विपरित ध्रुबको अचम्मको मिलन

लक्ष्मण न एक मधेस एक प्रदेश मान्न सक्छन न उपेन्द्र थारुहट स्विकार गर्न सक्छन । घोडाले घाससंग मित लगाएर कति समेत बस्न सक्छ ?

समग्र मधेस एक प्रदेशको नारा बोकेर  मधेसी जनअधिकार फोरमले तराई क्षेत्र तताईरहेको बेला एकाएक लक्ष्मण थारु निस्किए जसले फोरमको लोकप्रिय बन्दै गएको आत्मघाती नारालाई चुनौतीदिंदै थारुहटको नारालाई चर्चाको चुलीमा पु¥याउन सफल भए । फोरमको समग्र मधेस एक प्रदेशको नारालाई  समग्र तराई एक थारुहटको मागले केही मात्रामा सिथिल बनाउन सफल भएको थियो नै । मागको आधारमा तराईमा यि दुबै शक्ति एक अर्काका प्रतिष्पर्धीको रुपमा देखिएका थिए । जानी दुश्मनका रुपमा नेपाली राजनीतिमा स्थापीत भएका फोरमका उपेन्द्र यादव र अनी थारुहट संयुक्त संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारुविच एकाएक कार्यगत एकता भएपछि नेपाली राजनीतिमा नयां तरगं आएको छ । आखिर कसरी एकै ठाउंमा बस्न पुगे यि दुबै विपरित ध्रुव ? राजनीतिक बहसको पाटो यही विष्लेशणमा केन्द्रित बनेको छ अहिले ।
थारुहट संघर्ष समिति अनी यादव नेतृत्वको फोरमले अगाडि सारेको राजनीतिक मुद्धा  नदिका दुई किनारा समान छन । एक मधेस एक प्रदेशवाहेक अरुमा सहमती हुन नसक्ने अडान राख्दै आएको छ । उता, थारुहट त्यसको कट्टर विरोध हो । उसले आफ्नो आन्दोलनको प्रारम्भनै समग्र मधेस एक प्रदेशको विरोधमा शुरु गरेको थियो । उसको राजनीतिक लाइन र अडाननै त्यही थियो । अहिले आएर यि दुबै एकै ठाउंमा हुनु भनेको मुसा र विरालो एकै ठाउंमा आउनु समान नै रहेको कोणवाट विष्लेशण भएको सुनिन्छ । कसै कसैले यि दुबैको मिलनलाई घोडाले घाससंग दोस्ती गरेको कोणवाट समेत टिप्पणि गरिरहेका छन ।

दुबैविचको समानता भनेको उनीहरुको राजनीतिक यात्राको उर्बरस्थान माओवादी थियो । उपेन्द्र माओवादीहुंदै एनजीओको रुपमा दर्ता रहेको फोरमलाई जातिय र क्षेत्रिय नाराको आधारमा राजनीतिमा स्थापीत हुन सके । उनी राजनीतिमा आए लगत्तै माओवादीको शक्ति भत्काउन लागे । जसका कारण गौर जस्तो नरसंहारकारी घटना समेत हुनपुग्यो । उनले एक हदसम्म माओवादीको मात्र हैन कांग्रेस र एमालेको तराई केन्द्रित राजनीतिका किल्ला भत्काएर बलियो शक्तिको रुपमा स्थापीत भए । जसको बल थियो एक मधेस एक प्रदेशको नारा ।
उता, लक्ष्मणको राजनीतिक यात्रापनि माओवादीवाटै शुरु भएको हो । उनी माओवादीका तर्फवाट मधेसको बलियो नेतामा रुपमा स्थापीत हुने तरखरमा रहेकै बेला फोरमको एक मधेस एक प्रदेश विपक्षमा थारु समुदायमा रहेको भावनालाई आफ्नो करिअरमा क्यास गर्ने दाउमा माओवादी परित्याग गरेर थारुहटको आन्दोलनमा होमिएका थिए । जुन कोणमा उनी केही रुपमा भएपनि सफल भए आफ्नो रणनीतिमा । उनले पनि आफ्नो यात्रा थारु समुदायमा माओवादीको पकड् भत्काउन र एक मधेस एक प्रदेशको विरोधमा एक तराई थारुहट प्रदेशलाई स्थापीत गर्नमा केन्द्रित गरे । 

लक्ष्मण राष्ट्रीय राजनीतिमा स्थापीत हुने कसरतमा लागेका अनी उपेन्द्र फोरम यादवहरुको मात्र दल रहेको यर्थाथ ढाकछोप गर्ने हतियारको खोजीमा लागेका । यि दुबैको दुबै उद्धेश्य पुरा गर्नका लागि पनि एक हुनु अनिवार्य थियो ।

तर, जव संविधान सभा राज्य पुर्नसंरचना समितिले १४ वटा प्रदेशको मोडल सहित आफ्नो मस्यौदा संविधान सभाको संबैधानीक समितिमा बुझायो तव फोरम र थारु दुबैको राजनीतिक नारा आझेलमा पर्ने सम्भावना बढेर गयो । उनीहरुको माग विपरित मस्यौदामा तराईलाई टुक्राइएर प्रदेशको संरचनाको निर्माण गरिएको थियो । जो उनीहरुका लागि स्विकार्य हुने विषय पक्कै भएन नै । यदी यस्तो हुने हो भने त उनीहरुले उचालेको मुल मुद्धा नै अपुरो हुने भो । जसका कारण भोलीका दिन गर्ने राजनीतिक नै धरापमा प¥यो ।

राजनीतिक नारा अलग भएपनि दुबैको लक्ष समान थियो नै । उनीहरुको मुल उद्धेश्य भनेकै जातिय नारा उचालेर अरुलाई फुटाउने अनी आफु राज गर्ने नै हो । बाहिर हेर्दा जातिय अधिकारको लडाई जस्तो देखिएपनि भित्री उद्धेश्य भनेको राज्यलाई कमजोर बनाएर आफु बलियो हुने नै थियो । त्यसैले राजनीतिक नारा विपरित देखिएपनि आखिरमा भित्री उद्धेश्यको मिलन भयो र सबैलाई अचम्मीत बनाउंदै फोरम र थारुहटको मिलन भएको देखियो ।

लक्ष्मण राष्ट्रीय राजनीतिमा स्थापीत हुने कसरतमा लागेका अनी उपेन्द्र फोरम यादवहरुको मात्र दल रहेको यर्थाथ ढाकछोप गर्ने हतियारको खोजीमा लागेका । यि दुबैको दुबै उद्धेश्य पुरा गर्नका लागि पनि एक हुनु अनिवार्य थियो । लक्ष्मण थारुहटका केही क्षेत्रमा बलिया देखिएपनि विस्तारै ति क्षेत्रमा माओवादी प्रभाव बढ्दै गएकोवाट उनी त्रसित भएका हुनसक्छन । जसका लागि उनलाई फोरमको साथको आवश्यकता थियो नै । जसको बलमा उनी आफ्नो पकड कमजोर रहेको क्षेत्रमा प्रभाव बढाउन सफल होउन ।

अर्को फोरम टुक्रिएर विजय गच्छदारले लोकतान्त्रीक फोरम गठन गरेपछि थारुहरुमाझ फोरमको प्रारम्भ सुन्य प्राय नै बनेको थियो । उपेन्द्र फोरमलाई तराईको कुनै एक जात र क्षेत्रमा मात्र केन्द्रित गर्न चाहंदैनन नै । उनी थारुहटतिर पनि आफ्नो प्रभाव बढाउन लामो समयदेखी दाउ हेरेर बसेका थिए । यसका लागि लक्ष्मण उनको लागि रामवाण नै सावित हुन सक्ने यादवको निष्कर्ष हुनसक्छ । जसका कारण दुबै एकै ठाउंमा बस्न आएका छन ।

तर, मुलकुरो दुबै एकले अर्कालाई उपयोग गरेर आफु बलियो बन्ने र अर्कोलाई कमजोर बनाउने दाउंमा टाउको जोड्न आएका हुन । फोरम लक्ष्मणलाई थारु क्षेत्रमा कमजोर बनाएर आफु बलियो बन्ने दाउमा छ अनी लक्ष्मण फोरमको बुई चढेर फोरमको पकड भएको क्षेत्रमा आफ्नो प्रभाव बढाउने ध्याउन्नमा छन । लक्ष्मण न एक मधेस एक प्रदेश मान्न सक्छन न उपेन्द्र थारुहट स्विकार गर्न सक्छन । घोडाले घाससंग मित लगाएर कति समेत बस्न सक्छ ? जिज्ञासाको विषय यही नै हो ।

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

1 Comment so far »

  1. Eklavya Sharma, said

    am February 1 2010 @ 10:21 PM

    These leaders’ made up and broke up happened following their own petty self-interest, greed and ambition. It has nothing to do with people of Madesh or Tharu community or Nepalese as a whole. Maoist has for the last decade popularize this genre of politics to join or disjoin with any party or group irrespective of principles for short term benefit at the cost of long term degradation of moral values and national interest.

    Month down the road there might be another tied up between Gachadaar and Laxman Tharu and another opposite and parallel tied up between Yadav and Sarad Singh Bhandari.

    These leaders sole purpose now seems to be tuning up their interest and ambition with the beat of drum India plays at the cost of integrity of Nepalese soil and the person who loves this land and its soil.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree