुले फराकिलो, स्वछन्द र स्वतन्त्र भएर बिभिन्न क्षेत्रमा गरेका प्रगति पनि हामीले देखिरहेका छौ|

    तामांगहरुलाई यतिका बर्ष अन्य कतिपय नेपालीहरु सरह जिउने अधिकार बाट बन्चित गरिंदा कसैले आवाज उठाउन उचित ठानेंनंन| देशको पदहरु केही जातिहरुले शर्मनाक रुपमा आफुहरु माझ भागबण्डा लगाएर पहिले देखि देशलाई भावनात्मक रुपमा बिभाजन गर्न सम्म गरेका छन्| भोलिको देश पनि त्यहिँ भागबण्डा पाएका र खाएकाहरुबाट संचालन गरिने हो भने स्थितीमा कुनै परिवर्तन नहुने निश्चित छ| तामांगहरु र अरु सीमान्तकृत जातिहरुमा कुनै गुणात्मक परिवर्तन हुने कुरोको लक्षण देखिदैन चाहे गणतन्त्र आवोस वा जे पनि जबसम्म भोलि पनि डाडु पन्यु उनीहरुकै हातमा रहन्छन जसले अहिले सम्म देशलाई भागबण्डा लगाएका छन्|काश क्षेत्र भनेर वा विकेन्द्रीकरण अर्को नाम दिएर स्वायत्तता दिए जस्तो गर्नु जाली हो| जातिकै नामबाट हुनपर्छ|

    बिगतले साबित गरेको छ कसले के गरेको छ भनेर | घुमाउरो भाषा संग सतर्क रहन पर्छ | नेपाली हुन नेपाली छात्ती चाहिन्छ| नेपाली मन चाहिन्छ| उदारता चाहिन्छ| भोलि आफुले नपाए पछी आपसमा जुधाउन पनि षड्यन्त्रको खेल गर्नेछन यी खप्पिसहरुले, होशियार |अब मेरो निष्कर्ष के भने तामांगहरुले आफ्नो आत्मा निर्णयको अधिकार आफ्नै हातमा लिनपर्छ|

    यतिका बर्ष मांग गर्यौ, हेपाहा नीति भएन भन्यौ, उपेक्षित बन्यौ, आन्दोलनमा भाग लियौ, सहनशील, सय्यम रह्यौ,जालझेल र ओझेलमा
    पारे|यो अधिकार मागेर कसैले दिने हैन, आफ्नो हकको लागि आफै लड्न पर्छ| जय होस्, जदौ र खाइस्योस लाइस्योस संस्कारलाइ टाडा राखौ|

    ताम्सालिंगला ज्यबादान्बा! बिभिन्न जातीय आधारमा गठित प्रदेश सहितको नया नेपालको अग्रिम बधाई!!

    च्यांग्बा बिहान

  31. raj said

    am January 30 2010 @ 1:00 PM

    hernu hos jasle sanghiyata ko birodh garchha tho janjati birodhi ho.nepal ma 70% janjati chhan but yo des ma 30% jati le matra raj gari aayaka chha jaha pani harek sarkari nikayama harek thau ma tapai nai hernu hos nepal ko 75 jilla ma 7 jana matra janjati pramuk jilla adhikari chhan ya nepal ma harek nikayama janjati 10%-15% matra chhan yo des sabai ko ho yak jati ko matra hoina yo bujhnu hola. ahile ko pranta bibhajan thik chha. yasma sabai janjati khushi chhan.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree