भोलीका समाचार यस्ता पनि हुनसक्छन

  • तरकारीको निहुमा श्रीमानले श्रीमतीलाई गोली हाने
  • फोहोर फाल्दा छिमेकीविच भएको झगडामा गोली चल्यो, सात घाइते, तीनको अवस्था गम्भिर
  • १२ वर्षिय किशोरको टिफिनबक्समा पेस्तोल फेलाप¥यो
  • मोटरसाइकल ठोक्किदा भएको विवादमा गोली प्रहार
  • भाडाको विषयमा विवादहुंदा खलासीले यात्रुलाई गोली हाने

जावो सडकमा थुपारेको गिट्टीको विषयमा सामान्य भनाभनहुंदा गोली नै चल्छ भन्ने कसैले अनुमान गरेको हुन्न नै । सामान्य विवादमा कुटाकुटसम्म हुने गरेको हो । विवादमा फलामे रड र खुकुरी प्रहार गरेका घटनाहरु सार्वजनिक भईरहेका हुन । तर, गोली नै चल्ने अनुमान कसैले गरेका थिएनन होला । पहिलोपटक गोठाटार घटनाको बारेमा सुन्दा कसैले ठट्टा गरेको जस्तै लागेको थियो । पहिलोपटक घटना सुनाउने मित्रलाई के ठट्टा गरेको भनेको थिए । तर उनले गम्भिरहुंदै हो भनेपछि बुझ्दा त सत्य नै रहेछ ठट्टा हैन ।

माथिका समाचारका शिर्षकहरु सत्य हैनन आजका दिनमा । समाचारका शिर्षक हेर्दा ठट्टा गरेझै लाग्न नी सक्छ ।  अहिले काठमाडौंमा जुन रुपमा साना हतियार फैलिरहेको छ त्यसको तिव्रता हेर्दा माथि अनुमान गरिएका समाचारका सबै शिर्षक वास्तवीक समाचारको शिर्षक बन्नेछन भोली ।

गिट्टीको विषयमा भनाभनहुंदा गोली चल्यो एकको मृत्यु तीन जना घाइते भन्ने समाचारको शिर्षक अनुमान गरेको भए ठट्टा जस्तै लाग्थ्यो नै । तर, तीन दिन अगाडिको गोठाटारको घटनापछि त्यो शिर्षक अनुमानीत समाचार रहेन वास्तवीक घटना बन्यो ।

सामान्य विवादमा हतियार प्रयोग हुंदा आठ वर्षका बालकको ज्यान गयो तीन जना घाइते भए । १० जनाको भागाभाग छ । उनीहरुको खोजीमा प्रहरी असिनपसिन भएर लागेको छ । साना हतियारका कारण पटक पटक गम्भिर प्रकृतिका घटनाहरु घटिईरहेका थिए । तर, ति संगठीत अपराधीहरुद्धारा भएका गम्भिर प्रकृतिका अपराध थियो । योजनावद्ध हुन्थ्यो त्यस्ता अपराध । तर, गोठाटारको घटना योजनाबद्ध हैन आवेगपुर्ण हो । झगडियाको साना हतियारको पहुंच रहेछ । जसका कारण सामान्य विवादले असामान्य परिणाम ल्यायो ।

साना हतियार नेपालको मात्र समस्या हैन । अहिले विश्वमै साना हतियार शुरक्षाका लागि गम्भिर चुनौती बनेर देखापरेको छ । सशस्त्र द्धन्द्ध भएको नेपालजस्तो मुलुकका लागि थप गम्भिर चुनौती देखिएको छ साना हतियारको सहज पहुंच । द्धन्द्धकाल अगाडि साना हतियारको यस्तो विगविगी थिएन । फाट्टफुट्ट घरमा बनाइएका कटुवा पेस्तोल फेला पर्थे । तर अहिले त अमेरिका,जर्मन, इटलीमा बनेका अत्याधुनिक हतियार सहजै फेला पर्छन । शान्ती शुरक्षाको जिम्मा पाएको प्रहरीले बोक्ने हतियार भन्दा अपराधीसंग तगडा हतियारहरु भेटिन थालेपछि प्रहरी पनि हैरान छ । उनीहरुपनि अशुरक्षित महसुस गरिरहेका छन ।

शुरक्षा निकायका पदाधिकारीहरुसंग कुरा गर्दा जनयुद्धकालमा माओवादीसित रहेको हतियारको एकिन संख्या जानकारी नहुंदा साना हतियार नियन्त्रणमा समस्या परेको बताउंछन । शुरक्षा निकायको ठम्याई–जनयुद्धकालीन अवस्थामा नेपाल भित्रिएका हतियार अहिले शहर बजारमा फैलिएका हुन । तर, त्यसको अर्थ के रहन्छ र ?
प्रहरी अधिकारीहरु अहिले अपराध बढ्नुमा राजनीतिक कारण प्रमुख रहेकोमा जोड त दिन्छन नै । तर उनीहरुले आफुलाई तोकेको जिम्मा पुरा गर्ने हो भने कसले रोक्न सक्छ र ? राजनीतिक नेताले बढी गरेमा सरुवा हो । सरुवा नेपाल बाहिर गर्न सक्दैनन । नेपालभित्रै हो । काम गर्नेका लागि जूम्ला होस या काठमार्डौ के फरक पर्छ र ? तर प्रहरी अधिकारीहरु सकेसम्म राम्रो ठाउंमा बस्न मरिहत्ते गर्छन । जसका कारण उनीहरु राजनीतिक दलका ब्यक्तिसंग सम्झौता गर्न बाध्य हुन्छन ।
यदी जहां गएर पनि असल काम गर्न प्रतिबद्ध हुने हो भने गलत तत्व निवारण हुन बेर लाग्दैन पक्कै । तर गर्ने कसले ?

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

7 Comments so far »

  1. Eklavya Sharma, said

    am January 26 2010 @ 11:23 PM

    The result of Posttraumatic war disorder of Maoist’s bloodshed in the name of “janayudha” and unpunishable state law that helped many Maoist cadres to get away whose actions were sole criminal.

    This is what Maoist like Gopal Kirati policy is, gun in the hand of every citizen to protect themselves ; to secure peace.

  2. romu thapa said

    am January 27 2010 @ 3:37 AM

    What can we expect from New Nepal brought by weapons…

  3. आकार said

    am January 27 2010 @ 6:13 AM

    भोलि हैन, आजै का समाचार यस्तो आउन थालिसक्यो !

  4. taxikopangra said

    am January 27 2010 @ 10:29 PM

    गोठाटार गोलीकाण्डमा अभियुक्त लामा निलम्बित
    http://www.ekantipur.com/np/news/news-detail.php?news_id=305762

    गुड जब माओबादी ! नेपाली कांग्रेस देखि एमालेसम्मले आफ्नो कार्यकर्तालाइ ब्यक्तिगत अपराधमा संग्लग्न भएमा यस्तै निलंबित गर्ने निति लियोस !

  5. wheel of fortune said

    am January 27 2010 @ 10:35 PM

    Good job Maoist but dont forget there are still too many maoist culprits to be punished. Soul of Prachanda Thaiba and Ram Hari Shrestha are still awaiting for justice.

  6. The Radiant Star · Troublesome gunture said

    am February 7 2010 @ 8:53 PM

    [...] few days ago, fellow blogger KP Dhungana wrote an entry (Nepali link): Tomorrow’s headlines could be like these. He listed five hypothetical [...]

  7. Eken said

    am February 8 2010 @ 9:56 AM

    Twitter:
    This is really apathetical… the way to introduce our New Nepal, the very naya nepal!!!

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree